मुख्य समाचार
विश्व
: सामाजिक अभियन्ता सोनम वाङ्चुकलाई शनिबार दिल्लीको जन्तर–मन्तरबाट प्रहरीले नियन्त्रणमा लिएर अस्पताल लगेको थियो । त्यसपछि आइतबार वाङ्चुकको तर्फबाट एक लिखित सन्देश सार्वजनिक गरिएको छ, जसमा उनले आफूलाई अवैध रूपमा हिरासतमा राखिएको आरोप लगाएका छन् । यो सन्देश उनकी पत्नी गीताञ्जलीमार्फत सार्वजनिक गरिएको हो । सन्देशमा भनिएको छ, ‘स्वतन्त्रताको दोस्रो आन्दोलन, भयमुक्त भारत, अन्यायमुक्त भारत । ...
: इरानका सर्वोच्च नेता मोजतबा खामेनीले अमेरिकी राष्ट्रपतिको हस्ताक्षरको कुनै महत्व र विश्वसनीयता नरहेको बताएका छन् । इरानको सरकारी टेलिभिजनबाट प्रसारित एक कार्यक्रममा सञ्चालकले सर्वोच्च नेता मोजतबा खामेनीसँग सम्बन्धित नयाँ लिखित सन्देश पढेर सुनाएका छन् । उक्त सन्देशमा अमेरिकालाई ‘कहिल्यै नभुल्ने गरी पाठ सिकाइने’ चेतावनी दिइएको छ । सन्देशमा भनिएको छ, ‘सम्झौताको उल्लंघनले फेरि एक पटक ...
: इरानका सर्वोच्च नेता मोजतबा खामेनी हाल इरानमै नरहेको दाबी साउदी समाचार च्यानल अल–हदथ ले एक इजरायली सुरक्षा स्रोतलाई उद्धृत गर्दै गरेको छ । उक्त रिपोर्टअनुसार, मोजतबा खामेनीका नामबाट सार्वजनिक हुने सन्देशहरू उनी स्वयंले नभई इस्लामिक रिभोल्युसनरी गार्ड कोप्र्स (आइआरजीसी) का नयाँ प्रमुख अहमद वहिदीले तयार पारिरहेका छन् । यद्यपि, यस दाबीको इरान सरकारले कुनै आधिकारिक ...
: गत साता तेहरानमा सर्वोच्च नेता अली खामेनीको शवयात्रामा इरानका राष्ट्रपति मसुद पेजेस्कियान कालो पोसाक लगाएका शोकाकुल मानिसहरूसँगै हिँडिरहेका थिए । तर केही सहभागीहरूले दिवंगत नेताको सम्मानमा नारा लगाउनुको सट्टा उनकै विरुद्ध नारा लगाए, ‘सम्झौता गर्नेको मृत्यु होस् ।’ त्यस स्थानबाट धेरै टाढा नभई, इरानका शीर्ष कूटनीतिज्ञ अब्बास अराघ्ची, जसले ट्रम्प प्रशासनसँग युद्धविराम वार्ता गरेका थिए ...
: दिल्लीको जन्तर–मन्तरमा विगत २० दिनदेखि अनसनमा बसेका सामाजिक अभियन्ता सोनम वाङ्चुकलाई दिल्ली प्रहरीले नियन्त्रणमा लिएर अस्पताल लगेको छ । वाङ्चुकलाई प्रहरीले अचानक नियन्त्रणमा लिएर जाँदा मञ्चमा ककरोच जनता पार्टी (सीजेपी) का संस्थापक अभिजीत दीपके उपस्थित थिएनन् । यसलाई लिएर सामाजिक सञ्जालमा विभिन्न प्रश्न उठेपछि सीजेपीले स्पष्टीकरण दिएको छ । सीजेपीका अनुसार, उक्त समयमा दीपके प्रदर्शनस्थल ...
: जर्मनीका मध्य–दक्षिणपन्थी राजनीतिज्ञ जेन्स स्पानले सत्तारूढ गठबन्धनको संसदीय दलको नेता पदबाट राजीनामा दिएका छन्। अमेरिकामा सरोगेट आमा (सेरोगेसी) मार्फत सन्तान जन्माएको विषयमा ‘दोहोरो चरित्र’ देखाएको आरोप लागेपछि उनले राजीनामा दिएका हुन्। जर्मनीमा सरोगेसी पूर्णरूपमा प्रतिबन्धित छ। स्पान आबद्ध क्रिस्टियन डेमोक्र्याट पार्टी (सीडीयू) र स्वयं स्पानले विगतमा यो नीतिको वकालत गर्दै आएका थिए। यद्यपि, विदेशमा सरोगेट ...
: गाजा क्षेत्रमा भएका विभिन्न इजरायली आक्रमणमा कम्तीमा १४ जना प्यालेस्टिनीको मृत्यु भएको छ । तीमध्ये आधाभन्दा बढी मानिस अन्त्येष्टि जुलुसमा सहभागी भइरहेका बेला भएको ड्रोन आक्रमणमा मारिएका हुन् । हमाससँग भएको भनिएको ‘युद्धविराम’ सुरु भएको नौ महिनापछि पनि इजरायलले लगभग दैनिक रूपमा त्यसको उल्लंघन गरिरहेको आरोप लगाइएको छ । शुक्रबार मध्य गाजाको नुसेरात शरणार्थी शिविरस्थित ...
: इरानका सर्वोच्च नेता मोज्तबा खामेनीले अमेरिकालाई कहिल्यै 'बिर्सन नसकिने पाठ' सिकाउने चेतावनी दिएका छन्। इरानी सरकारी टेलिभिजनमा प्रसारित एक कार्यक्रममा उद्घोषकले सर्वोच्च नेता खामेनीको एउटा नयाँ लिखित सन्देश वाचन गर्दै उक्त चेतावनी दिएका हुन्। सन्देशमा भनिएको छ, 'सम्झौताको उल्लङ्घनले अमेरिकी राष्ट्रपतिको हस्ताक्षरको कुनै महत्त्व वा विश्वसनीयता नरहेको कुरा फेरि एकपटक प्रमाणित गरिदिएको छ। अमेरिकाले पुनः आफ्नो ...
: अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले क्यानडामाथि नयाँ भन्सार शुल्क (टैरिफ) लगाउने चेतावनी दिएका छन्। क्यानडाले आफ्नो देशका जङ्गलहरूको उचित हेरचाह नगरेका कारण अमेरिकाले प्रदूषित हावाको सामना गर्नुपरेको ट्रम्पले आरोप लगाएका छन्। जसका कारण ट्रम्पले यस विषयमा चाँडै नै क्यानडाका प्रधानमन्त्री मार्क कार्नीसँग कुराकानी गरी जवाफ माग्ने बताए। क्यानडाको यस कथित लापरवाहीको जवाफमा नयाँ शुल्कहरू लगाउन सकिने ...
: जोर्डनमा इरानले गरेको ब्यालेस्टिक मिसाइल र ड्रोन आक्रमणमा शुक्रबार दुई अमेरिकी सैनिकको मृत्यु भएको छ भने एक जना सैनिक अझै बेपत्ता भएका छन् । जुन घटनाको आधिकारी पुष्टि अमेरिकी सैन्य अधिकारीहरूले गरेका हुन् । अमेरिकी सेन्ट्रल कमाण्ड (सेन्टकप) का अनुसार, आक्रमणमा घाइते भएका चार अमेरिकी सैनिकहरूलाई उपचारका लागि जोर्डनका अस्पतालहरूमा भर्ना गरिएको थियो, जसमध्ये ...
: इरानले संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद र संयुक्त राष्ट्रसंघ (यूएन) का महासचिवलाई पत्र लेख्दै अमेरिकी हमलाको कडा विरोध गरेको छ।अन्तराष्ट्रिय सञ्चारमाध्यमका अनुसार इरानले अमेरिकी सैन्य कारबाहीको सम्बन्धमा सुरक्षा परिषदका अध्यक्ष र संयुक्त राष्ट्रसंघका महासचिवलाई औपचारिक विरोध पत्र पठाएको जानकारी दिएको छ। संयुक्त राष्ट्रसंघका लागि इरानी प्रतिनिधि सईद इराभानीले अमेरिकाले पुनः एकपटक 'संयुक्त राष्ट्रसंघको बडापत्र र आफ्नो ...
