मुख्य समाचार
विश्व
जिम्बाब्वेमा खडेरीले एक सय हात्ती मरेका छन्। जिम्बाब्बे स्थित हृाङग्रे राष्ट्रिय निकुञ्जमा एल निनो नामक खडेरीका कारण कम्तीमा सय हात्तीको मृत्यु भएको अन्तरराष्ट्रिय पशु कल्याण तथा संरक्षण समुहले सोमबार जनाएको छ। पशु कल्याणको लागि अन्तरराष्ट्रिय कोषले सार्वजनिक गरेको विज्ञप्ति अनुसार हाल सो खडेरीका कारण ग्रीष्मकालीन वर्षा सामान्यभन्दा पाँच हप्ता ढिलो सुरु भएको छ। जसका कारण ...
: पाकिस्तानी सेनाको आधार शिविरमा मङ्गलबार भएको आत्मघाती बम आक्रमणमा परी कम्तीमा २३ जनाको मृत्यु भएको छ । आक्रमणको जिम्मेवारी पाकिस्तानी तालीवानले लिएको छ । परिचय नखुलाउने शर्तमा एकजना स्थानीय अधिकारीले अफगानिस्तानको सीमा नजिकै खैबर पख्तुन्ख्या प्रान्तको डेरा स्माइल खान जिल्लास्थित शिविरलाई लक्षित गर्दै बिहानको समयमा आक्रमण भएको बताएका छन् । उनका अनुसार ...
: अमेरिकी राष्ट्रपति जो बाइडेनले गाजामा अन्धाधुन्ध बमबारी गरेर इजरायलले विश्वव्यापी समर्थन गुमाएको बताएका छन् । मंगलबार कोष जुटाउने कार्यक्रममा बाइडेनको टिप्पणीलाई अमेरिकाको इजरायलको अहिलेसम्मको सबैभन्दा कडा आलोचनाको रूपमा हेरिएको छ। अक्टोबर ७ मा इजरायलमा हमासले गरेको आक्रमणपछि अमेरिकाले इजरायललाई खुलेर समर्थन गर्दै आएको छ । बाइडेनले अमेरिका सधैं इजरायलको साथमा रहेको दोहोर्‍याए पनि यससँगै उनले इजरायललाई निर्देशन ...
सिड्नी : अस्ट्रेलिया सरकारले भाडाको संकट कम गर्ने प्रयासस्वरूप विद्यमान घरका विदेशी खरिदकर्तालाई शुल्कमा नाटकीय वृद्धि गर्ने घोषणा गरेको छ। अष्ट्रेलियामा भाडामा कोठा पाउन कठिन बनेपछि लेबर पार्टीले खाली घर नराख्न प्रोत्साहन गर्न र कोठा भाडा पाउने अवस्थालाई सहज बनाउन नयाँ वर्षको सुरूमा नै नयाँ कानुन ल्याई घरका विदेशी खरिदकर्ताले घरलाई खाली राखेमा बढी कर तिनुपर्ने ...
। इजरायलको आक्रमणका कारण गाजा क्षेत्रमा अस्पतालको क्षमताले थेग्नै नसक्ने गरी मृतक र घाइतेहरुको संख्या बढेको चिकित्सकहरुले बताएका छन् । दक्षिण गाजामा जारी भीषण युद्धका बीच खान युनिसको नासिर अस्पतालका डाक्टरहरुले मृतक र घाइतेको संख्या अत्यधिक भएकाले स्थिति नियन्त्रणभन्दा बाहिर गएको बताएका छन् । उनका अनुसार अस्पतालको क्षमताभन्दा धेरै संख्यामा घाइते र मृतकलाई ल्याइएको छ । अस्पतालका ...
काठमाडौं । काठमाडौं उपत्यकामा यस वर्षको अहिलेसम्मकै कम तापक्रम मापन भएको छ । आज बिहान पौने ६ बजेको रेकर्ड अनुसार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ६.२ डिग्री सेल्सियस छ । वरिष्ठ मौसमविद शान्ति कँडेलले यो यस वर्षको अहिलेसम्म मापन भएको न्यूनतम तापक्रममध्येमा सबैभन्दा कम भएको बताइन् । यसअघि काठमाडौं न्यूनतम तापक्रम ७.४ डिग्री सेल्सियससम्म पुगेको थियो । जल ...
। गाजामा युद्धविराम प्रस्ताव विरुद्ध संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्को प्रस्तावमा संयुक्त राज्य अमेरिकाले भिटो लगाएपछि अरब देशहरू आक्रोशित बनेका छन् । सुरक्षा परिषद्को विशेष बैठकमा वासिङ्टनले शुक्रबार लगाएको भिटोले संयुक्त राष्ट्रसङ्घका प्रमुख एन्टोनियो गुटेर्रेस र अरब राष्ट्रहरूको नेतृत्वमा उक्त क्षेत्रमा तत्काल मानवीय युद्धविराम गर्ने दिशामा भइरहेको प्रयासलाई अवरुद्ध पारेपछि अरब राष्ट्रहरू आक्रोशित बनेका हुन् । साउदी विदेशमन्त्री ...
प्यालेस्टिनी राष्ट्रपति महमुद अब्बासले गाजामा युद्धविरामका लागि संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्को प्रस्तावमा संयुक्त राज्य अमेरिकाले भिटो लगाएपछि गाजामा भएको महिला र बालबालिकाको हताहतका लागि अमेरिका जिम्मेवार रहेको बताएका छन्। 'अमेरिकी अडानलाई आक्रामक, अनैतिक, अन्तर्राष्ट्रिय मानवीय मूल्य र सिद्धान्तको ठाडो उल्लङ्घन भएको र अमेरिकाले इजरायललाई समर्थन गरेकै कारण गाजामा प्यालेस्टाइनी बालबालिका, महिला र वृद्धवृद्धाको रक्तपातका लागि अमेरिकी ...
: भारतको उत्तरप्रदेशस्थित बरेलीमा शनिबार राति एउटा कारमा आगलागी हुँदा ८ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एक बालक पनि रहेका छन्। बरेलीको नैनीताल राजमार्गमा उक्त दुर्घटना भएको हो। बरेलीका एसएसपी सुशील चन्द्रभान धुलेका अनुसार राजमार्गमा गुडिरहेको कार ट्रकसँग ठोक्किएर आगो लागेको थियो। गाडी सेन्ट्रल लक थियो। जसका कारण त्यहाँ बसेका मानिसहरु बाहिर निस्कन सकेनन्। सामाजिक सञ्जालमा ...
: रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सन् २०२४ को राष्ट्रपति निर्वाचनमा पुनः लड्ने शुक्रबार घोषणा गरेका छन्। २०२४ को चुनावमा जिते उनी दशकौँ पुरानो पकडलाई सन् २०३० को दशकसम्म बढाउ सक्ने छन्। एकहत्तर वर्षीय पुटिनले यो शताब्दीको सुरुदेखि नै रुसको नेतृत्व गरेका छन्। उनले चारवटा राष्ट्रपतीय निर्वाचन जितेका छन् र करिब प्रतिपक्षी नै अस्तित्वहीन भएको प्रणालीमा ...
: गाजामा तत्काल युद्धविरामको प्रस्तावको विरोधमा अमेरिकाले भिटो पावर प्रयोग गरेको छ । संयुक्त राष्ट्र सुरक्षा परिषद्को एक मात्र स्थायी सदस्य अमेरिका यस प्रस्तावको विपक्षमा मतदान गरेको हो। बेलायत भने मतदानमा अनुपस्थित रहेको थियो। फ्रान्सले यो प्रस्तावको पक्षमा मतदान गरेको थियो । अमेरिकाको भिटोका कारण युद्धविरामको प्रस्ताव तत्काललाई असफल भएको छ । अमेरिकाले उक्त कुरा हतारमा ...
इराकको अर्ध–स्वायत्त कुर्दिस्तान क्षेत्रमा एर्बिल प्रान्तको सोरान सहरस्थित एक आवासीय भवनमा शुक्रबार राति आगलागी हुँदा १४ जनाको मृत्यु र १८ जना घाइते भएका छन् । सोरान स्वास्थ्य विभागले विज्ञप्तिमा भनेको छ, 'सबैभन्दा पहिला भवनको तेस्रो र चौथो तलामा आगो लागेको थियो, ती तलामा विश्वविद्यालयका छात्र र शिक्षक बस्छन् । त्यसपछि आगो सम्पूर्ण पाँच तले भवनमा फैलियो ...
। इरानले बुधबार अर्थात् डिसेम्बर ६ का दिन एउटा रकेटमा केही जीवहरुलाई राखेर अन्तरीक्षमा पठाएको छ । इरानी सञ्चारमन्त्री इसा जारेपोरले यस्तो जानकारी दिएकी हुन् । उनका अनुसार इरानले भविष्यमा अन्तरीक्षमा मानिस पठाउने तयारी गरिरहेको छ । सोही तयारी स्वरुप उसले जनावरलाई राखनेर अन्तरीक्षयान प्रक्षेपाण गरेको हो । इरानले अन्तरीक्षमा पठाएको सो रकेटको नाम ‘सलमान’ हो । ...
एजेन्सी : यस वर्षको नोबेल साहित्य पुरस्कार विजेता जोन फोजले आफ्ना कृतिहरुको समीक्षा खराब तरिकाले गरिएको गुनासो गरेका छन् । कृतिहरुको समीक्षालाई विश्वास गरेको भए आफूले चार दशकअघि नै लेख्ने काम बन्द गरिसक्ने यी नर्वेली लेखकको भनाइ छ । फोजका उपन्यास श्रृंखला ‘सेप्टोलोजी’, एलिस एट द फायर, मेलानकोली, एण्ड अ साइनिङ प्रख्यात कृति हुन् । सेप्टोलोजीका ...
— इटाली चीनको महत्त्वाकांक्षी परियोजना बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई) मा सहभागी नहुने भएको छ । प्रधानमन्त्री जोर्जा मलोनी प्रशासनले चीनलाई बीआरआई परियोजनामा सहभागी नहुने जानकारी गराएको हो । बीआरआई परियोजनामा सहभागी हुने समयसीमा समाप्त हुनुअघि नै इटालीले हात झिकेको हो । व्यापार र भौतिक पूर्वाधारमा केन्द्रित भएर इटालीले बीआरआईमा सहभागी हुने सम्झौता गरेको थियो । ...
— संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरसले इजरायल-हमास युद्धको गम्भीरतालाई मध्यनजर गर्दै 'यूएन चार्टर'को धारा-९९ लागू गरेका छन् । राष्ट्रसंघीय सुरक्षा परिषद्ले इजरायल र हमासबीच संघर्षविरामसम्बन्धी संकल्प प्रस्ताव पास गर्ने तयारी गरिरहेका बेला महासचिव गुटेरसले धारा-९९ लागू गरेका हुन् । १५ सदस्यीय सुरक्षा परिषद्‍का अधिकांश मुलुक युद्धविरामप्रति सहमत देखिए पनि अमेरिका सकारात्मक देखिएको छैन । सुरक्षा ...