— रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका सहयोगी युरी उशाकोभले अमेरिकाले प्रस्ताव गरेको युक्रेनसँगको ३० दिने युद्धविराम अस्वीकार गरेका छन् । उनले अस्थायी युद्धविरामले युक्रेनलाई पुन: संगठित हुने मौका दिने भन्दै अस्वीकार गरेका हुन् ।
रुसले युक्रेनमा दीर्घकालीन शान्ति सम्झौता खोजिरहेको उनको भनाइ छ । ‘रुस र अमेरिकाबीच शान्त तरिकाले विचारको सामान्य आदानप्रदान भइरहेको छ,’ उनले भनेका छन् ...