मुख्य समाचार
विश्व
: भारतको विदेश मन्त्रालयले मुलुकका केही नागरिकहरू रुसी सेनासँग ‘सहायक नोकरी’ का लागि भर्ती भएको शुक्रबार पुष्टि गरेको छ। मन्त्रालयले उनीहरूलाई फिर्ता ल्याउन मस्कोसँग वार्ता गरिरहेको समेत बताएको छ। करिब १८ भारतीय युक्रेनमा रुसको युद्धको अग्रपङ्क्तिमा विभिन्न सीमावर्ती सहरमा फसेको हिन्दू अखबारले बुधबार बताएको थियो। अखबारका अनुसार कम्तीमा तीन भारतीयलाई रुसीहरूसँग मिलेर लड्नका लागि ‘बाध्य’ ...
युक्रेनमा रुसले विशेष सैन्य कारबाही सुरु गरेको दोस्रो वर्षगाँठको पूर्वसन्ध्यामा संयुक्त राज्य अमेरिकाले शुक्रबार रुस विरुद्ध ५०० भन्दा बढी नयाँ प्रतिबन्धहरूको घोषणा गरेको छ। अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसी विपक्षी नेता एलेक्से नाभाल्नीको रुसको आर्कटिक क्षेत्रको पेनल कोलोनीमा मृत्यु भएको कारणले पनि प्रतिबन्धहरू लगाइएको बताएका छन्। सो घटनामा वाशिङ्टनले रुसी सरकार जिम्मेवार रहेको दाबी गरेको छ ...
मध्य गाजापट्टीमा इजरायली हवाई आक्रमणमा कम्तीमा ४० प्यालेस्टिनीको मृत्यु भएको छ भने १०० जना घाइते भएका छन् । गाजामा हमासद्वारा सञ्चालित मिडिया कार्यालयले बिहीबार एक प्रेस विज्ञप्तिमार्फत उक्त जानकारी दिएको हो। प्यालेस्टिनी सुरक्षा स्रोतका अनुसार इजरायली विमानहरूले देइर अल–बलाह सहरका धेरै आवासीय घरहरूमा धेरै छापा मारी तिनीहरूलाई पूर्ण विनाश गरायो । हमासद्वारा ...
बेलायतले नाभाल्नीको मृत्यु भएको रुसी जेलका ६ जना अधिकारी माथि प्रतिबन्ध लगाएको छ। बेलायतका विदेशमन्त्री डेभिड क्यामरुनले बुधबार बेलायतले रुसी विपक्षी नेता एलेक्सी नाभाल्नीको मृत्यु भएको 'पेनल कोलोनी' का प्रमुख छ जना अधिकारी माथि प्रतिबन्ध लगाएको हो। 'नभाल्नी प्रतिको क्रूर व्यवहारका लागि जिम्मेवार व्यक्तिहरू कुनै भ्रममा नपरे हुन्छ, हामी उनीहरूलाई जवाफदेही बनाउँछौं,' क्यामरुनले भने।
गाजामा तत्काल मानवीय युद्धविरामको माग गर्ने संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्मा पेश मस्यौदा प्रस्तावमा संयुक्त राज्य अमेरिकाले फेरि एकपटक भिटो प्रयोग गरेकामा चीनलगायत विभिन्न पक्षहरूले कडा निराशा र असन्तुष्टि व्यक्त गरेका छन्। चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले बुधबार अमेरिकी भिटोले गाजाको अवस्थालाई अझ खतरनाक अवस्थामा धकेल्ने बताएका छन् । प्रवक्ता माओ निङले दैनिक प्रेस ब्रिफिङमा अल्जेरियाको मस्यौदा ...
— गाजा पट्टीमा मृत्यु हुने प्यालेस्टाइनीहरूको संख्या २८ हजार ९८५ पुगेको छ । हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले आइतबार जनाए अनुसार गत अक्टोबर ७ मा शुरु भएको इजरायल-हमास द्वन्द्वपछि तटीय क्षेत्रमा ६८ हजार ८८३ प्यालेस्टाइनीहरू घाइते भएका छन् । इजरायली सेनाको आक्रमणबाट पछिल्लो २४ घण्टामा १२७ प्यालेस्टाइनीको मृत्यु भएको छ भने २०५ जना घाइते भएका ...
— रुस–युक्रेन युद्धमा मारिएको पाँच महिनापछि पोखराका २६ वर्षीय देवान राईको रुसी सैन्य सम्मानकासाथ रुसको राजधानी मस्कोमा बिहीबार (३ फागुन ) अत्येष्टि गरिएको छ । उनी गत कार्तिक १८ गते मारिएका थिए । रुसी सेनाले परिवारको सहमति लिई मस्कोस्थित बालाशिखामा सैन्य सम्मानसहित अत्येष्टि गरेको हो । रुसी सेनाले अन्तिम सलामी दिनुअघि नेपाली दूतावासका द्वितीय सचिव शशिल ...
। पपआ न्यू गिनीमा दुई आदिवासी समुदायबीच हिंसा भड्किँदा ५३ जनाको हत्या भएको छ । अष्ट्रेलियन ब्रोडकास्टिङ कर्पोरेसन (एबीसी) का अनुसार सबैको गोली हानेर हत्या भएको हो । यो घटना सुदूर हाइल्याण्ड क्षेत्रमा पर्ने एंगा प्रान्तमा आइतबार भएको हो । समाचार एजेन्सी एपीका अनुसार घात लगाएर बसेकाहरुले एक्कासी आक्रमण गरेका थिए । एपीले यस राजधानीको प्रहरीलाई ...
: भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन (इसरो) ले शनिबार नयाँ मौसम उपग्रह आएनएसएटी–३ डीएस कक्षमा प्रक्षेपण गरेको छ । जियोसिंक्रोनस लन्च भेइकल रकेटमा सवार मौसम विज्ञान उपग्रह दक्षिणी भारतीय राज्य आन्ध्र प्रदेशको श्रीहरिकोटाबाट साँझ ५:३५ मा उडेको थियो । उपग्रहलाई जियोसिंक्रोनस ट्रान्सफर अर्बिटमा सफलतापूर्वक प्रवेश गरेको' इसरोले सामाजिक सञ्जालमा पोष्ट गरेको छ । इसरोका अनुसार उपग्रह परिष्कृत ...
थाइल्याण्डका पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्रालाई रिहा गरिएको छ । रिहा भएपछि उनी बैंककस्थित आफ्नो घर पुगेका छन्। सिनावात्रालाई भ्रष्टाचार र शक्तिको दुरुपयोग गरेको आरोपमा एक वर्षको जेल सजाय सुनाइएको थियो । यसै क्रममा उनलाई जेल अस्पतालमा भर्ना गरिएको थियो। त्यहाँबाट उनी रिहा भएका हुन्। स्वास्थ्यमा समस्या देखिएको कारणले उनले एक दिन पनि जेल बस्नु परेन । ७४ वर्षीय ...
। अमेरिकाको मिसौरीस्थित केनसस सिटीमा गोली चल्दा एक जनाको मृत्यु भएको छ भने २१ जना घाइते भएका छन् । बीबीसीका अनुसार केनसस सिटीमा चिफ्स बाउल विजय परेडको अन्त्यतिर युनियन स्टेसन नजिक गोली चलेको थियो । गोली चलाउने दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
। ‘जब वायु प्रदूषण बढ्छ, तब मानिसहरुको मृत्युको संख्या बढ्दछ । खासगरी आत्महत्या गर्नेको संख्या ।’ तपाईंलाई सुन्दा अचम्म लाग्यो होला तर यो चीनमा गरिएको अध्ययनको निष्कर्ष हो । वायु प्रदूषणले आत्महत्यामा बढेको निष्कर्षसहितको यो अध्ययन प्रतिवेदन नेचर सस्टेनेबिलिटी जर्नलमा प्रकाशित छ । चीनभर १५ सयभन्दा बढी वायु गुणस्तर मापन स्टेशन छन् । ती स्टेशनबाट प्राप्त ...
रुसी विपक्षी नेता एलेक्सी नाभाल्नीको शुक्रबार आर्कटिक जेल कोलोनीमा मृत्यु भएको रुसको सङ्घीय कारागार सेवाले बताएको छ। उक्त कारागारमा नाभाल्नीले १९ वर्षको सजाय काटिरहेका थिए। नाभाल्नी टहल्न जाँदा बेहोश भएका र चिकित्सकहरूले उनलाई बचाउन नसकेको कारागार सेवाले जनाएको छ। 'टहलेपछि नाभाल्नीले अप्ठ्यारे महसुस गरे, उनी तत्काल बेहोश भए, मेडिकल स्टाफ तुरुन्तै आइपुग्यो र एउटा एम्बुलेन्स ...
— इजरायली सेनाले गाजाको रफाह सहरका विभिन्न स्थानमा गरेका आक्रमणमा करिब एक सय प्यालेस्टिनी मारिएका छन् । मृत्यु हुनेमध्ये कैयौं बालबालिका तथा महिला छन् । प्यालेस्टाइनको रेड क्रेसन्ट सोसाइटीले रफाहमा भीषण आक्रमण गरिएको र कम्तीमा सय जनाको ज्यान गएको जनाएको छ । हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले भने ६७ जनाको मृत्यु भएको पुष्टि गरेको छ । यसअघि अमेरिकी राष्ट्रपति जो बाइडेन ...
— बेलायतका विकास र अफ्रिका तथा राष्ट्रमण्डल र विकास कार्यालयका मन्त्री एन्ड्रयु मिचेलको सोमबार र मंगलबार हुने भनिएको भ्रमण केही दिनपछिलाई सरेको छ । परराष्ट्र स्रोतका अनुसार मिचेल केही दिन बेलायतको संसद्मा व्यस्त हुनुपर्ने भएपछि भ्रमण पछि धकेलिएको हो । नयाँ मिति भने आइसकेको छैन । एक साता अघिमात्र बेलायतका सेनाध्यक्ष प्याट्रिक स्यान्डर्स नेपाल भ्रमण गरी ...
— प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालले जलवायु परिवर्तनको प्रत्यक्ष, असमान र हानिकारक प्रभाव भोगिरहेको बताएका छन् ।उनले विश्वव्यापी उत्सर्जनमा लगभग शून्य योगदान भएपनि नेपालले त्यसको प्रत्यक्ष, असमान र हानीकारक प्रभाव भोगिरहेको बताए । जनवायु परिवर्तन र दिगो विकासमा सांसदको भूमिका विषयक सम्मेलनमा प्रधानमन्त्री दाहालले जलवायु परिवर्तन सामाजिक–आर्थिक र वातावरणीय कल्याणका लागि ठूलो चुनौती भएको बताए । विश्वव्यापी खतराको ...
First Prev ... 72 73 74 75 76 77 78 79 80 81 82 ... Next Last