मुख्य समाचार
विश्व
: इजरायलको द्वन्द्वपछि इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेली पहिलोपटक सार्वजनिक कार्यक्रममा देखा परेका छन्। इरानको सरकारी सञ्चारमाध्यमका अनुसार शनिबार शिया मुस्लिमहरूको लागि सबैभन्दा महत्वपूर्ण दिन आशुराको पूर्वसन्ध्यामा मस्जिलमा उनी देखा परेका हुन्। त्यहाँ उनी पूजा गर्नेहरूलाई अभिवादन गरिरहेका थिए। खामेनीले इजरायलको अस्तित्व समाप्त पार्नेबारे खुलेआम कुरा गर्दै आएका थिए। उनले लामो समयदेखि इजरायललाई पश्चिम ...
। विश्व बैंकले अफगानिस्तान र पाकिस्तानलाई दक्षिण एसिया समूहबाट हटाएर अर्कै समूहमा लगेको छ । भारत र पाकिस्तानबीचको पछिल्लो तनावपछि विश्व बैंकले आफ्नो अफगानिस्तान र पाकिस्तानलाई दक्षिण एसियाली क्षेत्रबाट मध्यपूर्व तथा उत्तरी अफ्रिका क्षेत्रमा लगेको हो । यससँगै विश्वबैंकले उक्त क्षेत्रको नै परिवर्तन गरी ‘मध्यपूर्व, उत्तरी अफ्रिका, अफगानिस्तान र पाकिस्तान’ राखेको छ । यी दुई मुलुकलाई ...
। अमेरिकाको टेक्सासमा बाढीका कारण मृत्यु हुनेको संख्या ५१ पुगेको छ । मृत्यु हुनेमा १५ जना बालबालिका समेत छन् । शुक्रबार बिहानदेखिको वर्षाका कारण टेक्सासको कर काउन्टीस्थित ग्वाडालुपे नदीको सतह अकस्मात बढ्दा बाढीले वितण्डा मच्चाएको अमेरिकी सञ्चामाध्यमहरुले जनाएका छन् । दर्जनौं मानिस बेपत्ता भएको अधिकारीले बताएका छन् । आइतबारसम्म पनि उद्धार कार्य जारी छ । उद्धारका ...
। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सल्लाहकार पदबाट राजीनामा दिएका अर्बपति एलन मस्कले नयाँ राजनीतिक पार्टी स्थापनाको घोषणा गरेका छन् । उनले ‘अमेरिका पार्टी’ स्थापना गरेको घोषणा गरेका हुन् । मस्कले यो जानकारी सोसल मिडिया प्लेटफर्म एक्स मार्फत दिएका छन् । ‘अमेरिका पार्टी’ औपचारिक रूपमा दर्ता भइसकेको छ कि छैन भन्ने जानकारी मस्कले दिएका छैनन् । पार्टीको ...
— पाकिस्तानको कराँचीमा लियारी भवन भत्किँदा मृत्यु हुनेको संख्या १९ जना पुगेको छ । शनिबार अपराह्न भग्नावशेषमा थप तीन जनाको शव फेला परेको उद्धार अधिकारीहरूले पुष्टि गरेका छन् । कराँचीको लियारीस्थित बग्दादी क्षेत्रमा पाँच तले आवासीय भवन भत्किँदा उक्त विध्वंसकारी घटना भएको हो । उद्धार अधिकारीहरूले पाँच महिलासहित नौ जनालाई घाइते अवस्थामा उद्धार गरिएको र उनीहरूको उपचार ...
: अमेरिकाको टेक्सास राज्यको दक्षिण–मध्य क्षेत्रमा शुक्रबार बिहान आएको अचानक बाढीले ठूलो मानवीय क्षति पुर्‍याएको छ । स्थानीय अधिकारीहरूले दिएको जानकारीअनुसार, सो बाढीमा परी अहिलेसम्म १५ बालबालिकासहित ४३ जनाको मृत्यु भइसकेको बीबीसीले जनाएको छ। केर काउन्टीका अधिकारीहरूले नदीको किनारमा रहेको क्रिश्चियन युवा शिविरबाट २७ बालबालिका हराएको बताएका छन्। अहिलेसम्म करिब ८५० जनालाई उद्धार गरिएको छ। टेक्सासको हन्ट ...
— अर्बपति इलन मस्कले अमेरिकामा तेस्रो राजनीतिक दल गठन गर्ने घोषणा गरेका छन् । शनिबार सामाजिक सञ्जाल ‘एक्स’मा पोस्ट गर्दै उनले ‘द अमेरिका पार्टी’को औपचारिक घोषणा गरेका हुन् । राष्ट्रपति डोनाल्ड ट्रम्पसँग मित्रता टुटेपछि मस्कले आफ्नै नयाँ राजनीतिक दल घोषणा गरेका हुन् । ‘फजुल खर्च र भ्रष्टाचारले देश जर्जर बनेको हुन्छ भने त्यहाँ लोकतन्त्र होइन हामी ...
। अमेरिकाको टेक्सासमा बाढीका कारण मृत्यु हुनेको संख्या २४ पुगेको छ । शुक्रबार बिहानदेखि आएको विनासकारी बाढीमा २४ जनाको मृत्यु भएको र यो संख्या बढ्न सक्ने सीएनएनले उल्लेख गरेको छ । बाढीका कारण टेक्सासका कयौं क्षेत्रमा आपतकाल घोषणा गरिएको छ भने सडक सञ्जाल र टेलिफोन नेटवर्क बिच्छेद्‌ भएको छ । टेक्सासको ग्वाडालुपे नदी आसपासका क्षेत्रमा शुक्रबार विहानदेखिको ...
। युक्रेन युद्ध अन्त्यका लागि रुसी नेता भ्लादिमिर पुटिनसँग भएको फोनवार्तामा कुनै प्रगतिको महसुस आफूले नगरेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन् । वासिङ्टनले किएभमा केही हतियार ढुवानी रोकेपछि युक्रेनमा तीन वर्षभन्दा लामो समयदेखि जारी द्वन्द्व अन्त्यका लागि अमेरिकी नेतृत्वको शान्ति वार्ता रोकिएको ट्रम्पको गम्भीर आँकलन आएको हो । ‘हामी (पुटिन र अमेरिकी राष्ट्रपति ट्रम्प) ले धेरै ...
। दक्षिणपूर्वी राज्यमा भइरहेको आप्रवासन प्रवर्तन छापाहरूका लागि प्रशासनिक र सामग्रीगत सहयोग प्रदान गर्न बिहीबार करिब दुई सय मरिनलाई फ्लोरिडामा परिचालन गरिएको छ । यो परिचालन अमेरिकी गृह सुरक्षा विभागले आफ्नो अध्यागमन तथा भन्सार प्रवर्तन (आइसीई) एजेन्सीलाई राष्ट्रपति डोनाल्ड ट्रम्पको आप्रवासी दमन कार्यमा सहयोग गर्न अनुरोध गरेको पहिलो चरण हो । यो ट्रम्पको दोस्रो कार्यकालको मुख्य ...
। रूस अफगानिस्तानमा तालिबान शासनलाई औपचारिक रूपमा मान्यता दिने पहिलो देश बनेको छ। बीबीसीका अनुसार अफगानिस्तानका विदेशमन्त्री आमिर खान मुत्ताकीले यसलाई ‘साहसिक निर्णय’ भनेका छन्। बिहीबार काबुलमा अफगानिस्तानस्थित रूसी राजदूत दिमित्री जिरनोभसँगको भेटमा मुत्ताकीलाई रूस सरकारले अफगानिस्तानको इस्लामी अमीरात अर्थात् इस्लामको कानुनी शासनमा आधारित राज्यलाई मान्यता दिने निर्णयको औपचारिक जानकारी दिएको हो। मुत्ताकीले यो कदमलाई ‘सकारात्मक सम्बन्ध, आपसी ...
। शुक्रबार इरानले इजरायलसँगको युद्धका कारण जुन १३ मा बन्द गरिएको आफ्नो हवाई क्षेत्र पुनः खोलेको घोषणा गरेको सरकारी मिडियाले जनाएको छ । ‘मेहराबाद र इमाम खोमेनी विमानस्थलहरूका साथै देशको उत्तर, पूर्व, पश्चिम र दक्षिणका विमानस्थलहरू पुनः सञ्चालनमा ल्याइएको छ र उडान सेवाहरू प्रदान गर्न तयार छ’, आधिकारिक इरना समाचार एजेन्सीले भनेको छ । इस्फहान र तब्रिज ...
: रूसले युक्रेनमाथि अहिलेसम्मकै ठूलो हवाई आक्रमण गरेको छ। शुक्रबार रूसका सरकारी प्रवक्ताले युक्रेनमाथिको जारी युद्धको सन्दर्भमा कुनै कूटनीतिक समाधान सम्भव नरहेको खुलासा गरेसँगै रुसले उक्त आक्रमण गरेको हो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनबीचको टेलिफोन वार्ता निष्कर्षविहीन भएको केही घण्टापछि रूसले उक्त आक्रमण सुरू गरेको बीबीसीले जनाएको छ। किभसहित युक्रेनका अन्य ...
: हमासले गाजामा युद्धविराम र बन्धकको रिहाइका लागि अमेरिकी नयाँ प्रस्तावलाई आधिकारिक रूपमा प्रतिक्रिया दिनु अघि अन्य प्यालेस्टिनी समूहसँग परामर्श गरिरहेको बताएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार बिहान हमासले आफ्नो योजनामा ​​सहमति जनाए–नजनाएको २४ घण्टाभित्र थाहा पाउने भनेका थिए। यसअघि मंगलबार ट्रम्पले गाजामा ६० दिने युद्धविरामलाई अन्तिम रूप दिन आवश्यक पर्ने सर्तमा इजरायल सहमत ...
। सूचना प्रविधि कम्पनी माइक्रोसफ्टले विश्वभरबाट करिब ९ हजार कर्मचारी कटौती गर्ने भएको छ । विश्वप्रसिद्ध कम्पनी माइक्रोसफ्टले यो वर्ष मात्रै तेस्रो पटक ठूलो संख्यामा कर्मचारी कटौती गर्ने निर्णय लिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । कर्मचारी कटौतीको निर्णयले विभिन्न क्षेत्रलाई असर पर्ने बताएपनि माइक्रोसफ्टले विस्तृत जानकारी नदिएको बीबीसीले उल्लेख गरेको छ । माइक्रोसफ्टले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) मा ठूलो ...
— रुसले अफगानिस्तानमा तालिबान नेतृत्वको सरकारलाई औपचारिक मान्यता दिएको छ । तालिबान सरकारलाई मान्यता दिने रुप पहिलो मुलुकसमेत बनेको छ । अफगानिस्तानका विदेशमन्त्री आमिर खान मुत्ताकीले यसलाई रुसको कदमलाई 'साहसिक' निर्णयको संज्ञा दिएका छन् । बिहीबार मात्र काबुलमा विदेशमन्त्री मुत्ताकीले रुसका राजदूत दिमित्री जिरनोभसँग भेटवार्ता गरेका थिए । सोही भेटघाटमा राजदूत जिरनोभले इस्लामिक इमिरेट अफगानिस्तानलाई मान्यता ...
First Prev ... 49 50 51 52 53 54 55 56 57 58 59 ... Next Last