मुख्य समाचार
विश्व
। इजरायलले गरेको ड्रोन आक्रमणमा परी हमासका एक जना शीर्ष नेता मारिएको लेबनान र प्यालेस्टिनी सुरक्षा स्रोतले दाबी गरेका छन् । समाचार एजेन्सी रोयटर्सका अनुसार इजरायलको आक्रमणबाट हमासका एकजना कमाण्डर सालेह अल-अरुरी मारिएको भनेर लेबनान र प्यालेस्टिनी सुरक्षा स्रोतले दाबी गरेका हुन् । तर इजरायलले भने यो समाचारको पुष्टि गरेको छैन । यसबारे इजरायली सेनालाई सोध्दा विदेशी ...
दक्षिण कोरियाका विपक्षी नेता ली जे–म्युङमाथि मङ्गलबार छुरा प्रहार भएको छ । आफ्नो समर्थक भएको बहाना गर्दै भीडमा धकेल्ने एक व्यक्तिले उनको घाँटीमा छुरा प्रहार गरेका थिए । उनको सघन उपचार कक्ष (आइसियु) मा सुधार भइरहेको उनको पार्टीले जनाएको छ । पत्रकारहरूले घेरिएको अवस्थामा एक व्यक्तिले लीको घाँटीको देब्रेपट्टि छुरा प्रहार गरेको बुसान प्रहरी अधिकारी ...
— इजरायलले प्यालेस्टिनी विद्रोही समूह हमासविरुद्धको युद्ध सन् २०२४ मा पनि जारी रहने बताएको छ । इजरायली प्रधानमन्त्री बेन्यामिन नेतान्याहुले शनिबार हमासको अन्त्य र बन्धकलाई फिर्ता नगरेसम्म युद्ध धेरै महिनासम्म चल्ने चेतावनी दिएका हुन् । इजराइली सेनाका प्रवक्ता डेनियल हगारीले नयाँ वर्षको सन्देशमा तीन लाख सेना रिजर्भमध्ये केहीलाई आगामी ‘लामो लडाइँ’ का लागि युद्धबाट विश्राम दिइने बताए । ‘सेनाले ...
अन्तर्राष्ट्रिय राजनीतिक मञ्चमा पछिल्लो १२ महिनामा अमेरिका, युरोप तथा विश्वका देशो लोकतन्त्रहरुलाई विभिन्न झट्का लागे । यद्यपि ती मध्ये कुनै पनि विनाशकारी रहेनन्, तथापि यसले अमेरिकी प्रभुत्वयुक्त पश्चिमी मूल्यबाट टाढा बदलिंदो शक्ति सन्तुलनतर्फ संकेत गर्दछ, जुन वर्षौंदेखि प्रभावी रहँदै आयो । यद्यपि विभिन्न मोर्चाहरुमा पश्चिमी हितका लागि गलत दिशामा हावा चलिरहेको छ । विश्व रंगमञ्चमा के कारणले यस्तो ...
: राष्ट्रपति भ्लादिमिर पुटिनले रुसी सहर बेलगोरोडमा सप्ताहन्तमा अभूतपूर्व हमलापछि मस्कोले युक्रेनमा सैन्य लक्ष्यहरूमा आक्रमणलाई तीव्र पार्ने सोमबार बताएका छन्। बेलगोरोडमा शनिबार भएको हमलामा २४ जनाको मृत्यु र एक सयभन्दा बढी घाइते भएका थिए । मस्कोले युक्रेनी सहरहरूमा ठूलो मात्रामा आक्रमण गरेपछि बेलगोरोडमा हमला भएको हो । 'हामी आक्रमणलाई तीव्र बनाउँदै छौँ, नागरिकहरूविरुद्धको कुनै पनि ...
: डेनमार्ककी महारानी मार्गरेट द्वितीयले राजगद्दी परित्यागको घोषणा गरेकी छन्। नयाँ वर्ष २०२४ को पूर्वसन्ध्यामा आइतबार भाषणका क्रममा रानी मार्गरेटले आउँदो जनवरी १४ मा पद छोड्ने बताएकी हुन्। ८३ वर्षाीया महारानीले पद त्यागपछि आफ्नो छोरा राजकुमार फ्रेडरिकलाई सिंहासन छोड्ने बताएकी छन्। स्वास्थ्य समस्याका कारण यस्तो निर्णय लिन पुगेको उनको भनाइ छ। उनका पीता राजा फ्रेडरिकको मृत्यु ...
— डेनमार्ककी महारानी मार्गरेट द्वितीयले गद्दी त्यागको घोषणा गरेकी छन् l सन् २०२४ को अवसरमा टेलिभिजन सम्बोधनमा गर्दै उनले आश्चर्यजनक रुपमा गद्दी त्यागको घोषणा गरेकी हुन् । उनले आफू रानी बनेको ५२ वर्ष पुगेको अवसरमा आउँदो १४ जनवरीमा औपचारिक रूपमा राजीनामा गर्ने जनाएकी अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएकाछन् ।'म सिंहासन मेरो छोरा, क्राउन प्रिन्स फ्रेडरिकलाई छोड्नेछु' उनको घोषणा ...
— सन् २०२३ मा विश्वभर १ सय २० पत्रकार र सञ्चारकर्मी मारिएका छन् । अन्तर्राष्ट्रिय पत्रकार महासंघले आइतबार जारी गरेको प्रतिवेदन अनुसार मारिनेहरुमा ११ पत्रकार महिला छन् । आइफजेले गत ८ डिसेम्बरमा संयुक्त राष्ट्रसंघ मानव अधिकार दिवस अघि मारिएका पत्रकारहरूको प्रारम्भिक सूची प्रकाशित गरेको थियो जसमा ९४ जनाको हत्या भएको उल्लेख थियो । वर्षको अन्त्यमा ...
First Prev ... 81 82 83 84 85 86