मुख्य समाचार
विश्व
। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्य गर्नका लागि युक्रेनले रूसको शर्त मान्नुपर्ने बताएका छन् । युक्रेनी राष्ट्रपति भ्लोदिमिरि जेलेन्स्कीसँग भेटको पूर्वसन्ध्यामा ट्रम्पले युद्ध अन्त्य गरेर शान्ति सम्झौता गर्न युक्रेन नेटोमा सामेल हुन नपाउने शर्त अघि सारेका हुन् । ट्रम्पले भनेका छन्, ‘यदि उनी (जेलेन्स्की)चाहन्छन् भने तुरुन्तै रूससँगको युद्ध अन्त्य गर्न सक्छन् ।’ ह्वाइट हाउसमा युक्रेनी राष्ट्रपति जेलेन्स्कीसँग ...
। गत शुक्रबार अलास्कामा रूसी राष्ट्रपति पुटिनसँग भेटेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र युरोपेली नेताहरूसँग ह्वाइट हाउसमा भेटवार्ता गरे । यस पटक दुवै नेताबीच यसअघि जस्तो घोचपेच चलेन बरू बढी तालमेल देखियो । जेलेन्स्की सुटमा देखिएपछि यसबारे पत्रकारले उनीसँग प्रश्न पनि सोधे। पत्रकारहरूसँगको भेटमा अधिकांश प्रश्नमा ट्रम्प नै बोलिरहे । युद्धविरामबारे ट्रम्पले भने, ‘कुनै ...
। अमेरिकाले ६ हजार भन्दा बढी अन्तर्राष्ट्रिय विद्यार्थीहरूको भिसा रद्द गरेको छ । अमेरिकी विदेश मन्त्रालयलाई उद्धृत गर्दै बीबीसीले जनाएअनुसार, अमेरिकी कानुन तोड्ने र तोकिएको समयभन्दा बढी बस्ने कारण ६ हजारभन्दा बढी अन्तर्राष्ट्रिय विद्यार्थीहरूको भिसा रद्द गरिएको हो । मन्त्रालयका अनुसार, यीमध्ये धेरैजसो मुद्दा मदिरा सेवन गरेर गाडी चलाउने, चोरी गर्ने र आतंकवादलाई समर्थन गर्ने गतिविधिसँग सम्बन्धित ...
— युक्रेनमा रुसी हमला अन्त्यका लागि दबाब दिन युरोपेली नेताहरू सोमबारसम्ममा वासिङ्टन पुग्ने भएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी समकक्षी भ्लादिमिर पुटिनबीच शुक्रबार भएको शिखर वार्तापछि ट्रम्पले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग पनि युक्रेन युद्ध अन्त्यका सम्बन्धमा सोमबार भेटवार्ता गर्ने कार्यक्रम तय छ । पुटिनसँगको शिखर वार्ता कुनै निष्कर्षमा पुग्न नसकेपछि ट्रम्पले युक्रेनमा तत्काल युद्धविराम ...
— गाजाको नागरिक सुरक्षा विभागले आइतबार इजरायली हवाई आक्रमण र गोलीबारीमा कम्तीमा १८ जना प्यालेस्टिनी नागरिकको मृत्यु भएको जनाएको छ । प्रवक्ता महमुद बासलका अनुसार, गाजा सिटीको एक अस्पताल परिसरमा ड्रोन आक्रमण हुँदा ७ जनाको ज्यान गएको हो । ती मृतकहरू हमासका सदस्य रहेको जनाइएको छ, जो खाद्यान्न वितरण र सुरक्षाको जिम्मेवारीमा रहेका थिए । दक्षिण गाजाको खान ...
— उत्तरपश्चिम पाकिस्तानमा आएको विनाशकारी बाढीमा कम्तीमा तीन सय ४४ जनाको ज्यान गएको छ भने एक सय ५० जनाभन्दा बढी बेपत्ता भएको प्रान्तीय विपद् व्यवस्थापन एजेन्सीका प्रमुख असफान्डियार खट्टकले आइतबार बताएका छन् । हजारौँ उद्धारकर्मी वर्षा र माटोको भारी चपेटाबीच बाँचेका मानिसहरूलाई खोज्दै, भग्नावशेषमुनि दबिएका घरहरू उत्खनन गरिरहेका छन् । 'बुनेर जिल्लामा मात्रै करिब १५० जना अझै ...
: अमेरिकी विदेश मन्त्रालयले गाजाबाट आउने मानिसका लागि भिजिट भिसा बन्द गरेको छ। मन्त्रालयले विरामको अस्थायी उपचार र मानवीय आधारमा निश्चित भिसा जारी गर्न आवश्यक प्रक्रियाको गहन समीक्षा गर्न भिजिट भिसा बन्द गरिएको जनाएको छ। केही प्यालेस्टिनी अधिकार समूहले अमेरिकाको यो निर्णयको निन्दा गरेका छन्। प्यालेस्टिनी बाल राहत कोषले एक विज्ञप्ति ...
— रुसको पश्चिमी रायजान क्षेत्रमा रहेको एउटा औद्योगिक कारखानामा लागेको आगलागीमा हालसम्म ११ जनाको ज्यान गएको र करिब १३० जना घाइते भएको रसियाली आपतकालीन व्यवस्थापन मन्त्रालयले शनिबार जानकारी दिएको छ । मन्त्रालयले आफ्नो आधिकारिक टेलिग्राम च्यानलमार्फत जानकारी दिँदै भनेको छ, 'मलबा हटाउने क्रममा थप दुई शव फेला परेको छ । यसरी कुल मृतकको संख्या ११ पुगेको पुष्टि ...
