मुख्य समाचार
विश्व
— संयुक्त अरब इमिरेट्स (यूएई)का गन्तव्यहरूमा उडान क्रमशः सहज बन्दै गए पनि साउदी अरब, कतार र कुवेतका नियमित उडान अझै पूर्णरूपमा सञ्चालनमा आउन सकेका छैनन् । संयुक्त राज्य अमेरिका र इजरायलले इरानमा गरेको सैन्य हमलापछि खाडी क्षेत्रतर्फका केही उडान प्रभावित भएका थिए । अत्यधिक श्रमिक आवागमन हुने खाडी मुलुकतर्फ पछिल्ला आठ दिनमा ५ हजार ६८० यात्रु ...
— इरानले कच्चा तेलको मूल्य प्रतिब्यारेल २ सय डलर पुग्न सक्ने भन्दै विश्वलाई तयार रहन भनेको छ । नाकाबन्दी गरिएको खाडी क्षेत्रमा थप तीन वटा जहाजहरूमाथि आक्रमण भएपछि इरानले यस्तो बताएको हो । एक ब्यारेलमा करिब १५९ लिटर तेल समावेश हुन्छ । इरानले नै हर्मुज आसपासको समुद्री माइन (पानीमुनि बम) बिछ्याउन सुरु गरेको आरोप अमेरिकाले लगाएको ...
अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीले बजारमा तेलको आपूर्ति बढाउन र मूल्यवृद्धिलाई रोक्नका लागि आफ्नो रणनीतिक तेल भण्डारबाट ४० करोड ब्यारेल तेल निष्कासन गर्ने निर्णय स्वीकृत
— कतारको हवाई क्षेत्र अस्थायी रूपमा बन्द भएपछि नियमित उडान सेवा प्रभावित भएको अवस्थामा कतार एयरवेजले दोहा आवतजावतका लागि सीमित उडान सञ्चालन गर्ने घोषणा गरेको छ। एयरलाइन्सका अनुसार हाल नियमित व्यावसायिक उडानहरू अस्थायी रूपमा स्थगित गरिएको छ। तर कतार सिभिल एभिएसन अथोरिटीबाट सीमित उडान मार्ग प्रयोग गर्न अस्थायी अनुमति प्राप्त भएपछि प्रभावित यात्रुहरूलाई सहयोग गर्न उडानहरू ...
— इराकको दक्षिणी समुद्री क्षेत्रमा रहेको अल–फाउ बन्दरगाह नजिक दुई विदेशी तेल ट्यांकरमाथि आक्रमण भएको छ। सार्वजनिक फुटेजमा दक्षिणी इराकको उम्म कास्र बन्दरगाहबाट प्रस्थान गरेलगत्तै ती ट्यांकरहरूमा आक्रमण भएपछि ठूलो आगलागी भएको देखिएको छ। ती ट्यांकरहरू बसरा प्रान्तबाट कच्चा तेल बोकेर निस्किएका थिए। इराकी अधिकारीहरूका अनुसार दुवै जहाज अल–फाउ बन्दरगाह नजिकै इराकको समुद्री क्षेत्रमा रहँदा विस्फोटक पदार्थले ...
: अमेरिका र इजरायलले इरानमाथि गरेको आक्रमणको जवाफमा इरानले खाडी मुलुकमा रहेका अमेरिकी सेनाको बेस क्याम्पमा इरानले जवाफी आक्रमण गर्दा भएको द्वन्द्वका कारण हाल विश्वका धेरै क्षेत्रहरूमा प्रभाव पारेको छ । यसको प्रभावबाट खेलकुद जगत पनि अछुतो रहन सकेन । जसको बाछिटा नेपाली खेलकुदमा पनि परेको छ । नेपाल, ओमान र यूएई सम्मिलित आइसीसी विश्वकप लिग ...
: अमेरिकी केन्द्रीय कमाण्डले अमेरिकाले गरेको आक्रमणपछि विष्फोट भएका इरानी नौसैनिक जहाजहरूको भिडियो सार्वजनिक गरेको छ । कमाण्डका अनुसार मंगलबार होर्मुज जलडमरु नजिक रहेका १६ वटा इरानी ‘माइन–लेयर’ जहाजलाई लक्ष्य बनाउँदै आक्रमण गरिएको थियो र ती सबै नष्ट गरिएको दाबी गरिएको छ । पेन्टागनमा सोमबार आयोजित पत्रकार सम्मेलनमा अमेरिकी संयुक्त चीफ्स अफ स्टाफका अध्यक्ष जनरल ...
: इरान विरुद्धको सैन्य अभियान सुरु भएदेखि हालसम्म करिब १४० अमेरिकी सैनिकहरू घाइते भएको अमेरिकाको रक्षा मन्त्रालय ‘पेन्टागन’ले जानकारी दिएको छ । पेन्टागनका प्रवक्ता सीन पारनेलका अनुसार घाइतेमध्ये आठ जनाको अवस्था गम्भीर छ। 'अपरेशन एपिक फ्युरी' सुरु भएको १० दिनको निरन्तर आक्रमणमा १४० अमेरिकी सैनिक घाइते भएका छन्। धेरैजसो सैनिकहरू सामान्य घाइते भएका छन् र ...
: अमेरिका र इजरायलले इरानमाथि सुरु गरेको युद्ध १२औं दिनमा प्रवेश गरेको छ । तेहरानका अनुसार देशभर करिब १० हजार नागरिकस्थलमा बमबारी भएको छ । जसमा १,३०० बढी सर्वसाधारण मारिएका छन् । मंगलबार राति तेहरानको मेहराबाद विमानस्थलसहित विभिन्न स्थानमा बम आक्रमण गरिएको थियो । त्यसको जवाफमा इरानले इजरायल तथा खाडी क्षेत्रमा रहेका अमेरिकी सैन्य सम्पत्तिमाथि आक्रमण ...
रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले इरानका राष्ट्रपति मसुद पेजेस्कियानसँग टेलिफोन वार्ता
: उत्तर कोरियाले इरानले मोज्ताबा खामेनीलाई सर्वोच्च नेता चयन गरेको निर्णयलाई ‘सम्मान’ गर्ने बताएको छ । उत्तर कोरियाले अमेरिका तथा इजरायलले इरानमाथि गरेको आक्रमणलाई ‘अवैध’ भन्दै आलोचना समेत गरेको छ । राज्य सञ्चालित समाचार संस्था केसीएनएका अनुसार बुधबार उत्तर कोरियाको विदेश मन्त्रालयका एक प्रवक्ताले इरानले नयाँ सर्वोच्च नेता चयन गरेको निर्णयप्रति सम्मान व्यक्त गरेका हुन् । ...
: भारतको सर्वोच्च अदालतले बुधबार ऐतिहासिक फैसला गर्दै पहिलो पटक निष्क्रिय इच्छा मृत्युलाई अनुमति दिएको छ। समाचार एजेन्सी पीटीआईका अनुसार अदालतले १२ वर्षदेखि कोमामा रहेका ३२ वर्षीय हरीश राणालाई यस्तो अनुमति दिएको हो। उनी गाजियावाद निवासी हुन्। हाल लाइफ सर्पोट सिस्टममा मात्रै जीवित छन्। न्यायाधीशहरू जेबी पार्डीवाला र केभी विश्वनाथको संयुक्त इजलासले यस भावनात्मक र ...
: अमेरिकी रक्षा मन्त्री पीट हेगसेथले आज इरानमाथि अत्यन्त शक्तिशाली आक्रमण हुने दाबी गरेका छन्। उनले इरानका नयाँ सर्वोच्च नेतालाई पनि चेतावनी दिएका छन्। पेन्टागनमा पत्रकारहरूसँग कुरा गर्दै मन्त्री हेगसेथले भने, 'आज इरानमा अत्यन्त शक्तिशाली आक्रमण हुनेछ। सबैभन्दा धेरै लडाकु विमान, सबैभन्दा धेरै बमवर्षक विमान र सबैभन्दा बढी आक्रमण हुनेछन्।' हेगसेथका अनुसार इरानी सरकारले तीव्र गतिमा परमाणु ...
। मध्यपूर्व क्षेत्रमा बढ्दो युद्ध र तनावका कारण त्यहाँ कार्यरत आप्रवासी श्रमिकहरूको सुरक्षा जोखिम बढेको भन्दै अन्तर्राष्ट्रिय श्रम अधिकारसम्बन्धी संस्थाहरूले चिन्ता व्यक्त गरेका छन्। खाडीमा आप्रवासीका लागि श्रम न्यायको गठबन्धन, दासत्व विरोधी अन्तर्राष्ट्रिय, भवन र काठ कामदार अन्तर्राष्ट्रिय, इक्विडेम, ग्लोबल श्रम न्याय, अन्तर्राष्ट्रिय घरेलु कामदार महासंघ, आईटीयूसी अफ्रिका, श्रमिक सञ्जालले संयुक्त रूपमा ऐक्यवद्धता जारी गर्दै इजरायल–अमेरिका ...
: संयुक्त राज्य अमेरिका र इजरायलले इरानका विभिन्न शहरहरूमा गरेका सैन्य हमलाहरूमा परी हालसम्म १,३०० भन्दा बढी सर्वसाधारणको मृत्यु भएको छ। संयुक्त राष्ट्र संघका लागि इरानी राजदूत अमिर सइद इरावानीले अमेरिका र इजरायलले जानाजानी नागरिक बस्ती र पूर्वाधारलाई निशाना बनाएको गम्भीर आरोप लगाएका छन् । संयुक्त राष्ट्र संघको एक ब्रिफिङमा बोल्दै राजदूत इरावानीले जारी द्वन्द्वका कारण ...
: मध्यपूर्वको आकाश यतिबेला बारुदको धुवाँले ढाकिएको छ। संयुक्त राज्य अमेरिका र इजरायलले इरानमाथि सुरु गरेको 'संयुक्त सैन्य कारबाही'ले विश्वविश्व मानचित्रमै ठूलो हलचल ल्याएको छ। पछिल्लो एक सातादेखि जारी यो भीषण युद्धले केवल दुई देशलाई मात्र होइन,सम्पूर्ण विश्वको अर्थतन्त्र,शान्ति र पर्यावरणलाई नै चुनौती दिएको छ। इरानको सत्ताको केन्द्र मानिने तेहरानका महत्वपूर्ण संरचनाहरू ध्वस्त भएका छन् ...
First Prev ... 33 34 35 36 37 38 39 40 41 42 43 ... Next Last
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम