मुख्य समाचार
खेलकूद
। कप्तान लियोनल मेस्सीको ह्याट्रिकमा साविक विजेता अर्जेन्टिनाले फिफा विश्वकप –२०२६ को शानदार सुरुवात गरेको छ । अमेरिकाको कान्सास सिटी रंगशालामा बुधबार बिहान भएको खेलमा अल्जेरियालाई ३–० ले पराजित गर्दै अर्जेन्टिनाले शानदार सुरुवात गरेको हो । अर्जेन्टिनाका लागि सबै गोल कप्तान मेस्सीले गरे । छैटौं पटक विश्वकप खेलेका मेस्सीले पहिलोपटक ह्याट्रिक पूरा गरेका हुन् । उनले खेलको १७औं, ...
। अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले फिफा विश्वकप २०२६ को पहिलो खेलमा ह्याट्रिक पूरा गरेका छन् । अमेरिकाको कान्सास सिटी रंगशालामा जारी खेलमा अल्जेरियाविरुद्ध मेस्सीले ह्याट्रिक पूरा गरेका हुन् । उनले खेलकाे १७औं, ६०औं र ७६औं मिनेटमा गोल गरे । छैटाै‌ँ पटक विश्वकप खेलेका मेस्सीले पहिलाेपटक ह्याट्रिक पूरा गरेका हुन् । यो ह्याट्रिकसँगै मेस्सीले विश्वकपमा सर्वाधिक गोल ...
। आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत क्यानडाको किङ सिटीमा भएको क्यानडा र नेदरल्यान्ड्सबीचको एकदिवसीय खेल पिचको सुरक्षासम्बन्धी चिन्ताका कारण ४.१ ओभरमै रद्द गरिएको छ । टस जितेर ब्याटिङ रोजेको नेदरल्यान्ड्सले एक विकेट गुमाएर १५ रन बनाएको अवस्थामा खेल रोकिएको थियो । दोस्रो ओभरमा म्याक्स ओ’डाउड शून्यमै आउट भएका थिए । तर खेलाडीहरूको सुरक्षामाथि प्रश्न उठाउने ...
। अस्ट्रेलियन बिग ब्यास लिग (बीबीएल) का दुई फ्रेन्चाइज टोलीहरू मेलबर्न स्टार्स र मेलबर्न रेनेगेड्स आगामी सिजन पनि छुट्टाछुट्टै टोलीका रूपमा रहने भएका छन् । यी दुईबीचको मर्जर प्रक्रिया हाललाई स्थगित भएको छ । बीबीएलको निजीकरणसम्बन्धी छलफल चलिरहेकै बीच क्रिकेट भिक्टोरियाले अर्को सिजन दुवै टोली यथावत् रहने स्पष्ट पारेको हो । यसअघि स्टार्स र रेनेगेड्सलाई एकीकृत ...
। फिफा विश्वकप २०२६ अन्तर्गत स्पेनविरुद्धको उत्कृष्ट प्रदर्शन गरेका केप भर्डेका गोलकिपर भोजिन्हाको सामाजिक सञ्जाल फलोअर्स १० घन्टामै ५० हजारबाट ५० लाख पुगेको छ। सन् २०१० को विश्वविजेता स्पेनलाई बराबरीमा रोक्न ४० वर्षीय भोजिन्हाले शानदार प्रदर्शन गरेका थिए । खेलभरि स्पेनले लगातार आक्रमण गरे पनि उनले एकपछि अर्को उत्कृष्ट बचाउ गरेका थिए । केप भर्डे जस्तो सानो ...
: फिफा विश्वकप २०२६ अन्तर्गत समूह एच को पहिलो खेलमा केप भर्डे र स्पेनले गोलरहित बराबरी खेलेका छन्। एट्लान्टा स्टेडियममा भएको खेलमा स्पेनको अट्याकलाई केप भर्डेको उत्कृष्ट डिफेन्स र गोलकिपरले गोलरहित बराबरीमा रोकिन बाध्य बनायो। गोलरहित बराबरी खेल्दै यी दुई टोलीले १–१ अंक बाँडेका हुन्। विश्वकपको डेब्यू खेल खेलेको केप भर्डेले सन् २०१० को विश्वविजेतालाई ...
: फिफा विश्वकप २०२६ अन्तर्गत समूह एचको दोस्रो खेलमा साउदी अरेबिया र उरुग्वेले बराबरी खेल्दै अंक बाँडेका छन्। मियामी स्टेडियममा भएको खेलको पहिलो हाफमा साउदी अरेबियाले १-० को अग्रता बनाएको थियो। खेलको पाँचौं मिनेटबाट उरुग्वेले कर्नर मार्फत साउदी अरबियाविरुद्ध दबाब सिर्जना गर्न खोजेको थियो। खेलको ४१ औं मिनेटमा साउदी अरबियाले गोल गर्यो। साउदी अरेबियाका ...
: फिफा विश्वकप २०२६ अन्तर्गत समूह जी को दोस्रो खेलमा इरान र न्यूजिल्यान्डले बराबरी खेल्दै अंक बाँडेका छन्। लस एन्जल्स स्टेडियममा भएको खेलमा इरान र न्यूजिल्यान्डले २–२ बराबरी खेलेका हुन्। पहिलो हाफ १–१ बराबरीमा रोकिएको खेल दोस्रो हाफमा पनि १–१ गोल हुँदा बराबरीमा सकिएको हो। न्यूजिल्यान्डका लागि एलिजाह जस्टले पहिलो गोल गरेका हुन्। उनले इरानी ...
। नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह ऐरी आईसीसी टी-२०आई अलराउन्डर वरियतामा चौथो स्थानमा उक्लिएका छन् । आईसीसीले मंगलबारसम्मको अपडेट राखी बुधबार अध्यावधि गरेको नयाँ वरियता अनुसार दीपेन्द्र पाँचौंबाट चौथो स्थानमा उक्लिएका हुन् । उनको रेटिङ अंक पनि हालसम्मकै उत्कृष्ट २५६ पुगेको छ । नेपाली पुरुष टोलीले हालै सिंगापुरमा सम्पन्न एसियन गेम्स छनोटमा अपराजित रहेर च्याम्पियन बनेको ...
। नेपाली महिला क्रिकेट टोली आईसीसी महिला टी-२०आई वरियतामा एक स्थान खस्किएको छ । नेपाली महिला टोली एक स्थान तल झरेर २३औं स्थानमा पुगेको हो । नेपाली महिला क्रिकेट टोली पछिल्लो समय राम्रो लयमा देखिएको छैन । गत साता एसियन गेम्समा छनोट हुन असफल भएको महिला टोली एसिया कपमा पनि छनोट हुन सकेन । एसियन गेम्स छनोटमा ...
। फिफा विश्वकप फुटबलको २३औं संस्करण भोलिदेखि सुरु हुँदैछ । सन् १९३० देखि सुरु भएको विश्वकपको १५औं संस्करण आयोजना गरेको अमेरिकाले दोस्रोपटक विश्वकप आयोजना गर्दैछ । सन् १९९४ मा अमेरिकाले पहिलोपटक फिफा विश्वकप आयोजना गर्दा प्रतियोगितामा २४ टोली थिए, ५२ खेल हुन्थे र फाइनलको सबैभन्दा महँगो टिकट ४७५ डलरमा पाइन्थ्यो । उक्त संस्करणको उपाधि ब्राजिलले जितेको ...
। विश्व फुटबलको सर्वोच्च निकाय फिफा (फिफा) र एसियाली फुटबल महासंघ (एएफसी) ले अखिल नेपाल फुटबल संघ (एन्फा) माथिको हस्तक्षेप पूर्णरूपमा बन्द नभए नेपाललाई अन्तर्राष्ट्रिय फुटबलबाट तत्काल निलम्बन गर्ने अन्तिम चेतावनी दिएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) ले ५ दिनअघि (५ जुन २०२६ मा) प्राप्त गरी हालै सार्वजनिक गरेको संयुक्त पत्र अनुसार, राष्ट्रिय खेलकुद ...
। फिफा विश्वकप २०२६ अघि अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाले आइल्यान्डलाई ३-० ले पराजित गरेको छ । अमेरिकाको अलाबामास्थित जोर्डन हारे स्टेडियममा बुधबार बिहान भएको खेलमा अर्जेन्टिनाका कप्तान लिओनल मेसीले पनि गोल गरे । उनले दोस्रो हाफमा मैदान प्रवेश गर्दै गोल गरेका थिए । तयसअघि भ्यालेन्टिन बार्कोले आठौं मिनेटमै गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए । दोस्रो हाफमा अर्जेन्टिनाले ...
। नेपाली महिला क्रिकेट टोली एसिया कपमा पनि छनोट हुन असफल भएको छ । केही दिनअघि एसियन गेम्स छनोटमा पनि असफल भएको महिला टोली एसिया कपमा पनि छनोट हुन सकेन । मलेसियामा जारी एसीसी महिला प्रिमियर कपको क्‍वाटरफाइनलमा थाइल्यान्डसँग पराजित भएसँगै नेपाल एसिया कपमा छनोट हुन असफल भएको हो । बुधबार विहान भएको क्‍वाटरफाइनलमा नेपाल थाइल्यान्डसँग ...
। अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले फिफा र एएफसीको पटक पटकको निर्देशनपछि पनि एन्फामाथिको अनुचित हस्तक्षेप नरोकिएको दाबी गरेका छन् । फिफा विश्वकप २०२६ को उद्घाटन जानबाट रोक लगाएपछि महासचिव राईले सामाजिक सञ्जालमार्फत फुटबलमा तेस्रो पक्षको अनुचित हस्तक्षेप भएको दाबी गरेका हुन् । ‘विदेश जान व्यक्तिगत रुपमा कुनै विशेष मोह छैन । तर ...
। फिफा विश्वकप २०२६ मा रेफ्रीको भूमिका निर्वाह गर्ने तयारीमा रहेका सोमालियाली फुटबल रेफ्री ओमार अब्दुल्कादिर अर्तानलाई अमेरिका प्रवेशमा रोक लगाइएको छ । विश्वकपको फाइनल चरणमा रेफ्री बन्ने पहिलो सोमाली नागरिकका रूपमा इतिहास रच्ने तयारीमा रहेका अर्तानलाई मियामी अन्तर्राष्ट्रिय विमानस्थलमा अमेरिकी अध्यागमन अधिकारीहरूले रोकेका हुन् । अमेरिका प्रवेश अनुमति नपाएपछि उनलाई फिफा विश्वकप रेफ्रीको सूचीबाट हटाइएको बीबीसीले ...
First Prev ... 9 10 11 12 13 14 15 16 17 18 19 ... Next Last