मुख्य समाचार
विश्व
। युक्रेनले राजधानी किएभमा घातक रुसी आक्रमणको एक दिनपछि शनिबार मस्को नजिकैको क्षेत्रमा रहेको रुसी तेल प्रशोधन केन्द्रमा आक्रमण गरेको बताएको छ। युक्रेनी सेनाले विज्ञप्ति जारी गर्दै भनेको छ, ‘युक्रेनले शत्रुको मिसाइल र बम प्रहार गर्ने क्षमतालाई कम गर्ने प्रयासस्वरूप मस्को नजिकैको रियाजान क्षेत्रमा रहेको तेल प्रशोधन केन्द्रमा आक्रमण गरेको छ।’ युक्रेनले सन् २०२२ देखि क्रेमलिनको आक्रमणमा ...
— अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बीबीसीविरुद्ध कानुनी प्रकियामा जाने बताएका छन् । शुक्रबार बेलुका पत्रकारसँगको कुराकानीमा उनले अर्को साता बीबीसीविरूद्ध एक अर्बदेखि पाँच अर्ब डलरसम्मको मुद्दा दायर गर्ने बताएका हुन् । प्यानोराको डकुमेन्ट्रीमा छलछामपूर्वक भिडियो सम्पादन गरेको भन्दै बीबीसीविरुद्ध कानुनी प्रक्रियामा जान लागेको ट्रम्पको भनाइ छ । यद्यपि बीबीसीले माफी मागिसकेको छ । के हो विवाद ...
— फरिदाबादबाट चिकित्सकको घरबाट बरामद गरिएको अमोनियम नाइट्रेड शुक्रबार मध्यराति श्रीनगरको नौगाम प्रहरी चौकीमा विष्फोट भएको छ । विष्फोटमा चौकीको एकातर्फको पूरै क्षेत्र ध्वस्त भएको छ । साथै पार्किङमा राखिएका गाडीहरु पनि जलेका छन् । भारतीय सञ्चारमाध्यमहरुका अनुसार विष्फोटमा एक प्रहरी इन्स्पेक्टरसहित १० जनाको मृत्यु भएको छ । विष्फोट हुँदा चौकीमा डीएसपी र्‍यांकका एक अधिकारी र ...
— बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनाले गत वर्षको प्रदर्शनमा मानवताविरोधी कुनै काम नगरेको दाबी गरेकी छिन् । बीबीसीसँगको अन्तर्वार्तामा उनले यस्तो दाबी गरेकी हुन् । हसिनाविरुद्धको मानवताविरोधी मुद्दामा बंगलादेशको अन्तर्राष्ट्रिय अपराध ट्राइबुनल–१ (आईसीटी–१) ले सोमबार फैसला सुनाउँदै छ । भारतमा रहेकी हसिनाले आफुमाथि लागेका मुद्दामा कुनै पनि बयान दिएकी छैनन् । उनले आफ्नो उपस्थिति बिना नै भएको ...
— बेलायती सञ्चारसंस्था बीबीसीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भाषणको खराब काँटछाँटका लागि माफी मागेको छ । ६ जनवरी २०२१ को उनको भाषणका टुक्राहरु जोडेर बीबीसीले पानारोमा शृंखलाको डकुमेन्ट्रीमा समावेश गरेको थियो । बीबीसीले यस कार्यक्रमलाई फेरि नदेखाउने निर्णय पनि गरेको छ । बीबीसीले गल्ती स्विकार्दै भनेको छ, ‘यो गल्तीले ट्रम्पले सीधा हिंसात्मक प्रदर्शनका लागि आग्रह ...
: पेरुमा ६० जना यात्रु बोकेको बस खोंचमा खस्दा कम्तीमा ३७ जनाको मृत्यु भएको छ भने दर्जनौं घाइते भएका छन्। पेरुलाई चिलीसँग जोड्ने पान-अमेरिकन राजमार्गमा बस दुर्घटना भएको हो। स्थानीय सञ्चारमाध्यमका अनुसार बस मोडमा पिकअप ट्रकसँग ठोक्किएको थियो र त्यसपछि ओकोना नदीतिरको खाल्डोमा खसेको थियो। रिपोर्टका अनुसार दुर्घटनामा दुवै चालक बाँच्न सफल भएका छन्। बस क्षतिग्रस्त ...
: बंगलादेशको अन्तरिम सरकारले अर्को संसदीय चुनावको दिन जनमत संग्रह गर्ने निर्णय गरेको छ। प्रमुख सल्लाहकार प्रोफेसर मोहम्मद युनुसले बिहीबार राष्ट्रका नाममा सम्बोधन गर्दै यो कुरा बताएका हुन्। गत वर्ष विद्यार्थी नेतृत्वको आन्दोलनपछि तयार पारिएको जुलाई बडापत्र कार्यान्वयन गर्न जनमत संग्रह हुनेछ। अन्तरिम सरकारका प्रमुख मोहम्मद युनुसले फेब्रुअरीमा संसदीय चुनाव हुने र सोही दिन जनमत संग्रह हुने ...
: टर्कीको सैन्य कार्गो विमान जर्जियामा दुर्घटनाग्रस्त हुँदा २० जनाको मृत्यु भएको छ । टर्कीका रक्षामन्त्रीले विमानमा सवार सबैको मृत्यु भएको बुधबार घोषणा गरे । अजरबैजानको गान्जाबाट टर्की जाँदै गरेको सी–१३० बिमान मंगलबार अजरबैजानको सीमानजिकै जर्जियाको सिघनाघीमा दुर्घटनाग्रस्त भएको हो । विमान दुर्घटनाको कारणको हाल अनुसन्धान भइरहेको छ । टर्कीको अनुसन्धान टोली दुर्घटनास्थलमा पुगेर जर्जियाली अधिकारीहरूसँग समन्वय गरी विमानको भग्नावशेषको ...
: अमेरिकाले भारत, इरान, चीन, हङकङ, संयुक्त अरब इमिरेट्स (युएई), टर्की र अन्य क्षेत्रका ३२ संस्था र व्यक्तिमाथि प्रतिबन्ध लगाएको छ। अमेरिकाले यी सबैले इरानको ब्यालिस्टिक मिसाइल र ड्रोन उत्पादनसँग जोडिएका आपूर्ति नेटवर्क चलाउने गरेको भनेको छ। केहीले इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी)का लागि पनि काम गर्ने गरेको अमेरिकाले आरोप लगाएको छ। आईआरजीसी धार्मिक, राजनीतिक र आर्थिक ...
: अमेरिकी नौसेनाको स्ट्राइक फोर्स विश्वको सबैभन्दा ठूलो युद्धपोत यूएसएस जेराल्ड आर फोर्डको नेतृत्वमा क्यारिबियन सागरमा तैनाथ गरिएको छ। यो तैनाथ गत महिना राष्ट्रपति डोनाल्ड ट्रम्पको आदेशमा गरिएको हो। अमेरिकाले क्यारिबियन सागरमा लागूऔषध बोकेका डुङ्गामा आक्रमण गरिरहेको र भेनेजुएलासँग तनाव बढिरहेको समयमा युद्धपोत तैनाथ गरिएको छ। अमेरिकाले हालसम्म क्यारिबियन र पूर्वी प्रशान्त क्षेत्रमा कम्तीमा १९ वटा ...
अष्ट्रेलियाका वैज्ञानिकले टाउकोमा सिङ भएको मौरीको नयाँ प्रजाति पत्ता लगाएका छन्। यो मौरीले आफ्नो अनौठो डिजाइनका कारण धेरै ध्यान खिचेको छ। नेटफ्लिक्स कार्यक्रमबाट प्रेरित भएर वैज्ञानिकहरूले मौरीलाई ʻलूसिफरʼनाम दिएका छन्। सोमबार हाइमेनोप्टेरा जर्नलमा प्रकाशित एक अध्ययन अनुसार वैज्ञानिकहरूले २०१९ मा पश्चिमी अस्ट्रेलियाको गोल्डफिल्ड्स जंगलमा लोपोन्मुख जंगली फूलहरूको सर्वेक्षण गरिरहेका थिए। उनीहरूले मेगाचिल ʻलूसिफरʼ नामक मौरी पत्ता ...
— संयुक्त अरब इमिरेट्स (यूएई) ले भदौ २४ गतेदेखि रोकिएको भिजिट भिसाको आवेदन बिहीबारदेखि लिन सुरु गरेको छ । रोजगारी भिसाको विषयमा भने यूएईले अझै निर्णय गरेको छैन । भदौ २४ गतेको हिंसात्मक प्रदर्शनका क्रममा जेलबाट कैदी भागेपछि यूएईले नेपालीका लागि भिजिट र वर्किङ भिसा दिन बन्द गरेको थियो । भिसासम्बन्धी काम गर्ने नमस्ते ट्राभलका ...
— राष्ट्रपति डोनाल्ड ट्रम्पले बजेट विधेयकमा हस्ताक्षर गरेसँगै अमेरिकामा जारी इतिहासकै लामो सटडाउन अन्त्य भएको छ । तल्लो सदन (हाउस) बाट पारित भएको दुई घण्टामै ट्रम्पले यस विधेयकमा हस्ताक्षर गरेका हुन् । अमेरिकामा ४३ दिन सटडाउन थियो । यसले सरकार सबै काम–कारबाही ठप्प छन् । झन्डै १४ लाख संघीय प्रशासनिक कर्मचारीले तलब नपाउँदा सेवा प्रभावित छ । ...
— बंगलादेशको अन्तर्राष्ट्रिय अपराध ट्राइबुनल–१ (आईसीटी–१) ले अपदस्थ प्रधानमन्त्री शेख हसिना र उनका दुई सहयोगीको मुद्दामा १७ नोभेम्बरमा फैसला सुनाउने भएको छ । गत जुलाईमा सुरु भएको आन्दोलनमा दमन गर्ने क्रममा मानवताविरुद्धको अपराध गरेको भन्दै हसिनाविरुद्ध मुद्दा चलाइएको हो । ट्राइबुनलका अध्यक्ष न्यायाधीश मोहम्मद गोलाम मोजुम्दरले १७ नोभेम्बरका लागि फैसला मिति तोकका हुन् । पूर्व गृहमन्त्री असदुजामन ...
— पोर्चुगल सरकारले उच्च दक्षबाहेकका सबै प्रकारका कामदार भिसा जारी नगर्ने निर्णय गरेको छ। लिस्बनस्थित नेपाली दूतावासद्वारा जारी प्रेस विज्ञप्ति नुसार अक्टोबर २३ तारिखदेखि लागू हुने गरी कामदार भिसा (वर्क भिसा) जारी गर्न बन्द गरिएको हो। नेपाल र मध्यपूर्वका मुलुकबाट पोर्चुगलमा रोजगारीका अवसर देखाएर ठगी गर्ने समूह सक्रिय हुन सक्ने भन्दै सावधानी अपनाउन दूतावासले अनुरोध गरेको छ। दूतावासले ...
— डुंगा डुबेर भूमध्यसागरमा ६ दिनसम्म फसेका ७ मानिसहरुको उद्धार भएको छ । यसक्रममा ४२ जनाको मृत्यु भएको अनुमान लगाइएको अन्तर्राष्ट्रिय आप्रवासन संगठन (आईओएम) ले जनाएको छ । बाँचेका मानिसहरुले आईओएमलाई बताएअनुसार ४७ पुरुष र दुई महिला सवार डुंगा ३ नोभेम्बरमा पल्टिएको थियो । लिबियाको तटीय शहर जुवाराबाट हिंडेको ६ घण्टापछि यो जहाज पल्टिएको उनीहरुले ...
First Prev ... 32 33 34 35 36 37 38 39 40 41 42 ... Next Last
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम