मुख्य समाचार
विश्व
: अफगानिस्तानले पाकिस्तानबाट गहुँ आयात पूर्णरूपमा बन्द गरेको छ। दश वर्षअघि अफगानिस्तानले पाकिस्तानबाट ३० करोड डलरभन्दा बढीको आँटा आयात गरेको थियो। त्यसबेलादेखि अफगानिस्तानले पाकिस्तानबाट गहुँ आयात विस्तारै घटाउँदै अहिले पूर्णरूपमा बन्द गरेको हो। हालै दुई देशबीचको तनावका कारण अफगान तालिबानले पाकिस्तानसँगको व्यापार सम्बन्ध अन्त्य गर्ने बताएको थियो। अफगानिस्तानले आफ्ना व्यवसायीहरूलाई पाकिस्तानको सट्टा अन्य देशहरूसँग व्यापार गर्ने ...
— साउदी अरेबियामा सोमबार मध्यराति सडक दुर्घटनामा ४२ जना भारतीयको मृत्यु भएको छ । मक्काबाट मदिना जाँदै गर्दा मुस्लिम तीर्थयात्री चढेको बस एक डिजेल ट्यांकरसँग ठोक्किँदा ४२ जनाको मृत्यु भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । मृतकहरुमा २० जना महिला र ११ बालबालिकासमेत रहेका छन् । भारतीय सञ्चारमाध्यमहरुका अनुसार दुर्घटनामा बस चालक मात्र जिवीत बचेका छन् । मृतकहरुमा ...
: बंगलादेशको अदालतले शेख हसिनालाई मृत्युदण्डको सजाय सुनाएको छ। 'मानवता विरुद्धको अपराध' मुद्दामा हसिनालाई दोषी ठहर गर्दै अदालतले हसिनालाई मृत्युदण्डको सजायको फैसला सुनाएको हो। सोमबार बंगलादेशको अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणले पूर्वप्रधानमन्त्री हसिनालाई मानवता विरुद्धको अपराधको दोषी ठहर गर्दै मृत्युदण्डको सजाय सुनाएको हो। हसिनामाथि गत वर्ष जुलाई-अगस्टमा भएको विद्रोहको क्रममा मानवता विरुद्धको अपराधको आरोप लगाइएको थियो। उनी ...
: बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाविरुद्धको 'मानवता विरुद्धको अपराध' को मुद्दामा अदालतले सोमबार फैसला सुनाउँदैछ। बीबीसी बंगला सेवाका अनुसार, न्यायाधिकरणको रजिस्ट्री कार्यालयले बिहान ११ बजे आफ्नो निर्णय घोषणा गर्ने जानकारी दिएको छ। अभियोजन पक्षले शेख हसिना र असदुज्जमान खान कमलविरुद्ध अधिकतम सजाय अर्थात् मृत्युदण्डको माग गरेको छ। यसैबीच, सर्वोच्च अदालतले फैसला आउनुअघि न्यायाधिकरणमा सुरक्षा बढाउन सेना तैनाथ ...
: बेलायतमा शरणार्थीहरूले स्थायी रूपमा बसोबास गर्न २० वर्ष पर्खनु पर्ने भएको छ। गृह सचिव शबाना महमूदले सोमबार घोषणा गर्ने योजना अन्तर्गत बेलायतमा शरण पाएका व्यक्तिहरूले स्थायी रूपमा बसोबास गर्न आवेदन दिन २० वर्ष कुर्नु पर्नेछ। सरकारले साना डुङ्गा क्रसिङ र शरण दाबीहरू कम गर्न खोज्दा शरण नीतिमा ठूलो परिवर्तन आएको हो। बीबीसीले उल्लेख गरे अनुसार ...
। संयुक्त राज्य अमेरिकाले आफ्नो अत्याधुनिक बी–६१–१२ आणविक गुरुत्वाकर्षण बमको स्टेल्थ एफ–३५ए लडाकू विमानमार्फत गरिने भण्डार उडान परीक्षणहरूको महत्त्वपूर्ण शृङ्खला सफलतापूर्वक सम्पन्न गरेको छ । अमेरिकी ऊर्जा मन्त्रालयअन्तर्गत स्यान्डिया राष्ट्रिय प्रयोगशालाले बिहीबार जारी गरेको विवरणमा युटाको हिल एयर फोर्स बेसको समन्वयमा नेभाडास्थित टोनोपा टेस्ट रेन्जमा गत अगस्ट १९ देखि २१ सम्म परीक्षण गरिएको उल्लेख गरिएको छ ...
। संयुक्त राज्य अमेरिका, संयुक्त राज्य अमेरिका, इजिप्ट, साउदी अरेबिया र टर्की लगायत धेरै अरब र मुस्लिम बहुल राष्ट्रहरूले शुक्रबार संयुक्त राष्ट्रसङ्घ, सुरक्षा परिषद्लाई गाजाका लागि डोनाल्ड ट्रम्पको शान्ति योजनालाई समर्थन गर्ने अमेरिकी प्रस्ताव पारित गर्न आह्वान गरेका छन्। संयुक्त विज्ञप्ति जारी गर्दै संयुक्त राज्य अमेरिका, कतार, इजिप्ट, संयुक्त अरब इमिरेट्स, साउदी अरेबिया, इन्डोनेसिया, पाकिस्तान, जोर्डन ...
। युक्रेनले राजधानी किएभमा घातक रुसी आक्रमणको एक दिनपछि शनिबार मस्को नजिकैको क्षेत्रमा रहेको रुसी तेल प्रशोधन केन्द्रमा आक्रमण गरेको बताएको छ। युक्रेनी सेनाले विज्ञप्ति जारी गर्दै भनेको छ, ‘युक्रेनले शत्रुको मिसाइल र बम प्रहार गर्ने क्षमतालाई कम गर्ने प्रयासस्वरूप मस्को नजिकैको रियाजान क्षेत्रमा रहेको तेल प्रशोधन केन्द्रमा आक्रमण गरेको छ।’ युक्रेनले सन् २०२२ देखि क्रेमलिनको आक्रमणमा ...
— अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बीबीसीविरुद्ध कानुनी प्रकियामा जाने बताएका छन् । शुक्रबार बेलुका पत्रकारसँगको कुराकानीमा उनले अर्को साता बीबीसीविरूद्ध एक अर्बदेखि पाँच अर्ब डलरसम्मको मुद्दा दायर गर्ने बताएका हुन् । प्यानोराको डकुमेन्ट्रीमा छलछामपूर्वक भिडियो सम्पादन गरेको भन्दै बीबीसीविरुद्ध कानुनी प्रक्रियामा जान लागेको ट्रम्पको भनाइ छ । यद्यपि बीबीसीले माफी मागिसकेको छ । के हो विवाद ...
— फरिदाबादबाट चिकित्सकको घरबाट बरामद गरिएको अमोनियम नाइट्रेड शुक्रबार मध्यराति श्रीनगरको नौगाम प्रहरी चौकीमा विष्फोट भएको छ । विष्फोटमा चौकीको एकातर्फको पूरै क्षेत्र ध्वस्त भएको छ । साथै पार्किङमा राखिएका गाडीहरु पनि जलेका छन् । भारतीय सञ्चारमाध्यमहरुका अनुसार विष्फोटमा एक प्रहरी इन्स्पेक्टरसहित १० जनाको मृत्यु भएको छ । विष्फोट हुँदा चौकीमा डीएसपी र्‍यांकका एक अधिकारी र ...
— बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनाले गत वर्षको प्रदर्शनमा मानवताविरोधी कुनै काम नगरेको दाबी गरेकी छिन् । बीबीसीसँगको अन्तर्वार्तामा उनले यस्तो दाबी गरेकी हुन् । हसिनाविरुद्धको मानवताविरोधी मुद्दामा बंगलादेशको अन्तर्राष्ट्रिय अपराध ट्राइबुनल–१ (आईसीटी–१) ले सोमबार फैसला सुनाउँदै छ । भारतमा रहेकी हसिनाले आफुमाथि लागेका मुद्दामा कुनै पनि बयान दिएकी छैनन् । उनले आफ्नो उपस्थिति बिना नै भएको ...
— बेलायती सञ्चारसंस्था बीबीसीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भाषणको खराब काँटछाँटका लागि माफी मागेको छ । ६ जनवरी २०२१ को उनको भाषणका टुक्राहरु जोडेर बीबीसीले पानारोमा शृंखलाको डकुमेन्ट्रीमा समावेश गरेको थियो । बीबीसीले यस कार्यक्रमलाई फेरि नदेखाउने निर्णय पनि गरेको छ । बीबीसीले गल्ती स्विकार्दै भनेको छ, ‘यो गल्तीले ट्रम्पले सीधा हिंसात्मक प्रदर्शनका लागि आग्रह ...
: पेरुमा ६० जना यात्रु बोकेको बस खोंचमा खस्दा कम्तीमा ३७ जनाको मृत्यु भएको छ भने दर्जनौं घाइते भएका छन्। पेरुलाई चिलीसँग जोड्ने पान-अमेरिकन राजमार्गमा बस दुर्घटना भएको हो। स्थानीय सञ्चारमाध्यमका अनुसार बस मोडमा पिकअप ट्रकसँग ठोक्किएको थियो र त्यसपछि ओकोना नदीतिरको खाल्डोमा खसेको थियो। रिपोर्टका अनुसार दुर्घटनामा दुवै चालक बाँच्न सफल भएका छन्। बस क्षतिग्रस्त ...
: बंगलादेशको अन्तरिम सरकारले अर्को संसदीय चुनावको दिन जनमत संग्रह गर्ने निर्णय गरेको छ। प्रमुख सल्लाहकार प्रोफेसर मोहम्मद युनुसले बिहीबार राष्ट्रका नाममा सम्बोधन गर्दै यो कुरा बताएका हुन्। गत वर्ष विद्यार्थी नेतृत्वको आन्दोलनपछि तयार पारिएको जुलाई बडापत्र कार्यान्वयन गर्न जनमत संग्रह हुनेछ। अन्तरिम सरकारका प्रमुख मोहम्मद युनुसले फेब्रुअरीमा संसदीय चुनाव हुने र सोही दिन जनमत संग्रह हुने ...
: टर्कीको सैन्य कार्गो विमान जर्जियामा दुर्घटनाग्रस्त हुँदा २० जनाको मृत्यु भएको छ । टर्कीका रक्षामन्त्रीले विमानमा सवार सबैको मृत्यु भएको बुधबार घोषणा गरे । अजरबैजानको गान्जाबाट टर्की जाँदै गरेको सी–१३० बिमान मंगलबार अजरबैजानको सीमानजिकै जर्जियाको सिघनाघीमा दुर्घटनाग्रस्त भएको हो । विमान दुर्घटनाको कारणको हाल अनुसन्धान भइरहेको छ । टर्कीको अनुसन्धान टोली दुर्घटनास्थलमा पुगेर जर्जियाली अधिकारीहरूसँग समन्वय गरी विमानको भग्नावशेषको ...
: अमेरिकाले भारत, इरान, चीन, हङकङ, संयुक्त अरब इमिरेट्स (युएई), टर्की र अन्य क्षेत्रका ३२ संस्था र व्यक्तिमाथि प्रतिबन्ध लगाएको छ। अमेरिकाले यी सबैले इरानको ब्यालिस्टिक मिसाइल र ड्रोन उत्पादनसँग जोडिएका आपूर्ति नेटवर्क चलाउने गरेको भनेको छ। केहीले इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी)का लागि पनि काम गर्ने गरेको अमेरिकाले आरोप लगाएको छ। आईआरजीसी धार्मिक, राजनीतिक र आर्थिक ...
First Prev ... 4 5 6 7 8 9 10 11 12 13 14 ... Next Last
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम