मुख्य समाचार
स्वास्थ्य
। तिलगंगा आँखा अस्पताललाई नेत्र विश्वविद्यालय बनाउने विधेयक राष्ट्रिय सभामा पेश भएको छ । शिक्षामन्त्री सुमना श्रेष्ठले सोमबार तिलगंगा नेत्र विश्वविद्यालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८१ पेश गरेकी हुन् । राष्ट्रियसभा र प्रतिनिधिसभाबाट पास भएर यो विधेयकले कानुनको रुप लिन केही समय लाग्ने छ । त्यसपछि तिलगंगा आँखा अस्पताल मानक विश्वविद्यालयमा रुपान्तरण हुनेछ । ३० वर्षअघि ...
। तिलगंगा नेत्र विश्वविद्यालय विधेयक राष्ट्रिय सभामा दर्ता भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले उक्त विधेयक राष्ट्रियसभामा दर्ता गराएकी हुन् । नेपालमा उच्च शिक्षामा चिकित्सा शिक्षातर्फ नेत्र (आँखा) स्वास्थ्यको विधामा गुणस्तरीय शिक्षा प्रदान गर्नका लागि विधेयक ल्याइएको उल्लेख छ । आँखा स्वास्थ्य विधातर्फ उच्च शिक्षा प्रदान गर्नका लागि विश्वविद्यालय स्थापना गर्ने विधेयकको उद्देश्य ...
। सरकारले यस वर्ष डेंगु बढ्ने चेतावनी दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्ति जारी गर्दै यस वर्ष सरदरभन्दा बढी वर्षा हुने भएकाले लामखुट्टेको प्रजनन्‌का लागि अनुकूल वातावरण बन्ने र संक्रमित संख्या बढ्न सक्ने बताएको हो । ‘जल तथा मौसम विज्ञान विभागले यस वर्ष नेपालमा सरदरभन्दा बढी वर्षा हुने आकलन गरेको छ,’ मन्त्रालय प्रवक्ता डा. प्रकाश ...
। वीर अस्पतालको कम्पाउन्डदेखि हरेक विभागका कोठाहरू बिरामी र आफन्तले भरिएका छन् । आकस्मिक कक्षमा शय्या खाली छैनन् । एक शय्यामा तीन जनासम्म बिरामी राखिएको छ । दैनिक २ हजार ५०० जनाभन्दा बढी बिरामी उपचारका लागि पुग्ने वीर अस्पताल विपन्न, गरिब वर्गका लागि आशा र भरोसाको केन्द्र हो । तर, विकट तथा दुर्गम भेगबाट जुन अपेक्षा ...
। धुलिखेल अस्पतालले बिरामीको बढ्दो चापलाई मध्यनजर राखी सेवामा स्तरोन्नति गरेको छ । अस्पतालको बहिरङ्ग विभाग (ओपीडी)मा नाम दर्ता, ल्याब टेस्टका लागि रगत संकलनमा सहजीकरण, स्वास्थ्य बीमा अन्तर्गत मेडिसिन रिफिलिङ, अस्पताल परिसरमा बिरामीमैत्री पार्किङको व्यवस्थापन, प्लास्टिक फ्री वातावरण, इमर्जेन्सीका बिरामीका लागि फास्टट्र्याक सेवाको व्यवस्था गरिएको छ । यी सेवा सुधारबाट सेवाग्राहीहरुले विगतमा भन्दा सहज महसुस गर्ने ...
। रुपन्देहीमा एक हजार ७ सय जनामा एचआईभी एड्सको संक्रमण फेला परेको छ । त्यसमध्ये तिलोत्तमा नगरपालिकामा १७५ जनामा संक्रमित छन् । एचआईभी एड्सको क्षेत्रमा काम गर्ने गैरसरकारी संस्था एनएपीएनका प्रदेश संयोजक अर्जुन ज्ञवालीले कपछिल्लो तथ्यांकअनुसार १५ सय जनाले लुम्बिनी प्रादेशिक अस्पताल र २ सय जनाले भीम अस्पताल भैरहवाबाट निशुल्क एआरभी औषधिसहित उपचार सेवा लिइरहेको जानकारी ...
: मुलुकभर सरकारी अस्पताल छन्। तर, कतिपय अस्पतालमा शल्यक्रिया नै हुँदैन। सामान्यदेखि जटिल शल्यक्रिया हुने अस्पतालमा सेवा पाउन पालो कुर्नुपर्छ। निजी स्वास्थ्य संस्थामा सेवा महँगो छ। शुल्क तिर्नै धौ–धौ पर्छ। उपचार गर्नुपर्ने अवस्थाका जो कोहीले भोग्दै आएको पीडा हो, यो। आधारभूत स्वास्थ्य उपचारदेखि शल्यक्रिया गराउँदा भोग्नु परिरहेको यही समस्यालाई सांसदहरूले प्रतिनिधिसभा बैठकमा ...
: गर्मी बढेसँगै वीरगन्जको नारायणी अस्पतालमा सर्पदशंका बिरामीहरूको संख्या अत्यधिक बढेको छ। नारायणी अस्पतालमा पछिल्लो दुई हप्तामा मात्रै सर्पदशंका ६१ जना बिरामीहरू उपचारका लागि भर्ना भएको अस्पतालको आकस्मिक कक्षका प्रमुख डाक्टर उदयनारायण सिंहले जानकारी दिए। जेठ १५ देखि जेठ ३१ गतेसम्म अस्पतालमा सर्प दंशका ६१ जना बिरामी उपचारका लागि आएको सिंहले बताए। तीमध्ये २० जना ...
: डेङ्गु रोगको सङ्क्रमण ७१ वटा जिल्लामा फैलिएको छ। गत जेठ ११ गतेसम्म ५७ जिल्लामा फैलिएको डेङ्गु हाल ७१ जिल्लामा पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग शाखा प्रमुख डा गोकर्णप्रसाद दाहालले मौसम परिवर्तनसँगै गर्मीका कारणले डेङ्गुको सङ्क्रमण बढेको बताए। उनले गर्मीमा मानिसले पानी सङ्कलन गरेर राख्ने ...
: नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले एमालेको अस्तित्व समाप्त हुने देखेपछि आफूले संसद विघटन गरेको बताएका छन्। शनिबार काठमाडौंको भृकुटीमण्डपमा काठमाडौं जिल्लाको सातौं अधिवेशनमा बोल्दै उनले पार्टीभित्रकै केही व्यक्तिहरूले पार्टीलाई दक्षिणपन्थी शक्तिको पाउमा बुझाउने देखेपछि आफूले संसद बिघटन गरेको बताए। संसद विघटन भएकै कारण अहिले पनि एमाले अस्तित्वमा रहेको उनको भनाइ छ। उनले आफू नेतृत्वको ...
: कपिलवस्तु अस्पताल परिसरमा प्रदर्शन गर्दै ठूलो आवाज आउने खालका दुई दर्जन बढी हवाई पटाका पड्काउँदा बिरामीहरू त्रसित भएका छन्। अस्पतालमा नयाँ मेडिकल सुपरिटेण्डेन्टका रुपमा दोस्रो पटक डा.किशोर बन्जाडे हाजिर भएको खुशीयाली व्यक्त गर्दै अस्पताल भित्रकै केही कर्मचारीले ठूलो आवाज आउने खालका पटाकाहरू पड्काएका हुन्। यसअघि नेपाली कांग्रेस माओवादी गठबन्धनको सरकारका बेला कपिलवस्तु जिल्लाबाट गुल्मी ...
। विश्व ब्रेन ट्युमर दिवसको अवसरमा वीर अस्पतालमा एक महिना ब्रेन ट्युमरको शल्यक्रिया निःशुल्क गरिने भएको छ । राष्ट्रिय ब्रेन ट्युमर केन्द्रका संस्थापक अध्यक्ष तथा वीर अस्पतालका वरिष्ठ न्युरो सर्जन प्रा. डा. राजीव झाले विज्ञप्तिमार्फत उक्त घोषणा गरेका हुन् । ‘ब्रेन ट्युमर डे हरेक वर्ष जुन ८ का दिन मनाइन्छ । जेठ २६ देखि असार १६ ...
: काठमाडौं महानगरपालिका-७ सरस्वतीनगरमा एक व्यक्तिले पेट्रोल छर्केर आगो लगाएपछि घाइते भएका पाँचजनाको कीर्तिपुर वर्न अस्पतालमा उपचार भइरहेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले ५५ वर्षीय चञ्चलबहादुर सिंहले मादक पदार्थ सेवन गरी आफ्नै घरको कोठामा पेट्रोल छर्की आगो लगाउँदा घाइते भएका पाँच जनाको वर्न अस्पतालमा उपचार भइरहेको जानकारी दिए। सिंहले अत्यधिक ...
। काठमाडौंको त्रिवि शिक्षण अस्पताल (टिचिङ हस्पिटल)को कम्पाउण्डभित्रै मापदण्ड विपरित फार्मेसी सञ्चालन गरेको भेटिएपछि महानगरले ताला लगाएको छ । काठमाडौं महानगरपालिकामा टिचिङ हस्पिटलअगाडि म्याद नाघेको औषधि बेचेको गुनासो आएपछि बुधबार महानगरको स्वास्थ्य विभागले अनुगमन गरेको थियो । ‘एक बिरामी बच्चालाई म्याद नाघेको औषधि बेचेको पाइयो । फार्मेसी सञ्चालन गर्नुपर्ने न्यूनतम मापदण्ड पालना पनि नगरेको पाइएपछि टिचिङको कम्पाउन्डमा ...
: डेङ्गु रोगको सङ्क्रमण ५७ जिल्लामा देखिएको छ। मौसम परिवर्तनसँगै पानी पर्न थालेपछि डेङ्गु रोगको सङ्क्रमण पनि बढ्न थालेको हो। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग शाखाका प्रमुख डा गोकर्णप्रसाद दाहालले पानी पर्न थालेपछि मानिसले पानी सङ्कलन गरेर राख्ने र सङ्कलन गरिएको पानीमा लामखुट्टे रहने भएकाले डेङ्गुको जोखिम बढेको जानकारी दिए। ...
: चिकित्सकको प्रेस्क्रिप्सनबीना जथाभाबी औषधि बिक्री गर्ने बुटवलका वैदावार फार्मेसीका सञ्चालक कल बहादुर विकसहित चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। बुटवल उपमहानगरपालिका-११ स्थित कालिकानगरमा सञ्चालन गरिएको उक्त फार्मेसीबाबि विरामीहरूको स्वास्थ्यलाई गम्भीर असर गर्ने खालका औषधिहरू बिक्री वितरण गरिएको पाइएको प्रहरीले बताएको छ। इलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरी टोलीले चार जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको ...