मुख्य समाचार
खेलकूद
। आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत यूएईमा भइरहेको ओडिआई शृंखलामा नेपालले लगातार तेस्रो हार बेहोरेको छ । शनिबार भएको खेलमा नेपाललाई अमेरिकाले ४ विकेटले हराएको हो । नेपालले दिएको २७२ रनको लक्ष्य अमेरिकाले ४९ ओभरमा ६ विकेटको क्षतिमा पूरा गर्‍यो । अमेरिकाका लागि साइतेजा मुक्कमल्लाले सर्वाधिक ७५ रन बनाए । त्यस्तै मिलिन्द कुमारले ७० रन ...
— पाकिस्तानी क्रिकेटर बाबर आजमले ट्वान्टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा भारतीय हिटर रोहित शर्माको रेकर्ड तोडेका छन् । बाबर ट्वान्टी–ट्वान्टीमा सर्वाधिक रन बनाउने खेलाडीमध्ये पहिलो नम्बरमा पुगेका छन् । उनले यो रेकर्ड दक्षिण अफ्रिकाविरुद्ध खेलिएको ट्वान्टी–ट्वान्टी प्रतिस्पर्धामा बनाएका हुन् । लाहौरको गद्दाफी स्टेडियममा पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिका १९ दशमलव २ ओभरमा मात्र ११० रन बनाउँदै अलआउट भएको ...
— सेरहोउ गुइरसीले पहिलो हाफमा गरेको गोल निर्णायक सावित भएपछि बोरुसिया डर्टमुन्डले शनिबार राति जर्मन बुंडेसलिगामा असबर्गलाई १–० हराएको छ । गुइरसले ३७ औं मिनेटमा एक मात्र गोल गरेका हुन् । यस नतिजासँगै डर्टमुन्डले शीर्ष स्थानमा रहेको बायर्न म्युनिकसँगको दूरी चार अंकमा छोट्याएको छ । यो जितपछि डर्टमुन्डको नौ खेलबाट २० अंक भएको छ । बायर्न आठ ...
— दक्षिण अफ्रिकी क्रिकेट हस्ती फाफ डु प्लेसिसले विराटनगर किंग्सबाट नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करण खेल्ने भएका छन् । एनपीएलको फ्रेन्चाइज टोली विराटनगरले शुक्रबार उनलाई आवद्ध गरेको जनाएको हो । दोस्रो सिजनको एनपीएल मंसिर १ देखि सुरु हुँदै छ । डु प्लेसिसले दोस्रो हाफमात्र आएर खेल्ने विराटनगर किंग्सका निर्देशक दीपेन्द्र चौधरीले बताए । अबुधाबी ...
: काभा यु–१९ च्याम्पियनसिपका लागि श्रीलंका जाने नेपाली राष्ट्रिय महिला यु–१९ भलिबल टोलीको बिदाइ गरिएको छ। शनिबार नेपाल भलिबल संघले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रमका बीच खेलकुदमन्त्री बब्लु गुप्ता र संघका पदाधिकारीले राष्ट्रिय महिला यु–१९ भलिबल टोलीको बिदाइ गरेका हुन्। बिदाइ कार्यक्रममा मन्त्री गुप्ताले राष्ट्रिय खेलकुद भलिबलको राष्ट्रिय कोर्ट नरहेकाले भलिबल कोर्ट बनाउन जग्गा खोज्ने कामका ...
: आइसीसी महिला क्रिकेट विश्वकप २०२५ को फाइनलमा भारत र दक्षिण अफ्रिकाबीच आइतबार प्रतिस्पर्धा हुनेछ। खेल नेपाली समय अनुसार अनुसार दिउँसो ३:१५ बजे नवी मुम्बईस्थित डीवाई पाटिल स्पोर्ट्स एकेडेमीमा हुनेछ। भारत र दक्षिण अफ्रिका दुवैले अहिलेसम्म महिला विश्वकप जितेका छैनन्। यो विजेता टोलीको लागि ऐतिहासिक क्षण हुनेछ। उपाधि भिडन्त रोमाञ्चक हुने सम्भावना छ। यस ...
: काठमान्डु गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो सिजनका लागि चौथो विदेशी खेलाडीको रुपमा बेन चार्ल्सवर्थलाई लिएको छ। देव्रे हातले ब्याटिङ र दाहिने हातले बलिङ गर्ने २४ वर्षे अलराउन्डर चार्ल्सवर्थले ग्लोसेस्टरसायरबाट इंग्लिस काउन्टी खेल्दै आएका छन्। काठमान्डु गोर्खाजले यसअघि इंग्ल्यान्डमा खेल्दै आएका दक्षिण अफ्रिकाका विकेटकिपर–ब्याटर रिकार्डो भास्कोनेसेलोस, नामिबियाका कप्तान जेरहार्ड इरसमस र अमेरिकी ब्याटर मिलिन्द कुमारलाई ...
: अखिल नेपाल फुटबल संघ (एन्फा)का वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्का निलम्बित भएका छन्। शुक्रबार बसेको एन्फा आकस्मिक भर्चुअल बैठकले वरिष्ठ उपाध्यक्ष खड्कालाई निलम्बित गरिएको हो। उनलाई एन्फा कार्यसमितिले अनुशासन विपरीत काम गरेको भन्दै निलम्बन गरेको छ। उनले कार्यवाहक अध्यक्षको रूपमा गरिएको कामहरू एन्फाको अनुशासन दायरा बाहिर भएको भन्दै निलम्बन गरिएको हो। खड्का आगामी साधारण सभासम्मको ...
: नेपाली पुरुष राष्ट्रिय फुटबल टिमले आगामी नोभेम्बर १३ मा बंगलादेशसँग मैत्रीपूर्ण खेल खेल्ने भएको छ। यो मैत्रीपूर्ण खेल बंगलादेशमा हुनेछ । उक्त खेल नेपाली समय अनुसार ७ः४५ मा हुने बताइएको छ। आगामी एएफसी एसियन कप छनोटको तयारीका रुपमा बंगलादेशले नेपालसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो। बंगलादेशले नोभेम्बर १८ मा भारतसँग एएफसी एसियन कप छनोटको ...
: विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो सिजनका लागि विश्वप्रसिद्ध दक्षिण अफ्रिकी क्रिकेटर फाफ डु प्लेसिसलाई अनुबन्ध गरेको घोषणा गरेको छ। टिम निर्देशक दिपेन्द्र चौधरीले विज्ञप्ति जारी गर्दै विश्व क्रिकेटका महान नाम फाफ डु प्लेसिसलाई टिममा अनुबन्ध गरेको जानकारी दिए। प्लेसिसले दक्षिण अफ्रिका र इन्डियन प्रिमियर लिग (आइपीएल) को फेन्चाईज टिम (आरसीबी)को कप्तान गरेका छन्। ...
— सहिद स्मारक लिग ‘ए’ डिभिजन नभएको तीन वर्ष छुनै लाग्दा त्यसको आयोजनालाई लिएर बिहीबार युवा तथा खेलकुद मन्त्रालयमा छलफल भएको छ । लिग आयोजनाका लागि यस्तो छलफल मन्त्रालयमा अनावश्यक रहेको धारणा बाहिर आइरहेकै बेला यो भेला भएको हो । युवा तथा खेलकुदमन्त्रीमा बल्लु गुप्ताको नियुक्तिपछि यो छलफल सुरु भएको हो । त्यसमा अखिल नेपाल फुटबल संघ (एन्फा) ...
— नेपाली राष्ट्रिय पुरुष फुटबल टिमको अन्तरिम मुख्य प्रशिक्षकमा शुक्रबार हरि खड्का नियुक्त भएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले खड्कालाई नियुक्ति पत्र हस्तान्तरण गरेका हुन् । सिनियर महिला फुटबल टिमका पूर्व मुख्य प्रशिक्षक खड्का एन्फाको ‘टेक्निकल डाइरेक्टर’ पनि हुन् ।
— काठमान्डु गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटका लागि शिखर इन्स्योरेन्ससँग व्यावसायिक सम्झौता गरेको छ । गोर्खाजले शिखर इन्स्योरेन्सलाई गोल्ड पार्टनरका रूपमा भित्र्याएको जनाएको छ । गोर्खाजले एनपीएल खेल्दा आफ्नो जर्सीको दुवै पाखुरामा शिखर इन्स्योरेन्सको लोगो लगाएर खेल्नेछ । यसका लागि गोर्खाज र शिखर इन्स्योरेन्सबीच बिहीबार सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौतामा गोर्खाजका कार्यकारी निर्देशक अनुभव सिरोहिया ...
— रोहित पौडेल एकदिवसीय अन्तर्राष्ट्रियमा दुई शतक बनाउने नेपालको पहिलो खेलाडी बनेका छन् । रोहितले बिहीबार दुबईमा भइरहेको विश्वकप लिग २ क्रिकेटमा यूएईविरुद्ध १ सय ९ रन बनाउँदै यो उपलब्धि छोएका हुन् । रोहितको प्रयासमा नेपालले यूएईलाई २ सय ३४ रनको लक्ष्य दिएको छ । टस जितेर ब्याटिङ रोजेको नेपाल दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा पुरा ...
: नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणमा उत्कृष्ट खेल प्रदर्शन गर्ने तीन खेलाडीलाई बजाज पल्सर मोटरसाइकल प्रदान गरिने भएको छ। बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच नेपाल क्रिकेट संघ (क्यान) र गोल्छा ग्रुपबीच अफिसियल टु ह्विलर पार्टनरसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हो। सम्झौता पत्रमा क्यान सचिव पारस खड्का र गोल्छा ग्रुपका निर्देशक अभिमन्यु गोल्छाले हस्ताक्षर गरेका ...
: आइसिसी विश्वकप लिग २ अन्तर्गतको जारी श्रृङ्खलामा आज नेपालले यूएईसँग खेल्दैछ। नेपाल र यूएईबीचको खेल दुबईको आइसिसी क्रिकेट एकेडेमीमा नेपाली समयअनुसार ११:१५ बजेदेखि सुरु हुनेछ। नेपालले जारी श्रृङ्खलाको पहिलो खेलमा अमेरिकासँग ठूलो अन्तरको हार बेहोरेको थियो। त्यस्तै, यूएईले पनि पहिलो खेलमा अमेरिकासँग हार बेहोरेको थियो। आज दुबै टोली जारी श्रृङ्खलाको पहिलो जितको खोजीमा हुनेछन् ...
First Prev ... 21 22 23 24 25 26 27 28 29 30 31 ... Next Last