मुख्य समाचार
विश्व
— अबको ५ वर्षमा भोकमरी अन्त्य गर्ने गरी ‘जिरो हंगर’ लक्ष्य लिइएको भए पनि नेपालमा पछिल्लो एक वर्षमा भोकमरीको वृद्धिदर थप बढेको देखिन्छ । विश्व भोकमरी सूचकांक २०२५ प्रतिवेदनअनुसार नेपालमा भोकमरीको स्थिति र बाल पुड्कोपनाको दर बढेको हो । यसले खाद्य तथा पोषण सुरक्षाको प्रगति कमजोर रहेको देखाउने मात्र नभई अवस्था यस्तै रहे २०३० भित्र दिगो विकासको ‘जिरो ...
— अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोदमेर जेलेन्स्की शान्तिवार्ताका लागि इच्छुक नरहेको आरोप लगाएका छन् । अमेरिका र युक्रेनी प्रतिनिधिमण्डलबीच मियामीमा तीन दिन चलेको वार्ता शनिबार सम्पन्न भएको थियो । वार्तापछि ट्रम्पले शान्ति प्रस्तावमा हस्ताक्षर गर्नका लागि जेलेन्स्की तयार रहेको बताए । अमेरिकाले रुस–युक्रेन युद्ध अन्त्यका लागि लागि निकै मेहिनत गरेको भएपनि जेलेन्स्कीले यसमा ...
: थाइल्याण्ड र कम्बोडियाबीच फेरि तनाव बढ्दै गएको छ। दुई देशबीच झडप र हवाई हमलापछि हजारौँ थाइल्याण्ड–कम्बोडियाली सीमाबाट भागेका छन्। दुई देशबीच तनाव बढ्दै गएपछि मानिसहरू आफ्नो सुरक्षाबारेमा चिन्तित भएका छन्। यस्तै व्यवसाय अवरुद्ध भएका छन् भने विद्यालय र अस्पताल बन्द छन्। थाइल्याण्डको सी सा केट प्रान्तका एक बासिन्दाले बीबीसी थाईलाई भने,ʻयो साँच्चै ...
: थाई आर्मीले कम्बोडियासँगको झडपपछि हवाई आक्रमण सुरु गरेको बताएको छ। यी आक्रमण विवादित थाइल्याण्ड-कम्बोडिया सीमामा गरिँदैछन्। थाइल्याण्डले सोमबार बिहान कम्बोडियाबाट आफ्ना सेनामाथि गोलीबारी भएको र दुई सैनिकको मृत्यु भएको तथा अन्य चार जना घाइते भएको बताएको छ। तर त्यसको केही समयपछि थाई सेनाले मृतक र घाइते सैनिकको संख्या परिवर्तन गरेको थियो। थाई सेनाका प्रवक्ताले पत्रकार ...
: रुसले शनिबार रातभर युक्रेनमा हवाई आक्रमण गरेको छ। युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले युद्ध अन्त्य गर्न जारी वार्ताबारे टिप्पणी गरेको केही घण्टापछि यो आक्रमण भएको हो। फ्लोरिडामा तीन दिनको वार्तापछि डोनाल्ड ट्रम्पको वार्ता टोलीसँग फोन वार्ता धेरै रचनात्मक भएको उनले बताएका थिए। युक्रेनी औद्योगिक शहर क्रेमेनचुकका मेयरले शहरमा ठूलो मात्रामा आक्रमण भएको बताए। उनका अनुसार कुनै हताहतको ...
: अस्ट्रेलियाको न्यू साउथ वेल्स राज्यको सेन्ट्रलकोस्ट क्षेत्रमा अनियन्त्रित ढंगले फैलिएको डढेलोका कारण धेरै घरहरू खरानी भएका छन् । सिड्नी सहरबाट करिब ९० किलोमिटर उत्तरमा पर्ने कुलबोङस्थित निम्मबिन रोड आसपासका क्षेत्रमा शनिबार डढेलो तीव्र रूपमा फैलिएपछि आपतकालीन चेतावनी जारी गरिएको छ । पूर्वी र मध्य न्यू साउथ वेल्समा ७५ भन्दा धेरै ठाउँमा डढेलो फैलिएको थियो । जसमध्ये १९ ...
: भारतको गोवास्थित एक प्रसिद्ध नाइट क्लबमा आगलागी हुँदा २३ जनाको मृत्यु भएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार शनिबार उत्तरी गोवाको अर्पोरा गाउँको नाइटक्लबमा सिलिन्डर विस्फोट भएर ठूलो आगलागी हुँदा २३ जनाको मृत्यु भएको हो। प्रहरीका अनुसार उक्त क्लबका अधिकांश पीडित कर्मचारीहरू भएको अनुमान छ, तर मृतकहरूमा पर्यटकहरू पनि छन्। उक्त क्लब गत वर्ष मात्र खुलेको ...
दक्षिण अफ्रिकाको एक होस्टेलमा भएको सामूहिक गोलीकाण्डमा कम्तीमा ११ जनाको मृत्यु भएको छ। राजधानी प्रिटोरियाको पश्चिममा रहेको सोल्सभिल टाउनशिपको एक स्थानमा शनिबार बिहान बन्दुकधारीहरूले आक्रमण गरेका थिए। आक्रमणमा चौध जना घाइते भएका छन् भने ११ जनाको मृत्यु हुनेमा एक तीन वर्षको बालक पनि छन्। "कम्तीमा तीन जना बन्दुकधारीहरू होस्टेलमा प्रवेश गरे। यहाँ केही मानिस मदिरा सेवन गरिरहेका ...
