मुख्य समाचार
विश्व
: म्यानमारको एक सैनिक विमान भारतको मिजोरममा दुर्घटना भएको छ। मिजोरमको लेंगपुई विमानस्थलमा अवतरण गर्ने क्रममा उक्त विमान चिप्लिएर दुर्घटना भएको थियो। घटनामा कम्तिमा ८ जना घाइते भएका छन्। विमानमा क्रु मेम्बरसहित १४ यात्रु सवार रहेको भारतीय सञ्चारमाध्यहरूले उल्लेख गरेका छन्। आफ्ना सैनिक फिर्ता लैजान उक्त विमान मिजोरम आएको बताइएको छ। विद्रोहीको आक्रमणबाट बच्नका लागि गत ...
— इजरायलले सिरियामा गरेको आक्रमणमा इरानको सरकारी फौजका चार वरिष्ठ अधिकारी मारिएका छन् । इरानी रेभुलुसनरी गार्डले आक्रमणमा इजरायलको हात रहेको जनाउँदै आफ्ना चारजना सैन्य सल्लाहकार मारिएका जनाएको छ । त्यस्तै, केही सिरियाली फौजका सदस्यहरूको समेत ज्यान गएको बीबीसीले जनाएको छ । सिरियन अब्जरभेटरी फर हृयुमन राइट्सले इरानसमर्थित नेताहरूको बैठक भइरहेका बेला इजरायलले चारतले भवनलाई निशाना ...
: भारतले स्वतन्त्र आवागमन सीमा क्षेत्र सम्झौतालाई एकतर्फी रूपमा रद्द गर्दै म्यान्मासँगको खुला सीमामा तारबार लगाउने योजना बनाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। विद्रोहीको आक्रमणबाट भागेर म्यान्माका सयौं सैनिक भारतमा प्रवेश गरेपछि गृहमन्त्री अमित शाहले सीमामा तारबार लगाउने घोषणा गरेका हुन्। उत्तरपूर्वी राज्य आसामको भ्रमणका क्रममा शाहले सरकारले खुला रहेका भारत–म्यान्मा सीमामा तारबार लगाउने निर्णय गरेको बताएका ...
— गाजाको स्वास्थ्य मन्त्रालयले विगत २४ घण्टामा १७८ प्यालेस्टाइनीको मृत्यु भएको र २९३ जना घाइते भएको जनाएको छ । अक्टोबर ७ यता गाजामा इजरायली हमलामा कम्तीमा २५ हजार १०५ जनाको मृत्यु भएको छ भने ६२ हजार ६८१ जना घाइते भएका छन् । अक्टोबर ७ हमासको आक्रमणबाट इजरायलमा मर्नेको संख्या १ हजार १३९ पुगेको छ ।
— रुस नियन्त्रित दोनेत्स्क सहरमा भएको शक्तिशाली विस्फोटमा कम्तीमा २५ जनाको ज्यान गएको छ । दोनेत्स्क क्षेत्रका रुसी नेता डेनिस पुसिलिनले आक्रमणको पुष्टि गर्दै २५ जनाको ज्यान गएको र २० भन्दा बढी घाइते भएका जनाएका छन् । आपतकालिन सेवाका अधिकारीहरू उद्धारका लागि जुटिसकेका र मृतक तथा घाइतेको संख्या बढ्न सक्ने उनको भनाइ छ । घटनाबारे युक्रेनले ...
— रुसी सेनामा भर्ती भएका श्रीमान्को उद्धार गरिदिन भन्दै आरती क्षेत्रीले कन्सुलर विभागमा निवेदन दिएको ४७ दिन बितिसक्यो । फलेवास–२ पर्वतकी उनले गत मंसिर २० मा विभागमा निवेदन दिएकी थिइन् । तर, श्रीमान् कृष्णबहादुर कहिले नेपाल फर्किन्छन्, टुंगो छैन । रुसी सेनामा भर्ती हुन कृष्ण गत कात्तिक २ मा रुस पुगेका थिए । अहिले उनी रुसी सेनाले ...
: मध्य चीनको हेनान प्रान्तको एक विद्यालयको छात्रावासमा आगलागी हुँदा १३ जनाको मृत्यु भएको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन्। स्थानीय प्रहरी तथा प्रशाासनले भनेको छ, 'हेनानको यान्शान्पु गाउँमा रहेको यिङकाई विद्यालयमा शुक्रबार राति ११ बजे आगलागी भएको स्थानीयले दमकल विभागलाई जानकारी गराएका थिए। उक्त आगलागीका कारण १३ जनाको मृत्यु भएको पुष्टि भएको छ भने एक जना घाइते ...
नेपाल र फिनल्यान्डबीच सन् १९७४ मा कूटनीतिक सम्बन्ध स्थापना भएयता दुई मुलुकबीचको सहकार्य बढ्दो छ । सन् १९९२ मा काठमाडौंमा दूतावास खोले पनि फिनल्यान्डले सन् २०११ को सेप्टेम्बरबाट राजदूत पठाएर कामकाज सुरु गरेको थियो । दूतावास खोल्नुअघि नै फिनल्यान्डले सन् १९८२ बाट नेपालसँग सहकार्य र सहयोगमा भूमिका निर्वाह गर्दै आइरहेको थियो । नेपालको एक असल मित्रका रूपमा रहेको फिनल्यान्डकी ...
— भारतको पूर्वोत्तर राज्य मणिपुरमा फेरि हिंसा भड्किएको छ । म्यानमारसँग सीमा जोडिएको उत्तरी मणिपुरको टेङ्नोपाल जिल्लास्थित मोरेह सहरको एक सुरक्षा चेकपोस्टमा गत बुधबार राति कुकी सशस्त्र समूहको आक्रमणमा परी दुई सुरक्षाकर्मीको घटनास्थलमै ज्यान गएको छ । दुई जना गम्भीर घाइते भएका छन् । कुकी समूहको बिहीबार बिहान भएको अर्को आक्रमणमा परी मैतेई समुदायका थप ...
— कुनै बेला बढ्दो जनसंख्यालाई नियन्त्रण गर्न एक सन्तान मात्र जन्माउने नीति लिएको चीनलाई अहिले जनशक्ति अभावले सताउन थालेको छ । चीनले सन् १९८० देखि एक सन्तान नीति लागू गरेको थियो । तर, अहिले त्यही नीतिका कारण जनशक्ति अभाव हुन थालेपछि चीन सरकार तनावमा परेको छ । अन्तर्राष्ट्रिय सञ्चार संस्था द न्युयोर्क टाइम्सका अनुसार जनशक्ति अभावको ...
— थाइल्यान्डको एउटा अदालतले राजसंस्थाको अपमान गरेको भन्दै एक जनालाई ५० वर्ष जेल सजाय सुनाएको छ । ३ वर्षअघि सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गरेको सामग्रीले राजसंस्थाको अपमान भएको भन्दै एक व्यक्तिलाई ५० वर्ष जेल सजाय सुनाइएको हो । थाई राजसंस्थाको आलोचना गर्न बन्देज हुनेगरी ल्याइएको कानुनमा टेकेर दिइएको यो सबैभन्दा लामो सजाय हो । ३ वर्षअघिको ...
— सिरियाको स्वीडामा जोर्डनको हवाई आक्रमणमा कम्तीमा १० जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ । जोर्डनका लडाकु विमानहरूले बिहीबार दक्षिणी सिरियाको स्वेइदा प्रान्तको अरमान क्षेत्रमा गरेको आक्रमणमा १० जनाको मृत्यु भएको जनाइएको छ । दुई तले घरलाई लक्षित गरी भएको आक्रमणमा श्रीमान–श्रीमती, उनीहरुका दुई साना छोरीसहित ६ जनाको ज्यान गएको सिरियन अब्जर्भेटरी फर ...
: सशस्त्र विद्रोहीको आक्रमणबाट भाग्न करिब तीन सय मान्माका सैनिक सीमा पार गरी भारत प्रवेश गरेको भारतीय अर्धसैनिक बलका अधिकारीले जनाएका छन्। म्यान्माको सेनाप्रति वफादार जुन्टा सरकारसँग विद्रोही समूहले सशस्त्र आन्दोलन गरिरहेको छ। गत नोभेम्बरमा अराकान आर्मी (एए)ले सुरक्षा फौजमाथि आक्रमण गरेपछि म्यान्माको भारतीय सीमा नजिकको केही भागमा तनाव बढेको थियो। यसै हप्ता उक्त समूहले ...
: थाइल्यान्डले करिब १ करोड ५० लाख टन लिथियम भण्डार पत्ता लगाएको एक सरकारी प्रवक्ताले बताएका छन्। उक्त खोजले विद्युतीय सवारी उत्पादनका लागि क्षेत्रीय ‘हब’ बन्ने मुलुकको लक्ष्यलाई प्रवद्र्धन गर्नेछ। यस खोजले बोलिभिया र अर्जेन्टिनापछि थाइल्यान्डसँग तेस्रो सबैभन्दा ठूलो लिथियम स्रोत रहेको देखाएको छ तर यसलाई व्यावसायिक रूपमा कति दोहन गर्न सकिन्छ भन्ने अहिलेसम्म स्पष्ट ...
: झन्डै पाँच सय वर्षपछि रामनगरी अयोध्या दुलहीझैं सिंगारिएको छ। राममन्दिरको पूर्वपट्टिको प्रवेशद्वार झकिझकाउ छ। हरेक दिन विशेष अनुष्ठान चलिरहेको छ। १ सय २१ जना ब्राह्मणहरूले अनुष्ठान गरिरहेका छन्। राममन्दिरको सिंगारपटारको त कुरै नगरौं। मन्दिरको गर्भगृहमा भगवान् रामको मूर्ति छ। पहिलो तलामा दरबार। भारत सरकारले १ हजार ८ सय करोड भारतीय रुपैयाँको लागतमा मन्दिरको निर्माण ...
एजेन्सी-सिलिकन भ्यालीका १५० प्रमुख प्रविधि कम्पनीको नेतृत्व तहमा महिला संख्या न्युन छ । सिलिकन भ्यालीका चल्तीका प्रविधि कम्पनीहरुमा नेतृत्व तहमा महिलाको हिस्सा केबल १५ प्रतिशत मात्रै रहेको छ । यही १५ प्रतिशत भित्र एक थिइन् फेसबुक सञ्चालन गर्ने कम्पनी मेटाकी प्रमुख परिचालन अधिकृत शेरिल स्यान्डवर्ग । १४ वर्ष मेटामा रहेर फेसबुकका लागि काम गरेकी स्यान्डवर्गले पदबाट ...