मुख्य समाचार
खेलकूद
। फिफा विश्वकप २०२६ मा कीर्तिमानी गोल गरेपछि अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले यो जित निकै संघर्षपूर्ण र कडा मिहिनेतबाट प्राप्त भएको बताएका छन् । अष्ट्रियामाथि २–० को जित निकालेर नकआउट चरणमा प्रवेश गरेपछि कप्तान मेस्सीले यो जितले अगाडिको यात्राका लागि मानसिक शान्ति दिने बताएका हुन् । ‘इमानदारीपूर्वक भन्नुपर्दा म यो जितबाट साँच्चै धेरै खुसी छु । विशेष ...
। कप्तान लियोनल मेस्सीको कीर्तिमानी गोलमा अर्जेन्टिनाले अष्ट्रियालाई पराजित गरेको छ । डालास स्टेडियममा भएको खेलमा अष्ट्रियालाई २–० ले पराजित गर्दे अर्जेन्टिना फिफा विश्वकप २०२६ को नकआउट चरणमा प्रवेश गरेको छ । अर्जेन्टिनाको जितमा कप्तान मेस्सीले दुई गोल गरे । उनले ३८औं मिनेटमा पहिलो गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । फ्याकुन्डो मेडिनाको पास कन्ट्रोल गरेर उत्कृष्ट ...
। साविक उपविजेता फ्रान्स फिफा विश्वकप २०२६ को नकआउट चरणमा प्रवेश गरेको छ । फिलाडेल्फिया स्टेडियममा भएको खेलमा इराकलाई ३–० ले हराउँदै फ्रान्स नकआउट चरणमा प्रवेश गरेको हो ।यो फ्रान्सको दोस्रो जित हो । यसअघि पहिलो खेलमा फ्रान्सले सेनेगललाई ३–१ ले पराजित गरेको थियो । खेलको १४औं मिनेटमा कप्तान किलियन एम्बाप्पेले गोल गर्दै टोलीलाई पहिलो अग्रता दिलाएका थिए ...
। सेनेगललाई हराउँदै नर्वे फिफा विश्वकप २०२६ को नकआउट चरणमा प्रवेश गरेको छ । न्यूयोर्क न्यू जर्सी स्टेडियममा मंगलबार बिहान भएको खेलमा सेनेगललाई ३–२ ले हराउँदै नर्वे २८ वर्षपछि नकआउट चरण प्रवेश गरेको हाे । नर्वेको जितमा एर्लिङ हाल्यान्डले दुई र मार्कस होल्मग्रेन पेडरसनले एक गोल गरे । सेनेगलका इस्माइला सारले दुई गोल गरेपनि हार टार्न सकेनन् ...
। स्पेनका फरवार्ड लामिन यमालले आमा र परिवारको अगाडि गोल गर्न पाउनु एउटा सपना पूरा भएको बताएका छन् । साउदी अरेबियाविरुद्ध गोल गरेपछि १८ वर्षीय स्टार यमालले सुरुवाती खेलाडीको रूपमा आफ्नो पहिलो खेलमै गोल गर्न पाउनु एउटा सपना जस्तै भएको बताएका हुन् । उनले विश्वकपमा पहिलो गोल गरेका हुन् । ‘मैले अघिल्लो विश्वकप कक्षाकोठाबाट हेरेको थिएँ । ...
। स्पेनले फिफा विश्वकप २०२६ मा साउदी अरेबियामाथि फराकिलो जित निकालेको छ । एटलान्टा स्टेडियममा भएको खेलमा स्पेनले साउदीमाथि ४–० को फराकिलो जित निकालेको हो । स्पेनको जितमा मिकेल ओयार्जाबलले दुई र लामिन यमालले एक गोल गर्दा एक गोल उपहार पायो । १०औं मिनेटमा मिकेल ओयार्जाबलको पासमा लामिन यामालले गोल गर्दै स्पेनलाई अग्रता दिलाएका हुन् । त्यसपछि ...
। फिफा विश्वकप २०२६ मा दुई पटकको विश्वविजेता उरुग्वे नवप्रवेशी टोली केप भर्डेसँग बराबरीमा रोकिएको छ । अमेरिकाको फ्लोरिडास्थित मियामी स्टेडियममा भएको खेलमा उरुग्वे केप भर्डेसँग २–२ को बराबरीमा सकिएको हो । केप भर्डेले यसअघि स्पेनसँग बराबरी खेलेको थियो । दुवै टोलीले आफुले लिएको अग्रता जोगाउन नसक्दा बराबरीमा रोकिन पुगे । केप भर्डेले उरुग्वेविरुद्ध सुरुवाती अग्रता लिएको ...
। न्यूजिल्यान्डलाई हराउँदै इजिप्ट फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘जी’ को शीर्ष स्थानमा उक्लिएको छ । सोमबार बिहान भएको खेलमा न्यूजिल्यान्डलाई ३–१ ले पराजित गर्दै इजिप्ट समूहको शीर्ष स्थानमा उक्लिएको हो । यो इजिप्टको पहिलो जित हो । यसअघि पहिलो खेलमा बेल्जियमसँग बराबरीमा रोकिएको थियो । इजिप्टको जितमा मोहम्मद सलाह, मोस्तफा जिको र ट्रेजेग्वेटले एकएक गोल गरे ...
। फिफा विश्वकपको १०००औं खेलमा एसियाली राष्ट्र जापानले अफ्रिकन राष्ट्र ट्युनिसियामाथि ४-० को शानदार जित हात पारेको छ । समूह एफमा पहिलो जतिपछि जापानले नकआउट चरणमा प्रवेश गर्ने सम्भावनालाई बलियो बनाएको छ । दुई खेलबाट जापानको नेदरल्यान्ड्स समान ४ अंक भएको छ । मेक्सिकोको मोन्टेरेमा भएको खेलमा जापानका लागि असाय उएदाले दुई तथा दाइची कामाडा र जुन्या ...
। ब्राजिलका स्टार फुटबलर नेयमार जुनियरले स्कटल्यान्ड विरुद्धको खेल खेल्ने भएका छन् । चोटका कारण सुरुवाती दुई खेल गुमाएका नेयमार स्कटल्यान्ड विरुद्धको खेलमा उपलब्ध हुने ब्राजिलका मुख्य प्रशिक्षक कार्लो एन्सेलोटीले पुष्टि गरे । ‘नेयमार भोलि व्यक्तिगत रूपमा र सोमबार टोलीसँग प्रशिक्षण गर्नेछन् । उनी स्कटल्याण्ड विरुद्धको खेलको लागि उपलब्ध हुनेछन्,’ कार्लोले हाइटीमाथि ३-० को जितपछि भने ...
। डेनिस उन्डाभले दोस्रो हाफमा मैदान प्रवेश गर्दै दुई गोल गरेपछि जर्मनी आइभरी कोस्ट विरुद्ध २-१ को पुनरागमन जित हात पार्दै फिफा विश्वकप २०२६ को नकआउट चरणमा प्रवेश गरेको छ । समूह इ अन्तर्गत आइतबार बिहान क्यानडाको टोरन्टोको भएको खेलमा उन्डाभले इन्जुरी टाइममा विजयी गोल गरेका थिए । लगातार दोस्रो जितपछि जर्मनी एक खेल अगावै नकआउट चरणमा ...
। ब्रायन ब्रोभी र कोडी गाक्पोको दुई-दुई गोल मदतमा नेदरल्यान्ड्स फिफा विश्वकप २०२६ शनिबार स्वीडेनलाई ५-१ ले पराजित गरेको छ । समूह एफमा नेदरल्यान्ड्सको यो पहिलो जित हो । पहिलो खेलमा जापानसँग बराबरी खेलेको नेदरल्यान्ड्स दुई खेलबाट ४ अंक जोडेर शीर्ष स्थानमा उक्लेको छ र नकआउट पुग्ने सम्भावना बलियो बनाएको छ । पहिलो हार बेहोरेको स्वीडेन भने ...
। गोलकिपर एलोय रुम नायक बन्दै १५ सेभ गरेपछि कुरासाओले इक्वेडरलाई गोलरहित बराबरीमा रोक्दै फिफा विश्वकपमा पहिलो अंक जोडेको छ । उत्तर अमेरिकामा भइरहेको फिफा विश्वकप २०२६ डेब्यु गरेको कुरासाओले दोस्रो खेलमा आएर पहिलो अंक जोडेको हो । अमेरिकाको कान्सास सिटी स्टेडियममा आइतबार बिहान भएको खेलमा इक्वेडरले गोल गर्ने दर्जन बढी अवसर बनाएपनि कुरासाओका गोलकिपर रुमले शानदार ...
। फिफा विश्वकप २०२६ अघि उनको खासै चर्चा थिएन । न कुनै स्टार खेलाडी, न महँगा क्लबमा खेल्ने । तर उत्तर अमेरिकाको अमेरिका मेक्सिको र क्यानडामा भइरहेको विश्वकपमा भने अहिले एक जना खेलाडी स्टार बनेर उदाइरहेका छन् । उनी हुन् जर्मनीका डेनिस उन्डाभ । जर्मनीमा जमाल मुसिएला, काइ हाभार्ट्स, फ्लोरिएन विर्ट्ज, कप्तान जोसुअ किम्मिच जस्ता खेलाडी चर्चामा छन् ...
। इंग्लिस प्रिमियर लिग २०२६–२७ सिजन २१ अगस्टदेखि सुरु हुने भएको छ । शुक्रबार सार्वजनिक खेलतालिका अनुसार नयाँ सिजनको पहिलो खेलमा च्याम्पियन आर्सनलले नवप्रवेशी कोभेन्ट्री सिटीको सामना गर्ने छ । अगस्ट २१ मा हुने उक्त खेल कोभेन्ट्रीको २५ वर्षपछि शीर्ष डिभिजनमा पुनरागमनपछिको पहिलो खेल हुनेछ । मिकेल आर्टेटाको प्रशिक्षणमा आर्सनलले गत सिजन २००४ यताकै पहिलो प्रिमियर ...
। लगातार दोस्रो हारसँगै टर्कीए फिफा विश्वकप २०२६ बाट बाहिरिएको छ । सान फ्रान्सिस्को बे एरिया स्टेडियममा शनिबार बिहान भएको खेलमा पाराग्वेसँग १–० ले पराजित भएसँगै टर्कीए विश्वकपको समूह चरणबाटै बाहिरिएको हो । यो नतिजासँगै सहआयोजक अमेरिका भने एक खेल अगावै समूह ‘डी’ काे विजेता बन्दै नकआउट चरणमा पुगेको हो । अमेरिकाको २ खेलबाट ६ अंक ...
First Prev ... 7 8 9 10 11 12 13 14 15 16 17 ... Next Last