मुख्य समाचार
खेलकूद
। क्रिकेट संघ रुपन्देहीको अध्यक्षमा हरिबहादुर थापा निर्वाचित भएका छन् । संघको सोमबार राति सम्पन्न पाँचौं अधिवेशनबाट ६९ मत प्राप्त गरी थापा निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी क्रिकेटर शक्ति गौचनले ४९ मत प्राप्त गरे । दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित थापा भैरहवाका व्यवसायी हुन् । उनी होटेल तथा कलेज सञ्चालक समेत ...
। नेपाली क्रिकेट टिमका ओपनिङ ब्याटर कुशल भुर्तेल एसियन गेम्स पुरुष क्रिकेट छनोटको ‘प्लेयर अफ द सिरिज’ घोषित भएका छन् । भुर्तेलले प्रतियोगितामा शानदार ब्याटिङ गर्दै ४ खेलमा २ शतक र १ अर्धशतकसहित ३४० रन बनाए । उनी प्रतियोगितामा सबैभन्दा धेरै रन बनाउने खेलाडी समेत हुन् । उनले चीनविरुद्धको पहिलो खेलमा ४३ बलमा १२९ रन बनाएका थिए ...
। सिंगापुरमा सम्पन्न एसियन गेम्स पुरुष क्रिकेट छनोटको फाइनलमा नेपालले हङकङलाई डीएलएस पद्धति अनुसार पराजित गरेको छ । सोमबार दिउँसो भएको फाइनल खेलमा हङकङले दिएको १८९ रनको बलियो लक्ष्य पछ्याइरहेको नेपालले ११.३ ओभरमा २ विकेट गुमाएर ११४ रन बनाएको अवस्थामा वर्षा भएको थियो । त्यसपछि खेल हुन नसक्दा डीएलएस पद्धति अनुसार नेपाल विजयी भएको हो । डीएलएस ...
। राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले अखिल नेपाल फुटबल संघ (एन्फा) पदाधिकारीलाई विदेश जाने बाटो खुला गर्न अस्वीकार गरेको छ । फिफा विश्वकप २०२६ मा सहभागी हुन जाने उद्देश्यले विदेश जान रोक लगाउने निर्णय फिर्ताका लागि एन्फा अध्यक्ष पंकजविक्रम नेम्बाङ र महासचिव किरण राई राखेप पुगेका थिए । तर, राखेपले तत्कालको अवस्थामा पदाधिकारीलाई विदेश जाने बाटो खुला ...
। डेनमार्कका अनुभवी मिडफिल्डर क्रिस्चियन एरिक्सन युक्रेनविरुद्धको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका क्रममा मैदानमै ढलेका छन् । डेनिस फुटबल संघका अनुसार उनी केही समयका लागि अचेत भए पनि अहिले सचेत अवस्थामा छन् र स्वास्थ्य अवस्था सामान्य रहेको छ । ओडेन्समा आइतबार भएको खेलको ६५औं मिनेटमा ३४ वर्षीय एरिक्सन अचानक मैदानमा ढलेपछि खेल रोकिएको थियो । चिकित्सकको उपचारपछि उनी ...
। जर्मनीका एलेक्जेन्डर जेभरेभले लामो समयदेखि प्रतिक्षित पहिलो ग्रान्डस्लाम उपाधि जितेका छन् । आइतबार भएको फ्रेन्च ओपन पुरुष एकल फाइनलमा उनले इटालीका फ्लाभियो कोबोलीलाई ६-१, ४-६, ६-४, ६-७ (५-७), ६-१ ले पराजित गर्दै करियरकै पहिलो ग्रान्डस्लाम उपाधि जिते । २९ वर्षीय जेभरेभका लागि यो चौथो ग्रान्डस्लाम फाइनल थियो । यसअघि खेलेका तीनवटै फाइनलमा पराजित भएका उनले अन्ततः ...
। ब्राजिलका स्टार फुटबलर नेयमार जुनियरले सन् २०२६ को फिफा विश्वकप आफ्नो अन्तर्राष्ट्रिय करियरको अन्तिम प्रतियोगिता हुन सक्ने संकेत दिएका छन् । उनले यसलाई ‘द लास्ट डान्स’ भन्दै उल्लेख गरेका हुन्। यो टिप्पणी उनले फिफाको सामाजिक सञ्जाल पोस्टको कमेन्टमा गरेका थिए, जहाँ उनको ब्राजिल टोलीसँगको यात्रा देखाउने तस्बिरहरू राखिएको थियो । सो पोस्टमा ‘वी ह्याभ वाच्ड ...
। इराकी फुटबलर अयमान हुसेनलाई अमेरिका पुग्दा शिकागोको ओ’हारे विमानस्थलमा करिब ७ घण्टासम्म रोकिएर सोधपुछ गरिएको छ । इराकी खेलकुद अधिकारीका अनुसार, हुसेनलाई लामो समय सोधपुछपछि अन्ततः देश प्रवेश गर्न अनुमति दिइयो । तर टोलीसँगै आएका फोटोग्राफरलाई भने अमेरिका प्रवेश गर्न दिइएन । अधिकारीका अनुसार, हुसेनको मोबाइल फोन पनि जाँच गरिएको थियो । त्यस्तै, टोलीका फोटोग्राफर तलाल ...
। फिफा विश्वकप २०२६ अघिको मैत्रीपूर्ण खेलमा विश्व विजेता अर्जेन्टिनाल र ब्राजिलले जित हात पारेको छ । स्टार खेलाडी लियोनल मेस्सीबिनै मैदानमा उत्रिएको विश्वकपको साविक विजेता अर्जेन्टिनाले आइतबार बिहान भएको खेलमा होन्डुरसलाई २-० ले हरायो । अर्जेन्टिनाका लाउतारो मार्टिनेजेल ३७औं मिनेटमा पेनाल्टीमा गोल गर्दै अग्रता दिलाएका थिए । जिउलियानो साइमोन ५५औं मिनेटमा अर्जेन्टिनाको लागि दोस्रो गोल गरे ...
। फिफा विश्वकप २०२६ अघिको मैत्रीपूर्ण खेलहरुमा उपाधि दाबेदार टिमहरुले जित हात पारेका छन् । युरोपियन राष्ट्रहरू जर्मनी, पोर्चुगल, इंग्ल्यान्ड र स्कटल्यान्डले जित हात पारेका हुन् । जर्मनीले विश्वकप सहआयोजक अमेरिकालाई २-१ ले पराजित गरेको हो । काइ हाभेर्ट्जले दोस्रो मिनेटमै गोल गर्दै जर्मनीलाई अग्रता दिलाएका थिए । अमेरिकाको लागि एन्टोनी रोबिनसनले ३७औं मिनेटमा बराबरी गोल ...
। उत्तर अमेरिकाको तीन राष्ट्रमा हुने फिफा २०२६ अब निकै नजिक आइसकेको छ । अहिलेसम्मकै ठूलो र नयाँ नयाँ प्रयोग हुन लागेको फुटबलको महाकुम्भका लागि विश्वभरका फुटबल समर्थकहरू प्रतिक्षा गरिरहेका छन् । यस पटक विश्वकप कसले जित्ला भन्ने मुख्य जिज्ञासा सहित तीन राष्ट्रमा ४८ राष्ट्रले खेल्ने विश्वकप कस्तो होला? कुन टिमको प्रदर्शन कस्तो होला ? उत्तर ...
। १९ वर्षीया रुसी खेलाडी मिरा एन्ड्रिभाले फ्रेन्च ओपन टेनिसको उपाधि जित्दै करियरको पहिलो ग्रान्डस्लाम जितेकी छन् । फ्रेन्च ओपनको महिला एकल फाइनलमा उनले पोल्याण्डकी माजा चालिन्सकालाई ६-३, ६-२ को सोझो सेटमा पराजित गरिन् । एन्ड्रिभा सन् १९९२ मा मोनिक सेलेसपछि फ्रेन्च ओपन जित्ने सबैभन्दा कान्छी महिला खेलाडी बनेकी छन् । विश्व वरियताको ११४औं स्थानमा रहेकी चालिन्स्का प्रतियोगिता ...
: साफ महिला च्याम्पियनसिप २०२६ को उपाधि घरेलु टिम भारतले जितेको छ। गोवास्थित जवाहरलाल नेहरु स्टेडियममा भारतले साविक विजेता बंगलादेशलाई ३-१ ले पराजित गर्दै उपाधि जितेको हो। भारतले ७ वर्षपछि साफ महिला च्याम्पियनसिपको उपाधि जितेको हो। सन् २०१०, २०१२, २०१४, २०१६ र २०१९ मा लगातार पाँच पटक उपाधि जितेको भारतले त्यसपछि भने उपाधि जित्न सकेको थिएन। खेलको ...
: ओमानलाई ८ विकेटले पराजित गर्दै नेपालले एसियन गेम्स छनोटको फाइनल खेल्ने भएको छ। सिङ्गापुरको सिंगा ओभलमा टस जितेर ब्याटिङ गरेको ओमान १९.४ ओभरमा ९४ रन बनाउँदै अल आउट भएको थियो। ओमानले दिएको ९५ रनको सामान्य लक्ष्य पछाएको नेपालले ९.२ ओभरमा दुई विकेट गुमाउँदै लक्ष्य पूरा गरेको हो। नेपालका लागि लोकेश बमले सर्वाधिक ४४ रन बनाउँदै ...
: अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) विश्वकपमा प्रतिस्पर्धा गर्न लागेको इरानको फुटबल टोलीले अमेरिकाको भिसा पाएको छ। अमेरिकी अधिकारीहरूले फिफा विश्वकपका लागि इरानका खेलाडी तथा अफिसियललाई अमेरिका प्रवेशको भिसा उपलब्ध गराएको जनाएको छ। इरानका खेलाडीले फिफा विश्वकप उद्घाटन हुनुभन्दा १० दिनअघि मात्रै भिसा पाएका हुन्। अमेरिकी अधिकारीहरूले जारी गरेको एक वक्तव्यमा विश्वकपका लागि खेलाडी र केही ...
। एसीसी महिला प्रिमियर कपअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले हङकङसँग लज्जास्पद हार बेहोरेको छ । नेपाल हङकङसँग ६९ रनले पराजित भएको हो । हङकङले दिएको ११० रनको लक्ष्य पछ्याएको नेपाल १३.३ ओभरमा ४० रनमा अलआउट भयो । सोनी पाख्रिनले सर्वाधिक १२ रन बनाइन् भने रुबिना क्षेत्रीले १० रन बनाइन् । अन्यले दोहोरो अंकमा रन बनाउनै ...
First Prev ... 10 11 12 13 14 15 16 17 18 19 20 ... Next Last