मुख्य समाचार
खेलकूद
। भारतमा सुरु भएको साफ महिला च्याम्पियनसिप फुटबलमा नेपालले विजयी सुरुवात गरेको छ । सोमबार गोवाास्थित जवहरलाल नेहरु स्टेडियममा भएको खेलमा नेपालले भुटानलाई १-० ले पराजित गरेको हो । नेपालका लागि पहिलो हाफमा गीता रानाले गरेको गोल नै निर्णायक बन्यो । उनले २३औं मिनेटमा गरेको प्रहार भुटानी खेलाडीले क्लियर गर्ने क्रममा डिफ्लेक्ट भएर गोल भएको थियो ।
। नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’ले साफ महिला च्याम्पियनसिपको लागि नेपाली टोलीमा पूर्ण समर्थन रहेको सन्देश दिएकी छन् । इन्जुरीका कारण मैदानबाहिर रहेकी साम्बाले साफका लागि उत्साहित रहेको बताएकी हुन् । ‘इन्जुरीका कारण साफमा यसपटक म मैदानमा हुने छैन । मेरो पूरा समर्थन हाम्रो नेपाली टोलीलाई हुनेछ’ उनले भनेकी छन् । आठौं संस्करणको ...
: सिंगापुरमा यही मे ३१ देखि आयोजना हुने एसियाली खेलकुदको छनोट प्रतियोगिताका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरिएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले आइतबार एक विज्ञप्ति जारी गर्दै दीपेन्द्रसिंह ऐरीको कप्तानीमा नेपाली टोली घोषणा गरेको हो। घरेलु मैदानमा भएको संयुक्त अरब इमिरेट्स (यूएई) सँगको शृंखलामा टोलीमा स्थान बनाउन नसकेका रोहित पौडेल, सोमपाल कामी ...
। इंग्लिस प्रिमियर लिग च्याम्पियन आर्सनलले सिजनको अन्तिम खेलमा क्रिस्टल प्यालेसमाथि २-१ गोलअन्तरको जित हासिल गरेको छ । प्यालेसको मैदानमा भएको खेलमा आर्सनलका लागि ४१औं मिनेटमा गाब्रियल जेससले गोल गर्दै अग्रता दिलाएका थिए । ४७औं मिनेटमा नोनी माडुएकेले गोल गर्दै अग्रता दोब्बर पारे । प्यालेसका जिन फिलिपे माटेटाले सान्त्वना गोल फर्काए । जितपछि आर्सनलको ३८ खेलमा ८५ अंक ...
। इंग्लिस प्रिमियर लिगमा लिभरपुलले ब्रेन्टफोर्डसँग १-१ गोलको बराबरी खेलेको छ । आइतबार राति घरेलु मैदानमा भएको खेलमा ५७औं मिनेटमा कर्टिस जोन्सको गोलमार्फत अग्रता लिएको लिभरपुलले उक्त अग्रता धेरैबेर जोगाउन सकेन । ६३औं मिनेटमा केभिन स्केडले गोल गर्दै खेल बराबरीमा ल्याए । त्यसपछि कुनै पनि टोलीबाट थप गोल हुन सकेनन् । इजिप्टियन फरवार्ड मोहमद सालाहको यो लिभरपुलका लागि ...
। इंग्लिस प्रिमियर लिग फुटबलमा सन्डरल्यान्डले चेल्सीलाई २-१ गोलअन्तरले पराजित गरेको छ । आइतबार राति भएको सिजनको अन्तिम खेलमा सन्डरल्यान्डको जितमा ट्राइ हुमले एक गोल गर्दा एक गोल उपहार पाएको थियो। चेल्सीका कोल पाल्मरले एक गोल गरे । खेलको २४औं मिनेटमा हुमले गोल गर्दै सन्डरल्यान्डलाई अग्रता दिलाएका थिए । ४९औं मिनेटमा चेल्सीका मालो गस्टोबाट आत्मघाती गोल भएपछि ...
। इंग्लिस प्रिमियर लिग सिजनको अन्तिम खेलमा म्यान्चेस्टर सिटीले घरेलु मैदानमै एस्टन भिल्लासँग हार बेहोरेको छ । आइतबार राति भएको खेलमा सिटीलाई भिल्लाले २-१ गोलअन्तरले हराएको हो । खेलमा सुरुवाती अग्रता लिएको भएपनि सिटीले जोगाउन सकेन । खेलको २४औं मिनेटमा एन्टोइन सेमेन्योले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । दोस्रो हाफमा भिल्लाले २ गोल फर्कायो । ४६औं र ...
। टोटनहम हटस्पर इंग्लिस प्रिमियर लिगदेखि रेलिगेसनमा पर्नबाट जोगिएको छ । आइतबार राति भएको खेलमा एभर्टनलाई १-० ले हराएसँगै टोटनहम रेलिगसेन हुनबाट जोगिएको हो । टोटनहमको जितमा जोआओ पालिन्हाले ४२औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । त्यसपछि दुवै टिमबाट कुनै गोल हुन सकेनन् । जितपछि टोटनहम ३८ खेलमा ४१ अंक जोडेर १७औं स्थानमा रहेर सिजन फिनिस ...
