मुख्य समाचार
विश्व
: अन्तरिक्ष यात्री सुनिता विलियम्स र बुच विल्मोर नौ महिना अन्तरिक्षमा बिताएपछि आज पृथ्वीमा फर्किएका छन्। बिहान सवा ३ बजे चार अन्तरिक्ष यात्री बोकेको क्याप्सुल फ्लोरिडाको तट नजिकै समुद्रमा अवतरण गरेको बीबीसी समाचारमा उल्लेख छ। अन्तरिक्षयानबाट बाहिर निस्किंदा दुबै अन्तरिक्षयात्रीको अनुहारमा खुसी देखिन्थ्यो। iss बाट छुटेको १७ घण्टापछि उनीहरु पृथ्वी आइपुगेका हुन्। उनीहरुलाई बोकेको अन्तरिक्षयान द्रुत गतिमा पृथ्वीको ...
इजरायलले गाजामा फेरि आक्रमण सुरु गरेको छ। इजरायली रक्षा बलका अनुसार वायुसेनाले गाजामा रहेको हमासको अड्डाहरूमा हवाई आक्रमण गरेको छ। टाइम्स अफ इजरायलका अनुसार यी आक्रमणहरूमा हालसम्म २३२ जनाको मृत्यु भइसकेको छ। ३०० भन्दा बढी घाइते भएका छन्। जनवरी १९ मा इजरायल-हमास युद्धविराम सुरु भएयता गाजामा इजरायलको यो सबैभन्दा ठूलो आक्रमण हो। इजरायली सेनाले आक्रमणको योजना ...
स्पेसएक्सको अन्तरिक्ष यान ड्रयागन अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनबाट अनडक (अलग्गिएको)भएको छ। अन्तरिक्ष यात्री सुनिता विलियम्स र बुच विल्मोर यस अन्तरिक्षयान मार्फत १७ घण्टाको यात्रापछि पृथ्वीमा फर्कनेछन्। उनीहरुसँगै नासाका अन्तरिक्ष यात्री निक हग र रूसको अन्तरिक्ष एजेन्सी रोस्कोसमोसका अन्तरिक्ष यात्री अलेक्ज्याण्डर गोर्बुनोभ पनि फर्कनेछन्। यो अन्तरिक्षयानको फिर्ताको अनुमानित समय हो। सुनिता विलियम्स र बुच विल्मोर जुन ५, २०२४ मा ...
। इजरायलले गाजा क्षेत्रमा फेरि हमला सुरु गरेको छ । हमलाको कारण ३४ जनाको मृत्यु भएको छ भने कयौं घाइते छन् । इजरायली सेनाले विज्ञप्ति निकालेर हमासको क्याम्पहरुलाई लक्षित गरी आक्रमण गरेको जनाएको छ । रोयटर्सले चिकित्सक र प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै मध्य गाजाको देर अल बलाहका तीन घरलाई इजरायली सेनाले निशाना बनाएको जनाएको छ । यसका साथै ...
। अमेरिकी विदेश मन्त्रालयले यसअघि जारी गरिएका भिसामाथि पनि छानबिन गरिने बताएको छ । मन्त्रालयले विगतमा जारी गरिएका भिसामाथिको अनुसन्धानको क्रममा अमेरिकी कानुन र आप्रवासन नियमहरू पालना नगरिएको भेटे भिसा रद्द गरेर देश निकाला गर्ने चेतावनी दिएको हो । सोमबार अमेरिकी विदेश मन्त्रालयले सामाजिक सञ्जाल एक्समा पोस्ट गरेको एक सन्देशमा भिसा धारकहरूले अमेरिकी कानुन ...
— अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनपछि ‘भ्वाइस अफ अमेरिका’ का सबै पूर्णकालीन कर्मचारी बिदामा राखिएको छ । ४९ भाषामा प्रसारण हुँदै आएको ‘भ्वाइस अफ अमेरिका’ का पत्रकार, निर्माता र सहायकसहित करिब १३ सय कर्मचारीलाई प्रशासनिक बिदामा राखिएको हो । ‘भ्वाइस अफ अमेरिका’ को माउ संस्था ‘यूएस एजेन्सी फर ग्लोबल मिडिया (यूएसएजीएम)’ र अन्य ६ संस्थाको सञ्चालन खर्च कानुनले ...
— अमेरिकाले लाल सागरमा पानीजहाजहरूमाथि आक्रमण गर्दै आएको यमनस्थित हुथीविरूद्धको कारबाही तीव्र पारेको छ । अमेरिकी सेन्ट्रल कमाण्डले सोमबार आफ्ना सेनाले हुथी विद्रोही समूहका अल जौफ र हुदैदाह क्षेत्रका विभिन्न स्थानमा आक्रमण गरेको जनाएको छ । अमेरिकाले आइतबार र सोमबार गरेका आक्रमणमा ५३ जनाको ज्यान गएको छ । हुथीद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका प्रवक्ता अनीस अल-अस्बाहीले ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले 'भ्वाइस अफ अमेरिका'लाई बन्द गरिदिएका छन्। सरकारद्वारा सञ्चालित समाचार संस्था भ्वाइस अफ अमेरिकालाई बन्द गर्ने कार्यकारी आदेशमा ट्रम्पले हस्ताक्षर गरेको बीबीसीले जानकारी दिएको छ। यो समाचार संस्थाले ट्रम्प विरोधी र उग्र गतिविधि गरिरहेको आरोप लगाइएको छ। ट्याक्सबाट चल्ने संस्थाहरू कट्टरपन्थी प्रचारका लागि जिम्मेवार नहुने ट्रम्प प्रशासनको भनाइ छ। दोस्रो विश्वयुद्धका बेला ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत जनवरीमा सत्ता सम्हालेपछि यमनका हुथी विद्रोहीमाथि अमेरिकाले गरेको पहिलो आक्रमणमा परी कम्तीमा ३१ जनाको मृत्यु भएको विद्रोहीले आइतबार बताएका छन्। गाजा युद्धका क्रममा इजरायल र रेड सीमा आक्रमण गरेका हुथी विद्रोहीले आक्रमणमा परी ज्यान गुमाउनेमा बालबालिका पनि रहेको बताइएको छ। विद्रोहीको कब्जामा रहेको राजधानी सानामा एएफपीका एक फोटोग्राफरले तीनवटा ...
उत्तरी म्यासेडोनियाको एक नाइटक्लबमा आइतबार बिहान आगलागी भएको छ। त्यहाँको गृह मन्त्रालयका अनुसार यस घटनामा कम्तीमा ५९ जनाको मृत्यु भएको र १५० भन्दा बढी घाइते भएका जनाएको बीबीसी समाचारमा उल्लेख छ। देशको पूर्वी भागमा रहेको कोकानी शहरमा रहेको पल्स क्लबमा आगलागी भएको हो। यो ठाउँ म्यासेडोनियाको राजधानी स्कोप्जेबाट लगभग सय किलोमिटर टाढा छ। सामाजिक सञ्जालमा पोस्ट गरिएका ...
राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले यमनमा हुथी विद्रोहीहरूमाथि 'निर्णायक र शक्तिशाली' हवाई आक्रमण सुरु गरेको बताएका छन्। ट्रम्पले यसको कारण लाल सागरमा जहाजहरूमा हुथी विद्रोहीहरूले गरेको आक्रमण भएको बताएका छन्। ट्रम्पले आफ्नो सामाजिक प्लेटफर्म ट्रुथमा लेखेका छन्, 'इरानद्वारा समर्थित हुथीहरूले अमेरिकी विमानहरूमा मिसाइल प्रहार गरेका छन् र हाम्रा सैनिक र सहयोगीहरूलाई निशाना बनाएका छन्।' उनले हुथी विद्रोहीहरूको डकैती, ...
। अन्तरिक्षमा फसेका अन्तरिक्षयात्री सुनिता विलियम्स र बैरी विल्मोरलाई पृथ्वीमा फर्काउन नासाको क्रू-१० टिम अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र (आईएसएस) पुगेको छ। टोलीमा नासाका एनी म्याकक्लेन र निकोल एयर्स, जापान एयरोस्पेस एक्सप्लोरेशन एजेन्सीका ताकुया ओनिशी तथा रसियाको अन्तरिक्ष संस्था रोसकोस्मसका अन्तरिक्षयात्री किरिल पेस्कोभ सम्मिलित छन्। यो टोली सुनिता र बैरी रहेको स्थानमा पुग्नेछ । स्पेसक्राफ्ट ‘क्रू ड्र्यागन’ अन्तर्राष्ट्रिय अन्तरिक्ष ...
एउटा यस्तो रेष्टुरेन्ट, जहाँ तपाईंले आफूले खान चाहेको खानेकुरा अर्डर गर्नका लागि केवल एउटा बटन थिच्नु पर्दछ अनि केवल १.४ अमेरिकी डलर अर्थात् करिब २०० रुपैयाँमा तपाईंलाई रोबोटले तुरुन्तै उक्त खानेकुरा ल्याएर टक्राइदिन्छ । त्यो रेष्टुरेन्टमा वेटरलाई टिप पनि दिनु पर्दैन । चीनको दक्षिणपूर्वी सहर सेन्जेनमा रहेको एउटा चाउचाउ रेष्टुरेन्ट पूर्णरुपमा स्वचालित छ । त्यहाँ हरेक ...
— अमेरिकी नेतृत्वको गठबन्धन सेनासँग मिलेर इराकी राष्ट्रिय गुप्तचर सेवाले गरेको कारबाहीमा इराक र सिरियाका लागि इस्लामिक स्टेट (आईएसआईएस) समूहका एक वरिष्ठ नेता मारिएका छन् । इराकी प्रधानमन्त्री प्रधानमन्त्री मोहम्मद सिया अल-सुदानीका अनुसार कारबाहीमा ‘इराक र संसारकै सबैभन्दा खतरनाक आतंककारीमध्येका एक’ अबु खादिजाह भनिने अब्दुल्लाह मक्की मुस्लीह अल-रिफाई मारिएका हुन् । अमेरिकी केन्द्रीय कमाण्ड (सेन्टकम) ...
— युरोपेली देशका नेताहरूले युक्रेन युद्ध अन्त्यका लागि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई थप दबाब दिनुपर्ने बताएका छन् । बेलायती प्रधानमन्त्री कियर स्टार्मरले आयोजना गरेको ‘इच्छुकहरूको गठबन्धन’ को भर्चुअल बैठकमा युरोपेली नेताहरूले युक्रेन युद्ध वार्तामार्फत अन्त्य हुनुपर्ने र त्यसका लागि पुटिनलाई थप दबाब दिन आवश्यक भएको बताएका हुन् । बैठकमा सहभागी नेताहरूले युक्रेनलाई थप सहयोग गर्ने प्रतिवद्धता ...
। अमेरिकाले यमनमा इरान समर्थित हुथी विद्रोहीविरुद्ध आक्रमण गर्दा ९ जनाको मृत्यु भएको छ । हुथी विद्रोहीले लाल सागर क्षेत्रको बन्दरगाहमा आक्रमण गरेपछि त्यसको बदलास्वरुप अमेरिकाले एयर स्ट्राइक गरेको हो । हुथी विद्रोहीहरुले सन् २०२३ को नोभेम्बरदेखि शिपिङलाई लक्षित गरी १०० बढी हमला गरेका छन् । हालै हुथी विद्रोहीहरुले आक्रमण गरी दुईवटा जहाज समुद्रमा डुबाइदिएका थिए भने ...
First Prev ... 43 44 45 46 47 48 49 50 51 52 53 ... Next Last