मुख्य समाचार
विश्व
: दक्षिण–पूर्वी इरानमा आतंकवादी आक्रमण भएको छ। यसमा करिब आठ जनाको मृत्यु भएको एएफपीले जनाएको छ। इरानी राज्य सञ्चार माध्यमका अनुसार शुक्रबार इरानको दक्षिणपूर्वी सिस्तान–बलुचिस्तान प्रान्तको एक अदालतमा भएको घातक आतंकवादी आक्रमणमा कम्तिमा ८ जनाको मृत्यु भएको छ। यस्तै एक दर्जनभन्दा बढी घाइते भएका छन्। फार्स समाचार एजेन्सीले सिस्तान–बलुचिस्तानको राजधानी जाहेदानमा भएको आक्रमणमा ...
। थाईल्यान्ड र कम्बोडियाले युद्धविराम आह्वान गरेपनि दुई देशबीच आक्रमण नरोकिएको पाइएको छ । यी दुई देशबीच तनाव सुरु भएको शनिबार तेस्रो दिन हो । आत्मरक्षाका लागि आक्रमण गरेको दाबी गरिरहेका यी दुई देशबीच सीमा विवाद चर्किँदै गएको रोयटर्सले उल्लेख गरेको छ । शनिबार थप नयाँ क्षेत्रमा समेत सैनिकहरुबीच झडप भएको छ । थाईल्यान्डको तटीय प्रान्त त्राट ...
। थाइल्यान्ड र कम्बोडियाबीच १००० वर्ष पुराना दुई शिव मन्दिरलाई लिएर चलिरहेको विवाद सैन्य हमलामा रुपान्तरण भएको छ । विहीबारबाट दुई देशको सीमा क्षेत्रमा तनाव बढेको छ । कम्बोडियाले सुरिन प्रान्तस्थित आवासीय क्षेत्रमा गोली प्रहार गर्दा एकजनाको मृत्यु र कम्तिमा ३ जना घाइते भएका भन्दै थाई सेनाले कम्बोडियाको भूमिमा हवाई आक्रमण सुरु गरेको हो । शुक्रबार त थाइल्याण्डका ...
: रूस र युक्रेनका प्रतिनिधिमण्डलको बैठक बुधबार टर्कीको इस्तानबुल शहरमा भएको छ। बैठकमा दुई देशबीच युद्धबन्दीको आदानप्रदानमा सम्झौता भएको हो। युक्रेनी प्रतिनिधिमण्डलले युद्धविरामका लागि तत्परता व्यक्त गरेका थिए। रूसको सर्तले यसमा सम्झौता हुन नसकेपछि वार्ता एक घण्टाभन्दा कम समयमा सकिएको हो। हालैका महिनामा दुई देशका प्रतिनिधिले तेस्रो पटक भेटेका हुन्। तर बुधबारको भेटघाट सात हप्तापछि ...
: रुसी उद्धार सेवाहरुले सुदूर पूर्वी अमुर क्षेत्रमा आफ्नो गन्तव्यबाट करिब १६ किलोमिटर टाढा हराएको विमानको भग्नावशेष फेला पारेका छन्। आपतकालीन् अधिकारीले अंगारा एयरलाइन्सको एएन-२४ विमानमा ४३ यात्रु र ६ जना चालक दलका सदस्य रहेका थिए। चिनियाँ सीमा नजिकै रहेको ब्लागोभेस्चेन्स्कबाट उडेको विमान टिन्डा विमानस्थल नजिकै पुग्दा राडारबाट गायब भएको थियो। अमुर क्षेत्रीय गभर्नर भासिली ओर्लोभले विमानको ...
: थाइल्याण्ड–कम्बोडिया सीमामा जारी सैन्य झडपमा हालसम्म कम्तीमा १२ जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन्। थाइल्याण्डका स्वास्थ्यमन्त्रीले झडपमा एक सैनिक र ११ जना सर्वसाधारणको मृत्यु भएको बताएका छन्। उनले आक्रमणबाट प्रभावित ३५ जनामध्ये आफू पनि रहेको बताए। थाई अधिकारीहरूको रिपोर्ट अनुसार सुरिन प्रान्तमा दुई नागरिकको मृत्यु भएको छ। यसमा एक आठ वर्षीय बालक पनि ...
— कोलम्बिया विश्वविद्यालयले अमेरिकी प्रशासनलाई २ सय मिलियन अमेरिकी डलर करिब २७ अर्ब ५५ करोड नेपाली रुपैयाँ भुक्तान गर्ने सहमति गरेको छ । विश्वविद्यालयले त्यहाँ अध्ययनरत यहुदी विद्यार्थीको सुरक्षा गर्न विफल रहेको आरोपमा उक्त रकम भुक्तान गर्न लागेको हो । यो सम्झौता राशी संघीय सरकारलाई तीन वर्षको अविधमा दिइनेछ । विश्वविद्यालयले एक वक्तव्य जारी गर्दै यो ...
: हमासद्वारा सञ्चालित गाजा सिभिल डिफेन्सका प्रवक्ताका अनुसार बुधबार बिहानदेखि गाजामा इजरायली हवाई आक्रमणमा कम्तीमा १७ प्यालेस्टिनीको मृत्यु भएको छ। मृत्यु हुनेमा चार बालबालिका र एक नवजात शिशु पनि छन्। प्रवक्ताले तीन अलग–अलग हवाई हमलामा दुई आवासीय अपार्टमेन्ट र एउटा पाल शिविरलाई लक्षित गरिएको बताए। यी आक्रमणमा मारिएका १७ जनामा एकै परिवारका आठ जना छन्। प्रवक्ताका अनुसार ...
: पाँच वर्षको लामो प्रतीक्षापछि भारतले चिनियाँ पर्यटकका लागि आफ्नो ढोका पुनः खोलेको छ। चिनियाँ नागरिकले जुलाई २४ देखि भारतीय पर्यटक भिसा पाउने छन्। बेइजिङस्थित भारतीय दूतावासले बुधबार दुई देशबीचको सम्बन्धमा नयाँ न्यानोपनको आशा भएको जनाएको छ। २०२० मा भारतले कोभिड–१९ महामारी रोक्न सबै पर्यटक भिसा रद्द गरेको थियो। तर अब चिनियाँ नागरिकले बेइजिङ, सांघाई ...
: न्यूयोर्कको एक मेडिकल सेन्टरमा ६१ वर्षीय एक पुरुषको एमआरआई मेसिनले तान्दा मृत्यु भएको छ। चुम्बकीय बलका कारण मेसिनले तान्दा उनको मृत्यु भएको प्रहरीले जनाएको छ। ती व्यक्तिले मेसिनको नजिकै जाँदा गह्रौं धातुको चेन लगाएका थिए। प्रहरीका अनुसार,ती व्यक्ति अनुमति बिना नै एमआरआई मेसिन चालु रहेको कोठामा प्रवेश गरेका थिए। उनकी श्रीमतीले ...
: विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले इजरायली सेनाले सोमबार गाजा सहर देइर अल-बलाहमा आफ्ना कर्मचारीको आवास र मुख्य गोदाममा आक्रमण गरेको बताएको छ। डब्ल्यूएचओले हवाई आक्रमणका कारण आगलागी भएपछि कर्मचारी र उनीहरूका परिवारको ज्यान जोखिममा रहेको बताएको छ। संगठनले आफ्ना पुरुष कर्मचारीहरूलाई बन्दुक देखाएर निर्वस्त्र पारेर सोधपुछ गरेको समेत आरोप लगाएको छ। डब्ल्यूएचओको यो आरोपमा अहिलेसम्म ...
। भारतका उपराष्ट्रपति जगदीप धनखडले पदबाट राजीनामा दिएका छन् । कार्यकाल सकिन दुई वर्ष बाँकी छँदै उपराष्ट्रपति धनखडले सोमबार राजीनामा दिएका हुन् । उनले राजीनामा दिनुमा स्वास्थ्यको कारण देखाएका छन् । उनी ७४ वर्षका छन् । उनको कार्यकाल १० अगष्ट सन् २०२७ सम्म थियो । राष्ट्रपति द्रौपदी मुर्मुलाई सम्बोधन गरिएको राजीनामा पत्रमा उनले लेखेका छन्,‘स्वास्थ्यको प्राथमिकता र ...
। इजरायलले मध्य गाजाको देर अल–बलाहमा स्थल र हवाई आक्रमण गरेको छ । देर अल–बलाहमा दक्षिणी गाजाको राफाह र खान यूनुसबाट विस्थापित भएका हजारौं मानिसले शरण लिएर बसेका छन् । सोही क्षेत्रमा इजरायली ट्यांक र सैन्य वाहन किसुफिम चेकपोइन्टबाट सहरी क्षेत्रमा प्रवेश गरेको स्थानीय पत्रकारहरुलाई उदृत गर्दै बीबीसीले जनाएको छ । आइतबार इजरायली डिफेन्स फोर्स (आईडीएफ) ले देर ...
— उत्तरी ढाकास्थित एक क्याम्पस परिसरमा बंगालादेशी सेनाको जेट विमान दुर्घटनाग्रस्त भएको छ । एसोसिएट प्रेसले सेना र अग्नि नियन्त्रकहरुलाई उद्धृत गर्दै घटनामा एकको मृत्यु भएको र अन्य केही घाइते भएको उल्लेख गरेको छ । बंगालादेशको स्थानीय जमुना टीभीका अनुसार दुर्घटनाका बेला कलेज परिसरमा विद्यार्थीहरु बाहिरै थिए । टेलिभिजन फुटेजमा दुर्घटनास्थलबाट आगोको मुस्लो माथिसम्म गएको र ...
: बंगलादेश वायुसेनाको एफ–७ प्रशिक्षण विमान दुर्घटनाग्रस्त भएको छ। आज दिउँसो बंगलादेशको राजधानी ढाकाको उत्तरा क्षेत्रको दियाबारी क्षेत्रमा विमान दुर्घटनाग्रस्त भएको हो। विमान माइलस्टोन कलेजको उत्तरी क्याम्पस नजिकै खसेकाले विद्यार्थी ज्यान जोगाउन दौडिरहेको देखिन्छ। हजरत शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थलका एक वरिष्ठ अधिकारीले घटनाको पुष्टि गरे। एफ–७ चिनियाँ विमान हो। दुर्घटनामा एक जनाको मृत्यु भएको छ। केही ...
— गाजाको देर अल–बलाह क्षेत्र खाली गर्ने इजरायली सेनाको आदेशमा संयुक्त राष्ट्रसंघले चिन्ता जनाएको छ । संयुक्त राष्ट्रको मानविय मामलाको एजेन्सी अफ फर द कोअर्डिनेशन अफ ह्यूम्यानेटेरियन अफेयर्सले यो आदेशले २१ लाख नागरिक गाजापट्टीको १२ प्रतिशत क्षेत्रमा सिमित भएको र आवश्यक सेवा ठप्प भएको बताएको बीबीसीले उल्लेख गरेको छ । आइतबार इजरायलको डिफेन्स फोर्सले देर अल–बलाह क्षेत्रमा ...
First Prev ... 45 46 47 48 49 50 51 52 53 54 55 ... Next Last