— अलास्कामा अमेरिकी राष्ट्रपति र रुसी राष्ट्रपतिको भेट–वार्ता निष्कर्षविहीन बनेपछि युक्रेनका राष्ट्रपति अमेरिका जाने भएका छन् । ट्रम्पले जेलेन्स्कीसँग टेलिफोन वार्ता गरी वासिङ्टन बोलाएपछि उनी अमेरिका जान लागेका हुन् । बीबीसीका अनुसार उनी सोमबार वासिङ्टनका लागि उड्दै छन् । शनिबार बिहान राष्ट्रपति ट्रम्प र राष्ट्रपति पुटिनबीच अलास्कामा तीन घन्टा वार्ता भएको थियो । उनीहरुको वार्तामा युद्ध विरामबारे ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अलास्कामा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको भेटलाई ʻ१० मध्ये १०ʼ मूल्याङ्कन दिएका छन्। उनले भने, ʻहाम्रो बैठक धेरै राम्रो रह्यो। अब युरोपेली सहभागिताको साथ सम्झौतामा पुग्ने जिम्मा जेलेन्स्कीको हो।ʼ ट्रम्पले थप भने, ʻरूस र युक्रेनले अर्को वार्ता गर्नेछन्। यसमा भ्लादिमिर पुटिन र भोलोडिमिर जेलेन्स्की दुवै सहभागी हुनेछन्। अब के हुन्छ हेरौं।ʼ फक्स न्यूजसँग कुरा ...
: युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको आफ्नो कुराकानीबारेमा जानकारी दिएका छन्। उनले युद्धविराम, युक्रेनी युद्धबन्दीहरूको रिहाइ र लडाइँ जारी रहेसम्म रुसमाथि दबाब जारी राख्न आह्वान गरेका छन्। उनले आफू रुससँग दिगो शान्तिको खोजीमा रहेको बताए। ʻराष्ट्रपति ट्रम्पसँगको कुराकानीमा मैले त्रिपक्षीय बैठक भएन वा रुसले युद्धको इमानदार अन्त्यबाट बच्न खोज्यो भने रूसमाथि प्रतिबन्धहरू अझ कडा ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका रुसी समकक्षी भ्लादिमिर पुटिनबीच अलास्कामा महत्त्वपूर्ण भेटवार्ता भएको छ। भेटवार्तालाई युक्रेन युद्धमा शान्तिका लागि एक महत्त्वपूर्ण कदम मानिएको थियो। तर युद्धविराम भएन। करिब तीन घण्टासम्म चलेको बैठकले केही प्रश्न उठाएको छ भने थोरै उत्तर दिएको छ। यस्ता छन् अलास्कामा भएको बैठकसँग सम्बन्धित पाँच महत्त्वपूर्ण कुरा १. पुटिन रातो कार्पेटबाट विश्व ...
— अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिन आलस्कामा भेट्दै छन् । अलजजिराका अनुसार अलास्कामा स्थानीय समयअनुसार बिहान ११ : ३० बजे (नेपाली समय शनिबार बिहान सवा १ बजे) दुई नेताबीच वार्ता सुरु हुनेछ । रुसतर्फबाट विदेशमन्त्री सेर्गेई लाभरोभ, रक्षामन्त्री आन्द्रेई बेलोउसुभ, अर्थमन्त्री एन्टोन सिलुआनोभ, राष्ट्रपति पुटिनका सहायक युरी उशाकोभ र विशेष आर्थिक ...
। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार अलास्कामा हुने रुसी राष्ट्रपति भ्ल्यादिमिर पुटिनसँगको वार्ता सकारात्मक भए युक्रेनी राष्ट्रपतिलाई बोलाउने बताएका छन् । रुसी राष्ट्रपति भ्ल्यादिमिर पुटिनसँग हुने शिखर वार्ताबारे फक्स न्यूज रेडियोसँग कुरा गर्दै ट्रम्पले छलफल सकारात्मक भए युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीलाई फोन गरी दोस्रो बैठकको तयारी गर्ने बताएका हुन् । उनका अनुसार यस्तो बैठक अलास्कासहित विभिन्न स्थानमा ...
। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको शिखर वार्ताका लागि रुसी राष्ट्रपति भ्ल्यादिमिर पुटिन नेतृत्वको प्रतिनिधिमण्डल अमेरिका प्रस्थान गरेको छ । अलास्कामा हुने शिखर वार्ताका लागि रुसबाट पुटिन नेतृत्वको टोली प्रस्थान गरेर अमेरिकी हवाई क्षेत्रमा प्रवेश गरिसकेको फ्लाइट ट्र्याकिङ प्लेटफर्म फ्लाइटराडार २४ले देखाएको हो । महाशक्ति राष्ट्रका दुई शिर्ष नेताबीच शुक्रबार अमेरिकी राज्य अलास्काको सबभन्दा ठूलो शहर एंकोरेजमा भेटवार्ता ...
। बेलायत, फ्रान्स र जर्मनीले परमाणु सम्झौताका लागि पुन: वार्तामा नआए इरानमाथि पुराना प्रतिबन्धहरू ब्युँत्याउन चेतावनी दिएका छन् । संयुक्त राष्ट्रसंघलाई जानकारी गराउँदै यी तीन देशले आगामी अगस्ट महिनाको अन्त्यसम्म परमाणु कार्यक्रमबारे पुन: वार्तामा नआए कठोर प्रतिबन्ध लगाउन चेतावनी दिएका हुन् । बेलायत, फ्रान्स र जर्मनीलाई ‘ई थ्री’ नामले पनि सम्बोधन गर्ने चलन छ । यी तीन ...
First Prev ... 53 54 55 56 57 58 59 60 61 62 63 ... Next Last
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम