मुख्य समाचार
विश्व
। अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले पूर्वसांसद तुलसी गबार्डलाई राष्ट्रिय गुप्तचर विभागको निर्देशकमा नियुक्त गरेका छन् । ट्रम्पको छनौटमा परेपछि गबार्डले ट्रम्पलाई धन्यवाद दिंदै काम गर्न तत्पर रहेको प्रतिक्रिया दिएकी छन् । उनले बुधबार बिहान सामाजिक सञ्जाल एक्समा लेखेकी छन्, ‘अमेरिकी जनताको सुरक्षा र स्वतन्त्रताको रक्षा गर्न तपाईंको मन्त्रिपरिषद्को सदस्यको रूपमा सेवा गर्ने अवसरको लागि डोनाल्ड ...
— तलब बढाउन माग गर्दै नर्सले अस्ट्रेलियाको ठूलो सहर सिड्नीमा आन्दोलन गरेका छन् । न्यु साउथ वेल्स राज्यका दसौं हजार नर्स र मिडवाईफ बुधबार काम छाडेर आन्दोलनमा उत्रिएका हुन् । अस्ट्रेलियामा नर्सले राम्रो सेवा सुविधा माग गर्दै पटक-पटक आन्दोलन गर्दै आएका छन् । न्यु साउथ वेल्समा नर्सिङ पेसामा रहेकाले आफूहरुलाई १५ प्रतिशत तलब वृद्धिको माग गरेका ...
— अमेरिकी राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पले अर्बपति इलन मस्कलाई ‘डिपार्टमेन्ट अफ गभर्मेन्ट इफिसियन्सी’ को प्रमुखमा नियुक्त्त गरेका छन् । मस्कले भारतीय मूलका रिपब्लिकन नेता विवेक रामास्वामीसँगको सहकार्यमा सो विभाग सम्हाल्ने ट्रम्पले घोषणा गरेका छन् । ‘यी दुई अद्भुत् अमेरिकीहरूले विद्यमान सरकारी कर्मचारीतन्त्रको पुन: संरचना गर्न, अधिक नियमन र अनावश्यक खर्च कटौती गर्न र संघीय संरचनाको पुन: ...
लेबनानको स्वास्थ्य मन्त्रालयले मध्य लेबनानको दुई घरमा इजरायली आक्रमणमा परी २३ जनाको मृत्यु भएको जनाएको छ। लेबनानका अनुसार इजरायलले आक्रमण गरेको ठाउँमा विस्थापित परिवारहरू बस्दै आएका थिए। यी आक्रमणमा मारिनेमा अधिकांश महिला र बालबालिका रहेका छन् । इजरायली आक्रमणहरू भएका दुईवटा गाउँहरू माउन्ट लेबनान क्षेत्रमा पर्छ। यी गाउँ हिजबुल्लाहका आधारहरू क्षेत्रहरुमा नपर्ने जनाइएको छ। इजरायली सेनाले हिजबुल्लाह ...
। अमेरिकी राष्ट्रपति जो बाइडन र नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पबीच ह्वाइटहाउसमा भेटवार्ता भएको छ । बाइडनले ट्रम्पलाई सत्ता हस्तान्तरण गर्नुअघि बुधबार साँझ भेटवार्ता भएको हो । भेटमा बाइडनले हात मिलाएर ट्रम्पलाई बधाइ दिएका थिए । दुवैजना शान्तिपूर्ण सत्ता हस्तान्तरणमा सहमत भएको बीबीसीले जनाएको छ । बाइडनले कुराकानीको क्रममा ट्रम्पलाई कुनै समस्या नहुने गरी सत्ता हस्तान्तरण गर्ने ...
: भारत सेनाका सेनाध्यक्ष उपेन्द्र द्विवेदी नेपाल भ्रमणमा आउने भएका छन्। आगामी मङ्सिर ५ गते पाँच दिने नेपाल भ्रमणमा आउने लागेको रक्षामन्त्रालयले जनाएको छ। सोही अवसरमा सेनाअध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथीको सम्मान प्रदान गरिने भएको छ। राष्ट्रपति एवं नेपाली सेनाका परमाधिपति रामचन्द्र पौडेलले मङ्सिर ६ गते उनलाई नेपाली सेनाको मानार्थ महारथीको सम्मान ...
— चीनको झुहाईस्थित एक रंगशालाबाहिर व्यायाम गरिरहेका मानिसहरूको भीडमा कार जोतिँदा कम्तीमा ३५ जनाको मृत्यु भएको छ । घटनामा ४३ जना घाइते भएका अधिकारीहरुले जनाएका छन् । घाइतेमध्ये अधिकांश वृद्धवृद्धा, किशोर र बालबालिका रहेका चिनियाँ सञ्चारमाध्यमहरूले जनाएका छन् । बीबीसीका अनुसार कार ६२ वर्षीय पुरुष चालक फानले चलाएका थिए । दुर्घटनालगत्तै भाग्न खोजेका चालकलाई स्थानीय ...
। संयुक्त राष्ट्रसंघका लागि अमेरिकी ‘वातावरण दूत’ जोन पोडेस्टाले अमेरिकाको राष्ट्रपतिमा डोनाल्ड ट्रम्प पुनः निर्वाचित हुनु जलवायु परिवर्तनसम्बन्धी कदम चाल्न चाहनेहरूका लागि ‘धेरै निराशाजनक’ भएको टिप्पणी गरेका छन्। जलवायु परिवर्तनका विषयमा अजरबैजानको राजधानी बाकुमा जारी कोप–२९ बैठकको पहिलो दिन आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो बताएको बीबीसी हिन्दीले उल्लेख गरेको छ । ‘आउँदा दिनमा हामी एक यस्तो राष्ट्रपतिलाई ...
। अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रिय सुरक्षा सल्लाहकारमा माइक वाल्ट्जलाई नियुक्त गर्ने निर्णय गरेका छन् । समाचार एजेन्सी रोयटर्सका अनुसार ट्रम्पले चीनको कट्टर आलोचक वाल्ट्जलाई राष्ट्रिय सुरक्षा सल्लाहकार नियुक्त गर्ने जानकारी आफू निकटकालाई दिएका हुन् । वाल्ट्ज फ्लोरिडाका जनप्रतिनिधि हुन् । उनी सेवानिवृत्त सैनिक अधिकृत हुन् । एसिया प्रशान्त क्षेत्रमा चीनको बढ्दो गतिविधिको उनले खुलेर आलोचना ...
। अजरबैजानको राजधानी बाकुमा जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धि (युएनएफसीसीसी) का पक्ष राष्ट्रहरुको २९औँ सम्मेलन (कोप २९) को आज उद्घाटन भएको छ । उद्घाटनमा जलवायुले निम्त्याएका समस्याको सामना गर्न विश्व समुदायबीच एकता र सहकार्यताको लागि अपिल गरियो । २२ तारिख (मङ्सिर ७ गते) सम्म चल्ने कोपमा भाग लिन नेपालको प्रतिनिधित्व गर्दै राष्ट्रप्रमुख रामचन्द्र पौडेल बाकु ...
। स्पेनमा आएको भीषण बाढीपछि अहिले त्यहाँका जनताले प्रशासनविरुद्ध सडकमा उत्रिएका छन् । स्पेनको भ्यालेन्सियामा शनिबार हजारौं स्थानीयहरु सडकमा उत्रिएर क्षेत्रीय प्रमुखविरुद्ध नाराबाजी गर्दै राजीनामाको मागसहित प्रदर्शन गरेका थिए । बीबीसीका अनुसार प्रदर्शनकारीहरूले स्थानीय अधिकारीहरूले बाढीको चेतावनी दिन ढिलो गरेको आरोप लगाएका छन्। प्रदर्शनका क्रममा आक्रोशित स्थानीय र प्रहरीबीच झडप समेत भएको थियो । भ्यालेन्सियाका मेयर मारिया ...
। अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना आलोचक निक्की हेली र माइक पोम्पेओलाई आफ्नो मन्त्रीमण्डलमा समावेश नगर्ने बताएका छन् । नयाँ मन्त्रीमण्डल गठन गर्ने तयारीमा रहेका ट्रम्पले उनीहरूले पहिले गरेको कामका लागि धन्यवाद दिँदै अबको मन्त्रीमण्डलमा भने समावेश नगर्ने बताएका हुन् । साउथ क्यारलाइनाकी पूर्व गर्भनर हेली यस वर्षको सुरुवातमा रिपब्लिकन पार्टीका राष्ट्रपति पदका दावेदारहरूमध्ये ट्रम्पको सबैभन्दा ...
। भारतका विदेशमन्त्री एस जयशंकरले अमेरिकी चुनावको नतिजाबाट भारत ‘नर्भस’ नभएको बताएका छन् । मुम्बईमा आयोजित एक कार्यक्रममा पत्रकारले सोधेका प्रश्नहरूको जवाफ दिने क्रममा उनले अमेरिकी राष्ट्रपतिमा ट्रम्प निर्वाचित भएर भारतलाई फरक नपर्ने आशयको जवाफ दिएका हुन् । बीबीसी हिन्दीका अनुसार अमेरिकाको चुनावी नतिजाबारे जयशंकरलाई ‘अमेरिकी चुनावको नतिजालाई भारत-अमेरिका सम्बन्धको दृष्टिकोणबाट कसरी हेर्नुहुन्छ ?’ भनेर सोधिएको ...
। अरब र मुस्लिम राष्ट्रका नेता सोमबार साउदी अरेबियाको राजधानी रियादमा भेला भएका छन् । यो सम्मेलन गाजा र लेबनानमा इजरायलसँग चलिरहेको युद्धमा केन्द्रित रहने साउदी अरेबियाको सरकारी मिडिया एजेन्सी वाफाले जनाएको छ। वाफालाई उद्धृत गर्दै बीबीसी हिन्दीले लेखेको छ, ‘इजरायली आक्रमण सहित प्यालेस्टाइन र लेबनानी क्षेत्रमा बढ्दो हिंसाले अरब र इस्लामिक नेताहरूलाई तत्काल कदम चाल्न ...
। विश्व व्यापार संगठन (डब्लूटीओ) को महानिर्देशकमा हाल नेतृत्वमा रहेकी एनगोजी ओकोन्जो इवेला नै दोहोरिने भएकी छन् । विश्व व्यापारको सर्वोच्च संस्थाको आगामी नेतृत्व छनोटका लागि आवेदन माग गरिएकोमा निर्धारित अवधि ८ नोभेम्बरसम्म ओकोन्जो इवेलाको मात्रै आवेदन परेको डब्लूटीओको जनरल काउन्सिलका अध्यक्ष तथा नर्वेका राजदूत पिटर ओल्बर्गले जानकारी गराएका छन् । महानिर्देशक नियुक्तिको आगामी प्रक्रियाबारे जानकारी दिँदै ...
। इजरायलले लेबनानमा गरेको आक्रमणमा सात बालबालिकासहित २३ जनाको मृत्यु भएको छ । राजधानी बेरुतको उत्तरी क्षेत्र बायब्लोस नजिकको अलमत भन्ने स्थानमा इजरायलले आक्रमण गर्दा २३ जनाको मृत्यु भएको लेबनानको स्वास्थ्य मन्त्रालयले जनाएको छ । इजरायलको रक्षा बलले भने हिजबुल्लाह बसेको स्थानमा आक्रमण गरेको दाबी गरेको छ । सर्वसाधारण नागरिकलाई क्षति नपुगोस् भनेर पर्याप्त ध्यान दिइएको ...
First Prev ... 35 36 37 38 39 40 41 42 43 44 45 ... Next Last