मुख्य समाचार
खेलकूद
। फिफाले सन् २०२६ को विश्वकपका लागि खेलअघिको औपचारिक कार्यक्रममा ठूलो परिवर्तन गरेको छ । अब प्रत्येक खेलको टोलीमा रहेका सबै २६ खेलाडी राष्ट्रिय गान बज्ने क्रममा मैदानमा उपस्थित हुनेछन् । यसअघि राष्ट्रिय गानका बेला केवल सुरुआती ११ खेलाडी मात्र मैदानमा उभिन्थे भने बेन्चमा रहेका खेलाडीहरू प्रशिक्षक र अफिसियलसँग डगआउट नजिकै बस्ने गर्थे । तर अमेरिका, ...
। फिफाले सन् २०२६ को विश्वकपअघि गरेको नयाँ निर्णयका कारण फ्यानहरूको स्वास्थ्य जोखिममा पर्न सक्ने भन्दै आलोचना सामना गरिरहेको छ । फिफाले सुरक्षासम्बन्धी कारण देखाउँदै अबदेखि स्टेडियमभित्र पुनः प्रयोग गर्न मिल्ने पानीका बोतल लैजान नपाइने नियम लागू गरेको छ । यो निर्णय प्रतियोगिता सुरु हुनुभन्दा मात्र ७ दिनअघि गरिएको हो । त्यसभन्दा पहिले स्टेडियमको आधिकारिक आचारसंहितामा भनिएको ...
। एसियाका उत्कृष्ट फुटबलरमध्येका एक सन ह्युङमिनले आफ्नो उपलब्धिहरूका कारण पहिल्यै आफ्नो विरासत सुरक्षित गरिसकेका छन् । इंग्लिस क्लब टोटनहम हट्सपरका दिग्गज रहिसकेका दक्षिण कोरियन खेलाडी सन अहिले लस एन्जलस एफसीका लागि खेलिरहेका छन् । सन अब आफ्नो चौथो फिफा विश्वकपमा खेल्न तयार छन् र अझै पनि आफ्नो देशका प्रमुख खेलाडी हुन् । उनी विश्व मञ्चमा फेरि ...
। आइभरी कोस्टले फ्रान्समाथि ऐतिहासिक जित हासिल गरेको छ । फिफा विश्वकप २०२६ अघिको मैत्रीपूर्ण खेलमा आइभरी कोस्टले फ्रान्सलाई २-१ ले पराजित गरेको हो । आइभरी कोस्टले सनसनीपूर्ण पुनरागमन गर्दै २–१ को जित दर्ता गरेको हो । नान्टेसमा भएको खेलमा आइभरी कोस्टलाई जित दिलाउने मुख्य पात्र बने गुएला डुए, जसले एक गोल गरे र अर्को गोलको ...
: एसियन गेम्स छनोटको सेमिफाइनलमा नेपालले ओमानसँग खेल्ने भएको छ । समूह ‘बी’ अन्तर्गत समूह चरणको अन्तिम खेलमा हङकङसँग पराजित हुँदा ओमान समूह ‘बी’ को उपविजेताको रुपमा सेमिफाइनल खेल्नेछ । समूह चरणको अन्तिम खेलमा हङकङसँग १५४ रनले पराजित हुँदै ओमान समूह ‘बी’ को उपविजेताको रुपमा समूह ‘ए’ को विजेता नेपालसँग खेल्ने छ । त्यस्तै , ...
। उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनलाई भेट्दा उत्तर कोरियाली महिला फुटबल खेलाडी भावुक बनेका छन् । एएफसी महिला च्याम्पियन्स लिगको ऐतिहासिक उपाधि जितेको उत्तर कोरियाली क्लब नाइगोह्याङ महिला फुटबल क्लबका खेलाडीहरूलाई नेता किम जोङ उनले यस साता प्योङयाङमा व्यक्तिगत रूपमा स्वागत गर्दा उनीहरु खुसीले भावुक भएका हुन् । किमले उनीहरूलाई अँगालो हाल्दै सामूहिक तस्वीरसमेत ...
। फुटबल विश्वकप युवा प्रतिभा उदाउने सबैभन्दा ठूलो मञ्च मानिन्छ । पेले १७ वर्षको उमेरमा ब्राजिललाई १९५८ को विश्वकप जिताएका थिए भने किलियन एम्बाप्पेले २०१८ मा १९ वर्षको उमेरमा फ्रान्सलाई विश्वकप जिताउन महत्वपूर्ण भूमिका खेलेका थिए । पहिले नै युरोपेली फुटबलमा स्थापित भएका लामिन यामल, पाउ कुबार्सी र जर्मनीका लेनार्ट कार्ल जस्ता खेलाडीमाथि धेरैको नजर रहनेछ ...
। रोकिएको गौतमबुद्ध क्रिकेट रंगशालाको काम पुनः सुरुभएको छ । बागमती प्रदेश सरकारबाट बजेट निकासामा ढिलाइ भएकाले यसअघि भुक्तानी नपाएको भन्दै निर्माण कम्पनीले एक महिना निर्माण कार्य रोकेको थियो । बागमती प्रदेश सरकारबाट नौ करोड रुपैयाँ निकासा भएपछि निर्माण कार्य पुनः सञ्चालन भएको भरतपुर महानगरपालिकाका इन्जिनियर आदर्श पोखरेलले जानकारी दिए । महानगरपालिकाका डिभिजन इन्जिनियर सन्तोष आचार्यले निर्माण कम्पनीलाई ...
: एसियन गेम्स छनोटअन्तर्गतको खेलमा नेपालले मलेसियालाई १६७ रनले पराजित गरेको छ। मलेसियालाई हराएसँगै नेपाल समूह एको विजेताको रूपमा सेमिफाइनल खेल्ने छ। एक खेल अगाडि नै मलेसियाले चीनलाई हराएपछि मलेसिया र नेपाल दुवै टिम एसियन गेम्समा छनोट भइसकेका थिए। सिंगापुर नेसनल ग्राउन्डमा टस हारेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २७५ रन ...
। नेपाल क्रिकेट संघ (क्यान) ले भुटानविरुद्धको खेलमा नेपाली खेलाडीहरूबाट भएको ‘टाइमआउट’ अपिल भएको घटनाप्रति माफी मागेको छ । क्यानले विज्ञप्ति जारी गर्दै उक्त घटना आफूहरूले अंगिकार गर्ने क्रिकेटको मूल्य र खेलभावनाअनुरूप नभएको जनाएको छ । ‘यो आउट क्रिकेटको नियमभित्र रहेर गरिएको भए पनि खेलको भावना लिखित नियमभन्दा माथि हुन्छ र त्यो सधैं हाम्रो व्यवहारको केन्द्रमा रहनुपर्छ ...
: नेपाली राष्ट्रिय क्रिकेट टोलीले जुलाईमा हुने अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) क्रिकेट विश्वकप लिग–टुको शृंखला अघि जर्सी भ्रमण गर्ने भएको छ। जर्सीमा नेपालले विश्वकप लिग–टुको तयारीका लागि दुई एकदिवसीय अभ्यास खेल खेल्ने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ। नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्काले बुधबार एक विज्ञप्ति जारी गर्दै नेदरल्यान्ड्समा आयोजना हुने शृंखलाको ...
। नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह ऐरी आईसीसी टी-२०आई अलराउन्डर वरियतामा पाँचौं स्थानमा झरेका छन् । आईसीसीले मंगलबारसम्मको अपडेट राखी बुधबार अध्यावधि गरेको नयाँ वरियता अनुसार दीपेन्द्र चौथोबाट पाँचौं स्थानमा पुगेका हुन् । उनको रेटिङ अंक भने २३९ नै यथावत् छ । हाल नेपाली पुरुष टोलीले सिंगापुरमा एसियन गेम्स छनोट खेलिरहेको छ । पहिलो खेलमा नेपालले ...
। नेपाल सुपर लिग (एनएसएल) फुटबलको चौथव सिजनका लागि विस्तार प्रक्रिया सुरु गरेको छ । लिगले आगामी सिजनदेखि होम एन्ड अवे फर्म्याटमा प्रतियोगिता सञ्चालन गर्ने तयारीसँगै तीन नयाँ टोली थप्ने घोषणा गरेको हो । एनएसएलका अध्यक्ष श्रेयान्स कार्कीले जारी गरेको विज्ञप्तिका अनुसार ५ सेप्टेम्बर २०२६ देखि सुरु हुने चौथो सिजनमा हाल रहेका सात टोलीसँगै तीन नयाँ ...
। नेपाली क्रिकेट टोलीका ब्याटर कुशल भुर्तेलले आईसीसी टी-२०आई ब्याटिङ वरियतामा दुई स्थान सुधार गरेका छन् । आईसीसीले बुधबार अध्यावधि गरेको नयाँ वरियताअनुसार भुर्तेल २ स्थान सुधार गर्दै ६४औं स्थानमा उक्लिएका हुन् । उनको रेटिङ अंक ४९६ भएको छ । नेपाली पुरुष टोलीले सिंगापुरमा एसियन गेम्स छनोट खेलिरहेको छ । पहिलो खेलमा नेपालले आइतबार चीनलाई पराजित गरेको ...
। नेपाली क्रिकेट टोलीका लेगस्पीनर सन्दीप लामिछाने आईसीसी टी-२०आई बलिङ वरियतामा तीन स्थान खस्किएका छन् । आईसीसीले बुधबार अध्यावधि गरेको नयाँ वरियताअनुसार सन्दीप ३ स्थान तल झरेका हुन् । उनी ५८औं स्थानमा पुगेका छन् । उनको रेटिङ अंक ५२५ छ । यस्तै दीपेन्द्रसिंह ऐरी पनि ४ स्थान खस्किएर ७७औं स्थानमा पुगेका छन् । दीपेन्द्र अलराउन्डर वरियतामा पनि ...
। इंग्लिस प्रिमियर लिग क्लब लिभरपुलले मुख्य प्रशिक्षक नियुक्तिका लागि एन्डोनी इराओलासँग मौखिक सहमति गरेको छ । यससँगै उनी बर्खास्तीमा परेका आर्ने स्लटको स्थानमा लिभरपुलको नयाँ प्रशिक्षक बन्ने नजिक पुगेका छन् । गत सिजनको अन्त्यमा प्रिमियर लिगकै क्लब एएफसी बर्नमाउथ छाडेका ४३ वर्षीय स्पेनी प्रशिक्षक इराओला एनफिल्डको जिम्मेवारी सम्हाल्ने प्रमुख दाबेदार थिए । द एथलेटिकका अनुसार ...
First Prev ... 11 12 13 14 15 16 17 18 19 20 21 ... Next Last