मुख्य समाचार
विश्व
नयाँ दिल्ली : सङ्गठित लगानी वा कार्य–आधारित रोजगार ठगीमा संलग्न १०० भन्दा बढी वेबसाइट पहिचान गरी बन्द गरेको भारतको गृह मन्त्रालयले बुधबार जनाएको छ। दक्षिण एसियाली देशमा साइबर अपराधलाई समन्वयात्मक र व्यापक रूपमा सम्बोधन गर्न मन्त्रालयको पहल ‘इन्डियन साइबर क्राइम कोअर्डिनेसन सेन्टर’ अन्तर्गत यो कदम चालिएको हो। गृह मन्त्रालय मातहतको राष्ट्रिय साइबर अपराध चुनौती मुल्याङ्कन एकाईको सिफारिसमा ...
चीनको विशाल बेल्ट एण्ड रोड इनिसियटिभ(बीआरआइ) पूर्वाधार पहलबाट इटाली औपचारिक रूपमा पछि हटेको छ । इटालियाली पत्रिका ‘कोरिएरे डेला सेरा’का अनुसार लामो समयदेखि अपेक्षित बीआरआइ पूर्वाधार परियोजनासम्बन्धी निर्णयबारे तीन दिनअघि बेइजिङलाई जानकारी गराइएको थियो । इटालियन सरकारी स्रोतले एएफपीसँग भन्यो, 'रोमले ‘राजनीतिक संवादका च्यानलहरू खुला राख्ने’ तरिकाले यस्तो गरिएको हो भन्ने बाहेक विस्तृत विवरण नदिइकन पछि हटेको ...
— नाइजेरियाली सेनाले विद्रोहीहरूलाई लक्षित गर्दै प्रहार गरेको ड्रोनको निशाना गलत पर्दा धार्मिक उत्सवमा भाग लिइरहेका कम्तीमा ८५ आमनागरिकको मृत्यु भएको छ । कादुना राज्यको इगाबी काउन्सिल क्षेत्रको टुदुन बिरी गाउँमा गत आइतबार राति मोहम्मदको जन्मदिन मनाउन भेला भएका सर्वसाधारण ड्रोन आक्रमणमा परेका थिए । कादुनाका गभर्नर उबा सानीले 'आतंकवादी र डाकुहरूलाई निशाना बनाएर' प्रहार गरिएको ...
— फिलिपिन्समा बस भीरबाट खस्दा २९ जनाको मृत्यु भएको छ । मध्य फिलिपिन्सको एन्टिक प्रान्तमा मंगलबार एउटा यात्रुवाहक बस भीरबाट खस्दा कम्तीमा २९ जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन् । ५३ यात्रु बोकेको बस इलोइलो सहरबाट पश्चिमतर्फ एन्टिकको सान जोसे डे बुएनाभिस्टातर्फ जाँदै गर्दा साँझ ४:३० बजेतिर १५ मिटर गहिराइको खाडलमा खसेको थियो । प्राचीन ...
— इन्डोनेसियाको सुमात्रामा ज्वालामुखी विस्फोटमा परी मृत्यु हुनेको संख्या २३ पुगेको छ । इन्डोनेसियाको सुमात्रा टापुमा रहेको मारापी ज्वालामुखी विस्फोटमा परी मृत्यु हुने आरोहीहरूको संख्या २३ पुगेको पश्चिम सुमात्रा प्राकृतिक स्रोत संरक्षण एजेन्सीले जनाएको हो । २० जनाको शव अस्पताल लगिएको छ । अन्य तीनजनालाई बाहिर निकाल्ने प्रक्रिया थालिएको बताइएको छ । कुल ७५ आरोहीमध्ये ५२ ...
— इजिप्टका विदेशमन्त्री सामेह शौकरी गाजापट्टीमा युद्धविरामका बारेमा छलफल गर्न अमेरिकी प्रतिनिधिसभा र अमेरिकी सिनेटका केही सदस्यहरूसँग भेट्न मंगलबार अमेरिकी राजधानी वासिंटन डीसी गएका छन् । विदेशमन्त्री शौकरीले वासिंटन डीसीमा रहेको यूएस सेन्टर फर स्ट्राटेजिक एन्ड इन्टरनेसनल स्टडिजमा हुने बैठकमा इजरायली युद्ध र त्यसको असरबारे पनि सम्बोधन गर्नेछन् । प्रतिनिधिमण्डलले युद्धविरामको लागि आग्रह गर्न र गाजामा बिग्रँदै ...
सन् २०१३ मा एसियाको जटिल एवं परिवर्तनशील वातावरण र विभिन्न देशको अपेक्षालाई मनन गरी चिनियाँ राष्ट्रपति सी चिनफिङले छिमेकी देशहरूसँगको आत्मीय, इमानदार, उपकारी र समावेशी चिनियाँ कूटनीतिक अवधारणा प्रस्तुत गर्नुभएको थियो । १० वर्षयता चीन यस महत्त्वपूर्ण अवधारणालाई व्यवहारमा उतार्न लागिपरेको छ र यसैका आधारमा छिमेकी देशहरूसँग मैत्रीपूर्ण सहयोगी सम्बन्ध विकास गर्दै गएको छ । फलस्वरूप दुई पक्षबीच ...
— रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले यूएई र साउदी अरबको एक दिने भ्रमण गर्ने भएका छन् । क्रेमलिनका अनुसार राष्ट्रपति पुटिनले भ्रमणका क्रममा अन्तर्राष्ट्रिय सरोकारका विषयका साथै इजरायल-प्यालेस्टाइन द्वन्द्वका विषयमा दुई देशसँग छलफल गर्ने कार्यतालिका रहेको छ । रुसी सरकारी समाचार संस्था तासका अनुसार पुटिनको भ्रमण केवल २४ घण्टाको मात्र हुनेछ । यही हप्ता मात्र पुटिनले मस्कोमा ...
: विशेष गरेर एडीबीले भुटान र नेपालमा पहिरो, भूकम्प र बाढीपहिरो, हिमताल विस्फोटलगायतका बहुजोखिमको विश्लेषण गरेर प्राविधिक सहयोग गर्ने भएको छ। यस्ता प्राकृतिक प्रकोपको मूल्यांकन गरी यसले भविष्यको पूर्वाधार विकासका लागि प्रारम्भिक चेतावनी प्रणाली र जोखिम व्यवस्थापनको विकल्पहरू निकाल्न सहयोग पु¥याउने एडीबीको योजना छ। ध्रुवीय क्षेत्र बाहिरको सबैभन्दा ठूलो बरफ भण्डारको घर, पर्वत क्षेत्रका ...
— चीन र अमेरिकी शीर्ष कूटनीतिज्ञबीच इजराइल–हमास युद्धबारे छलफल भएको छ ।चीन र अमेरिकाका शीर्ष कूटनीतिज्ञले बुधबार फोनमार्फत इजराइल–हमास युद्धबारे छलफल गरेको र युद्धलाई कम गर्ने आवश्यकतामा सहमत भएको बताएका छन् । अमेरिकी विदेश मन्त्रालयका अनुसार विदेशमन्त्री एन्टोनी ब्लिङ्केनले युद्ध फैलिनबाट रोक्नका लागि काम गर्ने सबै पक्षको अनिवार्यतालाई दोहोर्‍याएका थिए । मन्त्रालयका प्रवक्ता म्याथ्यु मिलरका ...
। तालिबान सरकारबाट चीनका लागि राजदूत नियुक्त बिलाल करीमीलाई चीनले मान्यता दिएको छ । तालिबान कूटनीतिज्ञलाई राजदूतको मान्यता दिने चीन पहिलो देश बनेको बीबीसीले जनाएको छ । बीबीसीका अनुसार चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता बाङ वेनबिनलाई मंगलबार मिडिया ब्रिफिङको क्रममा चीनले तालिबालाई वैधानिक सरकारको रुपमा मान्यता दिन्छ कि दिँदैन भनेर प्रश्न सोधिएको थियो । यो प्रश्नको जवाफमा उनले ...
थाइल्यान्डमा बस दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन्। दक्षिण थाइल्यान्डको प्राचुआप खिरी खान प्रान्तमा यात्रुवाहक बस सडकबाट चिप्लिएर रुखसँग ठोक्किँदा १४ जनाको मृत्यु भएको छ भने ३५ जना घाइते भएका छन् । उक्त बस राजधानी बैंककबाट सोङखला प्रान्तको नथवी जिल्लातर्फ लागि जाँदै गरेको थियो। दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको छ।
नाइजेरियाली सेनाको ड्रोन दुर्घटना हुँदा देशको उत्तरपश्चिमी कादुना राज्यको एउटा गाउँमा आइतबार ८५ सर्वसाधारणको मृत्यु भएको राज्य सञ्चालित आपतकालीन एजेन्सीले जनाएको छ । उत्तरपश्चिम क्षेत्रीय कार्यालयले स्थानीय अधिकारीबाट प्राप्त गरेको विवरणअनुसार अहिलेसम्म ८५ वटा शव प्राप्त भएको छ भने, अन्य हराइरहेका मानिसको खोजी जारी रहेको राष्ट्रिय आपतकालीन व्यवस्थापन एजेन्सीले आफ्नो फेसबुक पेजमा मङ्गलबार उल्लेख ...
विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले गाजापट्टीमा स्थिति लगातार बिग्रिँदै गएको र मानवताको ‘सबैभन्दा अन्धकार समय’ नजिक पुगेको बताएको छ । हमासको लडाकू समूहले अक्टोबर ७ मा गरेको हमलापछि इजराइलले हमासविरुद्ध युद्धको घोषणा गरेको छ । हमासको हमलामा इजराइलमा अधिकांश सर्वसाधारणसहित एक हजार दुई सयको मृत्यु भएको थियो भने हमासले करिब दुई सय ४० बन्धकलाई गाजामा ...
:रातो बालुवै–बालुवाको मरुभूमि। त्यही मरुभूमिको बीचमा एउटा अचम्मको जीवन्त रूख अर्थात ‘ट्री अफ लाइफ’। तर, त्यही रूख आज सुक्खा मरुभूमिको आशा, भरोसा र सकारात्मक चेतको प्रतीक बनेको छ। यो रूख ४ सय वर्ष पुरानो मानिन्छ मरुभूमिको देश, बहराइनमा। बहराइनको मरुभूमिको सुक्खा ढिस्कोमा ३२ फिट उचाइ भएको यो रूख ४ सय वर्षदेखि पानी बिनै कसरी बाँचेको ...
लन्डन — आमचुनाव हुन झन्डै एक वर्ष बाँकी रहँदा बेलायत सरकारले अध्यागमनसम्बन्धी नियम थप कडा बनाउने घोषणा गरेको छ ।गृहमन्त्री जेम्स क्लेभर्लीले सोमबार अपरान्ह बेलायती संसद्‌मा घोषणा गरेको पाँच बुँदे परिवर्तनले मुख्यतः वर्क परमिट र विद्यार्थी रुटमा बेलायत आउने आप्रवासी प्रत्यक्ष प्रभावित हुने जानकारहरुले टिप्पणी गरेका छन् । मन्त्री क्लेभर्लीको घोषणाअनुसार आउँदो वसन्त ऋतुदेखि ...