मुख्य समाचार
खेलकूद
। प्रिमियर लिगमा आइतबार राति भएको खेलमा लिभरपुलले म्यानचेष्टर युनाइटेडलाई उसैको मैदानमा ३-० ले पराजित गरेको छ । लिभरपुलका लागि लुइस डियाजले दुई गोल गरे । यस्तै मोहमद सालाहले एक गोल र दुई असिस्ट गरे । युनाइटेड भने घरेलु मैदानमा लिभरपुलसँग निरिह बन्यो । खेलको सातौं मिनेटमै ट्रेन्ट अलेजान्डर बर्नोल्डले गोल गरेपछि भिएआरले मान्तया नदिँदा लिभरपुले अग्रता लिने ...
। केलिएन एमबाप्पेले स्पानिपस ला लिगामा गोलको खाता खोल्दा रियल मड्रिडले रियल बेटिसलाई २-० ले पराजित गरेको छ । एमबाप्पेले बेटिसविरुद्ध दुवै गोल गरे । घरेलु मैदानमा भएको खेलमा एमबाप्पेले ६७औं र ७५औं मिनेटमा गोल गरे । फ्रान्सेली फरवार्ड एमबाप्पेले फेडेरिको भलभर्डेको पासमा पहिलो गोल गर्दै गोलको खाता खोलेका थिए । दोस्रो गोल भने उनले पेनाल्टीमा गरे ...
। स्पानिस ला लिगामा बार्सिलोनाले रियल भाल्लाडोलिडलाई ७-० को फराकिलो अन्तरले पराजित गरेको छ । जसमा राफिन्हाले ह्याट्रिक गर्दा रोवर्ट लेवान्डोस्की, जुल्स कुन्डे, डानी ओल्मो र फेरान टोरेसले एक/एक गोल गरे । घरेलु मैदानमा भएको खेलको २०औं मिनेटमा राफिन्हाले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । त्यसको चार मिनेटपछि नै लेवान्डोस्कीले अग्रता दोब्बर पारे । जुल्स कोन्डे पहिलो ...
। म्यानचेस्टर सिटीका युवा फरवार्ड एर्लिङ हालाण्डले प्रिमियर लिग सिजन २०२४÷२५ मा उत्कृष्ट सुरुवात गरेका छन् । हालाण्डले सुरुवाती तीन खेलमा दुई ह्याट्रिकसहित ७ गोल गर्दै प्रिमियर लिगमा उत्कृष्ट सुरुवात गर्न सफल भएका हुन् । उनको उच्च प्रदर्शनमा म्यानचेस्टर सिटी तीन खेलमा ९ अंकका साथ शीर्ष स्थानमा छ । हालाण्डले यस सिजनको पहिलो खेल १८ अगष्टमा स्ट्यामफोर्ड ...
। जर्मन बुण्डेसलिगामा बायर लेभरकुजनको ३५ खेलको अपराजित यात्रामा ब्रेक लागेको छ । आरबी लाइपजिगले दुई गोलले पछि परेको स्थितिमा पुनरागमन गर्दै लेभरुकजनलाई ३-२ ले पराजित गरेको हो । लाइपजिगका लागि लोइस ओपान्डाले दुई गोल गरे । सन् २०२२-२३ को सिजनको अन्तिममा बुचमसँग ३-० ले पराजित भएको लेभरकुजनले २०२३-२४ मा लिग उपाधि जित्दा कुनै खेलमा हारेको थिएन ...
। इंग्ल्यान्डका ब्याटर जो रुटले पूर्व महान् ब्याटर एलिस्टर कुकलाई पछि पार्दै दोस्रो टेस्ट खेलमा श्रीलंकाविरुद्ध कीर्तिमानी शतक प्रहार गरेका छन् । शनिबार साँझ रुटले श्रीलंकाविरुद्ध दोस्रो इनिङमा १०३ रनको शतकीय इनिङ खेल्दै इंग्ल्यान्डबाट टेस्टमा सर्वाधिक ३४ शतक प्रहार गर्ने कीर्तिमान बनाएका हुन् । उनले एलिष्टर कुकको ३३ शतकलाई पछि पारेका हुन् । रुटले २६५ टेस्ट इनिङमा ...
– हङकङका तीव्र गतिका बलर आयुश शुक्लाले टी–२० आईमा मंगोलियाविरुद्ध चारै ओभर (२४ बल) मेडन फ्याकेका छन् । मलेसियामा जारी आईसीसी टी–२० विश्वकप एसिया छनोट ए अन्तर्गत शनिबार दिउँसो भएको खेलमा आयुष शुक्लाले ४ ओभरमा ४ रनै मेडन राख्दै १ विकेट लिएका थिए । उनी टी-२० आईमा चार ओभरमा चार नै मेडन राख्ने तेस्रो खेलाडी हुन् ...
। एर्लिङ हालान्डले लगातार दोस्रो खेलमा ह्याट्रिक गरेपछि प्रिमियर लिगमा म्यानचेष्टर सिटीले वेष्टहम युनाइटेडलाई ३-१ ले पराजित गरेको छ । नयाँ सिजन सिटीको यो लगाता तेस्रो जित हो । वेष्टहमको मैदानमा भएको खेलको दशौं मिनेटमै हालान्डले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । सिटीकै रुबेन डियाजले १९औं मिनेटमा आत्मघाती गोल गरेपछि वेष्टहमले खेल बराबरी गर्न ...
। विकेटकिपर लिटन दासको सानदार शतकमा बंगलादेशले दोस्रो टेस्टमा पाकिस्तानविरुद्ध पहिलो इनिङमा आफ्नो लाज बचाएको छ । रावलपिंडी क्रिकेट रंगशालामा पहिलो इनिङमा बंगलादेश २६२ रनमा अल आउट भयो । लिटन दासले २२८ बलमा १३ चौका र ४ छक्कासहित १३८ रनको शतकीय इनिङ खेले । उनको टेस्ट करिअरको यो चौथो टेस्ट शतक हो । उनी क्रिजमा आउदा बंगलादेश ...
: पलेशा गोवर्धनले पारालिम्पिकमा नेपाललाई ऐतिहासिक कास्य पदक दिलाएकी छन् । पेरिस पारालिम्पिक २०२४ अन्तर्गत गएराति सम्पन्न के-४४ वर्गअन्तर्गत महिला ५७ केजीमुनिको स्पर्धामा पलेशाले सर्वियाकी मारिजा मिचेभलाई १५-८ ले पराजित गर्दै कास्य जितेकी हुन् । पारालिम्पिकमा पदक जित्ने उनी पहिलो नेपाली खेलाडी बनेकी छन् । हिजै भएको पहिलो चरणको खेलमा उनले भेनेजुएलाकी भलेरिया मोराल्सलाई ...
। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय टिमका खेलाडीसँगै महासचिवको तलब बढाउने निर्णय गर्‍यो । भदौ ११ र १३ मा बसेको बोर्ड बैठकले खेलाडीको तलब १८ हजारबाट ३० हजार पुर्‍याउने निर्णय गर्‍यो । सँगसँगै एन्फा महासचिव किरण राईको तलब १ लाख २० हजारबाट बढाएर झण्डै दुई लाख ७० हजार (२ हजार अमेरिकी डलर) बनाउने निर्णय ...
। नेपाल क्रिकेट टिम आईसीसी विश्वकप लिग २ को तयारीका लागि श्रीलंका जाने भएको छ । भारतको नेशनल क्रिकेट एकेडेमी बेंगलोरमा दुई साता अभ्यास गरेर नेपाल दुई दिनअघि मात्रै स्वदेश फर्किएको थियो । सेप्टेम्बर २ देखि ९ सम्म नेपालले श्रीलंकामा अभ्यास गर्ने भएको छ । नेपालले श्रीलंका डेभ्लपमेन्ट टोलीसँग ३, ५ र ७ सेप्टेम्बरमा मा तीन ...
: नेपाली राष्ट्रिय क्रिकेट टोलीले श्रीलंका डेभलपमेन्टसँग तीन ओडीआई र चार अभ्यास खेल खेल्ने भएको छ। नेपाल क्रिकेट संघले (क्यान)ले नेपाली टोलीले आइसीसी लगि २ को तयारीका लागि श्रीलंका टूर गर्न लागेको जानकारी दिएको छ। नेपालले सेप्टेम्बर २ श्रीलंका डेभलपमेन्टसँग पहिलो अभ्यास खेल खेल्नेछ। त्यसको भोलिपल्ट पहिलो ओडीआई खेल्नेछ। क्यानका अनुसार एक दिन अभ्यास र अर्को ...
। तीव्र गतिका बलर कमलसिंह ऐरीसहित तीन नेपाली क्रिकेट खेलाडी आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक सिरिज क्यानडा भ्रमणको बन्द प्रशिक्षणबाट बाहिरिएका छन् । नेपालले क्यानडा जानुअघि श्रीलंका डेभप्लमेन्टसँग खेल्ने तीन एकदिवसीय अभ्यास सिरिजलाई १९ सदस्यीय टोली घोषणा गर्दा कमलसँगै स्पिनर बसिर अहमद र सूर्य तामाङ बाहिरिएका हुन् । क्यानडा भ्रमणलाई नेपालले एक महिनाअघि २२ सदस्य टोली बन्द प्रशिक्षणमा ...
: नेपाल क्रिकेट संघ (क्यान)ले विश्वकपमा उत्कृष्ट प्रदर्शन गरेको भन्दै खेलाडी र मुख्य प्रशिक्षकलाई तीन लाखका दरले प्रोत्साहन भत्ता दिने निर्णय गरेको छ। बिहीबार बसेको संघको केन्द्रीय कार्यसमितिको बैठकले उक्त निर्णय गरेको हो। अमेरिका र वेस्ट इन्डिजमा भएको आइसीसी टी-२० विश्वकपमा उत्कृष्ट प्रदर्शन गरेको भन्दै क्यानले उनीहरूलाई प्रोत्साहन भत्ता दिने निर्णय गेरेको प्रवक्ता छुम्बी लामाले बताए। त्यस्तै ...
: नेपाल प्रिमियर लिग (एनपीएल)मा ८ टिम सहभागी हुने भएको छ। नेपाल क्रिकेट संघले एनपीएलमा ८ टिम सहभागी गरराउने निर्णय गरेको छ। बिहीबार बसेको संघको केन्द्रीय कार्यसमितिको बैठकले एनपीएलमा ८ फ्रेन्चाइज टिम सहभागी गराउने निर्णय गरेको प्रवक्ता छिम्बु लामाले बताए। क्यानले यसअघि नै नोभेम्बर ३० देखि डिसेम्बर २१ तारिखसम्म एनपीएल गर्ने निर्णय गरेको थियो। एनपीएल काठमाडौंमा ...