मुख्य समाचार
खेलकूद
: राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले नेपालको लक्ष्य एसोसियटमा पहिलो बन्ने रहेको बताएका छन्। आइसीसी विश्वकप लिग-२ को खेलअघि आयोजित पत्रकार सम्मेलनमा उनले मुख्य प्रशिक्षकमा मोन्टी देशाई आएपछि नै नेपालको मुख्य लक्ष्य एसोसियटमा पहिलो बन्ने रहेको बताए। 'मोन्टी सर आएदेखि नै हामीले एउटै लक्ष्य राखेका छौं, त्यो भनेको एसोसियटमा नम्बर वान बन्ने हो,' कप्तान पौडेलले ...
: नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल 'ए'का लागि सम्भावित ३६ जना खेलाडीको नामावली सार्वजनिक गरेको छ। क्यानले बुधबार विनोद भण्डारी, विवेक यादव, प्रतिश जिसी, सन्दीप जोरा, अर्जुन साउद, हेमन्त धामीलगायतलाई समेटेर 'टिम ए'को सम्भावित नामावली सार्वजनिक गरेको हो। त्यस्तै टिम एको प्रशिक्षकमा पूर्वकप्तानसमेत रहेका ज्ञानेन्द्र मल्ल र कलाम अलिलाई नियुक्त गरिएको छ।
: आइसीसी क्रिकेट विश्वकप लिग- २ को पहिलो खेलमा नेपाल नामिबियासँग पराजित भएको छ। टियु क्रिकेट मैदानमा बिहीबार भएको खेलमा नेपाल ४ विकेटले पराजित भएको हो। नेपालले दिएको १३३ रनको लक्ष्य नामिबियाले ३३.१ ओभरमा पूरा गरेको थियो। नामिबियाका लागि जेन फ्रलिंकले सर्वाधिक ३४ रन बनाए। त्यस्तै मिचेल भान लिंगेनले २३, निकोलास डेभिनले १५ र जेन निकोलले ...
: नेपालले कुवेतलाई हराउँदै सेमिफाइनल प्रवेश गरेको छ। मलेसियामा जारी एसीसी महिला प्रिमियर कप क्रिकेट प्रतियोगितामा नेपालले कुवेतलाई डीएलएस मेथडमा ८ विकेटले हराएको हो। डीएलएसबाट १२ ओभरमा ५० रनको लक्ष्य पाएको नेपालले ६.५ ओभरमा पूरा गरेको थियो। नेपालका लागि इन्दु बर्मा २२ रनमा अविजित रहिन्। त्यस्तै कविता कुँवर १ रन, सीता राना मगर १७ रनमा आउट ...
: कर्णालीले खेलाडीका लागि नयाँ जर्सी तयार गरेको छ। अब कर्णालीका खेलाडीले प्रदेशको पहिचान र चिनारी झल्किने जर्सीमा खेल्ने भएका हुन्। कर्णाली प्रदेश खेलकुद विकास परिषद्ले खेलाडीका लागि जर्सी र मार्चपासमा लगाउने पोसाक तयार पारेको हो। अब यही जर्सीमा कर्णालीका खेलाडीले देशभित्र हुने हरेक खेलमा प्रतिस्पर्धा गर्नेछन् भने मार्चपासमा पनि परिषद्ले तयार पारेको पोशाक नै ...
: प्रहरीले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानबाट केही क्रिकेट समर्थकलाई नियन्त्रणमा लिइएको छ । बिहीबार क्यानडाविरुद्ध अन्तर्राष्ट्रिय एकदिवसीय शृंखलाको पहिलो खेल चलिरहँदा समर्थकहरुले सन्दिप लामिछानेको पक्षमा नारावाजी गर्दै प्रदर्शन गरेपछि प्रहरीले केहीलाई नियन्त्रणमा लिएको हो । ठूलो संख्यामा क्रिकेट समर्थकले प्रदर्शन गरेपछि नियन्त्रणमा लिन प्रहरीले सामान्य बल प्रयोग गरेको थियो । प्रदर्शनमा सहभागी क्रिकेट समर्थकहरुले 'सन्दिपलाई ...
: चिनियाँ नयाँ वर्षको अवसरमा माघ २७ गते शनिबार नेपाल र चिनियाँ टोलीबीच दशरथ रंगशालमा मैत्रीपूर्ण फुटबल प्रतियोगिता हुँदैछ। चीनको चिङ्घाइ फुटबल क्लबको टोली र नेपालको यु-२३ फुटबल टिमबीच मैत्रीपूर्ण फुटबल हुन लागेको हो। मैत्रीपूर्ण फुटबल प्रतियोगितालाई महत्वका साथ हेरेको र तयारी पनि राम्रो भएको दुवै टोलीका प्रशिक्षक एवं खेलाडीहरूले जनाएका छन्। खेलको पूर्वसन्ध्यामा शुक्रबार दशरथ ...
: नेपालले क्यानडाविरुद्ध रोमाञ्चक जित हात पारेको छ। कप्तान रोहित कुमार पौडेलले ४ विकेट लिएपछि नेपालले क्यानडालाई ७ रनले हराएको हो। टियु क्रिकेट मैदानमा सुरुवातदेखि दबाबमा परेको नेपालले अन्त्यतिर उत्कृष्ट पुनरागमन गरेको हो। कप्तान पौडेलले ४, ललित राजबंशी २ र सोमपाल कामी, रिजन ढकाल, पवन सर्राफ र कुशल मल्लले एक-एक विकेट लिएपछि पहिलो खेलमा नेपालले ...
: कप्तान रोहित पौडेल चम्किँदा नेपालले क्यानडाविरुद्ध रोमाञ्चक जित हात पारेको छ। कप्तान पौडेलले ४ विकेट लिएपछि नेपालले क्यानडालाई ७ रनले हराएको हो। टियु क्रिकेट मैदानमा सुरुवातदेखि दबाबमा परेको नेपालले अन्त्यतिर उत्कृष्ट पुनरागमन गरेको हो। ८.५ ओभर खेलेका कप्तान पौडेलले २२ रन दिएर ४ विकेट लिएका थिए। उनले दुई मेडन ओभर फालेका थिए। त्यस्तै ललित राजबंशी ...
। भारतले आईसीसी यू–१९ विश्वकप २०२४ को पहिलो सेमिफाइनल खेलमा घरेलु टोली दक्षिण अफ्रिकालाई २ विकेटले हराउँदै फाइनलमा स्थान बनाएको छ । जितको लागि २४५ रनको विजयी लक्ष्य पछ्याएको भारतले ४३.५ ओभरमा ७ विकेट गुमाउँदै पूरा गर्‍यो । भारतको जितमा सचिन दासले ९५ बलमा ११ चौका र १ छक्कासहित सर्वाधिक ९६ रन बनाए । एक समय ...
। जोर्डन पहिलो पटक एएफसी एसियन कपको फाइनल पुगेको छ । दुई पटकको विजेता दक्षिण कोरियालाई २-० ले पराजित गर्दै जोर्डन कतारमा जारी एसियन कप २०२४ को फाइनल प्रवेश गरेको हो । अहमद विन अली स्टेडियममा मंगलबार भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको थियो । तर दोस्रो हाफमा जोर्डनले दुई गोल गर्दै दक्षिण कोरियालाई स्तब्ध ...
। दक्षिण अफ्रिकामा जारी आईसीसी यू–१९ विश्वकप २०२४ मा नेपाल सुपर सिक्सबाटै बाहिरियो । नेपालले समूह चरणमा तीन र सुपर सिक्समा दुई गरेर कुल ५ खेल खेलेको थियो । न्युजिल्यान्डसँग ६४ रन र पाकिस्तानसँग ५ विकेटले पराजित भएको नेपालले अफगानिस्तानलाई १ विकेटले हराउँदै सुपर सिक्समा पुगेको थियो । नेपाल सुपर सिक्समा बंगलादेशसँग ५ विकेट र भारतसँग १३२ ...
। घरेलु टोली नेपालसँग खेल्ने तीन ओडीआई खेलको सिरिजका लागि क्यानडाले अन्तिम टोली घोषणा गरेको छ । कप्तान साद बिन जाफरको कप्तानीमा क्यानडाले १५ सदस्य टोली घोषणा गरेको छ । नेपालका पूर्व प्रशिक्षक पुबुदु दसानायिकेले बलियो टोली घोषणा गरेका छन् । नेपाल र क्यानडाबीच माघ २५, २७ र २९ मा त्रिवि क्रिकेट मैदानमा सुरु हुनेछ । नेपालले आईसीसी ...
। रचिन रविन्द्रको दोहोरो शतक र केन विलियम्सनको दुई शतकमा घरेलु टोली न्युजिल्यान्डले पहिलो टेस्ट खेलमा दक्षिण अफ्रिकामाथि २८१ रनको फराकिलो जित हात पारेको छ । जितको लागि ५२९ रनको विशाल विजयी लक्ष्य पछ्याएको दक्षिण अफ्रिका २४७ रनमा अल आउट भयो । दोस्रो रोजाइको टोली खेलाएको दक्षिण अफ्रिकाका डेविड बेडिंघमले ९६ बलमा १३ चौका र ३ छक्कासहित ...
। जापानले नेपाल जुडो संघलाई खेल सामाग्री सहयोग गरेको छ । बुधबार काठमाडौंस्थित जापानी दुतावासमा आयोजित एकक र्यक्रममा नेपालका लागि जापानी राजदूत किकुता युताकाले नेपाल जुडो संघलाई २४० थान जुडो पोसाक हस्तान्तरण गरेका हुन् । कार्यक्रममा नेपाल जुडो संघका अध्यक्ष दिपक हर्ष बज्राचार्य र पदाधिकारीहरुको उपस्थिति थियो । यस्तै २००८ को ओलम्पिकमा सहभागि जुडो खेलाडी तथान हाल ...
। नेपालको युवा फुटबल टोलीविरुद्ध हुने मैत्रीपूर्ण खेलका लागि चीनको चिङ्घाइ फुटबल क्लबको युवा टोली नेपाल आइपुगेको छ । चिनियाँ टोली बुधबार दिउँसो नेपाल आइपुगेको हो । टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का प्रवक्ता सुरेश शाहलगायतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए । नेपालस्थित चिनियाँ राजदुताबास, राष्ट्रिय खेलकुद परिषद(राखेप) र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा यही ...