मुख्य समाचार
विश्व
: टिकटकमा भिडियो बनाएकै कारण एक पाकिस्तानी बुबाले १३ वर्षीया छोरीको गोली हानी हत्या गरेको खुलेको छ। अमेरिकामा बस्दै आएको परिवारलाई पाकिस्तानमा बोलाएर ती बुबाले छोरीको हत्या गरेको बीबीसीले जनाएको छ। पाकिस्तानको क्वेटामा १३ वर्षीया छोरी हीरा अनवरलाई हत्या गरेको प्रहरले जनाएको छ। उनका बुबा अनवर उल हकले प्रहरीसामु छोरीको हत्या गरेको स्वीकारेका हुन्। यसअघि ...
। युक्रेनी सेनाले रूसबाट कब्जामा लिएको एउटा गाउँमा २२ जनाको ‘हत्या गरेको’ मस्कोले दाबी गरेको छ । युक्रेनले पश्चिमी रूसको कुर्स्क क्षेत्रका दर्जनौं सीमावर्ती वस्तीहरूलाई नियन्त्रण लिएको छ । अगस्टमा अचानक आक्रमण सुरु गरेयता लगभग दुई हजार नागरिकहरू अझै पनि आफ्नो कब्जामा रहेको क्षेत्रमा बसोबास गरिरहेको युक्रेनले बताएको छ। रूसले अहिले धेरै सहरहरू आफ्नो कब्जामा लिएको छ । रूसी ...
। हमासले बन्धक बनाइएका ३ इजराइली र ५ थाइ नागरिकसहित ८ जनालाई मुक्त गरेको छ । बन्धक बनाइएका उनीहरूलाई इजरायलको क्षेत्रभित्र ल्याएर मुक्त गरेको इजरायली सेनाले पुष्टि गरेको अन्तराष्ट्रिय सञ्‍चारमाध्यमहरूले जनाएका छन् । अलजजिराका अनुसार इजराइली नागरिकहरू २९ वर्षीया अर्वेल यहुद र ८० वर्षीय गादी मोसे मोजेस रहेका छन् । यस्तै ५ जना थाइ मजदुरहरूलाई पनि हमासले मुक्त ...
— अमेरिकाको वासिङ्टन डीसीमा बिहीबार बिहान भएको हवाई दुर्घटनामा कम्तीमा ६७ जनाको ज्यान गएको छ । वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन विमानस्थलमा अवतरण गर्ने तयारीमा रहेको बम्बार्डर सीआरजे ७०० जेट विमान सेनाको हेलिकोप्टरसँग आकाशमै ठोकिएपछि पोटोम्याक नदीमा खसेको थियो । ६० जना यात्रु र चालक दलका ४ सदस्यसहित कान्सस राज्यको विचिटाबाट उडेको अमेरिकन एयरलाइन्सको सहायक कम्पनी पीएसए एयरलाइन्सको विमान ...
सामाजिक सञ्जाल फेसबुक सञ्चालक कम्पनी मेटाले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको फेसबुक अकाउन्ट निलम्बन गरेको मुद्दामा सम्झौता गर्न सहमति जनाएको छ । २०२१ जनवरी ६ मा अमेरिकाको राजधानी वासिङ्टन डिसीस्थित यूएस क्यापिटल (अमेरिकी संसद्) भवनमा हिंसात्मक घटना भएको थियो । ट्रम्प समर्थकहरूले अमेरिकाको राष्ट्रपतिमा जो बाइडेनको निर्वाचित भएको घोषणा रोक्नका लागि क्यापिटल भवनमा जबरजस्ती प्रवेश गरेका थिए । ...
— अमेरिकाको वासिङटन डिसीमा भएको हवाई दुर्घटनामा कम्तीमा १८ जनाको ज्यान गएको छ । वासिङटन डिसीस्थित रोनाल्ड रेगन विमानस्थलमा अवतरण गर्ने तयारीमा रहेको यात्रुवाहक विमान र सेनाको हेलिकप्टरसँग आकाशमै ठोकिएको हो । उद्धार कार्य जारी रहेको र मृतकको संख्या बढ्नसक्ने प्रहरी अधिकारीलाई उद्धृत गर्दै सीबीएस न्यूजले जनाएको छ । बीबीसीका अनुसार उद्धारका लागि करिब ३ ...
: भारतको महाकुम्भमेलामा भगदौडबाट मृत्यु हुनेको संख्या ३० पुगेको छ। घाइते हुनेको संख्या ६० पुगेको भारतीय प्रहरीलाई उद्धृत गर्दै एजेन्सीहरूले उल्लेख गरेका छन्। घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। मृतकमध्ये २५ जनाको पहिचान खुलेको छ। उत्तर प्रदेशको प्रयागराज भइरहेको कुम्भमेलामा बुधबार राति करिब साढे १ बजे एउटा घाटमा भागदौड मच्चिएको थियो। प्रहरीले घटनाको हुनुको कारण पनि ...
: अमेरिकाको राजधानी वासिङ्टन डिसीमा एक यात्रुवाहक विमान र हेलिकप्टर ठोक्किएर दुर्घटना भएको छ। दुर्घटनापछि यात्रुवाहक विमान पोटोम्याक नदीमा खसेको छ। उक्त विमानमा ६० यात्रु र ४ चालक दलका सदस्य रहेका छन्। घटनास्थलमा ठूलो संख्यामा प्रहरी तैनाथ गरिएको छ। उद्धार कार्य भइरहेको सीएनएनमा उल्लेख छ। अमेरिकाको संघीय उड्डयन प्रशासन र रक्षा अधिकारीहरूका अनुसार वाशिंगटन डीसी बाहिर रेगन ...
— भारतको उत्तर प्रदेशमा जारी महाकुम्भ मेलामा भागदौड मच्चिँदा कम्तीमा सात जनाको मृत्यु भएको छ । भारतीय सञ्चारमाध्यमहरूले उक्त भागदौडमा दर्जनौँ मानिसहरू हताहत भएको उल्लेख गरेका छन् । रोयटर्सले भने भागदौडमा परी कम्तीमा ७ जनाको मृत्यु भएको जनाएको छ । त्यसक्रममा दर्जनौँ मानिसहरू घाइते भएका छन् । बुधबार राति करिब १ बजेतिर मेलामा भागदौड मच्चिएको थियो । ...
— डोनाल्ड ट्रम्पले राष्ट्रपतिको जिम्मेवारी सम्हालेसँगै अमेरिकाले अनधिकृत आप्रवासीलाई सामूहिक रूपमा फिर्ता गर्न थालेको छ । अमेरिकाको इमिग्रेसन एन्ड कस्टम एन्फोर्समेन्ट (आईसीई) कार्यालयका अनुसार ट्रम्पले पदभार ग्रहण गरेयता कम्तीमा २ हजार ६ सय ८१ जना अनधिकृत आप्रवासी पक्राउ परेका छन् । ट्रम्पले चुनावी अभियानमै घोषणा गरेअनुसार दक्षिणी सीमामा संकटकाल घोषणासमेत गरिसकेका छन् । उनको घोषणासँगै मेक्सिकोसँगको सीमा क्षेत्रमा ...
: ट्रम्प प्रशासनले निष्काशन गरेका आप्रवासी बोकेको जहाज अवतरण गर्न दिने भएपछि कोलम्बियामाथि लगाएको कर अमेरिकाले फिर्ता लिएको छ। आइतबार अमेरिकाले अवैध बसेका कोलम्बियाका नागरिकलाई दुईवटा जहाजबाट फिर्ता पठाएपछि त्यहाँका राष्ट्रपति गुस्ताभो पेट्रोले अमेरिकी सैन्य विमानलाई अवतरण गर्ने अनुमति दिएका थिएनन्। आफ्नो सैनिक जहाजलाई अवतरण गर्न नदिएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रमले कोलम्बियामाथि कर लगाउने,त्यहाँका नागरिकमाथि ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कार्यभार सम्हालेलगत्तै धरपडक सुरु गरेपछि त्यहाँ रहेका आप्रवासीहरू आतंकित बनेका छन् । राष्ट्रपति ट्रम्पले अवैधरुपमा बस्दै आएकालाई निष्काशन गर्न सुरु गरेसँगै आप्रवासीहरू आतंकित बनेका हुन् । राष्ट्रपति ट्रम्पले अमेरिकाका हरेक प्रान्तमा अवैध आप्रवासीलाई लक्षित गरी अप्रेसन सुरू गर्न त्यहाँका सुरक्षा निकायलाई निर्देशन दिइसकेका छन् । त्यस्तो निर्देशनलगत्तै अमेरिकी अध्यागमनले ...
: नेपालमा अमेरिकी अनुदान सहयोगमा सञ्चालित सबै कार्यक्रम निलम्बित भएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकारी आदेश लागू भएपछि अमेरिकी सरकारले नेपाल सरकारसँग सम्झौता गरेर अमेरिकी सहयोग नियोग (यूएसएआईडी) मार्फत चलिरहेका साना-ठूला सबै परियोजना स्थगित भएको अर्थ मन्त्रालयले जनाएको छ। अर्थ मन्त्रालयका सहसचिव एवम् प्रवक्ता महेश भट्टराईले यूएसएआईडीले अनुदानबाट सञ्चालन भएका परियोजना रोक्न नेपाललाई पनि पत्राचार ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसविरुद्धको खोप नलाएर बर्खास्तीमा परेका सेनाहरूलाई पुनःस्थापना गर्ने घोषणा गरेका छन्। ह्वाइट हाउसका अनुसार यससम्बन्धी कार्यकारी आदेशमा राष्ट्रपति ट्रम्पले हस्ताक्षर गर्ने भएका छन्। कार्यकारी आदेशले रक्षा सचिवलाई कोभिड खोप अस्वीकार गरेका कारणले बर्खास्त गरिएका र पुनःस्थापित हुन चाहने सबै सैन्य सदस्यहरू (सक्रिय र आरक्षित)लाई पुनःस्थापित गर्न निर्देशन दिन्छ,' ह्वाइट हाउसको ...
: अमेरिकामा डोनाल्ड ट्रम्प प्रशासनले न्याय विभागका १२ अधिकारीहरूलाई बर्खास्त गरेको छ। यी अधिकारीहरूले ट्रम्पविरुद्ध अनुसन्धान गरेका थिए। न्याय विभागका एक अधिकारीले कार्यवाहक महान्यायाधिवक्ता जेम्स म्याकहेनरीले यी अधिकारीहरूलाई बर्खास्त गर्ने निर्णय गरेको जनाएका बीबीसी समाचारमा उल्लेख छ। यी अधिकारी राष्ट्रपति ट्रम्पको एजेन्डा पूर्ण इमानदारीका साथ कार्यान्वयन गर्न सक्षम नभएको उनको आरोप छ। यसैबीच ट्रम्पले थप तीन कार्यकारी ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजा क्षेत्रलाई ‘खाली गर्ने’ योजना अघि सारेका छन्। मध्यपूर्वमा शान्ति स्थापनाका लागि इजिप्ट र जोर्डनले प्यालेस्टिनीलाई त्यहाँबाट हटाउनु उचित भएको बताएका छन्। इजरायल-हमास युद्धपछि गाजालाई ‘विध्वंसस्थल’को संज्ञा दिँदै ट्रम्पले जोर्डनका राजा अब्दुल्लाह द्वितीयसँग यस विषयमा कुरा भएको र आइतबार इजिप्टका राष्ट्रपति अब्देल फताह अल-सिसीसँग कुरा गर्ने योजना रहेको बताए। ...
First Prev ... 59 60 61 62 63 64 65 66 67 68 69 ... Next Last