मुख्य समाचार
विश्व
: संयुक्त अरब इमिरेट्समा आयोजित दुबई एयर शोमा प्रदर्शनीको क्रममा भारतको स्वदेशी लडाकु विमान तेजस दुर्घटनाग्रस्त भएको छ। भारतीय वायुसेनाले दुबई एयर शोमा तेजस विमान दुर्घटनाग्रस्त भएको पुष्टि गरेको हो। वायुसेनाले दुर्घटनामा गम्भीर घाइते भएका पाइलटको मृत्यु भएको बताएको छ। समाचार एजेन्सी पीटीआईले घटनाको भिडियो पोस्ट गरेको छ। भिडियोमा एउटा विमान जमिनतिर खसेको देख्न सकिन्छ। ...
: ब्राजिलको भालेममा जारी संयुक्त राष्ट्र जलवायु सम्मेलन कोप ३० का क्रममा आगलागी भएको छ। एक्कासी आगलागी भएपछि तत्काल स्थल खाली गर्नु परेको छ। यद्यपि, आगो चाँडै नियन्त्रणमा ल्याइएको छ। आगो एउटा मण्डपमा लागेको थियो। लगभग छ मिनेटभित्र आगो नियन्त्रणमा ल्याइएको बताइएको छ। आगो लाग्ने वित्तिकै मानिसहरूलाई तुरुन्तै बाहिर निकालिएको थियो। संयुक्त राष्ट्रसंघले ...
— अमेरिकी अन्तरिक्ष अध्ययन एजेन्सी (नासा) ले भर्खरै मात्र हाम्रो सौर्य मण्डलमा यात्रा गरिरहेको धुमकेतुका नयाँ तस्विर सार्वजनिक गरेको छ । यसलाई ‘३आई/एट्लास’ नाम दिइएको छ । केही समयपछि फेरि अर्को सौर्य मण्डलमा जानेछ र कहिल्यै आउने छैन । अंग्रेजीमा यसलाई ‘कोमेट’ भनिन्छ । नासाका अनुसार चिसिएर बनेको ग्याँसको ढिक्का, चट्टान र धुलो मिलेर धुमकेतु बन्छ । ...
: मध्य बङ्गलादेशमा ५.५ म्याग्निच्युडको भूकम्प गएको छ। भूकम्पमा परी कम्तीमा छ जनाको ज्यान गएको र दर्जनौं व्यक्ति घाइते भएको अधिकारीहरूले बताएका छन् । राजधानी ढाकाका धेरै भवनहरू भूकम्पको कम्पनले हल्लिएपछि त्रसित बासिन्दाहरू घरबाट बाहिर निस्केर सडकतर्फ दौडिएका थिए । भूकम्प स्थानीय समयानुसार बिहान १०:३८ बजे ढाकाबाट करिब २५ किलोमिटर टाढा रहेको नरसिङ्गडी जिल्लाको घोरसाल ...
: युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुससँगको युद्ध अन्त्य गर्न शान्ति योजनाको मस्यौदामा इमानदारीपूर्वक काम गर्न तयार रहेको बताएका छन्। केही अमेरिकी मिडिया रिपोर्टका अनुसार योजनाले युक्रेनलाई पूर्वी युक्रेनको डोनबासका ती भाग त्याग्न, आफ्नो सैन्य बल घटाउन र नेटोमा सामेल नहुने वाचा गर्न आवश्यक छ। यो योजना विकास गर्न युक्रेन कति हदसम्म संलग्न थियो भन्ने कुरा ...
: पाकिस्तानको पञ्जाब प्रान्तको फैसलाबाद शहरमा रहेको एक कारखानामा भएको विस्फोटमा कम्तीमा १५ जनाको मृत्यु भएको उद्धार कार्यमा संलग्न अधिकारीहरूले पुष्टि गरेका छन्। आपतकालीन सेवाका प्रवक्ता फारुक अहमदले भने,'प्रारम्भिक अनुसन्धानले ग्यास चुहावटका कारण विस्फोट भएको देखाएको छ।' उनले विस्फोटबाट कारखाना नजिकैका नौ घर प्रभावित भएको बताए। मृत्यु हुनेमध्ये तीन जना कामदार थिए भने बाँकी स्थानीय बासिन्दा भएको ...
: फ्लाई दुबईले बोइङसँग १३ अर्ब डलर मूल्यबराबरका ७५ वटा ७३७ म्याक्स विमान खरिदका लागि बुधबार सम्झौता गरेको छ। दुबईको विमान कम्पनी फ्लाई दुबईले आफ्नो सेवा विस्तारका लागि दुई दिनमा बोइङ र एयरबसबाट दुई सयभन्दा बढी विमानहरूको लागि प्रारम्भिक अर्डर घोषणा गरेको हो। कुल १३ अर्ब अमेरिकी डलर मूल्यका ७५ वटा ७३७ म्याक्स विमानहरूका लागि ...
: जलवायु सम्मेलन कोप (कम्फेरेन्स अफ पार्टिज) को ३० वर्षे इतिहासमा पहिलोपटक अमेरिका अनुपस्थित भयो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जलवायु सम्मेलन एउटा ‘वाइयत भेला र ग्रिन स्क्याम’ मात्र भएको टिप्पणी गरे। ब्राजिलको वेलेम सहरमा १० नोभेम्बरबाट सुरु भएको कोपको ३० औं संस्करणमा करिब २ सय मुलुकका प्रमुख र प्रतिनिधिहरू भेला भएका छन्। उनीहरू जलवायुका ...
। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प न्युयोर्कका नवनिर्वाचित मेयर जोहरान मम्दानीलाई भेट्न तयार भएका छन् । बुधबार ट्रुथ सोसलमा पोस्ट गर्दै मम्दानीले आफूसँग भेट्न समय मागेको कुरा ट्रम्पले उल्लेख गरेका छन्। ट्रम्पले लेखेका छन्, ‘न्युयोर्कका कम्युनिस्ट मेयर, जोहरान मम्दानीले भेट्न आग्रह गरेका छन्। हामी यो भेटघाट शुक्रबार, २१ नोभेम्बरका दिन ओभल अफिसमा गर्न सहमत भएका छौँ। थप जानकारी ...
: बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाका छोरा सजीब वाजेदले आफ्नी आमालाई दिइएको मृत्युदण्डसँग सम्बन्धित सबै कुरा गैरकानुनीरूपमा भएको बताएका छन्। बंगलादेशको अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणले पूर्वप्रधानमन्त्री हसिनालाई मृत्युदण्डको सजाय सुनाएको छ। यो फैसलापछि बंगलादेशले भारतसँग शेख हसिनाको सुपुर्दगीको माग गरेको छ। समाचार एजेन्सी एएनआईले शेख हसिनाका छोरा सजीब वाजेदसँग उनको सुपुर्दगी र बंगलादेशको राजनीतिक संकटमा भारतको भूमिकाको बारेमा ...
: अमेरिकाले संसारको सबैभन्दा उन्नत लडाकु जेट मानिने एफ–३५ लडाकु विमान साउदी अरबलाई बेच्ने भएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले साउदी राजकुमार मोहम्मद बिन सलमानसँगको ह्वाइट हाउसको बैठकअघि पत्रकारहरूलाई यस्तो बताएका हुन् । ‘हामी एफ–३५ जेट बेच्नेछौं’, ट्रम्पले भने, ‘उनीहरू ठूलो सहयोगी भएका छन् ।’ यी दुई नेताहरूले मंगलबारको ह्वाइट हाउस भ्रमणको क्रममा रक्षा र नागरिक आणविक शक्तिसम्बन्धी सम्झौताहरूमा छलफल ...
। संयुक्त अरब इमिरेट्स (यूएई) ले जेनजी आन्दोलपछि कडाइ गरेको भिसा आंशिक रूपमा खुला गरेको छ । भिजिट भिसा र वर्किङ भिसामा कडाइ गरेको यूएईले भिसा आंशिक रूपमा मात्रै खुला गरेको हो । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि यूएईले नेपालीलाई भिजिट तथा वर्किङ भिसा दिन कडाइ गरेको थियो । सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै ...
: बंगलादेशको अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणले पूर्वप्रधानमन्त्री शेख हसिना र पूर्वगृहमन्त्री असदुज्जमान खान कमललाई मृत्युदण्डको सजाय सुनाएको छ। अदालतको उक्त फैसलापछि बंगलादेशले भारतसँग शेख हसिनाको सुपुर्दगीको माग गरेको छ। कुनै पनि व्यक्तिलाई अपराधको आरोप वा सजाय तोकिएको मुलुकमा कानुनी प्रक्रिया अनुसार फिर्ता पठाउने कार्यलाई सुपुर्दगी भनिन्छ। यसको जवाफमा भारतीय विदेश मन्त्रालयले छिमेकीको रूपमा भारत शान्ति, लोकतन्त्र, समावेशीकरण ...
: युक्रेनले रुसी आक्रमणबाट बच्न फ्रान्सेली राफेल एफ४ लडाकु विमान र उन्नत हवाई रक्षा प्रणाली प्राप्त गर्ने भएको छ। युक्रेनले प्राप्त गर्ने राफेल एफ४ लडाकु विमानको संख्या १०० सम्म पुग्न सक्छ। युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनसँग सम्झौतामा हस्ताक्षर गरे। यो सम्झौता पेरिस नजिकैको एक एयरबेसमा भएको थियो। जेलेन्स्कीले यो कदमलाई ऐतिहासिक भनेका छन्। 'यो ...
— अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जेफ्री इप्स्टेनसँग जोडिएका फाइलहरु खोल्नका लागि मतदान गर्न रिपब्लिकन पार्टीका तल्लो सदन (हाउस) सांसद्हरुलाई आव्हान गरेका छन् । आफ्नो पूर्व अडानबाट निर्णयबाट पछि हट्दै ट्रम्पले यस्तो आव्हान गरेका हुन् । ‘हाउसका रिपब्लिकनहरुले इप्स्टेन फाइलहरु सार्वजनिक गर्नका लागि भोट गर्नुपर्छ । किनकी, हामीसँग लुकाउनुपर्ने केही छैन,’ आइतबार राति उनले आफ्नै स्वामित्वमा ...
— अमेरिकी अर्बपति जेफ बेजसको अन्तरिक्षसम्बन्धी कम्पनी ब्लु अरिजिनले बिहीबार मात्रै ‘न्यु ग्लेन’ नामक अन्तरिक्षयान मंगल ग्रहतर्फ पठाएका छन् । अमेरिकी अन्तरिक्ष एजेन्सी नासासँगको सहकार्यमा ‘एनजी-२’ नाम दिइएको यस मिसनमा न्यु ग्लेनले ब्लु र गोल्ड नामक दुईवटा भूउपग्रह मंगलको कक्षमा पुर्‍याउने योजना छ । यो यान केही समयका लागि अन्तरिक्षमै रहने र पृथ्वी-मंगलबीचको रेखांकन मिलेपछि मात्रै ...
First Prev ... 3 4 5 6 7 8 9 10 11 12 13 ... Next Last
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम