मुख्य समाचार
खेलकूद
। पिफा यू-१७ विश्वकपमा पनि अब टिम संख्या बढाइने भएको छ । फिफा काउन्सिलले यु-१७ विश्वकपमा ४८ टिम बनाउने निर्णय गरेको हो । यसअघि २४ टिमले खेल्दै आएका थिए । फिफाले पुरुष विश्वकपमा ४८ टिम सहभागि गर्ने निर्णय यसअघि नै गरिसकेको छ र २०२६ मा उत्तर अमेरिकाको तीन राष्ट्र अमेरिका, क्यानडा र मेक्सिकोमा संयुक्त रुपमा आयोजना ...
। विश्व क्रिकेटको सर्वाधिक लोकप्रिय फ्रेन्चाइज टी–२० क्रिकेट प्रतियोगिता इन्डियन प्रिमियर लिग (आईपीएल) चैत ९ गतेदेखि भारतमा सुरू हुँदैछ । आईपीएल विश्वमा क्रिकेट खेलाडीलाई धेरै पैसा दिने लिगमध्ये पर्दछ । चेन्नइ सुपर किंग्स र मुम्बई इन्डियन्सले सर्वाधिक समान पाँच आईपीएल ट्रफी उपाधि जितेका छन् । चेन्नइले महेन्द्रसिंह धोनी र मुम्बईले रोहित शर्माको कप्तानीमा उपाधि जितेका थिए ...
: युवा तथा खेलकुद मन्त्रालयले अखिल नेपाल फुटबल संघ (एन्फा) का १० जना पदाधिकारी वैदेशिक भ्रमण गएकामा आपत्ति जनाएको छ। राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ को दफा २८ को 'झ'मा राष्ट्रिय खेलकुद परिषद् (राखेप)को स्वीकृति लिनुपर्नेमा व्यवस्था भएबमोजिम एन्फाले सो प्रक्रिया पूरा नगरी विदेश गएकाले मन्त्रालयले एन्फालाई कारबाही गर्ने राखेपलाई निर्देशन दिएको हो। विश्वकप छनोटको तयारीमा रहेको ...
: क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा जिल्ला अदालत काठमाडौंको फैसला बदर हुनुपर्ने मागसहित सरकारी पक्षले उच्च अदालत पाटनमा पुनरावेदन निवेदन दर्ता गरेको छ। न्यायाधीश शिशिरराज ढकालको इजलासले गत पुस २५ गते पीडित ‘गौशाला २६’ बलात्कार मुद्दामा लामिछानेलाई दोषी ठहर गर्दै आठ वर्ष जेल सजाय, जरिवाना र क्षतिपूर्तिस्वरुप रु पाँच लाख भराउने फैसला सुनाएको थियो।
। युवा तथा खेलकुद मन्त्रालयले अखिल नेपाल फुटबल संघ एन्फाका पदाधिकारीहरू खेलकुद ऐन विपरीत मलेसिया भ्रमणमो गएको भन्दै कारबाहीका लागि राष्ट्रिय खेलकुद परिषद राखेपलाई निर्देशन दिएको छ । मलेसियाविरुद्ध शुक्रबार हुने मैत्रीपूर्ण खेलको लागि एन्फाले खेलाडी, प्रशिक्षक र अफिसियल गरी ७ जना र त्यसबाहेक ९ जनालाई मलेसिया पठाएको छ । खेलाडीसहित मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो ...
। नेपाल पछिल्लो पटक टी-२० आई खेलमा लगातार चौथो पटक फाइनलमा पराजित भएको छ । बुधबार हङकङमा सम्पन्न त्रिकोणात्मक टी-२० आई सिरिजको फाइनलमा नेपाल पपुवा न्युगिनीसँग ८६ रनले पराजित हुन पुग्यो । जितको लागि १७२ रनको विजयी लक्ष्य पछ्याएको नेपाल १६.३ ओभरमा ८५ रनमा अल आउट भयो । यो हार टी-२० आईको फाइनलमा नेपालको लगातार चौथो हो ...
। इंग्लिस क्लब आर्सनल १४ वर्षपछि युरोपेली च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ । पोर्चुगिज क्लब एफसी पोर्टोलाई पेनाल्टीसुटआउटमा ४-२ ले पराजित गर्दै आर्सनल अन्तिम ८ मा पुगेको हो । प्रिक्वाटरफाइनल पहिलो लेगमा १-० ले पराजित भएको आर्सनलले घरेलु मैदानमा भएको दोस्रो लेग १-० ले जित्दै समग्रमा १-१ को बराबरी गरेको थियो । दोस्रो लेगको खेलपछि नतिजा १-१ ...
। बार्सिलोना चार वर्षपछि युरोपियन च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ । प्रिक्वाटरफाइनल दोस्रो लेगमा इटालियन क्लब नापोलीलाई ३-१ ले पराजित गर्दै समग्रमा ४-२ को नतिजासहित बार्सिलोनाले अन्तिम ८मा स्थान बनाएको हो । पहिलो लेगको खेल १-१ को बराबरीमा सकिएको थियो । घरेलु मैदानमा बार्सिलोनाका लागि फेमिन लोपेजले १५औं, जाओ कान्सेलोले १७औं र रोवर्ट लेवान्डोस्कीले ८३औं मिनेटमा ...