। लोकप्रिय पप गायक, द भ्वाइस अफ नेपालका निर्णायक तथा मङ्गोलियन हार्ट ब्यान्डका मुख्य गायक राजु लामाले युरोपको सर्वोच्च शिखर माउन्ट एल्ब्रस सफलतापूर्वक आरोहण गरेका छन् । सामाजिक संजालबाट उनले आफूले ५६४२ मिटर अग्लो हिमाल चढेको जनाएका छन् । लामाले एल्ब्रस आफ्नो ‘सेभेन समिट्स च्यालेन्ज’ अन्तर्गतको तेस्रो सफल आरोहण रहेको बताएका छन् । उनले पर्वत र प्रकृतिसँग ...
। उत्तर कोरियाली प्रिमियर पाक थाई-सोङ शुक्रबार चीन प्रस्थान गर्दै छन्। उनी दुई देशबीचको मैत्री सन्धि स्थापना भएको वर्षगाँठ मनाउन तीन दिने भ्रमणका लागि त्यहाँ जान लागेका हुन्। यो भ्रमणले यी दुई परम्परागत मित्र राष्ट्रहरूबीचको सम्बन्धमा सुधार आउँदै गरेको अर्को संकेत दिन्छ। यस वर्ष चीन-उत्तर कोरिया मैत्री, सहयोग र पारस्परिक सहायता सम्झौतामा हस्ताक्षर भएको ६५औँ वर्षगाँठ ...
। अमेरिकी सेनाले इरानमाथि लगातार दोस्रो रात पनि आक्रमण गरेको बताएको छ। उसले इरानभरि करिब ९० वटा ठेगानाहरूलाई निशाना बनाएको छ। अमेरिकी सेन्टकमले यी आक्रमणहरूका भिडियोहरू एक्समा पोस्ट गरेको छ। सेन्टकमले यी आक्रमणहरूको उद्देश्य होर्मुज स्ट्रेटमा कमर्सियल जहाजहरू र निर्दोष नाविकहरूमाथि आक्रमण गर्ने इरानको क्षमतालाई अझ कमजोर बनाउनु रहेको लेखेको छ। निशाना बनाइएका ठेगानाहरूमा एयर डिफेन्स सिस्टम ...
: अमेरिकी सेन्ट्रल कमाण्ड (सेन्टकम) ले इरानविरुद्धको शृङ्खलाबद्ध आक्रमणका क्रममा ८० भन्दा बढी ठेगानाहरूलाई निशाना बनाएको दाबी गरेको छ। सामाजिक सञ्जालमा एक पोस्ट सार्वजनिक गर्दै सेन्टकमले होर्मुज स्ट्रेट भएर गुड्ने व्यावसायिक जहाजहरूमाथि इरानले हालै गरेको आक्रमणको जवाफमा यो कारबाही गरिएको जनाएको छ। सेन्टकमका अनुसार अमेरिकी सेनाले होर्मुज स्ट्रेट र त्यसको वरपरका क्षेत्रमा इरानी हवाई रक्षा प्रणाली ...
। इरानमा अमेरिकी आक्रमणको नयाँ शृङ्खलाका कारण कतारले आपतकालीन सुरक्षा सतर्कता जारी गरेको छ । बहराइन र कुवेतमा पनि खतराको संकेतस्वरुप चेतावनीका साइरनहरू बजेका छन् । कतारको गृह मन्त्रालयले आफ्ना नागरिक र बासिन्दाहरूलाई पठाएको आपतकालीन सन्देशमा सुरक्षा खतराको स्तर उच्च रहेको बताउँदै सार्वजनिक स्थानमा ननिस्कन र घर वा सुरक्षित स्थानमा रहन तथा आधिकारिक निर्देशनहरू पालना ...
First Prev ... 3 4 5 6 7 8 9 10 11 12 13 ... Next Last