मुख्य समाचार
स्वास्थ्य
— बाँकेको डुडुवा गाउँपालिका–६ स्थित जयन्दु बाल सुधार गृहमा नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । प्रहरी श्रीमती संघ लुम्बिनी प्रदेशले शिविर आयोजना गरी सुधार गृहमा रहेका बालबन्दीहरुको निःशुल्क स्वास्थ्य परीक्षण तथा औषधि वितरण गरेको हो । शिविरमा लुम्बिनी प्रदेश प्रहरी अस्पातालबाट विशेषज्ञ डाक्टरहरुको टोली खटिएको थियो । शिविरमा सुधार गृहमा रहेका २०७ जना बालबन्दीहरूको स्वास्थ्य ...
— कोभिड-१९ र यसको नयाँ भेरियन्ट 'जेएन.१' तथा इन्फ्लुयन्जाको संक्रमण बढिरहेको भन्दै विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले सतर्कता अपनाउन आग्रह गरेको छ । दक्षिण पूर्वी एसियाली देशहरुमा यसको संक्रमणका कारण श्वासप्रश्वाससम्बन्धी रोगहरु बढिरहेको भन्दै डब्लूएचओले त्यस्तो संक्रमणबारे सजग रहन र सुरक्षाका उपायहरु अपनाउन आग्रह गरेको हो । 'कोभिड-१९ भाइरस विश्वव्यापी रुपमा फैलिइरहेको छ । अध्ययन ...
— पाँच महिनाअघि दलीय भागबन्डामा चयन भएको नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय कार्यसमितिले संस्था दर्ता नवीकरणका लागि ‘लबिइङ’ थालेको छ । तत्कालीन अध्यक्ष सञ्जीव थापा नेतृत्वले गरेको अनियमितता थाती राखेर रेडक्रससम्बन्धी अदालतमा परेका मुद्दा विचाराधीन रहेकै अवस्थामा र अदालतले कायमै राखेको तदर्थ समितिसँग परामर्शबिनै सुदर्शनप्रसाद नेपालको अध्यक्षतामा साउनमा ३३ सदस्यीय केन्द्रीय कार्यसमिति चयन भएको थियो । संस्था नवीकरण नभईकन गरिने ...
पछिल्लो चार हप्तामा कोभिड–१९ का नयाँ सङ्क्रमितको सङ्ख्या ५२ प्रतिशतले वृद्धि भएको विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले जनाएको छ । डब्लुएचओले जारी गरेको पछिल्लो प्रेस विज्ञप्तिमा भनिएको छ, 'पछिल्लो २८ दिनमा कोभिड सङ्क्रमणबाट तीन हजारभन्दा बढीको मृत्यु भएको छ ।' डिसेम्बर १७ सम्ममा कोभिड–१९ सुरु भएयता विश्वभर ७७ करोड २० लाखभन्दा बढी सङ्क्रमित पुष्टि भएका छन् ...
भियतनामको दक्षिणी इलाकामा मङ्की पक्स सङ्क्रमणबाट छ जनाको मृत्यु भएको छ । साथै सङ्क्रमणबाट ११७ बिरामी परेको हो ची मिन्ह शहरको इन्स्टिच्युट पाश्चरले जानकारी दिएको छ । संस्थानले नोभेम्बरदेखि सङ्क्रमणको सङ्ख्या तीव्र रूपमा बढेको जनाएको छ। हो ची मिन्ह शहरस्थित एक अस्पतालका चिकित्सक डा ह्युन थि थ्यु होआले विगत तीन महिनामा अस्पतालमा भर्ना ...
: सरकारले भूकम्प प्रभावित क्षेत्रमा दादुरा–रुवेला र टाइफाइडविरुद्धको खोप अभियान सञ्चालन गरिने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट भूकम्प प्रभावित जिल्लामा बिहीबारदेखि दादुरा–रुवेला र टाइफाइडविरुद्धको खोप अभियान सञ्चालन गर्न थालिएको मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले जानकारी दिए। उनका अनुसार दादुराविरुद्धको खोप भूकम्प प्रभावित जिल्ला जाजरकोट र पश्चिम रुकुममा तथा टाइफाइडविरुद्धको खोप ती दुई जिल्ला जाजरकोट ...
सामान्यतः एक जना व्यक्तिले दिनमा औसत कति समय मोबाइलको स्क्रिन हेरिरहेको हुन्छ ? कति समय ल्यापटप वा कम्प्युटरको स्क्रिन अघिल्तिर बस्छन् ? यसको ठ्याक्कै हिसाबकिताब नहोला । यद्यपि, अहिले अधिकांश व्यक्ति कुनै न कुनै रुपमा स्क्रिनसँग नजिक छन् । चाहे फोन गर्दा होस् वा युट्युब, टिकटक चलाउँदा मानिसहरु मोबाइलको स्क्रिनमा जोडिएकै हुन्छन् । कोरोना महाव्याधिपछि विद्यालयको ...
मानिसहरुलाई विभिन्न खालका एलर्जी हुन्छन् । कसैलाई कुनै फलफूल वा सागपातको एलर्जी हुन्छ । कसैलाई कुनै चिज सरीरमा लगाउँदा एलर्जी हुन्छ । तर, के तपाईंले मानिसलाई रुँदा तथा हाँस्दा पनि एलर्जी भएको सुन्नुभएको छ ? बेलायतको केन्टमा बस्ने बेथ सांगाराइड्स नामकी युवतीलाई सबै कुराको एलर्जी छ । उनलाई धेरै हाँस्दा तथा धेरै रुँदासमेत एलर्जी हुन्छ । हाँस्दा ...
— चिकित्सा शिक्षा सुधारका लागि पटकपटक अनशन बसेका प्राध्यापक डा. गोविन्द केसीले शुक्रबार साँझ ५ बजेबाट तीन दिनका लागि अनशन बस्ने भएका छन् । उनले राज्यलाई जवाफदेही बनाउनका लागि सत्याग्रह बस्न लागेको एक प्रेस विज्ञप्ति जारी गर्दै बताएका छन् । उनले धनगढीस्थित गेटा मेडिकल कलेजमा सत्याग्रह बस्ने तयारी गरेको सहयोगी प्रितम सुवेदीले जानकारी दिए । 'हामीलाई ...
— गत शुक्रबार अमेरिकाको फुड एन्ड ड्रग एड्मिनिस्ट्रेसन (एफडीए)ले इतिहासमै पहिलोपटक मानवमा गरिने 'जीन एडिटिङ थेरापी'लाई अनुमोदन गरेको छ । एफडीएले सिकल सेल नामक रगतको वंशाणुगत रोगको उपचारका लागि यसको स्वीकृति दिएको हो । जीन एडिटिङ थेरापी'ले स्वीकृति पाएसँगै यसले सिकल सेल एनिमियाका साथै बेटा थालसिमिया भएका बिरामीको उपचारमा नयाँ आयाम थपेको छ । थालसिमिया र ...
सामान्यत कपाल झर्ने र उम्रिने क्रम भइरहन्छ । तर, कहिले काहीँ अस्वभाविक रुपमा कपाल झर्न थाल्छ । वा कपाल झरेर ठाउँ–ठाउँमा खाली भाग नै देखिन थाल्छ । यस्तो किन हुन्छ ? खासमा यो एक समस्या हो, एलोपेसिया अरेटा । एलोपेसिया अरेटा हुँदा टाउकोको ठाउँ ठाउँमा खाली हुने गरी कपाल झर्छ । झट्ट हेर्दा गोलाकार रुपमा कपाल झरेको ...
: लमजुङको सुन्दरबजार नगरपालिका- ८ मा सामूहिक भोज खाएका व्यक्तिहरुमा देखिएको फूड पोइजनका कारण एक जनाको मृत्यु भएको छ। फुड पोइजनका कारण सुन्दरबजार नगरपालिका - ९ बस्ने देवी परियारको अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको हो। सामूहिक भोजमा सहभागी भएकामध्ये १८ जना बिरामी परेका छन्। उनीहरू उपचारका लागि सुन्दरबजारस्थित एचडिसिएस नमूना सामूदायिक अस्पताल भर्ना भएका ...
। बाजुराको बूढीनन्दा नगरपालिकाकी एक महिलाले सुत्केरी हुन स्वास्थ्य संस्था जाने क्रममा बीच बाटोमा बच्चा जन्माएकी छन् । बूढीनन्दा-४ कुरुकी ३१ वर्षीया पानसरा रोकायाले सुत्केरी व्यथा लागेपछि स्वास्थ्य संस्था जाने क्रममा बाटोमै छोरी जन्माएकी हुन् । सुत्केरी व्यथा लाग्ने वित्तिकै रोकाया एक्लै मङ्गलबार आधारभूत स्वास्थ्य केन्द्र कुरु जाँदै गर्दा बाटोमा छोरी जन्माएकी स्वास्थ्य केन्द्रकी प्रमुख धर्मा ...
। नेपाल मेडिकल काउन्सिलले लिएको विशेषज्ञ चिकित्सकको लाइसेन्स परीक्षामा करिब आधा परीक्षार्थी मात्र उत्तीर्ण भएका छन् । काउन्सिलले गत शुक्रबार विभिन्न २५ विधामा लिएको परीक्षाको नतिजा आइतबार सार्वजनिक गरेको छ । परीक्षामा सहभागी १८३ मध्ये ९४ जना उत्तीर्ण र ८९ अनुत्तीर्ण भएका छन् । ६ जनाको भने तोकिए अनुसारको परिचयपत्र नल्याएका कारण काउन्सिलले नतिजा रोक्का गरेको ...
First Prev ... 15 16 17 18 19 20