: पाकिस्तान र अफगान (तालिबान) सेनाबीच नयाँ सीमा झडप भएका छन्। यसमा दुवै देशले एकअर्कालाई युद्धविराम उल्लङ्घनको आरोप लगाएका छन्। बढ्दो तनावका कारण अफगानिस्तानको सीमावर्ती शहर स्पिन बोल्डकका मानिसले रातारात आफ्नो घर छोड्नुपरेको छ। कान्दाहार शहरको एक चिकित्सा स्रोतले बीबीसी पश्तोलाई बताएअनुसार चार जनाको शव स्थानीय अस्पतालमा ल्याइएको छ। पाकिस्तानी पक्षमा कुनै हताहत भएको छ कि छैन ...
: अमेरिकी सर्वोच्च अदालतले अमेरिकामा जन्मेका बालबालिकालाई नागरिकताको संवैधानिक अधिकार छ कि छैन भनेर निर्धारण गर्ने मुद्दाको सुनुवाइ गर्न सहमति जनाएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पदभार ग्रहण गरेको पहिलो दिन एक आदेशमा हस्ताक्षर गरेका थिए। यो आदेशले देशमा अवैध रूपमा बसोबास गर्ने आमाबाबुबाट जन्मेका बच्चालाई जन्मसिद्ध नागरिकता दिने प्रणालीको अन्त्य गर्ने अपेक्षा गरिएको थियो। तर तल्ला ...
। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रमलाई शान्ति पुरस्कार प्रदान गरिएको छ । फिफा विश्वकप २०२६ को समूह चरणको खेल तालिका सार्वजनिकका लागि आयोजित समारोहमा उनलाई शान्ति पुरस्कार प्रदान गरिएको हो । अमेरिकी राष्ट्रपति ट्रम्प फिफाको शान्ति पुरस्कारका लागि पहिलेबाट नै मजबुत दाबेदार मानिन्थे । न्युज एजेन्सी पीटीआईका आुनसार ट्रम्प र फिफा अध्यक्ष जियानी इन्फेन्टिनोबीच निकट सम्बन्ध छ । इन्फेन्टिनोले ...
। क्यानडामा नोभेम्बर महिनामा कुल ५४ हजार व्यक्तिले रोजगारी पाएका छन्, जुन कुल रोजगारीमा ०.३ प्रतिशत वृद्धि भएको स्टाटिस्टिक्स क्यानडाले जनाएको छ । मासिक विवरण अनुसार, रोजगार दर ०.१ प्रतिशत बिन्दुले बढेर ६०.९ प्रतिशत पुगेको छ भने बेरोजगारी दर ०.४ प्रतिशत बिन्दुले घटेर ६.५ प्रतिशतमा आएको छ । स्वास्थ्य सेवा तथा सामाजिक सहयोग, आवास तथा खाना–पानी सेवा ...
। पाकिस्तान र अफगानिस्तानको तालिबान फोर्सेजबीच फेरि झडप भएको छ । झडपपछि दुवै देशहरूले एक–अर्कामाथि संघर्ष–विराम उल्लंघनको आरोप लगाएका छन् । बढ्दो तनावका कारण सीमा क्षेत्रमा पर्ने अफगान शहर स्पिन बोल्दकबाट स्थानीय नागरिकहरूले राति आ–आफ्नो घर छोड्नु परेको बीबीसीले जनाएको छ । कन्धार शहरका एक अस्पताल स्रोतले बीबीसीलाई स्थानीय अस्पतालमा चार जनाको शव ल्याइएको जानकारी दिएको समाचारमा ...
। अफगानिस्तानले पाकिस्तानी सेनाको आक्रमणमा परी चार अफगान नागरिकको मृत्यु भएको पुष्टि गरेको छ । सीमा क्षेत्रमा पर्ने अफगान शहर स्पिन बोल्दकका चार नागरिकको पाकिस्तानी सेनाको आक्रमणमा परी मृत्यु भएको अधिकारीहरूले पुष्टि गरेका हुन् । यसअघि कन्धार शहरको एक अस्पताल स्रोतलाई उद्धृत गर्दै बीबीसीले स्थानीय अस्पतालमा चार जनाको शव ल्याइएको समाचारमा उल्लेख गरेको थियो । अफगान र पाकिस्तान ...
। ग्रीसको दक्षिणी तट नजिक क्रेट टापु वरिपरि एक डुङ्गामा १८ आप्रवासी मृत भेटिएका छन् भने दुई जना उद्धार भएका छन् । ग्रीसको सार्वजनिक प्रसारक ईआरटीका अनुसार, डुङ्गा इरापेट्रा शहरदेखि करिब (४८ किलोमिटर) दक्षिणमा फेला परेको थियो । मृतक १८ जनाको शव डुङ्गाभित्रै भेटिएको छ । प्रारम्भिक जानकारी अनुसार, लामो समयसम्म खराब मौसममा डुङ्गामा खुला रहँदा, खाना ...
। उत्तरपश्चिम चीनको शिन्जियाङ उइगुर स्वायत्त क्षेत्रमा शनिबार राति भएको गम्भीर सडक दुर्घटनामा ९ जनाको मृत्यु र ७ जना घाइते भएको स्थानीय अधिकारीहरूले आइतबार जानकारी दिएका छन् । उक्त दुर्घटना राति करिब १० बजे उसु सहरस्थित एक्सप्रेसवेका विभिन्न भागहरूमा क्रमिक रूपमा भएको थियो । पाँच ठूला सवारीसाधन र सात कारहरू आपसमा ठोक्किँदा ठूलो मानवीय क्षति भएको बताइएको ...
First Prev ... 82 83 84 85 86 87 88 89 90 91 92 ... Next Last
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम