मुख्य समाचार
विश्व
दशकौँपछि पनि प्रशंसकको मनपर्ने बनेको आफ्नो चर्चित संवाद ‘खामोश’ का कारण परिचित बलिउड अभिनेता शत्रुघ्न सिन्हाले व्यक्तित्व अधिकारको मुद्दामा राहत पाएका छन् । भारतीय संचारमाध्यमका अनुसार मुम्बई उच्च अदालतले उक्त ‘खामोश’ संवाद सिन्हाको व्यक्तित्वसँग ‘विशेष रूपमा जोडिएको’ ठहर गरेको छ । अदालतले उनको अनुमति बिना उनको नाम, तस्वीर वा अन्य व्यक्तिगत पहिचान प्रयोग गरेर अनलाइन सामग्री ...
। रूसी सिनेटरले युक्रेनी सरकारले जानीजानी नागरिक र बालबालिकाहरूलाई निशाना बनाएर शान्ति सम्झौतामा ढिलाइ गर्न खोजेको आरोप लगाएका छन् । एनेर्गोदर स्थित एउटा विद्यालयमा युक्रेनी ड्रोनले आक्रमण गरेपछि रूसी पक्षबाट यस्तो कडा प्रतिक्रिया आएको हो । एनेर्गोदरका मेयर म्याक्सिम पुखोभका अनुसार एउटा युक्रेनी ड्रोन विद्यालयको आँगनमा रहेको रूखमा ठोक्किएर विस्फोट भएको थियो। उक्त समयमा विद्यालयमा ६०० ...
। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रिनल्याण्डका बासिन्दाहरूको उपचारका लागि एउटा विशाल ‘हस्पिटल शिप’ पठाएको घोषणा गरेका छन् । यस कदमलाई उनले मानवीय सहायताको नाम दिए पनि यसले डेनमार्कसँगको कूटनीतिक तनावलाई थप बढावा दिएको छ। राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मार्फत ग्रिनल्याण्डमा धेरै मानिसहरू बिरामी परेको र उनीहरूको उचित उपचार नभएको दाबी गर्दै जहाज पठाएको बताएका छन्। यो ...
। ‘अल्टरनेटिभ फर जर्मनी’ (एएफडी) की सह-अध्यक्ष एलिस वेइडेलले युरोपमा स्थायी शान्तिका लागि रूससँगको सहकार्य अनिवार्य रहेको बताएकी छिन् । वर्तमान जर्मन सरकारको विदेश नीतिलाई ‘त्रुटिपूर्ण’ भन्दै उनले मस्कोसँगको सम्बन्ध सुधार्नुपर्नेमा जोड दिएकी हुन् । चान्सलर फ्रेडरिक मर्जको नेतृत्वमा रहेको सीभीयू/सीएसयू र एसपीडी गठबन्धनको कडा आलोचना गर्दै वेइडेलले वर्तमान सरकारको बाटो शान्तिपूर्ण नरहेको दाबी गरिन् । आफ्नो पार्टीले ...
। नासाका प्रशासक जारेड आइज्याकम्यानले प्राविधिक समस्याका कारण आगामी मार्चमा हुने भनिएको ‘आर्टिमिस २’ चन्द्र मिशन तत्कालका लागि स्थगित गरिएको घोषणा गरेका छन् । ५० वर्षभन्दा बढी समयपछि मानवसहित चन्द्रमाको परिक्रमा गर्ने यो पहिलो मिशन थियो । फेब्रुअरी २१ मा रकेटको माथिल्लो हिस्सामा हिलियम ग्यासको प्रवाहमा अवरोध देखिएको थियो। रकेटको इन्धन ट्याङ्कीमा चाप सन्तुलन मिलाउन र इन्जिन ...
। रुसी विदेशमन्त्री सर्गेई लाभरोभले इरानको आणविक कार्यक्रमका विषयमा भइरहेको कूटनीतिक प्रयासमा तेहरानको ‘वैधानिक अधिकार’ का पक्षमा मस्कोको दृढ समर्थन रहेको बताएका छन् । शुक्रबार इरानी विदेशमन्त्री सैयद अब्बास अराक्छीसँगको टेलिफोन वार्ताका क्रममा लाभरोभले उक्त धारणा राखेका हुन् । यो कूटनीतिक संवाद इरान र अमेरिकाबीच फेब्रुअरी १७, २०२६ मा जेनेभामा सम्पन्न दोस्रो चरणको अप्रत्यक्ष वार्ताको लगत्तै ...
। सन् २०१२ को गृहयुद्धका क्रममा बन्द गरिएको सिरियाको दमास्कसस्थित अमेरिकी दूतावास पुन: सञ्चालन गर्ने तयारी ट्रम्प प्रशासनले सुरु गरेको छ। यसबारे अमेरिकी प्रशासनले कंग्रेसलाई औपचारिक जानकारी गराएको छ। गत फेब्रुअरी १० मा राज्य विभागले पठाएको सूचना अनुसार, दूतावासका कार्यहरू चरणबद्ध रूपमा सुचारु गरिनेछ र यसका लागि आगामी हप्तादेखि बजेट परिचालन गरिनेछ। सन् २०२४ को डिसेम्बरमा शासक बसर ...
अमेरिकी प्रशासनले इरानका सर्वोच्च नेता अली खमेनी र उनका छोरा मोज्ताबा खमेनीको हत्या गर्ने सैन्य विकल्प बारे विचार गरिरहेको एक्सियोसले रिपोर्ट गरेको छ। उच्च स्रोतहरूलाई उद्धृत गर्दै सार्वजनिक गरिएको यो जानकारी अनुसार, अमेरिकाले इरानको नेतृत्व तहलाई नै निशाना बनाउने गरी सैन्य रणनीति तयार पारेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानतर्फ विशाल सैन्य फौज पठाइएको बताएका छन्। यसबीच ...
। सन् २०२२ मा रुसी आक्रमण सुरु भएयता पहिलो पटक युक्रेनले आफ्नो सैन्य सामग्री विदेशमा निर्यात गर्ने अनुमति दिएको छ। युक्रेनको राष्ट्रिय सुरक्षा र रक्षा परिषद् (एनएसडीसी) का उप-सचिव डेभिड अलोयानका अनुसार, एक सरकारी आयोगले ४० वटा निर्यात आवेदनहरू मध्ये अधिकांशलाई स्वीकृति दिएको छ। यसबाट यो वर्ष अरबौं डलर आम्दानी हुने अपेक्षा गरिएको छ । युक्रेनले तत्कालका ...
। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वव्यापी रूपमा १५ प्रतिशत भन्सार शुल्क लगाउने घोषणा गरेका छन् । सर्वोच्च अदालतले यसअघि उनले लगाएका आयात कर खारेज गरेपछि ट्रम्पले त्यस निर्णयको आलोचना गर्दै नयाँ कदम चाल्ने बताएका हुन् । शुक्रबार उनले अदालतले खारेज गरेका शुल्कको सट्टा अमेरिकामा आउने सबै वस्तुमा १० प्रतिशत कर लगाइने बताएका थिए । तर शनिबार ...
। भारत र ब्राजिलले २१ फेब्रुअरीमा रणनीतिक रूपमा महत्वपूर्ण ‘क्रिटिकल मिनरल्स’ र ‘रेयर अर्थ्स’ (दुर्लभ तत्व) को क्षेत्रमा सहकार्य विस्तार गर्न दूरगामी समझदारीपत्रमा हस्ताक्षर गरेका छन् । नयाँ दिल्लीमा जारी एआई सम्मेलनमा सहभागी हुन भारत भ्रमणमा आएका ब्राजिलका राष्ट्रपति लुईज इनासियो लूला दा सिल्भाले शनिबार प्रधानमन्त्री नरेन्द्र मोदीसँग द्विपक्षीय भेटवार्ता गर्दै ‘क्रिटिकल मिनरल्स’ र ‘रेयर अर्थ्स’को ...
। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत जनवरीमा इरानमा भएको प्रदर्शनहरूमा ३२ हजार मानिसको मृत्यु भएको दाबी गरेका छन् । उनले पहिलो पटक इरानमा प्रदर्शनका दौरान मर्नेहरूको संख्याबारे शुक्रबार बयान दिएका हुन् । व्हाइट हाउसमा पत्रकारहरूसँगको कुराकानीका क्रममा सोधिएको प्रश्नको जवाफ दिँदै ट्रम्पले भने, ‘उनीहरूले एक उचित सम्झौता गर्न आवश्यक छ । इरानका नागरिक आप्mना नेताहरूभन्दा फरक ...
। अर्जेन्टिनाको राष्ट्रिय वैज्ञानिक तथा प्राविधिक अनुसन्धान परिषद्का प्यालेन्टोलोजिस्टहरूले पाटागोनिया क्षेत्रमा डाइनोसरको एउटा सुरक्षित अण्डा फेला पारेका छन् । करिब ७ करोड वर्ष पुरानो मानिएको यो अण्डा बोनापार्टेनीकस नामक सानो मांसाहारी डाइनोसरको हो । यो खोजलाई वैज्ञानिक जगतमा एउटा चमत्कार मानिएको छ, किनभने मांसाहारी डाइनोसरका अण्डाका बोक्रा शाकाहारीको तुलनामा निकै पातला र कमजोर हुन्छन् । मुख्य अनुसन्धानकर्ता डा. ...
— अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वभरबाट आयात हुने सामग्रीमाथि १० प्रतिशत भन्सार शुल्क लगाउने नयाँ घोषणा गरेका छन् । अमेरिकाको सर्वोच्च अदालतले १९७७ को अन्तर्राष्ट्रिय आपतकालीन आर्थिक शक्ति ऐन (आईईईपीए) प्रयोग गर्ने ट्रम्पको निर्णय नियमविपरीत रहेको फैसला सुनाएपछि ट्रम्पले नयाँ घोषणा गरेका हुन् । अदालतले आईईईपीएअन्तर्गत नयाँ कर तोक्ने अधिकार राष्ट्रपतिसँग नभएर कंग्रेससँग हुने फैसला सुनाएको ...
: बंगलादेशका विपक्षी नेता र जमात-ए-इस्लामी प्रमुख शफीकुर रहमानले पहिलो पटक सेन्ट्रल शहीद मीनारमा गएर भाषा आन्दोलनमा मारिएका शहीदहरूलाई श्रद्धाञ्जली दिएका छन्। उनीसँगै बंगलादेशका राष्ट्रपति मोहम्मद शाहाबुद्दीन र प्रधानमन्त्री तारिक रहमान पनि श्रद्धाञ्जली दिन पुगेका थिए। श्रद्धाञ्जली २० र २१ फेब्रुअरीको रात १२ बजेपछि गरिएको थियो। २१ फेब्रुअरीलाई बंगलादेशमा भाषा आन्दोलनका शहीद स्मरण दिवसका रूपमा मनाइन्छ। ...
: भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले एआई मानव केन्द्रित र धनी–गरिब सबैका लागि हुनुपर्ने बताएका छन्। नयाँ दिल्लीमा बिहीबार एआई इम्प्याक्ट समिटको उद्‍घाटन गर्दै प्रधानमन्त्री मोदीले एआई प्रविधिलाई देशका सबै नागरिकसम्म लोकतान्त्रिक रूपमा पहुँचयोग्य बनाउनुपर्ने बताएका हुन्। ‘म तपाईंहरु सबैलाई विश्वकै ऐतिहासिक एआई समिटमा स्वागत गर्छु। भारत विश्वकै सबैभन्दा ठूलो प्रविधि प्रतिभाको केन्द्र हो। ग्लोबल साउथका लागि ...
First Prev ... 37 38 39 40 41 42 43 44 45 46 47 ... Next Last
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम