मुख्य समाचार
विश्व
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नयाँ कर घोषणा गरेका छन्। ट्रम्पले अमेरिका बाहिर बनाइएका ब्रान्डेड औषधिहरूमा १०० प्रतिशत कर लगाउने घोषणा गरेका हुन्। यो नियम अक्टोबर १,२०२५ देखि लागू हुनेछ। अमेरिकाले औषधिसँगै किचन क्याबिनेट,बाथरुम भ्यानिटी,गद्देदार फर्निचर र मालवाह ट्रकलगायत आयातित वस्तुमा नयाँ कर लगाएको हो। किचन क्याबिनेट र बाथरुम भ्यानिटीमा ५० ,फर्निचरमा ३० ...
। अमेरिकी यौन अभियुक्त जेफ्री एप्सटीनको सम्पत्तिसँग जोडिएका नयाँ कागजातहरू सार्वजनिक भएका छन् । यी कागजातहरूमा सन् २००७ मा दोषी ठहर भइसकेपछि पनि एप्सटीन धेरै ठूला नेता र उद्योगपतिहरूसँग सम्पर्कमा रहेका तथ्य खुलासा भएका छन् । यी नामहरूमा टेस्लाका मालिक इलोन मस्क, पेपालका सह-संस्थापक पीटर थिल र ट्रम्पका सहयोगी स्टीव बैनन समावेश छन्। अमेरिकी सञ्चारमाध्यमहरूका अनुसार, अमेरिकी ...
। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई संयुक्त राष्ट्र संघमा सम्बोधन गर्ने अधिकार नभएको भन्दै न्युयोर्कमा प्रदर्शन भएको छ । महासभामा नेतान्याहूले दिएको भाषणकै समयमा बाहिर टाइम्स स्क्वायरमा ‘फ्री प्यालेस्टाइन ’को नारा लगाउँदै ठूलो प्रदर्शन भइरहेको थियो । नेतान्याहुको भाषण सुरु हुनासाथ सयौं प्रदर्शनकारी टाइम्स स्क्वायरमा भेला भएका थिए । विरोधमा यहुदी धर्मगुरु रब्बी यित्ज्चोक ड्यूश पनि सहभागी थिए ...
। पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतसँग युद्ध रोक्न निर्णायक भूमिका खेलेको बताएका छन् । संयुक्त राष्ट्र महासभालाई सम्बोधन गर्दै भारत-पाकिस्तानबीच युद्ध रोक्ने श्रेय ट्रम्पलाई जाने बताएका हुन् । ट्रम्पलाई जस दिन भारतले इन्कार गरिरहेका बेला पाकिस्तानका प्रधानमन्त्री राष्ट्रसंघीय महासभामै यो कुरा उठाएर उनलाई नोबेल पुरस्कार नै दिनुपर्ने बताएका छन् । ‘यदि अमेरिकी राष्ट्रपति ट्रम्पले ...
: गाजामा इजरायली हवाई आक्रमणबाट कम्तिमा ८० जनाको मृत्यु भएको छ। स्थानीय अस्पतालहरूले इजरायली गोलीबारीबाट ८० भन्दा बढी प्यालेस्टिनीहरूको मृत्यु भएको पुष्टि गरेका छन्। गाजा सहरको दराज क्षेत्रको फिरास बजार नजिकै घरबारविहीन परिवारका लागि बनाइएको भवन र पालहरूमा रातभर भएको आक्रमणमा महिला र बालबालिकासहित ठूलो संख्यामा मृत्यु भएको आपतकालीन कामदारहरूले बताएका छन्। इजरायली सेनाले दुई हमास लडाकुलाई ...
— अस्ट्रेलियामा वार्षिक मुद्रास्फीति दर चालु वर्षको अगस्ट महिनामा बढेर ३ प्रतिशत पुगेको छ, जुन पछिल्लो १३ महिनामै सबैभन्दा उच्च दर हो । यो वृद्धि महँगीको चपेटामा परिरहेको आम जनजीवनका लागि थप दबाबको संकेत हो । अस्ट्रेलियाको तथ्यांक कार्यालयले बुधबार सार्वजनिक गरेको विवरणअनुसार, उपभोक्ता मूल्य सूचकांक पछिल्ला १२ महिनामा तीन प्रतिशतले बढेको छ, जुन अघिल्लो महिना ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसलाई 'कागजी बाघ' भनेर टिप्पणी गरेका छन् । उनले युक्रेनले युद्धमा गुमाएको भू-भाग फिर्ता लिन सक्ने बताएका छन्। ट्रम्पको यो भनाइलाई रुस-युक्रेन युद्धको मुद्दामा उनको अडानमा ठूलो परिवर्तन मानिएको छ। सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसियलमा एक पोस्टमा उनले युरोप र नेटोको समर्थन र रुसको अर्थतन्त्रमा बढ्दो दबाबका साथ युक्रेनले यो ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजामा युद्धविराम प्राप्त गर्ने प्रयासमा आफू संलग्न रहेको बताएका छन्। संयुक्त राष्ट्र संघको महासभामा बोल्दै उनले आफ्नो प्रयासलाई वार्ता गर्ने पक्षहरूले सम्भव बनाउनु पर्ने बताएका हुन्। ट्रम्पले हालै शक्तिशाली देशहरूले प्यालेस्टाइनलाई एक देशको रूपमा मान्यता दिएको उल्लेख गरे।ʻयो हमासको क्रूरताका लागि पुरस्कार हुनेछ,ʼट्रम्प भन्छन्। शान्ति चाहनेहरूले एउटै सन्देशमा एकताबद्ध हुनुपर्ने भन्दै ट्रम्पले ...
: अष्ट्रेलियाले १६ वर्षभन्दा कम उमेरका बालबालिकालाई सामाजिक सञ्जालको पहुँचबाट टाढा राख्ने कानुनी प्रक्रिया अगाडि बढाएको छ। यस अन्तर्गत अब ह्वाट्सएप, रेडिट, ट्विच, रोब्लक्सजस्ता प्लेटफर्महरू पनि प्रतिबन्धको सूचीमा पर्न सक्ने सम्भावना देखिएको छ। यसअघि नै फेसबुक, स्न्यापच्याट, टिकटक र युट्युबजस्ता सामाजिक सञ्जालहरूमा बालबालिकालाई प्रतिबन्ध लगाइएको छ। अष्ट्रेलियाको ई-सुरक्षा आयोगका प्रमुख जुली इनम्यान ग्रान्टले थप १६ कम्पनीहरूलाई ...
: फ्रान्सले संयुक्त राष्ट्र संघको महासभामा प्यालेस्टाइनलाई स्वतन्त्र राष्ट्रको मान्यता दिने घोषणा गरेको छ। यसअघि आइतबार बेलायत, क्यानडा, अष्ट्रेलिया र पोर्चुगलले प्यालेस्टाइनलाई औपचारिक रूपमा मान्यता दिएका थिए। संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले यो प्लालेस्टिनीहरूको अधिकारको विषय भएको बताएका छन्। महासचिव एन्टोनियो गुटेरेसले प्रतिक्रिया दिँदै भनेका छन्,'राज्य प्यालेस्टिनीहरूको लागि अधिकार हो, पुरस्कार होइन।' गुटेरेसले भनेका छन्- ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार न्यूयोर्कमा अरब देशका नेतासँग गाजाको अवस्थाबारे छलफल गर्ने भएका छन्। यो छलफल इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको ट्रम्पसँगको भेटभन्दा अगाडि हुन लागेको हो। ट्रम्प र नेतान्याहूबीच सेप्टेम्बर २९ मा भेट तय भएको छ। न्यूयोर्कमा संयुक्त राष्ट्र संघको महासभाको बैठकका बीच ट्रम्पले अरब नेताहरूसँग भेटवार्ता गर्न लागेका हुन्। यसमा ...
— अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फेरि एकपटक नोबेल पुरस्कार पाउनुपर्ने दाबी गरेका छन् । उनले भारत–पाकिस्तानबीच गत मे मा भएको युद्धसहित अन्य देशहरुबीच चलिरहेका संघर्षहरु रोकेको उल्लेख गर्दै आफूले नोबेल शान्ति पुरस्कार पाउनुपर्ने दाबी गरेका हुन् । शनिबार राति (अमेरिकी समयअनुसार) एक कार्यक्रममा भने, ‘ट्यारिफ र ट्रेडका कारण हामी सात भिन्न–भिन्न युद्ध रोक्नमा सफल भएका छौं ...
— अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अफगानिस्थानलाई बगराम एयरबेस नदिए नराम्रो परिणाम भोक्नुपर्ने धम्की दिउका छन् । आइतबार ट्रम्पले ट्रुथ सोशलमा लेखेका छन्, ‘यदि अफगानिस्तान बगराम एयरबेस उसको निर्माता अर्थात अमेरिकालाई फिर्ता दिँदैन भने, त्यो निकै भयानक हुनेछ ।’ यसअघि पनि ट्रम्पले बगराम एयरबेस कब्जा गर्ने मनसाय व्यक्त गरेका थिए । केही दिनअघि बेलायत यात्राका क्रममा उनले ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अफगानिस्तानले बग्राम एयरबेस अमेरिकालाई नदिए गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिएका छन्। ʻयदि अफगानिस्तानले बग्राम एयर बेसको निर्माता संयुक्त राज्य अमेरिकालाई फिर्ता गरेन भने धेरै नराम्रो हुनेछ,ʼट्रम्पले सामाजिक सञ्जालमा लेखेका छन्। यसअघि पनि ट्रम्पले बग्राम एयरबेस कब्जा गर्ने इच्छा व्यक्त गरिसकेका छन्। बेलायत भ्रमणको क्रममा ट्रम्पले आफ्नो सरकार अफगानिस्तानमा रहेको बग्राम एयरबेस फिर्ता लिन ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फेरि एक पटक नोबेल पुरस्कारबारे चर्चा गरेका छन्। उनले मे महिनामा भारत र पाकिस्तानबीच भएको द्वन्द्व उल्लेख गर्दै नोबेल पुरस्कारको खोजी गरेका हुन्। ʻहामीले शुल्क र व्यापारका कारण सात फरक युद्ध रोक्न सफल भएका छौँ। हामीले भारत र पाकिस्तान, थाइल्याण्ड र कम्बोडियाबीचको युद्ध रोक्यौँ,ʼ ट्रम्पले एक कार्यक्रममा भने । ट्रम्पले अगाडि ...
: चीनले अन्तरिक्ष दौडमा अमेरिकालाई चुनौती दिँदैछ। रेडशिफ्ट नामक नयाँ रिपोर्टले चीनले ५–१० वर्षभित्र अमेरिकालाई उछिनेर विश्वको नम्बर १ अन्तरिक्ष शक्ति बन्न सक्ने चेतावनी दिएको छ। कमर्सियल स्पेस फेडरेशन (सीएसएफ)को प्रतिवेदनले चीनको अन्तरिक्ष कार्यक्रम द्रुत गतिमा बढिरहेको बताएको छ। नासाको बजेट कटौतीका कारण अमेरिका पछाडि परेको छ। अन्तरिक्ष दौडमा चीनको प्रभुत्व ११२ ...
First Prev ... 46 47 48 49 50 51 52 53 54 55 56 ... Next Last
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम