मुख्य समाचार
विश्व
— गत महिना फेब्रुअरी २५ मा राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी अर्थतन्त्रमा दीर्घकालीन प्रभाव पार्ने दाबीसहित ल्याएको ५० लाख डलरको गोल्ड कार्ड बिक्री हुन थालेको छ । राष्ट्रपति ट्रम्पले विश्वका धनाढ्यहरुलाई लक्षित गर्दै अमेरिकामा कानुनीरुपमा स्थायी बसोबास र व्यवसाय गर्न सकिने प्रावधानसहित ५० लाख डलर (६८ करोड ५० लाख नेपाली रुपैंया)मा गोल्ड कार्ड खरिद गरेर अमेरिका आउन ...
— प्यालेस्टिनी समूह हमासले मध्यस्थकर्ता इजिप्ट र कतारले अघि सारेको गाजा युद्धविराम प्रस्ताव स्वीकार गरेको छ । प्रस्तावमा ५० दिनको युद्धविरामको बदलामा इजरायललाई थप पाँच बन्धक रिहा गर्ने उल्लेख छ । हमास नेता खलील अल-हय्याहले इजिप्ट र कतारका मध्यस्थकर्ताले पठाएको मस्यौदा सम्झौतालाई अनुमोदन गरेको जनाएका हुन् । इजरायलले गाजा क्षेत्रमा पुनः लडाइँ सुरू गरेपछि इजिप्टले ...
— बेलायतले म्यान्मारका लागि शनिबार एक करोड पाउन्ड (एक करोड २९ लाख अमेरिकी डलर) मानवीय सहायता उपलब्ध गराउने घोषणा गरेको छ । म्यान्मारमा शुक्रबार गएको भूकम्पका कारण ठूलो धनजनको क्षति भएको र राहत तथा उद्धार कार्यमा सघाउनका लागि बेलायत सरकारले सहायताको घोषणा गरेको हो । भूकम्पका कारण म्यान्मारमा एक हजार ६०० भन्दा बढीको मृत्यु हुनुका साथै व्यापक ...
। अमेरिकाको मिनेसोटा राज्यको एक आवासीय क्षेत्रमा शनिबार एउटा सानो विमान दुर्घटना हुँदा एक घरमा आगलागी भएको अमेरिकी सङ्घीय उड्डयन प्रशासनले जनाएको छ। सोकाटा टीबीएम ७ विमान स्थानीय समयअनुसार शनिबार राति १२:२० बजे उक्त घरमा दुर्घटनाग्रस्त भएको थियो । दुर्घटनामा विमान चालकको मृत्यु भएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । ब्रुकलिन पार्क अग्नि विभागलाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमले ...
। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आप्रवासीहरूलाई कुनै कानुनी सुनुवाइबिना नै डिर्पोट गर्न पाउनुपर्ने माग राख्दै सर्वोच्च अदालत पुगेका छन् । ट्रम्पले यसअघि संघीय अदालतले जारी गरेको अस्थायी न्यायिक आदेश उल्ट्याउन र आप्रवासी निष्कासन प्रक्रिया सहज बनाउन अनुमति दिन माग गर्दै अदालतमा निवदेन दिएका हुन् । ट्रम्प भेनेजुएलाका झन्डै ३०० आप्रवासीलाई एल साल्भाडोरस्थित एक ठूलो जेलमा पठाएपछि थप ...
— म्यानमारमा शुक्रबार आएको भूकम्पमा परी अहिलेसम्म १४४ जनाको मृत्यु हुनुका साथै ७३२ भन्दा बढी घाइते भएका छन् । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार म्यानमारको सैन्य शासन प्रमुख मिन अङ्ग हल्येङ्गले उक्त जानकारी दिएका हुन् । उनले मृतक र घाइतेहरुको संख्या अझै बढ्न सक्ने बताएका छन् । यता थाइल्यान्डमा सोही भूकम्पमा परी एक घर ढलेको छ । जसमा ...
— म्यानमारमा केन्द्रविन्दु बनाएर शुक्रबार गएको ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्पबाट बैंककमा एक सरकारी कार्यालयका लागि निर्माणाधीन ३० तले भवन ढल्दा ४३ श्रमिक फसेको प्रहरी र चिकित्सकहरूले जानकारी दिएका छन् । थाई राजधानीको उत्तरी भेगमा रहेको यो भवन केही सेकेन्डमा भग्नावशेष र धातुको घुमाउरो गुच्छामा परिवर्तन भएको थियो । शुक्रबार दिउँसो सागिङ सहरको उत्तरपश्चिममा ७.७ म्याग्निच्युडको भूकम्प गएको ...
: अमेरिकाले विकासशील देशहरूमा खोप पहुँच बढाउने लक्ष्यका साथ स्थापित अन्तर्राष्ट्रिय स्वास्थ्य संगठन ‘गाभी’ का लागि कोष कटौती गर्ने योजना बनाएको द न्यूयोर्क टाइम्सले जनाएको छ। यो योजनाले संयुक्त राज्य अमेरिकालाई विकासशील विश्व समुदाय समक्ष सहयोग गरी लाखौं मानिसलाई सङ्क्रामक रोगविरुद्धको लडाइँको नेतृत्व गर्न आधा शताब्दी लामो प्रयासबाट पछि हटाउनेछ। अमेरिकी विदेश मन्त्रालयका प्रवक्ताले योजनाको ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार विदेशबाट आयात गरिने कार र कारका पार्टपुर्जामा २५ प्रतिशत भन्सार लगाउने घोषणा गरेका छन्। ट्रम्पले उक्त कदमले अमेरिकी उत्पादन क्षेत्रलाई बढावा दिने बताएका छन्। यसले वार्षिक १०० अर्ब डलर राजस्व बढ्ने अपेक्षा गरिएको छ। कारमा लगाउने भनिएको कर अप्रिल १ देखि लागू हुनेछ। कर लगाउने निर्णयले अमेरिकी अटोमोबाइल ...
— अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्यारिफलाई लिएर नयाँ घोषणा गरेका छन् । जस अनुसार अमेरिकामा आयात हुने कार र कारका पार्ट्समा २५ प्रतिशत ट्यारिफ लगाइनेछ । ट्रम्पको यो कदमबाट ग्लोबल ट्रेड वार सुरु हुने आशंका बढेको छ । नयाँ घोषणा गरिएको ट्यारिफ अप्रिल २ देखि लागू हुने ट्रम्पले बताएका छन् । कारका पार्ट्समा भने मे वा ...
— रुसले युक्रेनसँग समुद्री युद्धविराम सुरू गर्नुअघि केही पश्चिमा प्रतिबन्धहरू हटाउनुपर्ने बताएको छ । अमेरिकाले ब्ल्याक सीमा युद्धविरामका लागि रुस र युक्रेन सहमत भएको बताएको केही घण्टा भित्र रूसले आफ्ना देशका बैंकहरूमाथिको प्रतिबन्ध हट्नुपर्ने बताएको हो । रुसले सरकारी कृषि बैंक रोसेलखोजमाथिका प्रतिबन्ध खारेज गर्ने र स्विफ्ट अन्तर्राष्ट्रिय भुक्तानी प्रणालीमा फर्महरूको पहुँच पुनर्स्थापित गर्ने लगायतका ...
— अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार माइक वाल्ट्जले सैन्य आक्रमणबारे गोप्य सूचना चुहावटमा जिम्मेवारी लिएका छन् । उनले यमनमा सैन्य आक्रमणको योजनाबारे छलफल गरिएको ‘च्याट ग्रुप’ मा एक पत्रकारलाई जोडेकोमा आफू जिम्मेवार रहेको स्वीकार गरेका हुन् । सामाजिक सञ्जाल सिग्नलमा बनाइएको उक्त ‘च्याट ग्रुप’ मा अमेरिकी उपराष्ट्रपति जेडी भेन्ससहितका उच्च पदस्थ अधिकारीहरू थिए । च्याट ग्रुपमा ...
। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मतदान सम्बन्धी नियममा परिवर्तन गरेका छन् । ट्रम्पले मंगलबार चुनावी प्रक्रियामा परिवर्तनसम्बन्धी कार्यकारी आदेशमा हस्ताक्षर गरेका हुन्। यस आदेशअनुसार अब अमेरिकी नागरिकले भोटर रजिस्ट्रेसनका लागि नागरिकताको प्रमाण प्रस्तुत गर्नुपर्नेछ। ट्रम्पले यो निर्णय चुनावमा हुनसक्ने धाँधली रोक्नका लागि गरेको बताएका छन्। ट्रम्प प्रशासनका अधिकारीहरूका अनुसार यो कदम मतदाता सूचीमा गैरकानुनी ...
। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका आयात हुने कार र तिनका पार्टपुर्जामा २५ प्रतिशत ट्यारिफ (शुल्क) लगाउने घोषणा गरेका छन् । ट्रम्पको भनाइ अनुसार कारमा लगाइएको नयाँ ट्यारिफ २ अप्रिलबाट लागु हुने छ । कारका पार्टपुर्जामा लगाइने ट्यारिफ भने मई वा त्यसपछि सुरु हुने छ । ट्रम्पको यो कदमबाट ‘ग्लोबल ट्रेड वार’ सुरु हुने आशंका बढेको बीबीसीले ...
। अमेरिकी आन्तरिक राजस्व सेवा (आईआरएस) ले ट्रम्प प्रशासनको कडा आप्रवासन नीति कार्यान्वयन गर्न अध्यागमन अधिकारीहरूलाई करदाता डाटा प्रयोग गर्न दिने भएको छ । अमेरिकी अध्यागमन एजेन्सी (आईस) सँग प्रस्तावित सम्झौता सफल भएमा कागजात नभएका आप्रवासीहरूको व्यक्तिगत विवरणलाई हस्तान्तरण गर्न सकिने बाटो खुल्नेछ । यसले गैरकानुनी रूपमा अमेरिका बसेका आप्रवासीका लागि थप संकट निम्तिने छ । सम्झौताअन्तर्गत, ...
। युक्रेनका राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीले शनिबार राति रूसले युक्रेनमाथि करिब १५० ड्रोनमार्फत हमला गरेको दाबी गरेका छन्। जेलेन्स्कीले आफ्नो एक्समा यसबारे जानकारी दिँदै रूसमाथि थप कडा प्रतिबन्धहरू लगाउन आह्वान पनि गरेका छन्। ‘गएराति रूसले युक्रेनमा करिब १५० ड्रोनमार्फत हमला गर्‍यो। यस हमलामा कीभमा तीन जनाको मृत्यु भएको छ, जसमा एकजना बुबा र उनकी पाँच वर्षीया छोरी पनि ...
First Prev ... 71 72 73 74 75 76 77 78 79 80 81 ... Next Last