। इंग्लिस प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर युनाइटेडले ब्राइटनमाथि ३-० को सहज जित निकालेको छ । आइतबार राति भएको सिजनको अन्तिम खेलमा युनाइटेडले ब्राइटनलाई उसैको मैदानमा पराजित गरेको हो । युनाइटेडको जितमा प्याट्रिक डोर्गु, ब्रायन एमबेउमो र ब्रुनो फर्नान्डेसले १-१ गोल गरे । खेलको ३२औं मिनेटमा डोर्गुले गोल गर्दै युनाइटेडलाई अग्रता दिलाएका थिए । ४३औं मिनेटमा एमबेउमोले गोल ...
: नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दविरुद्ध पद दुरुपयोगको मुद्दा दर्ता भएको छ । क्यानका अध्यक्ष चन्दमाथि २०८३ वैशाख १६ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पद दुरुपयोगसम्बन्धी मुद्दा दर्ता भएको थियो । आयोगले सोही मुद्दालाई वैशाख २९ मा युवा तथा खेलकुद मन्त्रालयलाई पठाएको थियो । यहि विषयलाई मन्त्रालयले वैशाख ३१ मा राखेपलाई १० दिनभित्र ...
। जापानमा हुने एसियन गेम्स अन्तर्गत पुरुष क्रिकेटतर्फको छनोट प्रतियोगिता सिंगापुरमा ३१ मे देखि सुरु हुँदैछ । प्रतियोगितामा सहभागी हुने नेपाली क्रिकेट टोलीको घोषणा पनि आइतबार भइसकेको छ । प्रतियोगितामा नेपाल समूह ‘ए’ मा रहेको छ । यस समूहमा नेपालसँगै मलेसिया, कतार र चीन पनि छन् । समूह बी मा भने ओमान, हङकङ, बहराइन र सिंगापुर छन् ...
। नेपाल क्रिकेट संघ (क्यान) अध्यक्ष चतुरबहादुर चन्द विरुद्ध पद दुरुपयोग गरेको लगायतका विभिन्न किसिमका गम्भिर आरोप लागेको छ । ती आरोपहरुबारे पाँच दिनभित्र जवाफ दिन राखेपले निर्देशन दिएको छ । राष्ट्रिय खेलकुद परिषद (राखेप) क्यानलाई पत्राचार गर्दै अध्यक्ष चन्द विरुद्ध विभिन्न उजुरी परेकाले त्यस विषयमा पाँच दिन भित्र राय/प्रतिक्रिया र प्रमाणित कागजातहरु उपलब्ध गराउन निर्देशन ...
। सिंगापुरमा ३१ मे देखि सुरु हुने एसियन गेम्स क्रिकेट छनोट प्रतियोगिताका लागि नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोली घोषणा गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले विज्ञप्ति जारी गर्दै टोलीको घोषणा गरेको हो । कप्तानमा दीपेन्द्रसिंह ऐरी छन् । यसअघि यूएईसँगको शृङ्खलामा नखेलेका रोहित पौडेल, सोमपाल कामी र करण केसी टोलीमा फर्किएका छन् । १३ राष्ट्र सहभागी ...
। भ्यालेन्सियाले स्पेनिस ला लिगा च्याम्पियन बार्सिलोनालाई सिजनको अन्तिम खेलमा ३–१ ले पराजित गरेको छ। शनिबार राति भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । दोस्रो हाफको ६१औं मिनेटमा रोबर्ट लेवान्डोस्कीले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । उनको गोलमा फेरान टोरेसले असिस्ट दिएका थिए। तर त्यसपछि भ्यालेन्सियाले उत्कृष्ट पुनरागमन गर्‍यो। ६६औं मिनेटमा जाभी गुएराले बराबरी ...
। नेपाली क्रिकेटर इशान पान्डे र गुल्शन झा बेल्जियममा हुने इयू टी-२० लिग बेल्जियम खेल्न जाने भएका छन् । प्रतियोगितामा जेबी ब्रुग्सको टोलीमा अनुबन्ध भएका उनीहरू त्यहाँ खेल्न जान चयन भएको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ । उक्त प्रतियोगितामा अन्य नेपाली खेलाडीहरू पनि विभिन्न टोलीमा अनुबन्ध भएका छन् । तर अन्य खेलाडीहरू भने राष्ट्रिय टोलीबाट ...
। अखिल नेपाल बुद्धिचाल महासंघमा नेतृत्वमाथि परेको अविश्वासको प्रस्तावमा छलफल गर्न महासंघको विशेष साधारण सभा आइतबार दुई स्थानमा हुँदैछ । पछिल्लो समय बढ्दै गएको आन्तरिक विवादका कारण महासंघको नेतृत्वमाथि अविश्वासको प्रस्ताव परेको थियो । नेतृत्वमाथि अविश्वासको प्रस्ताव पेश भएपछि विशेष साधारण सभा बोलाइएको हो । महासंघको आन्तरिक विवाद छताछुल्ल हुँदा अहिले अहिले विशेष साधारण सभा नै दुई ...
First Prev ... 13 14 15 16 17 18 19 20 21 22 23 ... Next Last