मुख्य समाचार
खेलकूद
: इजिप्टका स्टार फर्वाह मोहम्मद सलाहले लिभरपुलसँगको सम्झौता नवीकरण गरेका छन्। उनले लिभरपुलसँग २ वर्षको सम्झौता नवीकरण गरेका हुन्। उनको पछिल्लो सम्झौता समरमा सकिएपश्चात उनी लिभरपुलमा बस्ने नबस्ने कुराले निकै चर्चा कमाएको थियो। उनी साउदी अरब जाने हल्लाबीच उनले लिभरपुलसँगको सम्झौता नवीकरण गरेका हुन्। ३२ वर्षीय सलाहले लिभरपुलका लागि ३९४ खेल खेल्दै २४३ गोल र ...
। एथलेटिक्स र हलिउड फिल्म निर्माणको दुनियाँलाई एकापसमा गाभ्दै, फुटबल लिजेन्ड क्रिस्टियानो रोनाल्डो र प्रशंसित हलिउड निर्देशक म्याथ्यू भनले संयुक्तरुपमा फिल्म स्टुडियो ‘यूआर मार्भ’को सुरुवात गरेका छन् । हलिउड म्यागजिन भेराइटीले विश्वचर्चित खेलाडी फिल्म निर्माणको क्षेत्रमा संलग्न भएको उल्लेख गरेको छ । यसवर्ष युट्युब एकाउन्ट सिर्जना गरेर प्रशंसकको मन जितेका रोनाल्डोको रुचि फिल्ममा पनि भएको अन्तर्राष्ट्रिय ...
। केएल राहुल र ट्रिस्टन स्टब्सले शतकीय साझेदारी बनाएपछि दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा अपराजित यात्रा कायमै राखेको छ । दिल्ली यस संस्करणमा हालसम्म अपराजित रहने एकमात्र टिम हो । बेंगलुरुले दिएको १६४ रनको लक्ष्य दिल्लीले १७.५ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्‍यो । केएल राहुलले अविजित ९३ रनको पारी खेले । ट्रिस्टन स्टब्सले ...
: नेपाली राष्ट्रिय क्रिकेट टिमका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा अर्को नयाँ कीर्तिमान बनाएका छन्। टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा हालसम्म कुनैपनि खेलमा डकआउट नहुने खेलाडीको कीर्तिमान बनाएका हुन्। उनले ७६ खेलमा ६६ पारी खेल्दा कुनै पनि पारीमा डकआउट भएका छैनन्। उनले बिहीबार बिहान भएको कुवेतसँगको खेलमा दिपेन्द्रले १२ बलमा ३ छक्का र २ चौका प्रहार ...
: ऐतिहासिक पर्यटन प्रवर्द्धनका कार्यक्रम गर्दै आएको नेपाली सेनाले बिहीबार गोरखा दरबारदेखि जितगढीसम्मको पदयात्रा सुरु गरेको छ। आठ दिने ऐतिहासिक पदमार्गको यात्रामा निस्केको नेपाली सेनाको टोलीलाई बिहीबार गोरखा दरबारमा औपचारिक कार्यक्रम गरी बिदाइ गरिएको छ। नेपाली सेनाले सो रुटमा गरेको पदयात्राको यो तेस्रो संस्करण हो। ऐतिहासिक पदमार्गमा पदयात्रा गर्ने सेनाका ४८ जनालाई बिहीबार बिहान ९ बजे ...
: चारदेशीय टि २० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको दोस्रो खेलमा नेपाल विजयी भएको छ। आज बिहान भएको खेलमा नेपालले कुवेतलाई ६ विकेटले हराएको हो। हङकङको मङककस्थित मिसन रोड ग्राउन्डमा टस हारेर ब्याटिङको निम्तो पाएको कुवेतले १८५ रन बनाएको थियो। १८६ रनको विजय लक्ष्य पछाएको नेपालले १८.५ ओभरमा ४ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको हो। नेपालका लागि ओपनर ...
। भारतमा जारी इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा गुजरात टाइटन्सले लगातार चौथो जित निकालेको छ । बुधबार भएको खेलमा राजस्थान रोयल्सलाई ५८ रनले हराउँदै गुजरातले चौथो जित निकालेको हो । गुजरातले दिएको २१८ रनको लक्ष्य पछ्याएको राजस्थान १९.२ ओभरमा १५९ रनमा अलआउट भयो । शिमरोन हेटमायरले सर्वाधिक ५२ रन बनाएपनि पर्याप्त हुन सकेन । कप्तान सन्जु ...
। स्पेनिस क्लब बार्सिलोनाले यूईएफए च्याम्पियन्स लिग फुटबलअन्तर्गत क्वाटरफाइनलको पहिलो लेगमा जर्मन क्लब बोरुसिया डर्टमुन्डमाथि फराकिलो जित निकाल्दै सेमिफाइनल सम्भावना बलियो बनाएको छ । गएराति भएको खेलमा बार्सिलोनाले डर्टमुन्डलाई ४–० गोलअन्तरले हराएको हो । घरेलु मैदान क्याम्प नोउ भएको खेलमा बार्सिलोनाले खेलभर दबदबा कायम राख्दै डर्टमुन्डलाई कुनै मौका दिएन। खेलको २५औं मिनेटमा ब्राजिलियन फरवार्ड राफिन्हाले पहिलो गोल गर्दै ...
— नेपालले आईसीसी यू–१९ विश्वकप एसिया छनोट प्रतियोगितामा यूएईसँग आफ्नो पहिलो खेल खेल्ने भएको छ । अर्को साता सुरु हुने पाँच राष्ट्र सहभागी प्रतियोगिताको खेल तालिका नेपाल क्रिकेट संघ (क्यान) ले मंगलबार सार्वजनिक गरेको हो । अप्रिल १३ देखि १९ सम्म काठमाडौंको मूलपानीमा हुने प्रतियोगितामा नेपाल, यूएईसहित अफगानिस्तान, हङकङ र ओमानले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताका सबै ...
— हङकङमा आजदेखि सुरु भएको टी–२० आई सिरिजको पहिलो खेलमा नेपालले कतारलाई ८ विकेटले पराजित गरेको छ । पहिले ब्याटिङ गर्दै कतारले दिएको १५२ रनको लक्ष्य नेपालले १७ ‌ओभरमा मात्र दुई विकेटको क्षतिमा पूरा गर्‍यो । नेपालका लागि ओपनर कुशल भुर्तेलले सर्वाधिक ३८ रन बनाए । उनले १९ बल खेल्दै चार चौका र तीन छक्का हिर्काए । ...
: नेपालले अफगानस्तानलाई ८५ रनले पराजित गरेको छ। नेपाली यु-१९ क्रिकेट टोलीले अफगानिस्तान यु-१९ टोलीलाई डीएलएस(डर्कवर्थ लुइस स्ट्रेन)मा पराजित गरेको हो। मुलपानी क्रिकेट मैदानमा २०.१ ओभरमा वर्षा सुरु भएपछि तीन दिवसीयअन्तर्गतको अन्तिम खेल नेपालको पक्षमा परेको हो। यसअघि २ खेल जित्दै अफगानिस्तानले सिरिज जितिसकेको छ। पहिलो खेलमा १३० रनले पराजित भएको नेपाल दोस्रो खेलमा १ रनले ...
। डेक्लान राइसले फ्रिकिकमा दुई शानदार गोल गरेपछि आर्सनलले युईएफए च्याम्पियन्स लिग क्वाटरफाइनलको पहिलो लेगमा स्पेनी महारथी रियल मड्रिडलाई पराजित गरेको छ। मंगलबार राति आर्सनलको घरेलु मैदान इमिरेट्स स्टेडियममा भएको खेलमा पहिलो हाफ गोलरहित बराबरीमा सकिएपनि दोस्रो हाफमा आर्सनलले शानदार खेल प्रस्तुत गर्दै ३-० को जित निकाल्यो । खेलको ५८औं मिनेटमा डेक्लान राइसले पहिलो फ्रिकिकमार्फत गोल ...
: यू १९ विश्वकप एसिया छनौटको लागि नेपाली टिमको घोषणा भएको छ। नेपाल क्रिकेट स‌ंघ क्यानले नरेन भट्टको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको हो। यही प्रतियोगिताको तयारी स्वरूप नेपालले अफगानिस्तान यू १९ टिमसँग युथ ओडीआई शृङ्खला खेलिरहेको छ। जसमा दुई खेलमा नेपालले हार बेहोरेको छ पहिलो खेलमा १३० रनको फराकिलो हार बेहोरेको नेपालले दोस्रो ...
: इन्डियन प्रिमियर लिग (आइपीएल)मा लखनउले तेस्रो जित हात पारेको छ। लखनउले कोलकत्ताविरुद्ध ४ रनले विजयी भएको हो। लखनउले दिएको २३९ रनको लक्ष्य पछ्याएको कोलकत्ताले निर्धारित ओभरको खेलमा ७ विकेटको क्षतिमा २३४ रनमात्र बनाउनसक्यो। कोलकत्ताका रिंकु सिंहले अन्तिम ओभरमा आक्रामक ब्याटिङ गरे पनि त्यो जितका लागि पर्‍याप्त भएन। रिंकुल १५ बलमा ६ चौका र ...
: इन्डियन प्रिमियर लिग (आइपीएल)मा पन्जाब किङ्सले सुपर किङ्सलाई १८ रनले पराजित गरेको छ। पञ्जाबको जितमा युवा ब्याटर प्रियांश अर्यालले उत्कृष्ट शतकीय पारी खेले। मुलानपुरस्थित महाराजा यादावेन्द्र सिंह इन्टरनेसनल क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ गरेको पन्जाबले २१९ रन बनाएको थियो। पन्जाबले दिएको २२० रनको लक्ष्य पछाएको चेन्नाईले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २०१ रन बनायो। ...
: चार देशीय टी-२० अन्तर्राष्ट्रिय सिरिजको पहिलो खेलमा कतारले नेपाललाई १५२ रनको विजयी लक्ष्य प्रस्तुत गरेको छ। हङकङको मङ्ककस्थित मिसिन रोड ग्राउन्डमा टस हारेर ब्याटिङको निम्तो पाएको कतारले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १५१ रन बनाएको हो। कतारका लागि कप्तान इक्रमूललाह खानले सर्वाधिक ५४ रनको अर्धशतकीय पारी खेले। उनले ५४ बलमा ५ चौका र २ ...
First Prev ... 7 8 9 10 11 12 13 14 15 16 17 ... Next Last