मुख्य समाचार
खेलकूद
। नेपाली महिला क्रिकेट टोली आईसीसी महिला टी-२०आई वरियतामा एक स्थान खस्किएको छ । नेपाली महिला टोली एक स्थान तल झरेर २३औं स्थानमा पुगेको हो । नेपाली महिला क्रिकेट टोली पछिल्लो समय राम्रो लयमा देखिएको छैन । गत साता एसियन गेम्समा छनोट हुन असफल भएको महिला टोली एसिया कपमा पनि छनोट हुन सकेन । एसियन गेम्स छनोटमा ...
। फिफा विश्वकप फुटबलको २३औं संस्करण भोलिदेखि सुरु हुँदैछ । सन् १९३० देखि सुरु भएको विश्वकपको १५औं संस्करण आयोजना गरेको अमेरिकाले दोस्रोपटक विश्वकप आयोजना गर्दैछ । सन् १९९४ मा अमेरिकाले पहिलोपटक फिफा विश्वकप आयोजना गर्दा प्रतियोगितामा २४ टोली थिए, ५२ खेल हुन्थे र फाइनलको सबैभन्दा महँगो टिकट ४७५ डलरमा पाइन्थ्यो । उक्त संस्करणको उपाधि ब्राजिलले जितेको ...
। विश्व फुटबलको सर्वोच्च निकाय फिफा (फिफा) र एसियाली फुटबल महासंघ (एएफसी) ले अखिल नेपाल फुटबल संघ (एन्फा) माथिको हस्तक्षेप पूर्णरूपमा बन्द नभए नेपाललाई अन्तर्राष्ट्रिय फुटबलबाट तत्काल निलम्बन गर्ने अन्तिम चेतावनी दिएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) ले ५ दिनअघि (५ जुन २०२६ मा) प्राप्त गरी हालै सार्वजनिक गरेको संयुक्त पत्र अनुसार, राष्ट्रिय खेलकुद ...
। फिफा विश्वकप २०२६ अघि अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाले आइल्यान्डलाई ३-० ले पराजित गरेको छ । अमेरिकाको अलाबामास्थित जोर्डन हारे स्टेडियममा बुधबार बिहान भएको खेलमा अर्जेन्टिनाका कप्तान लिओनल मेसीले पनि गोल गरे । उनले दोस्रो हाफमा मैदान प्रवेश गर्दै गोल गरेका थिए । तयसअघि भ्यालेन्टिन बार्कोले आठौं मिनेटमै गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए । दोस्रो हाफमा अर्जेन्टिनाले ...
। नेपाली महिला क्रिकेट टोली एसिया कपमा पनि छनोट हुन असफल भएको छ । केही दिनअघि एसियन गेम्स छनोटमा पनि असफल भएको महिला टोली एसिया कपमा पनि छनोट हुन सकेन । मलेसियामा जारी एसीसी महिला प्रिमियर कपको क्‍वाटरफाइनलमा थाइल्यान्डसँग पराजित भएसँगै नेपाल एसिया कपमा छनोट हुन असफल भएको हो । बुधबार विहान भएको क्‍वाटरफाइनलमा नेपाल थाइल्यान्डसँग ...
। अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले फिफा र एएफसीको पटक पटकको निर्देशनपछि पनि एन्फामाथिको अनुचित हस्तक्षेप नरोकिएको दाबी गरेका छन् । फिफा विश्वकप २०२६ को उद्घाटन जानबाट रोक लगाएपछि महासचिव राईले सामाजिक सञ्जालमार्फत फुटबलमा तेस्रो पक्षको अनुचित हस्तक्षेप भएको दाबी गरेका हुन् । ‘विदेश जान व्यक्तिगत रुपमा कुनै विशेष मोह छैन । तर ...
। फिफा विश्वकप २०२६ मा रेफ्रीको भूमिका निर्वाह गर्ने तयारीमा रहेका सोमालियाली फुटबल रेफ्री ओमार अब्दुल्कादिर अर्तानलाई अमेरिका प्रवेशमा रोक लगाइएको छ । विश्वकपको फाइनल चरणमा रेफ्री बन्ने पहिलो सोमाली नागरिकका रूपमा इतिहास रच्ने तयारीमा रहेका अर्तानलाई मियामी अन्तर्राष्ट्रिय विमानस्थलमा अमेरिकी अध्यागमन अधिकारीहरूले रोकेका हुन् । अमेरिका प्रवेश अनुमति नपाएपछि उनलाई फिफा विश्वकप रेफ्रीको सूचीबाट हटाइएको बीबीसीले ...
। क्रिकेट संघ रुपन्देहीको अध्यक्षमा हरिबहादुर थापा निर्वाचित भएका छन् । संघको सोमबार राति सम्पन्न पाँचौं अधिवेशनबाट ६९ मत प्राप्त गरी थापा निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी क्रिकेटर शक्ति गौचनले ४९ मत प्राप्त गरे । दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित थापा भैरहवाका व्यवसायी हुन् । उनी होटेल तथा कलेज सञ्चालक समेत ...
। नेपाली क्रिकेट टिमका ओपनिङ ब्याटर कुशल भुर्तेल एसियन गेम्स पुरुष क्रिकेट छनोटको ‘प्लेयर अफ द सिरिज’ घोषित भएका छन् । भुर्तेलले प्रतियोगितामा शानदार ब्याटिङ गर्दै ४ खेलमा २ शतक र १ अर्धशतकसहित ३४० रन बनाए । उनी प्रतियोगितामा सबैभन्दा धेरै रन बनाउने खेलाडी समेत हुन् । उनले चीनविरुद्धको पहिलो खेलमा ४३ बलमा १२९ रन बनाएका थिए ...
। सिंगापुरमा सम्पन्न एसियन गेम्स पुरुष क्रिकेट छनोटको फाइनलमा नेपालले हङकङलाई डीएलएस पद्धति अनुसार पराजित गरेको छ । सोमबार दिउँसो भएको फाइनल खेलमा हङकङले दिएको १८९ रनको बलियो लक्ष्य पछ्याइरहेको नेपालले ११.३ ओभरमा २ विकेट गुमाएर ११४ रन बनाएको अवस्थामा वर्षा भएको थियो । त्यसपछि खेल हुन नसक्दा डीएलएस पद्धति अनुसार नेपाल विजयी भएको हो । डीएलएस ...
। राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले अखिल नेपाल फुटबल संघ (एन्फा) पदाधिकारीलाई विदेश जाने बाटो खुला गर्न अस्वीकार गरेको छ । फिफा विश्वकप २०२६ मा सहभागी हुन जाने उद्देश्यले विदेश जान रोक लगाउने निर्णय फिर्ताका लागि एन्फा अध्यक्ष पंकजविक्रम नेम्बाङ र महासचिव किरण राई राखेप पुगेका थिए । तर, राखेपले तत्कालको अवस्थामा पदाधिकारीलाई विदेश जाने बाटो खुला ...
। डेनमार्कका अनुभवी मिडफिल्डर क्रिस्चियन एरिक्सन युक्रेनविरुद्धको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका क्रममा मैदानमै ढलेका छन् । डेनिस फुटबल संघका अनुसार उनी केही समयका लागि अचेत भए पनि अहिले सचेत अवस्थामा छन् र स्वास्थ्य अवस्था सामान्य रहेको छ । ओडेन्समा आइतबार भएको खेलको ६५औं मिनेटमा ३४ वर्षीय एरिक्सन अचानक मैदानमा ढलेपछि खेल रोकिएको थियो । चिकित्सकको उपचारपछि उनी ...
। जर्मनीका एलेक्जेन्डर जेभरेभले लामो समयदेखि प्रतिक्षित पहिलो ग्रान्डस्लाम उपाधि जितेका छन् । आइतबार भएको फ्रेन्च ओपन पुरुष एकल फाइनलमा उनले इटालीका फ्लाभियो कोबोलीलाई ६-१, ४-६, ६-४, ६-७ (५-७), ६-१ ले पराजित गर्दै करियरकै पहिलो ग्रान्डस्लाम उपाधि जिते । २९ वर्षीय जेभरेभका लागि यो चौथो ग्रान्डस्लाम फाइनल थियो । यसअघि खेलेका तीनवटै फाइनलमा पराजित भएका उनले अन्ततः ...
। ब्राजिलका स्टार फुटबलर नेयमार जुनियरले सन् २०२६ को फिफा विश्वकप आफ्नो अन्तर्राष्ट्रिय करियरको अन्तिम प्रतियोगिता हुन सक्ने संकेत दिएका छन् । उनले यसलाई ‘द लास्ट डान्स’ भन्दै उल्लेख गरेका हुन्। यो टिप्पणी उनले फिफाको सामाजिक सञ्जाल पोस्टको कमेन्टमा गरेका थिए, जहाँ उनको ब्राजिल टोलीसँगको यात्रा देखाउने तस्बिरहरू राखिएको थियो । सो पोस्टमा ‘वी ह्याभ वाच्ड ...
। इराकी फुटबलर अयमान हुसेनलाई अमेरिका पुग्दा शिकागोको ओ’हारे विमानस्थलमा करिब ७ घण्टासम्म रोकिएर सोधपुछ गरिएको छ । इराकी खेलकुद अधिकारीका अनुसार, हुसेनलाई लामो समय सोधपुछपछि अन्ततः देश प्रवेश गर्न अनुमति दिइयो । तर टोलीसँगै आएका फोटोग्राफरलाई भने अमेरिका प्रवेश गर्न दिइएन । अधिकारीका अनुसार, हुसेनको मोबाइल फोन पनि जाँच गरिएको थियो । त्यस्तै, टोलीका फोटोग्राफर तलाल ...
। फिफा विश्वकप २०२६ अघिको मैत्रीपूर्ण खेलमा विश्व विजेता अर्जेन्टिनाल र ब्राजिलले जित हात पारेको छ । स्टार खेलाडी लियोनल मेस्सीबिनै मैदानमा उत्रिएको विश्वकपको साविक विजेता अर्जेन्टिनाले आइतबार बिहान भएको खेलमा होन्डुरसलाई २-० ले हरायो । अर्जेन्टिनाका लाउतारो मार्टिनेजेल ३७औं मिनेटमा पेनाल्टीमा गोल गर्दै अग्रता दिलाएका थिए । जिउलियानो साइमोन ५५औं मिनेटमा अर्जेन्टिनाको लागि दोस्रो गोल गरे ...
First Prev ... 22 23 24 25 26 27 28 29 30 31 32 ... Next Last
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम