मुख्य समाचार
खेलकूद
। न्युजिल्याण्डका ओपनर फिन एलेनले टी-२० आई क्रिकेटमा एकै खेलमा कीर्तिमानी १६ छक्का प्रहार गरेका छन् । उनकै विष्फोटक शतकको मद्दतमा न्युजिल्याण्डले बुधबार दुनेदिनमा पाकिस्तानलाई ४५ रनले पराजित गर्दै दुई खेल अगावै सिरिज जितेको छ । पाँच खेलको सिरिजमा न्युजिल्याण्डले ३-० को अग्रता लिएको हो । खेलमा टस हारेर पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले एलेनको १३७ रनको मद्दतमा ...
काठमाडौं । स्थानीय बासिन्दा र संरक्षणकर्मीको विरोधपछि खुलामञ्चमा भूमिगत पार्किङ बनाउने निर्णयबाट पछि हटेको काठमाडौं महानगरपालिका त्यहाँ अब फुटबल मैदान बनाउन तम्सिएको छ । फेरि पनि स्थानीयवासी र संरक्षण अभियन्ताहरुले खुलामञ्चलाई प्राकृतिक चौरकै रुपमा छाड्न माग गर्दै सर्वसाधारणको पहुँच नखुम्च्याउन चेतावनी दिएका छन् । तर, स्थानीय फुटबल क्लबहरुलाई साथ लिएर महानगरपालिका जसरी पनि खुलामञ्चमा सकेसम्म कृत्रिम ...
।जनवरी १९ देखि दक्षिण अफ्रिकामा सुरु हुने आईसीसी यू-१९ विश्वकपका लागि सबै १६ टोली तयारी अवस्थामा छन् । नेपालले पनि ८ वर्षपछि यू-१९ विश्वकपमा पुनरागमन गरेको छ । यस पटक फरक फर्म्याटमा हुने लागेको यू१९ विश्वकपमा नेपाल समूह डी मा छ । नेपाल रहेको समूहमा एसियाकै तीन राष्ट्रसहित न्युजिल्याण्ड छन् । नेपालले केही समयअघि यू१९ एसिया कपमा खेलेको ...
। वर्षको उत्कृष्ट पुरुष खेलाडीले पाउने फिफा बेस्ट अवार्ड अर्जेन्टिनाका फरवार्ड लियोनल मेस्सीले हात पारेका छन् । इन्टर मियामीका मेस्सीले सिटीका स्ट्राइकर एर्लिङ हालान्डलाई पछि पारेका हुन् । पेरिस सेन्ट जर्मेनका स्ट्राइकर केलियन एमबाप्पे उत्कृष्ट खेलाडीको दौडमा तेस्रो भए । ३६ वर्षीय मेस्सीले जुनमा अमेरिकी मेजर लिग सकर एमएलएस क्लब इन्टर मियामीमा सर्नुअघि सन् २०२३ को सुरुवात ...
— डिफेन्डिङ च्याम्पियन सेनेगलले अफ्रिका कप अफ नेसन्स २०२३ को उपाधि रक्षा अभियान सोमबार जितसँगै सुरु गरेको छ । उसले समूह ‘सी’ को खेलमा गाम्बियालाई सजिलै ३–० ले हरायो । खेलको चौथो मिनेटमा पेप गुएयेको गोलले अग्रता लिएको सेनेगलका लागि लामिने कमाराले दोस्रो हाफमा दुई गोल थपे । गाम्बिया खेलको अन्त्यमा दस खेलाडीमा सीमित रहेको थियो ...
— ली काङ–इनको दुई गोलको मद्दतले दक्षिण कोरियाले एसियन कप २०२३ मा अपेक्षा अनुसार प्रभावशाली सुरुआत गर्ने क्रममा सोमबार बहराइनलाई सजिलै ३–१ ले पराजित गरेको छ । यो जितपछि समूह ‘डी’ मा पूर्व विजेता दक्षिण कोरियाको तीन अंक भएको छ । उसको अर्को चरण प्रवेशको सम्भावना पनि बलियो बनेको छ । खेलको ३९ औं मिनेटमा दक्षिण कोरियाले ...
— शहिद लखन गाउँपालिका–६, घैरुङमा माघी पर्वको अवसर पारेर गोरु जुधाइएको छ । यहाँ माघीमा हरेक वर्ष गोरु जुधाइ प्रतियोगिता नै हुने गरेको छ । यसवर्ष १२ हल गोरु जुधाइएको छ । यो वर्ष प्रतियोगितामा भाग लिन धादिङको ज्वालामुखी स्थित रामपुर, भिमसेन थापा र गण्डकी र शहिद लखन गाउँपालिका किसानले गोरु लिएर आएका थिए । ...
— मोहम्मद मार्डी र मोहम्मद सुलेमनको दुई दुई गोलको मद्दतले जोर्डनले सोमबार एसियन कप २०२३ मा मलेसियालाई सजिलै ४–० ले हरायो । यो जितपछि जोर्डन समूह ‘ई’ को शीर्षमा पनि रहन सफल रह्यो । जोर्डनले पहिलो हाफमा तीन गोल गरेको थियो र खेलमाथि पूर्ण नियन्त्रण राख्न सफल रह्यो । यस अगाडि यसै समूहको खेलमा दक्षिण कोरियाले ...
— लियोनल मेसी र ऐटाना बोनमटी मंगलबार फिफाको उत्कृष्ट खेलाडी २०२३ चुनिएका छन् । मेसीले फिफाको उत्कृष्ट पुरुष खेलाडीको अवार्ड जितेको यो तेस्रो पल्ट हो, तर यसपल्ट भने यो विवादास्पद रह्यो । म्यानचेस्टर सिटीका इर्लिङ हालान्डलाई उछिनेर मेसी अविश्वसनीय रूपमा विजेता रहे । कीर्तिमान आठ पल्टका बेलन डे’अर विजेता मेसीले पेरिस सेन्ट जर्मेन (पीएसजी) छाडेर एमएलएस ...
— टोटनहमले दुई पल्ट पुनरागमन रचेपछि म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा आइतबार रोमाञ्चक २–२ को बराबरी खेलेको छ । ओल्ड ट्रायफोर्डमा युनाइटेडले दुई पल्ट अग्रता लिए पनि त्यसलाई कायम राख्न सकेन । रासमस होजलउन्डले युनाइटेडलाई सुरुआती अग्रता दिलाएपछि रिचार्लिसनले बराबरी गोल गरे । मार्कस रसफोर्डले युनाइटेडलाई फेरि अग्रता दिलाएपनि रोड्रिगो बेन्टकरले बराबरी गोल फर्काए । यो नतिजापछि ...
— इन्टर मिलानले इटालीको सिरी ए मा आफ्नो स्थिति अझ मजबुत बनाउने क्रममा शनिबार मोन्जालाई ५–१ ले हराएको छ । यससँगै शीर्ष स्थानमा इन्टरले पाँच अंकको ठोस अग्रता पनि लिएको छ । इन्टरको यो जितमा हाकान चाल्हानोलुले दुई गोल गरे । उसको २० खेलबाट ५१ अंक भएको छ । युभेन्ट्स ४६ अंकमा दोस्रो स्थानमा रहेको छ ...
— ओस्कार बबले दोस्रो हाफको इन्ज्युरी समयमा गरेको गोलको मद्दतले म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा न्युकासल युनाइटेडलाई ३–२ ले हराएको छ । सेन्ट जेम्स पार्कमा प्राप्त यस जितसँगै सिटी लिगको शीर्षमा रहेको लिभरपुलसँगको दूरी दुई अंकमा छोट्याउन सफल रह्यो । खेल बराबरीतर्फ अग्रसर भइरहेका बेला २० वर्षीय नर्वेली खेलाडी बबले निर्णायक गोल गरेका हुन् । यो ...
— अस्ट्रेलियाले एसियन कप-२०२३ को समूह ‘बी’ को पहिलो खेलमा शनिबार भारतमाथि प्रभावशाली २–० को जित निकालेको छ । पहिलो हाफको गोलरहित बराबरीपछि पूर्वविजेता अस्ट्रेलियाले २ गोल गरेको हो । भारतीय गोल रक्षक गुरप्रित सिंह सिन्धुको कमजोर क्लियरेन्समा ज्याक्सन इरभिनले ५० औं मिनेटमा पहिलो गोल गरे । त्यसपछि सब्टिच्युट खेलाडी जोर्डन बसले नजिकको दूरीबाट ७३ औं ...
— सेको फोफानाले सुरुमै गरेको उत्कृष्ट गोलको मद्दतले आइभरीकोस्टले अफ्रिका कप अफ नेसन्समा शनिबार गिनी–बिसाउलाई २–० ले पराजित गर्दै विजयी सुरुआत लिएको छ । यससँगै उसले तीन अंक बटुलेको छ । साउदी अरेबियामा व्यवसायिक फुटबल खेल्ने फोफानाले चौथो मिनेटमै आयोजक देशलाई अग्रता दिलाएका थिए । दोस्रो हाफमा जियान–फिलिपे क्रसाले दोस्रो गोल गरे र आइभरीकोस्ट समूह ‘ए’ ...
— डिफेन्डिङ च्याम्पियन तथा आयोजक देश कतारले एसियन कप २०२३ मा शुक्रबार सजिलो विजयी सुरुआत लिएको छ । उसले लेवनानलाई ३–० ले पराजित गरेको हो । सन् २०२२ को विश्वकप आयोजक पनि रहेको कतारलाई अक्रम आफिफले पहिलो हाफको अन्त्यतिर गोल गर्दै अग्रता दिलाए । दोस्रो हाफ सुरु भएयता अलमोज अलिले कतारको अग्रता दोब्बर बनाए भने तेस्रो ...
— कतारमा शुक्रबारदेखि एसियन कप फुटबल सुरु भएको छ । लगभग चार सातासम्म चल्ने यो प्रतियोगिताले नयाँ एसियाली च्याम्पियन दिनेछ । कतार प्रतियोगिताको आयोजक मात्र होइन, डिफेन्डिङ च्याम्पियन पनि हो । कतारलाई आफूले जितेको उपाधि रक्षा गर्न कठिन भने हुनेछ । जापान र दक्षिण कोरिया सबैभन्दा बलिया प्रत्याशीका रूपमा रहेका छन् । एसियन कप : हेर्नलायक पाँच खेलाडी जापान प्रतियोगिता इतिहासकै सबैभन्दा ...