मुख्य समाचार
खेलकूद
। नेपालले दक्षिण अफ्रिकामा जारी आइसीसी यू–१९ विश्वकपको सुपर सिक्समा पहिलो खेल बंगलादेशसँग खेल्ने भएको छ । समूह ए को अन्तिम खेलमा भारतले अमेरिकालाई २०१ रनले हराउँदै समूह विजेता बनेको छ । योसँगै नेपालको तालिका पनि पक्का भएको हो । नेपालले माघ १७ गते बुधबार (३१ जनवरी) मा बंगलादेशसँग खेल्नेछ । त्यस्तै दोस्रो खेल नेपालले माघ १९ ...
। अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले गत नोभेम्बरमा श्रीलंका क्रिकेट बोर्डमाथि लगाएको निलम्बन हटाएको छ । आइतबार बसेको बोर्ड बैठकले तत्काल लागु हुने गरी निलम्बन हटाएको हो । सन् २०२३ को विश्वकपमा भारतसँगको लज्जास्पद हारपछि श्रीलंकाका खेलकुद मन्त्री रोशन रानासिङ्घेले श्रीलंका क्रिकेट बोर्डका सबै सदस्यलाई बर्खास्त गरेका थिए । श्रीलंका क्रिकेट बोर्ड प्रशासनमा सरकारको व्यापक हस्तक्षेप भएको ...
दक्षिण अफ्रिकामा जारी आईसीसी यू-१९ विश्वकप २०२४ को सुपर सिक्स खेल्ने सबै १२ टोलीको टुङ्गो लागेको छ । सुपर सिक्स १ मा भारत, बंगलादेश, न्युजिल्यान्ड, पाकिस्तान, नेपाल र आयरल्यान्ड छन् । सुपर सिक्स २ मा अष्ट्रेलिया, श्रीलंका, वेस्टइन्डिज, दक्षिण अफ्रिका, इंग्ल्यान्ड र जिम्बावे छन् । नेपालले सुपर सिक्समा बुधबार बंगलादेश र शुक्रबार भारतसँग खेल्नेछ । नेपालले ...
। आखिरमा प्रशिक्षक जाभीले पनि बार्सिलोना छाड्ने नै भए । सन् २०२१ को नोभेम्बरमा उनले पहिलो पटक बार्सिलोना सम्हालेका थिए । अब यस सिजनको अन्त्यमा उनले क्लब छाड्ने छन् । बार्सिलोना आउन अगाडि उनी कतारमा थिए, अल साद हेरिरहेका थिए । सन् २०२२–२०३३ उनले बार्सिलोना हेरेको पहिलो पूरा सिजन थियो । त्यही बेला क्लबले लिग ...
। वेस्ट इन्डिजले दोस्रो टेस्ट खेलमा घरेलु टोली अष्ट्रेलियामाथि ८ रनको रोमाञ्चक जित हात पारेको थियो । अष्ट्रेलियालाई जितको लागि ९ रन चाहिँदा तीव्र गतिका बलर शमार जोशेफले जोश हेजलवुडलाई अफ स्टम्प बोल्ड गर्दै रोमान्चक जित दिलाएका हुन् । वेस्ट इन्डिजले २७ वर्षपछि अष्ट्रेलियालाई उसकै घरेलु मैदानमा हराएको हो । जितको लागि २१६ रनको विजयी लक्ष्य पछ्याएको ...
। ब्राजिलका महान फुटबलर पेले सन् २०२२ सेप्टेम्बर ३० मा संसारबाट बिदा भएका थिए । तर उनको पारिवारिक जीवन भने मृत्युपछि पनि विवादमै रुमल्लिइरहेको छ । विवादको निरुपण गर्नका लागि पेलेको चिहान उत्खनन गरिने भएको छ । आफूलाई पेलेकी छोरी दाबी गर्ने एक महिलाले पेलेको शवलाई चिहानबाट बाहिर निकाल्न माग गरेकी छिन् । ६० वर्षीया मारिया डो सोकोरो ...
— बार्सिलोनाले स्पेनी ला लिगामा शनिबार फेरि अर्को हार बेहोरेको छ । नु क्याम्पमा बार्सिलोना भिल्लारियलको हातबाट ५–३ ले पराजित रह्यो र यो नतिजासँगै शीर्ष स्थानमा रहेको रियल म्याड्रिडसँग दस अंकको दूरीमा रह्यो । यस नतिजासँगै प्रशिक्षक जाभीले यस सिजनको अन्त्यमा क्लब छाड्ने पनि घोषणा गरेका छन् । उनले सन् २०२१ को नोभेम्बरमा बार्सिलोना सम्हाल्न सुरु ...
— एडेमोला लुकमनको दुई गोलमा नाइजेरियाले क्यामरुनलाई शनिबार २–० ले पराजित गर्दै अफ्रिका कप अफ नेसन्सको क्वार्टरफाइनल यात्रा तय गरेको छ । एटलान्टाका फरवार्ड लुकमनले प्रत्येक हाफमा एक/एक गोल गरे । अफ्रिका कप अफ नेसन्सको क्वार्टरफाइनल यात्रा तय गरेपछि नाइजेरियाली फुटबल टिम । तस्बिर : सीएएफ अनलाइन क्यामरुनका लागि यो नतिजा निराशाजक रह्यो । क्यामरुन पछिल्लो विश्वकपमा ...
। पोखरामा जारी आहारारा पोखरा गोल्डकपमा भुटानको पारो एफसीलाई १–० ले पराजित गर्दै थ्रीस्टार क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । थ्रीस्टारको जितका लागि दुवै गोल आशिष चापागाईंले गरेका हुन् । चापागाईंले अतिरिक्त समयको २६ र २९ औं मिनेटमा गोल गरेका हुन् । चापागाईंले अतिरिक्त समयको २६ औं मिनेटमा पेनाल्टी बक्सबाट उत्कृष्ट प्रहार गर्दै गोल गरेका हुन् ...
। नेपालका स्पिनर सुवास भण्डारी अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) को कारबाहीमा परेका छन् । दक्षिण अफ्रिकामा जारी यू-१९ विश्वकपअन्तर्गत दोस्रो खेलमा पाकिस्तानविरुद्ध गरेको गल्तीको कारण उनी कारबाहीमा परेका हुन् । उनलाई आईसीसीले एक डेमेरिट प्वान्ट दिएको छ । पाकिस्तानविरुद्ध १४औं ओभरमा भण्डारीले शाहजैब खानलाई अनावश्यक बल फ्याँकेपछि उनको काँधमा लागेको थियो ।त्यसैको कारण आईसीसीको आचार संहिता २.९ ...
। दक्षिण अफ्रिकामा जारी आईसीसी यू-१९ विश्वकपमा अफगानिस्तानलाई १ विकेटले हराउँदै नेपाललाई सुपर सिक्समा पुर्याउन तीव्र गतिका बलर आकाश चन्द नायक बने । सुपर सिक्समा पुग्न निर्णायक खेलमा बलियो टेस्ट टोली अफगानिस्तानलाई १४५ रनमै रोक्न आकाशले जादुमय बलिङ गरेका थिए । दक्षिण अफ्रिकाको बफेलो पार्कमा अफगानिस्तानले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको थियो । बलियो ...
— लिभरपुलका व्यवस्थापक योर्गन क्लोपले यो सिजनको अन्त्यसँगै क्लब छाड्ने शुक्रबार बताएका छन् । उनको यो निर्णय स्तब्धपूर्ण र अप्रत्यासित रहेको छ । सन् २०१५ मा उनले पहिलो पल्ट एनफिल्डको जिम्मेवारी सम्हालेका थिए । क्लोप आएयता लिभरपुल फेरि युरोपेली क्लब फुटबलको शक्ति बनेको थियो । जर्मन प्रशिक्षकको नेतृत्वमा लिभरपुलले सन् २०२० मा इंग्लिस प्रिमियर लिग जितेको ...
— अस्ट्रेलियन ओपन-२०२४ को पुरुष एकल उपाधिका लागि ड्यानिएल मेडभेडेभ र जानिच सिनर भिड्ने भएका छन् । शुक्रबार भएको पहिलो सेमिफाइनलमा सिनरले डिफेन्डिङ च्याम्पियन नोभाक जोकोभिचलाई ६–१, ६–२, ६–७ (६/८) र ६–३ ले हराएका थिए । त्यससँगै अस्ट्रेलियन ओपनमा जोकोभिचको छ वर्ष लामो अपराजित यात्रामा पूर्ण विराम लागेको छ । यससँगै जोकोभिचको २५ औं ग्रान्ड स्लाम ...
: रोमाञ्चक खेलमा अफगानिस्तानलाई १ विकेटले हराउँदै नेपाल यु-१९ विश्वकपको सुपर सिक्समा प्रवेश गरेको छ। दक्षिण अफ्रिकामा शुक्रबार भएको खेलमा अफगानिस्तानले दिएको लक्ष्य ४४.४ ओभरमा पूरा गर्दै नेपाल सुपर सिक्समा प्रवेश गरेको हो। नेपाललाई सुपर सिक्समा प्रवेश गराउँदै कप्तान देव खनालले अर्धशतक प्रहार गरे। ८९ बल खेलेका खनाल ७ चौकासहित ५८ रन बनाए। त्यस्तै सुवास भण्डारी ...
— एसियन कप २०२३ मा बिहीबार लिग चरणका खेल सकिएका छन् । लिग चरणको अन्तिम दुई खेलमा साउदी अरेबिया र थाइल्यान्डले गोलरहित बराबरी खेले । यस्तै किर्गिस्तान र ओमानबीचको खेल १–१ को बराबरीमा रह्यो । यस नतिजापछि समूह ‘एफ’ मा साउदी अरेबिया सात अंकमा शीर्षमा रह्यो भने थाइल्यान्ड पाँच अंकमा दोस्रो स्थानमा रह्यो । यससँगै प्रतियोगिताको ...
। घरेलु टोली भारतले पहिलो टेस्ट क्रिकेटमा इंग्ल्यान्डलाई पहिलो दिन नै अल आउट गरेको छ । हैदराबादमा टस जितेर पहिला ब्याटिङ रोजेको इंग्ल्यान्ड २४६ रनमा अल आउट भयो । इंग्ल्यान्डका कप्तान बेन स्टोक्सले ८८ बलमा ६ चौका र ३ छक्कासहित सर्वाधिक ७० रन बनाए । इंग्ल्यान्डका शीर्षक्रमका सबै ब्याटरले राम्रो सुरुवात पाएपनि त्यसलाई ठूलो इनिङमा परिणत गर्न सकेनन् ...