मुख्य समाचार
विश्व
— श्रीलंकाका राष्ट्रपति अनुरा कुमारा दिसानायकेले शिक्षाविद् हरिनी अमरासुरियालाई देशको प्रधानमन्त्रीमा पुनः नियुक्त गरेका छन् । दिसानायकेको नेशनल पिपुल्स पावर (एनपीपी) पार्टी गत साता भएको संसदीय चुनावमा विजयी भएको थियो । उनले २१ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन् । नवगठित मन्त्रीपरिसद्का सदस्यहरूले सोमबार राष्ट्रपति दिसानायकेसमक्ष शपथ लिएका छन् । दिसानायकले गत सेप्टेम्बर २१ ...
। अमेरिकाले युक्रेनलाई रुसी सीमाभित्र लामो दूरीका क्षेप्यास्त्र प्रयोग गर्न अनुमति दिएको छ । अमेरिकाको यो निर्णयप्रति युक्रेनी राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीले आभार प्रकट गरेका छन् । अमेरिकी निर्णयप्रति आभार प्रकट गर्न जेलेन्स्कीले जारी गरेको एक विज्ञप्तिमा भनिएको छ,’हामीलाई हवाई रक्षा प्रणालीमा सहयोग गर्ने हाम्रा साझेदारहरूप्रति म आभारी छु।’ उनले साझेदारहरूबाट अझै आवश्यक सुविधा नपाएको तर लक्ष्य प्राप्तिको ...
। भारतीय विदेशमन्त्री एस जयशंकरले चिनियाँ समकक्षी वाङ यीसँग भेटवार्ता गरेका छन् । ब्राजिलमा भइरहेको जी–२० शिखर सम्मेलनका क्रममा दुई विदेशमन्त्रीबीच भेटवार्ता भएको बीबीसीले जनाएको छ । वाङ यीलाई भेटेपछि एस जयशंकरले विश्वव्यापी अवस्थाका बारेमा पनि छलफल भएको सामाजिक सञ्जालमार्फत बताएका छन् । चीनको आधिकारिक पत्रिका ग्लोबल टाइम्सलाई उद्धृत गर्दै बीबीसीमा उल्लेख भएअनुसार उनीहरूले दुई देशबीचको सिधा ...
। साउदी अरेबियाले तीन दशकयताकै सबैभन्दा उच्च संख्यामा मृत्युदण्डको सजाय दिएको छ । गत सेप्टेम्बरमा साउदीले तीन दशकयताकै उच्च संख्यामा मृत्युदण्ड दिएको थियो । साउदीमा सन् १९९५ मा १९२ जनालाई मृत्युदण्ड दिइएको थियो । यो वर्ष उक्त संख्या २५० भन्दा माथि पुगिसकेको छ । एएफपीका अनुसार हालसम्म २७४ जनालाई मृत्युदण्ड दिइएको छ । साउदीमा यो वर्ष एक ...
। भुटानको सरकारले १० कराेड अमेरिकी डलर (करिब १३ अर्ब ५० कराेड रुपैयाँबराबर) को बिटक्वाइन बेचेको छ । भुटानको सरकारी कम्पनी ड्रुक होल्डिङ एन्ड इन्भेष्टमेन्टले हालै दुईपटक गरेर यति मूल्यका बिटक्वाइन विक्री गरेको ब्लकचेन एनालिटिक्स फर्म अर्खाम इन्टेलिजेन्सलाई उद्धृत गर्दै याहु फाइनान्सले उल्लेख गरेको छ । भुटानको शाही सरकारले प्रमुख क्रिप्टोकरेन्सी एक्सचेन्ज ‘बिनान्स’ मार्फत् प्रतिबिटक्वाइन ९० ...
। पूर्वप्रधानमन्त्री शेख हसिनाले बङ्गलादेश छाडेपछि उत्पन्न भइरहेका घटनाक्रमहरूलाई भारतीय दृष्टिकोणले राम्रो मानिएको छैन । गत बुधबार पाकिस्तानी कार्गो पानीजहाज कराँचीबाट जलमार्ग हुँदै बंगलादेशको दक्षिणपूर्वी तटमा रहेको चटगाउँ बन्दरगाहमा पुगेको थियो। सन् १९७१ मा बंगलादेश पाकिस्तानबाट स्वतन्त्र भएपछि दुई देशबीच भएको यो पहिलो सामुद्रिक सम्पर्क हो। यसअघि दुई देशबीचको सामुद्रिक व्यापार सिंगापुर वा कोलम्बो भएर हुने गरेको ...
। पाकिस्तानमा बढ्दो प्रदूषणका कारण अवस्था गम्भीर बन्दै गएको छ । हालै पाकिस्तानको दोस्रो ठूलो सहर लाहोरमा प्रदूषणका कारण धुवाँको बाक्लो सतह बनेको थियो जसलाई अन्तरिक्षबाट पनि प्रत्यक्ष रूपमा देखिएको बीबीसीले उल्लेख गरेको छ । त्यस क्षेत्रमा केही स्थानमा वायुको गुणस्तर निकै खराब भइसकेको र केही क्षेत्रमा एअर क्‍वालिटी इन्डेक्स (एक्यूआई) २००० भन्दा माथि पुगिसकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यहरूले ...
। चिनियाँ राष्ट्रपति सी जिनपिङ र जो बाइडेनले शनिबार पेरुमा भएको वार्षिक एसिया-प्रशान्त आर्थिक सहयोग (एपेक) शिखर सम्मेलनमा एक अर्कासँग भेटवार्ता गरेका छन् । वर्तमान अमेरिकी राष्ट्रपति जो बाइडेनसँगको पछिल्लो भेटमा सीले नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग मिलेर काम गर्ने कुरा उल्लेख गरेको बीबीसी हिन्दीले जनाएको छ । भेटमा सी जिनपिङले बाइडेनको कार्यकालमा अमेरिका र चीनबीचको सम्बन्धमा ...
। लेबनानको राजधानी बेरुतमा इजरायलले गरेको आक्रमणबाट हिजबुल्लाहका मिडिया प्रमुखसहित तीन जना मारिएका छन् । बेरुतस्थित सिरियाको बाथ पार्टीको कार्यालयमा निशाना बनाएर इजरायलले गरेको हवाई हमलाबाट हिजबुल्लाहका मिडिया प्रमुख मोहम्मद अफिमसहितका तीन जना मारिएका स्थानीय टिभी च्यानल अल जदिदले जनाएको छ । इजरायली लडाकु विमानले रस अल नबा क्षेत्रर सोडेको स्क्वायर कमर्सियल सेन्टरको बीचमा पर्ने कार्यालयमा आक्रमण ...
। अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले सीमा सुरक्षामा राष्ट्रिय आपतकाल घोषणा गर्ने र कागजातविहीन आप्रवासीलाई सामूहिक देश निकाला गर्न अमेरिकी सेना प्रयोग गर्ने घोषणा गरेका छन् । राष्ट्रपति जो बाइडनको प्रशासनकालमा गैरकानुनी रूपमा आप्रवासीको संख्या बढेपछि ट्रम्पले कागजातविहीन लाखौं आप्रवासीलाई देश निकाला गर्ने र मेक्सिको जोडिएको सिमानालाई व्यवस्थित बनाउने बताएका छन् । ट्रम्पले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ...
। इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनीले आफ्ना छोरा मोज्ताबा खामेनीलाई आफ्नो उत्तराधिकारी बनाएका छन् । ५५ वर्षीय खामेनीले शारीरिक अस्वस्थताका कारण यो निर्णय लिएको केही अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले लेखेका छन् । यद्यपि यसको आधिकारिक पुष्टि भने भइसकेको छैन । विभिन्न रिपोर्टका अनुसार इरानको एक्सपर्ट एसेम्बलीले सेप्टेम्बर २६ मा नै नयाँ सर्वोच्च नेता चयन गरेको थियो। खामेनी आफैंले ...
। युक्रेनका राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले रुससँगको युद्ध कूटनीतिक माध्यमबाट अन्त्य गर्न चाहेको बताएका छन् । युक्रेनको रेडियो आउटलेट सस्पिल्नेसँगको कुराकानीमा जेलेन्स्कीले यो युद्ध अर्को वर्ष अन्त्य होस् भनेर सक्दो प्रयास गर्नुपर्ने बताएका छन् । ‘हामीले कूटनीतिक माध्यमबाट युद्ध अन्त्य गर्नुपर्छ, यो धेरै महत्वपूर्ण छ,’ उनले भनेका छन् । अमेरिकाको राष्ट्रपति पद डोनाल्ड ट्रम्पले सम्हालेपछि रुस–युक्रेन युद्ध समाप्त ...
— आणविक शक्ति सम्पन्न राष्ट्र भारतले पहिलोपटक हाइपरसोनिक क्षेप्यास्त्र परीक्षण गरेको छ । प्रतिद्वन्द्वी चीनले आफ्नो नवीनतम सैन्य उड्डयन शक्ति प्रदर्शन गरेको केही दिनपछि भारतले उच्च प्रविधियुक्त शक्तिशाली हतियार परीक्षण गरेको हो । नयाँ प्रविधिमा आधारित हाइपरसोनिक्स क्षेप्यास्त्र जमिनदेखि कम दूरीमा उड्ने भएकाले बलिस्टिक क्षेप्यास्त्रको तुलनामा प्रहार गरेको पत्ता लगाउन कठिन हुन्छ । त्यसका साथै, ...
। बंगलादेशले भारतबाट बिजुली आयात गरेबापत १ अर्ब अमेरिकी डलरभन्दा बढी (करिब १ खर्ब ३५ अर्ब रुपैयाँ) बक्यौता तिर्न बाँकी छ । बंगलादेशले अमेरिकी डलर अभाव कारण देखाउँदै भारतीय कम्पनीहरूलाई बिजुली बिल बक्यौता भुक्तानी गर्न नसकेको रोयटर्सले जनाएको छ । बंगलादेशले भारतीय कम्पनीहरूलाई तिर्नुपर्ने कुल बक्यौतामध्ये ८० करोड डलर निजी कम्पनी अडानी पावरको मात्रै रहेको छ । ...
। करिब दुई वर्षपछिको पहिलो फोन वार्तामा जर्मन चान्सलर ओलाफ स्कोल्जले शुक्रबार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई युक्रेनसँग शान्ति वार्तामा संलग्न हुन आग्रह गरेका छन् । ‘स्कोल्जले युक्रेनविरुद्धको रुसको आक्रमणको निन्दा गर्नुभयो र राष्ट्रपति पुटिनलाई यसलाई अन्त्य गर्न तथा सेना फिर्ता लिन आह्वान गर्नुभयो’, चान्सलरका प्रवक्ता स्टेफेन हेबेस्ट्रिटले विज्ञप्तिमा भनेका छन्, ‘जर्मन नेताले “न्यायपूर्ण र स्थायी शान्ति ...
। भारतको नयाँदिल्लीमा वायु प्रदूषण अत्यधिक भएपछि प्राथमिक तहका विद्यार्थीहरुलाई अनलाइन माध्यमबाट पढाउन सुरु गरिएको छ । मुख्यमन्त्री आतिशी मार्लेनाले अनलाइन कक्षा सुरु गरिएको हो । उनले सोसल मिडिया एक्समार्फत् अर्को सूचना जारी नभएसम्मका लागि अनलाइन कक्षा जारी रहने बताएकी छन् । ,दिल्लीमा वायु प्रदूषण बढेर अत्यन्त खराब स्तरमा पुगेको छ । केन्द्रीय प्रदूषण नियन्त्रण बोर्डका अनुसार ...
First Prev ... 34 35 36 37 38 39 40 41 42 43 44 ... Next Last