मुख्य समाचार
खेलकूद
। महिला लिग च्याम्पियन एपीएफ क्लबले उदयपुरमा भएको एन्फा महिला च्याम्पियनसिप फुटबल २०८२ को उपाधि जितेको छ । शनिबार भएको फाइनलमा एपीएफले त्रिभुवन आर्मी क्लबलाई २-१ ले हराउँदै उपाधि जितेको हो । एपीएफको जितमा गीता राना र रेनुका नगरकोटेले एक-एक गोल गरे । आर्मीका लागि जेनिफर रानाले एक गोल फर्काइन् । खेलको ५५औं मिनेटमा गीताले गोल गर्दै एपीएफलाई ...
। स्पेनिस ला लिगा फुटबलअन्तर्गत गएरातिको खेलमा शीर्षस्थानको रियल मड्रिड ओसासुनासँग पराजित भएको छ । ओसासुनाले घरेलु मैदानमा भएको खेलमा रियल मड्रिडलाई २-१ गोलअन्तरले पराजित गरेको हो । ओसासुनाको जितमा आन्टे बुडिमिर र राउल गार्सियाले १-१ गोल गरे । रियलका भिनिसियस जुनियरले गोल फर्काए पनि पर्याप्त भएन । खेलको ३८औं मिनेटमा बुडिमिरले पेनाल्टीमार्फत गोल गर्दै रियललाई अग्रता ...
। इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत गएराति भएको खेलमा म्यान्चेस्टर सिटीले न्युकासललाई पराजित गरेको छ । घरेलु मैदान इतिहादमा भएको खेलमा सिटीले न्युकासलमाथि २-१ को जित निकालेको हो । सिटीको जितमा दुवै गोल निको ओ’रिलीले गोल गरे । न्युकासलका लागि लेविस हलले गोल फर्काए । खेलको १४औं मिनेटमा ओ’रिलीले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । २२औं मिनेटमा ...
। इंग्ल्यान्डमा हुने ‘द हन्ड्रेड’ क्रिकेटको अक्सनका लागि नेपाली राष्ट्रिय टोलीका लेगस्पीनर सन्दीप लामिछानेले नाम दर्ता गराएका छन् । प्रतियोगिता आयोजकले सार्वजनिक गरेको सूचीअनुसार सन्दीपले विदेशी खेलाडी (अन्य) क्याटेगोरीमा ३१ हजार पाउन्ड बेस मूल्यमा नाम दर्ता गराएका हुन् । अक्सनका लागि १८ देशबाट करिब १००० खेलाडीले नाम दर्ता गराएका छन् । प्रतियोगिताको अक्सन आगामी मार्च ११ र ...
। मोफसलको प्रतियोगिताको लागि ‘ब्रेक’पछि राष्ट्रिय लिग फुटबलको खेलहरू आजदेखि फेरि सुरु हुँदैछन् । आजको पहिलो खेलमा विभागीय टोली एपीएफ एफसी र बाराको नव जनजागृति क्लबबीच हुनेछ । यो खेल दिउँसो सवा १२ बजे एन्फा कम्प्लेक्स मैदानमा सुरु हुनेछ । यस्तै न्युरोड टिम (एनआरटी) र मनाङ मर्स्याङ्दी क्लबबीच अपरान्ह ४ बजे खेल हुनेछ । यो खेल पनि ...
— चार पटकको उपाधि च्याम्पियन नेपाली सेनाको त्रिभुवन आर्मी क्लबलाई निरास मच्छिन्द्र फुटबल क्लब झापा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । विदेशी खेलाडी चम्किँदा मच्छिन्द्रले आर्मीलाई शनिबार अन्तिम सेमिफाइनलमा ४-० गोल अन्तरले पराजित गर्दै उपाधिनजिक पुगेको हो । मच्छिन्द्रका स्ट्राइकरसमेत रहेका विदेशी खेलाडी जोनाथन जोरिल्लाको ह्याट्रिकले जित निश्चित बनेको थियो ।मच्छिन्द्रले उपाधिका लागि सशस्त्र प्रहरीको एपीएफ फुटबल ...
— साबिक उपविजेता चर्च ब्वाइज युनाइटेडमाथि १–० गोलअन्तरको कठिन जित निकाल्दै प्लानिङ ब्वाइज युनाइटेडले २६ औं संस्करणको अन्तर्राष्टिय आमन्त्रण बुढासुब्बा गोल्डकपको उपाधि जितेको छ । शनिबार धरान रंगशालामा सम्पन्न फाइनल खेलमा प्लानिङ ब्वाइज युनाइटेडलाई जिताउन प्रतापसिंह राईले निर्णायक गोल गरे । चर्च ब्वाइजको कमजोर डिफेन्स लाइनको फाइदा उठाउँदै राईले खेलको ६२ औं मिनेटमा गोल गरेर प्लानिङ ...
— दुईपल्टको च्याम्पियन इंग्ल्यान्डले शनिबार स्कटल्यान्डलाई ५ विकेट पराजित गर्दै ट्वान्टी ट्वान्टी विश्वकप २०२६ को सुपर एटमा प्रवेशको सम्भावनालाई बलियो बनाएको छ । यो जितपछि समूह सी मा वेस्ट इन्डिज र इंग्ल्यान्डको चार/चार अंक भएको छ । उनीहरूको पछाडि स्कटल्यान्ड र इटाली दुई/दुई अंकमा छन् । नेपालले भने अहिलेसम्म कुनै अंक बटुल्न सकेको छैन । ...
— नेपाली क्रिकेट टिमका मुख्य प्रशिक्षक स्टुवार्ट लले ट्वान्टी ट्वान्टी विश्वकप २०२६ मा वेस्ट इन्डिजको सामना गर्दा त्यो निकै कठिन चुनौती हुने बताएका छन् । नेपालले आइतबार वानखेडेमा हुने आफ्नो तेस्रो खेलमा वेस्ट इन्डिजको सामना गर्दैछ । त्यसअघि शनिबार मिडियासामु प्रस्तुत हुने क्रममा लले त्यस नेपालले सक्दो धेरे राम्रो गर्नु पनि स्वीकारे । उनले वेस्ट ...
— आयरल्यान्डले ट्वान्टी-२० विश्वकप २०२६ अन्तर्गत शनिबार समूह 'बी'को खेलमा ओमानलाई सजिलै ९६ रनले पराजित गरेको छ । कोलम्बोमा भएको खेलमा ओमान जितका लागि २ सय ३६ रन पछ्याउने क्रममा १८ ओभरमा १ सय ३९ रन बनाएर अलआउट भएको थियो । उसका लागि ओपनर आमिर कलिम ५० र मोहम्मद मिर्जाले ४६ रन बनाए । उनीहरूलाई छाडेर ...
: नेपाली राष्ट्रिय टिमका कप्तान रोहित कुमार पौडेललाई स्वास्थ्य समस्या देखिएको छ। आइसीसी टी२० विश्वकप २०२६ को दुई खेल सकिएपछि रोहितलाई ज्वरोसँगै पेटमा समस्या भइरहेको प्रशिक्षक लले वेस्ट इन्डिजसँगको प्रि म्याच प्रेस कन्फ्रेन्समा बताए। ‘रोहितलाई ज्वरो आएको छ। उनलाई पेटमा पनि केही समस्या देखिएको छ। तर भोलिको खेलमा उनी ठीक हुने आशा गरिएको छ।’ नेपाली राष्ट्रिय ...
: आइसीसी टी–२० विश्वकप २०२६ को तेस्रो खेलअघि वेस्ट इन्डिजका अर्थोडक्स स्पिनर अकेल होसेनले उनीहरुले नेपाललाई कमजोर नआँक्ने बताएका छन् । प्रि म्याच प्रेस कन्फ्रेन्समा बोल्दै उनले भने, ‘हामीले नेपाललाई कमजोर प्रतिष्पर्धीको रुपमा लिएका छैनौं । हामी विश्वकप जित्न चाहन्छौं । हामीले हरेक टोलीलाई हराउन पर्छ’, उनले भने । नेपाल र वेस्ट इन्डिजबीचको ३ खेल ...
: नेपाली राष्ट्रिय क्रिकेट टिमका प्रशिक्षक स्टुअर्ट लले नेपाली खेलाडीहरु सामाजिक सञ्जालमा धेरै सक्रिय हुँदा खेलको प्रदर्शनमा असर पर्ने गरेको बताएका छन् । आइसीसी टी–२० विश्वकप २०२६ को तेस्रो खेलअघि प्रि म्याच प्रेस कन्फ्रेन्समा बोल्दै उनले भने, ‘इङ्ल्याण्डसँगको खेलपछि नेपाली खेलाडीले सामाजिक सञ्जालको प्रशंसा हेरे । उनीहरुले हेर्नुपर्ने खेलको प्रदर्शन हो ।’ नेपाली समाजमा सामाजिक ...
— एसी मिलानले इटलीको सिरी ए मा शुक्रबार पिसालाई २–१ ले पराजित गरेको छ । दस खेलाडीमा सीमित मिलानका लागि लुका मोडरिचले ८५ औं मिनेटमा निर्णायक गोल गरे । त्यस अगाडि मिलानले रुबेन लोफ्टस चिकको गोलले अग्रता लिएको थियो । तर फिलिपे लोयोलाले पिसाका लागि बराबरी गोल फर्काए । यस्तोमा दुवै टिमले एक एक अंकमा चित्त बुझाउने ...
— अमेरिकाले ट्वान्टी-२० विश्वकपमा शुक्रबार नेदरल्यान्ड्समाथि ९३ रनको प्रभावशाली जित निकालेको छ । समूह 'ए'को चेन्नाईमा भएको खेलमा प्राप्त यो जितपछि अमेरिकाको दुई अंक भएको छ । नेदरल्यान्ड्सको भने यो दोस्रो हार हो । दुवै टिमले तीन खेल खेलको छन् र उनीहरूका लागि सुपर एटका यात्रा कठिन रहेको छ । जितका लागि १ सय ९७ रनको ...
। प्लानिङ ब्वाइज युनाइटेड पोखरामा जारी २५औं आहा रारा पोखरा गोल्डकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ । गोल्डकपअन्तर्गत शुक्रबार भएको खेलमा फ्रेण्ड्स क्लबलाई ४–० को गोलन्तरले पराजित गर्दै प्लानिङ युनाइटेड क्वाटरफाइनलमा पुगेको हो । प्लानिङ युनाइटेडको जितमा पापा इबु केबेले ह्याट्रिक पूरा गरे । केबेले खेलको ४५औं, ५४औं र ८१औं मिनेटमा गोल गरेका हुन् । प्लानिङका लागि अर्काे ...
1 2 3 4 5 6 ... Next Last