। कुनै बेला राष्ट्रिय फुटबल टिममा स्टार खेलाडीहरु हुन्थे, टिममा पर्न खेलाडीहरुको होडबाजी चल्थ्यो । तर अहिले राष्ट्रिय टिममा स्तरीय खेलाडी पुर्‍याउन नै हम्मे छ । मलेसियासँग मैत्रीपूर्ण, अनि विश्वकप र एसियन कप छनोटमा बहराइनसँग खेल्न मंगलबार घोषित २३ सदस्यीय नेपाली टोलीमा नयाँ खेलाडीहरुको बाहुल्य छ । कतिसम्म भने केहीले त अहिलेसम्म राष्ट्रिय लिगसमेत खेलेका छैनन् ...
। स्पानिस क्लब एट्लेटिको मड्रिड र जर्मन क्लब बोरुसिया डर्टमण्ड युरोपियन च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । एट्लेटिकोले इटालियन क्लब इन्टरमिलानलाई पेनाल्टीसुटआउटमा ३-२ ले हराएर अन्तिम ८ मा स्थान बनाएको हो । दुई लेगको खेल २-२ को बराबरीमा सकिएपछिको खेलको निर्णय पेनाल्टीसुटआउटबाट भएको हो । पहिलो लेग इन्टरले १-० ले जितेको थियो । तर, घरेलु मैदानमा भएको ...
। पछिल्लो पटक नेपालको महिला फुटबल टिमले साउदी अरेबियामा वाफ वुमन्स च्याम्पियनसिप खेल्यो र त्यसमा उपविजेता बन्यो । त्यही च्याम्पियनसिपमा नेपाली फरवार्ड सावित्रा भण्डारीले नेपालका लागि ५० गोल गर्ने कीर्तिमान बनाइन् । धेरै गोल गर्ने खेलाडी भएकाले उनको सबैतिर चर्चा भयो । त्यसैमा नेपाली टोलीको कप्तानी गरेकी गोलकिपर एन्जिला तुम्बापो सुब्बाले पनि नेपालका लागि ५० अन्तर्राष्ट्रिय ...
: फिफा विश्व कप र एएफसी एसियन कप छनोटको तयारीका लागि मलेसिया जाने राष्ट्रिय फुटबल टोलीलाई विदाइ गरिएको छ। मंगलबार एन्फा कम्प्लेक्स सातदोवाटोमा एन्फा अध्यक्ष लगाएत पदाधिकारीहरूले राष्ट्रिय टोलीलाई विदाइ गरेका हुन्। राष्ट्रिय फुटबल टोली बुधबार मलेसिया जाँदैछ। मलेसियामा तयारी गरेपछि नेपाली टिम बहराइन जानेछ। एन्फाले ६ नयाँ खेलाडीलाई समेट्दै मंगलबार टोलीको समेत घोषणा गरेको छ। ...
: साहसिक जलपर्यटनको रुपमा परिचित सिन्धुपाल्चोकको भोटेकोशी नदीमा कायाकिङ प्रतियोगिता सुरु गरिएको छ। भोटेकोशी एडभेन्चर क्लबको आयोजनामा मंगलबारबाट दोस्रो भोटेकोशी कायाकिङ प्रतियोगिता सुरु भएको हो। ३२ जना प्रतियोगी सहभागी रहेको प्रतियोगितामा ३ जना महिला सहभागी रहेको क्लबका अध्यक्ष रवीन्द्र श्रेष्ठले जानकारी दिए। स्प्रिन्ट, हेड टु हेड, स्लालम र डाउन रिभर रेष्ट गरि चार विधामा हुने प्रतियोगितामा ...
: हङकङमा जारी त्रिकोणात्मक टी-२० शृंखलाको उपाधिका लागि नेपालले पपुवा न्युगिनी (पीएनजी) को सामना गर्दैछ। दुई देशबीचको फाइनल खेल आज दिउँसो पौने १२ बजेदेखि सुरू हुनेछ। मंगलबार भएको खेलमा नेपालले पीएनजीलाई ८५ रनले हराएको थियो। मंगलबार नै भएको दोस्रो खेलमा पीएनजीले घरेलु टोली हङकङलाई पराजित गरेपछि नेपालसँगको उपाधि भिडन्त पक्का गरेको हो। आइतबार बर्षाका कारण हङकङ ...
। नेपालले त्रिकोणात्मक टी-२० आई सिरिजमा पपुवा न्युगिनीलाई ८५ रनले हराउँदै फाइनलमा स्थान पक्का गरेको छ । नेपाल २ खेलमा ३ अंकका साथ शीर्षस्थानमा रहँदै फाइनलमा पुगेको हो । जितको लागि १९९ रनको लक्ष्य पछ्याएको पपुवा न्युगिनी १६.१ ओभरमा ११३ रनमा अल आउट भयो । पपुवा न्युगिनीका हिरी हिरीले १९ बलमा १ चौका र २ छक्कासहित ...
। आर्सनल प्रिमियर लिगको शीर्ष स्थानमा उक्लेको छ । शनिबार राति भएको खेलमा ब्रेन्टफोर्डलाई २-१ ले पराजित गर्दै आर्सनल शीर्ष स्थानमा उक्लेको हो । घरेलु मैदान एमिरेट्स स्टेडियममा भएको खेलको१९औं मिनेटमा डेक्लान राइसले गोल गर्दै बर्सनललाई अग्रता दिलाएका थिए । तर पहिलो हाफको इन्जुरी टाइममा योएन विस्साले ब्रेन्टफोर्डका लागि बराबरी गोल फर्काए । त्यसपछि काइ हाभार्टले ८६औं ...