मुख्य समाचार
विश्व
— इक्वेडरमा सामूहिक हिंसामा परी १० जनाको मृत्यु भएको छ । इक्वेडरको राजधानी क्विटोको उत्तरी भगमा मुख्य सडकमा हिंसा भएको थियो । मुख छोपेका बन्दुकधारीले सर्वसाधारणहरुमाथि गोली प्रहार गरेका थिए । उनीहरुले प्रहरी चौकी, टेलिभिजनहरूमा आक्रमण गर्नुका साथै सवारीसाधनहरुमा आगजनी समेत गरेका थिए । उनीहरुको आक्रमणबाट १० जनाको मृत्यु हुनुका साथै अन्य तीन जना घाइते भएका ...
: बंगलादेश अवामी लीग पार्टीकी नेतृ शेख हसिनालाई नयाँ प्रधानमन्त्रीमा नियुक्त भएकी छन्। राष्ट्रपति मोहम्मद शहाबुद्दीनले सत्तारुढ अवामी लीगकी नेतृ शेख हसिनालाई देशको नयाँ प्रधानमन्त्री नियुक्त भएकी हुन्। उनको यो लगातार चौथो कार्यकाल हो। आवामी लीगले संसद्का बहुमत सदस्यको विश्वास प्राप्त गरेकाले राष्ट्रपतिले उनलाई नयाँ सरकार गठनका लागि निमन्त्रणासमेत दिएको क्याबिनेट डिभिजनले राजपत्रमा सूचना जारी गरी ...
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले गाजामाथिको कब्जा कायम राख्ने वा प्यालेष्टिनी सर्वसाधारणलाई विस्थापित गर्ने इजरायलको कुनै मनसाय नरहेको बताएका छन्। प्रधानमन्त्री नेतन्याहूले गाजा पट्टीमा प्यालेस्टिनीहरूको कथित नरसंहारको बारेमा हेगस्थित अन्तर्राष्ट्रिय अदालतमा सुनुवाइ सुरु हुनुभन्दा एक दिन अघि उक्त टिप्पणी गरेका हुन्। नेतन्याहूले भने, 'इजरायलको गाजालाई स्थायी रूपमा कब्जा गर्ने वा त्यहाँका नागरिकलाई विस्थापित गर्ने कुनै मनसाय ...
— माल्दिभ्सका तीन जना मन्त्रीले भारत र प्रधानमन्त्री नरेन्द्र मोदीमाथि गरेको नकारात्मक टिप्पणीपछि दुई देशबीच तनाव बढेको छ । भारतमा सामाजिक सञ्जालमा ‘बोयकट माल्दिभ्स’ ट्रेन्डिङमा आएको छ । राजनीतिज्ञ मात्र होइन, खेलाडी र बलिवुड सेलेब्रिटीसम्म उक्त ट्रेन्डिङको हिस्सा बनेका छन् । यसै हप्ताको प्रारम्भमा मोदीले लक्षद्वीपको यात्रा गरेका थिए । उनले पर्यटन प्रवर्द्धनका लागि त्यहाँका ...
बोलिभियाका लागि पूर्व अमेरिकी राजदूत म्यानुअल रोचा हालसालै पक्राउ परे । अमेरिकी विदेश मन्त्रालयमा काम गर्ने उनलाई अमेरिकी सरकारले गम्भीर आरोप लगाउँदै पक्राउ गरेको हो । चार दशक अमेरिकी विदेश मन्त्रायलमा काम गरेका उनले क्युबाका लागि जासुसी गरेको आरोप सरकारले लगाएको हो । कम्युनिस्ट शासन रहेको क्युबाले शताब्दी यता गर्दै आएको सबैभन्दा ठूलो जासुसी काण्डका रुपमा ...
फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोनले आफ्नो राष्ट्रपति पदलाई नयाँ गति दिनका लागि मङ्गलबार ग्याब्रियल एटललाई प्रधानमन्त्रीमा नियुक्त गरेका छन्। खुलारूपमा आफूलाई समलिङ्गी बताउने ३४ वर्षीय एटल फ्रान्सको सबैभन्दा कम उमेरमा सरकार प्रमुख बने‍का छन्। उनीअघि समाजवादी नेता लौरेन्ट फाबियस सबैभन्दा कान्छो प्रधानमन्त्री थिए। उनलाई ३७ वर्षको उमेरमा १९८४ मा फ्रांसुआ मिटेरेंडद्वारा नियुक्त गरिएको थियो। अटलले ...
— दक्षिण कोरियाले कुकुरको मासु उपभोगमा प्रतिबन्ध लगाउने भएको छ । दक्षिण कोरियाली संसद्ले मंगलबार कुकुरको मासु उपभोग र बिक्रीमा प्रतिबन्ध लगाउने कानुन पारित गरेको हो । राष्ट्रव्यापी बहसपछि कोरियामा वर्षौंदेखि अभ्यासमा रहेको कुकुरको मासु खाने चलनमा प्रतिबन्ध लगाइन थालिएको हो । मंगलबार पास भएको नयाँ कानुनको लक्ष्य सन् २०२७ सम्म कुकुरलाई निर्मम तरिकाले ...
: अमेरिकाले चन्द्रमाका लागि प्रक्षेपण गरेको एउटा मानवरहित रकेटमा समस्या देखा परेको छ। फ्लोरिडाबाट उड्नासाथ भोल्कन रकेटमा केही अनपेक्षित समस्या देखा परेको उक्त रकेट निर्माण गर्ने एस्ट्रोबटिक कम्पनीले जनाएको छ। उक्त रकेटले अमेरिकी अन्तरिक्षयान पेरेग्रिन ल्यान्डर बोकेको छ। प्राविधिक समस्याका कारण पेरेग्रिन अन्तरिक्षयानका सौर्य प्यानलहरू सूर्यतिर फर्किएर स्थिर भई रहन सकेका छैनन्। पेरेग्रिन ल्यान्डरलाई अमेरिकी अन्तरिक्ष ...
: बंगलादेशमा भएको आमनिर्वाचनमा शेख हसिनाको पार्टीले विजयी हाँसिल गरेको छ। प्रमुख विपक्षी दल बंगलादेश नेसनलिष्ट पार्टी (बीएनपी) र अन्य दहरूले बहिष्कार गरेको निर्वाचनमा प्रधानमन्त्री हसिनाको पार्टी अवामी लिगले बहुमत प्राप्त गरेको बीबीसीमा समाचार छ। कूल तीन सय सिटमध्ये २९९ सिटमा आइतबार मतदान भएको हो। एकजना उम्मेदवारको मृत्यु भएपछि नौगाउँ-२ मा निर्वाचत रद्द भएको थियो। निर्वाचन ...
। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीप्रति आपत्तिजनक प्रतिक्रिया जनाउने माल्दिभ्सका ३ जना मन्त्री निलम्बनमा परेका छन् । निलम्बनमा पर्नेमा माल्सा सरिफ, मारियाम सिउना र अब्दुल्ला मजुद मजिद छन् । भारतको लक्ष्यद्वपि टापुमा पुगेर मोदीले पर्यटन प्रवर्द्धनसँग सम्बन्धित भिडियो सार्वजनिक गरेका थिए । माल्दिभ्सको पर्यटन उद्योगलाई चुनौति दिनु पर्ने भन्दै भारतका विभिन्न क्षेत्रका व्यक्तिहरुले पनि मोदीको त्यो भिडियोलाई ...
अन्तर्राष्ट्रिय राजनीतिक मञ्चमा पछिल्लो १२ महिनामा अमेरिका, युरोप तथा विश्वका देशो लोकतन्त्रहरुलाई विभिन्न झट्का लागे । यद्यपि ती मध्ये कुनै पनि विनाशकारी रहेनन्, तथापि यसले अमेरिकी प्रभुत्वयुक्त पश्चिमी मूल्यबाट टाढा बदलिंदो शक्ति सन्तुलनतर्फ संकेत गर्दछ, जुन वर्षौंदेखि प्रभावी रहँदै आयो । यद्यपि विभिन्न मोर्चाहरुमा पश्चिमी हितका लागि गलत दिशामा हावा चलिरहेको छ । विश्व रंगमञ्चमा के कारणले यस्तो ...
भनिन्छ, चन्द्रमामा आगामी दुई दशकमा मानव वस्ती बस्नेछ र देशहरुले आ आफ्ना बेस खडा गर्नेछन् । चन्द्रमामा मानिसहरुको बसोबास भयो भने मानिसका लागि बिजुली आपूर्ति कसरी होला ? चन्द्रमामा न त पानी छ, न त हावा नै । त्यसैले त्यहाँ कुनै जलविद्युत वा वायु ऊर्जा उत्पादन गर्न सकिने कुरा भएन । चन्द्रमाको उज्यालो हिस्सामा सौर्य ऊर्जा उत्पादन ...
: दक्षिण कोरियाको सीमावर्ती टापु योन्प्योङमा उत्तर कोरियाले लगातार तेस्रो दिन ‘प्रत्यक्ष युद्धभ्यास’गरिरहेको अधिकारीलाई उद्धृत गरी दक्षिण कोरियाली सञ्चारमाध्यमले जनाएका छन्। उत्तर कोरियाले योन्प्योङ र बाङ्न्योङ नजिकै २०० भन्दा बढी तोपको गोला प्रहार गरेपछि प्योङयाङले सीमा नजिकका दक्षिण कोरियाली दुई टापुका बासिन्दालाई शुक्रबार बस्ती खाली गर्न आदेश दिइएको थियो। दक्षिण कोरियाका ज्वाइन्ट चिफ अफ स्टाफले सन् ...
— प्रमुख प्रतिपक्षी दलको बहिष्कारका बीच बंगलादेशमा आज संसदीय निर्वाचन भइरहेको छ । बिहान ८ बजेदेखि सुरु भएको मतदानमा मतदाताहरूको न्यून उपस्थिति रहेको केही बंगलादेशी सञ्चारमाध्यमले जनाएका छन् । द डेली स्टारका अनुसार लगभग आधा समय बाँकी रहँदा मतदाताहरू अपेक्षित रूपमा मतदान केन्द्रमा आएका छैनन् । सिल्हेट-६ संसदीय निर्वाचन क्षेत्रअन्तर्गतको पञ्चखण्ड हरगोविन्द स्कुलमा जम्मा २ हजार ...
: बङ्गलादेशमा आइतबार हुने १२औं राष्ट्रिय निर्वाचनमा करिब १७ करोड जनताको २९९ प्रतिनिधि (सांसद) चुन्नका लागि आइतबार बिहानैदेखि मतदान सुरू भएको छ। प्रधानमन्त्री शेख हसिनाको राजीनामा र कामचलाउ सरकारद्वारा निर्वाचन गर्ने विपक्षी दलको मागलाई वेवास्ता गरेको र यस्तो अवस्थामा हुने निर्वाचन स्वतन्त्र तथा निष्पक्ष हुनेमा आशङ्का गर्दै पूर्वप्रधानमन्त्री खालिदा जिया नेतृत्वको प्रमुख विपक्षी दल बङ्गलादेश ...
। अमेरिकाले प्राविधिक जाँच गर्नुपर्ने भन्दै १७१ वटा बोइङ विमानको उडान रोकेको छ । अलास्का एयरलाइन्सको विमान उडिरहेका बेला एक टुक्रा भाँचिएर अलग भएपछि अमेरिकाको संघीय उड्डयन प्रशासन (एभिएसन एडमिनिस्ट्रेसन- एफएए) ले १७१ वटा विमानलाई प्राविधिक जाँच पूरा नहुन्जेल उडानमा रोक लगाउने निर्णय गरेको हो । एफएएका अनुसार यो निर्णयबाट अमेरिकाका ‘बोइङ्ग ७३७ म्याक्स ९’ का १७१ ...