मुख्य समाचार
विश्व
— सिरियाको दोस्रो ठूलो सहर अलेप्पोको धेरैजसो भाग विद्रोहीहरूले नियन्त्रणमा लिएका छन् । बेलायतस्थित निगरानी समूह सिरियन अब्जर्बेटरी फर ह्युमन राइट्सका अनुसार गत बुधबारदेखि सुरू भएको आक्रमणमा कम्तीमा २० सर्वसाधारणसहित ३ सय जनाभन्दा धेरै मारिएका छन् । सन् २०१६ मा राष्ट्रपति बसर अल-असदको सेनाबाट पराजित विद्रोहीले गत बुधबार अलेप्पोमा आक्रमण गरेका थिए । यो सिरियाली सरकारविरुद्ध ...
। अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना विश्वासपात्र काश पटेललाई सङ्घीय अनुसन्धान विभाग (एफबीआई) को नयाँ निर्देशक बनाउने बताएका छन् । ट्रम्पले ब्यूरोका गतिविधिको आलोचना गर्दै आएका र तथाकथित सरकारी ‘डिप स्टेट’को बारेमा आलोचक आफ्ना पूर्वसल्लाहकार समेत रहेका पेन्टागनका अधिकारीलाई एफबीआई निर्देशक बनाउन लागेको उनको आफ्नै लगानीको सामाजिक सञ्जाल, ट्रुथ सोशल नेटवर्कमा उल्लेख गरेका छन् । एफबीआईका ...
। गुगलले आफ्नो डेटा सेन्टर सञ्चालन गर्न फिनल्याण्डमा २ करोड ७० लाख यूरोको जग्गा खरिद गरेको छ । सरकारको प्रेस विज्ञप्ति अनुसार गुगलले सन् २०११ देखि फिनल्याण्डमा डेटा सेन्टरहरू सञ्चालन गर्दै आएको छ । फिनल्याण्डमा गुगलले आफ्नो पहिलो डेटा सेन्टर सन् २००९ मा देशको राजधानी हेलसिङ्कीबाट १४५ किलोमिटर पूर्वमा रहेको सहर हमिनामा बनाएको थियो । उक्त डेटा ...
। अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पलाई भेट्न क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडो फ्लोरिडा पुगेका छन् । एक स्रोतलाई उल्लेख गर्दै बीबीसीले दुई नेताको भेटलाई पुष्टि गरेको छ । केही दिनअघि ट्रम्पले क्यानडा, चीन र मेक्सिकोमा भन्सार शुल्क थप बढाउने घोषणा गरेका थिए । उनले सामाजिक सञ्जालमा एक पोस्ट गर्दै क्यान्डाबाट आउने सामानमा २५ प्रतिशत ट्यारिफ लगाउने ...
। डेनमार्कको कार्ल्सबर्ग ग्रुपले साउथ एसिया पीटीई लिमिटेडमा रहेको सीएसएपीएल (सिंगापुर) होल्डिङ पीटीई लिमिटेडको बाँकी ३३.३३ प्रतिशत सेयर खरिद गरेको छ । सीएसएपीएल (सिंगापुर) मा रहेको उक्त सेयर नेपाली व्यवसायी सीपी खेतानको स्वामित्वमा थियो । उनले १ खर्ब रुपैयाँ बराबरमा उक्त सेयर कार्ल्सबर्र्ग ग्रुपलाई बेचेका हुन् । यो नेपालको इतिहासमै कम्पनीको सेयर किनबेच मध्येको एक ठूलो ‘डिल’ ...
विश्वयुद्धमै परिणत हुने हो कि भनेर आशंका गरिएको पश्चिम एसियामा जारी युद्ध अन्ततः अवतरणतर्फ उन्मुख भएको छ । एक वर्षभन्दा लामो समयदेखि युद्धरत इजरायल र लेबनानी लडाकु समूह हेजबुल्लाह युद्धविरामका लागि सहमत भएसँगै त्यस क्षेत्रमा शान्ति पुनःस्थापना हुने सम्भावना बढेको छ । विकसित परिस्थितिले लेबनानवासीलाई सबैभन्दा बढी राहत दिएको छ । साथसाथै, युद्धपीडित प्यालेस्टाइनका नागरिकले पनि शान्तिको सास फेर्न ...
— साउदी अरबमा कार्यस्थलमै ज्यान गुमाएका नेपाली कामदारका परिवारले बल्ल क्षतिपूर्ति पाउन थालेका छन् । साउदीको रियादस्थित नेपाली दूतावास र साउदीको सामाजिक सुरक्षा बिमा (गोसी) बीच समन्वय र सहजीकरण भएपछि क्षतिपूर्ति वितरण हुन थालेको हो । गोसीसमक्ष मृतक श्रमिकका तर्फबाट पूरै कागजात पेस नगरिँदा २००२ देखि परिवारले क्षतिपूर्ति पाएका थिएनन् । रियादस्थित नेपाली दूतावासका अनुसार साउदीमा मृत्यु भएका ...
: पाकिस्तानमा इमरान खानको पार्टी पाकिस्तान तेहरिक–ए–इन्साफ (पीटीआई) ले आफ्नो विरोध प्रदर्शन अन्त्य गरेको छ । पाकिस्तानी वेबसाइट द डनका अनुसार पार्टीले बुधबार बिहान यो घोषणा गरेको हो । पीटीआईले इमरान खानको सल्लाहमा अर्को निर्णय लिने बताएको छ। पीटीआईले एक प्रेस विज्ञप्तिमा निकाल्दै सरकार निहत्था नागरिकहरूलाई निर्ममतापूर्वक मार्न तयार रहेको जनाएको छ। इस्लामाबादलाई वधशाला बन्न नदिन ...
— रुसले यक्रेनका ऊर्जा संरचनामा भीषण आक्रमण गरेको छ । युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले रूसी सेनाले बिहीबार युक्रेनका ऊर्जा केन्द्रहरूमा कैयौं राउण्ड हवाई आक्रमण गरेको बताएका छन् । रूसी सेनाले क्षेप्यास्त्र तथा ड्रोनमार्फत भीषण आक्रमण गरेको र कैयौं स्थानमा विद्युत् आपूर्तिमा व्यापक समस्या आएको जेलेन्स्कीको भनाइ छ । आक्रमणका कारण चिसो मौसममा १० लाखभन्दा बढी ...
: पाकिस्तान सरकारले मंगलबार इस्लामाबादको डी चोकमा जम्मा भएका पीटीआई समर्थकहरू विरुद्ध पुलिस र सुरक्षा बलहरूले व्यापक कारबाही गरेको बताएको छ। प्रहरीका अनुसार इमरान खानको पार्टीसँग सम्बद्ध करिब ५०० प्रदर्शनकारीलाई पक्राउ गरिएको छ । त्यस्तै इमरान खानकी श्रीमती बुशरा बीबी बेपत्ता भएको खबरका बीच उनी खैबर पख्तुनख्वा प्रान्तमा रहेको खुलासा भएको छ । बीबीसीका अनुसार पाकिस्तान तहरीक-ए-इन्साफ ...
: रुसले पहिलो पटक युक्रेनले गरेको अमेरिकी क्षेप्यास्त्र आक्रमणबाट आफ्नो प्रमुख वायु रक्षा प्रणाली ध्वस्त भएको स्वीकार गरेको छ । यसका साथै कुर्स्क क्षेत्रमा रहेको सैन्य आधारमा पनि क्षति पुगेको छ । आक्रमणमा अमेरिकाको प्याट्रियट डिफेन्स सिस्टम जस्तै क्षमता भएको इस-४०० वायु रक्षा प्रणालीलाई लक्षित गरिएको छ। भर्खरै अमेरिकाले युक्रेनलाई एटीएसीएमएस मिसाइलहरू दिएको छ र त्यसलाई ...
— पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानको रिहाइको माग गर्दै सुरु भएको प्रदर्शन चर्किएको छ । खैबर पख्तुनख्वा प्रान्तको राजधानी पेसावरबाट आएका खान समर्थकहरू इस्लामावाद प्रवेश गर्ने क्रममा विभिन्न स्थानमा झडप भएको पाकिस्तानी सञ्चार माध्यमले जनाएका छन् । प्रमुख सरकारी भवनहरू नजिकैको 'डी चोक (डेमोक्रेसी स्क्वायर) पुग्ने क्रममा सशस्त्र सुरक्षाकर्मीले प्रदर्शनकारीमाथि अश्रुग्यास प्रहार गरेका छन् । डी ...
— दक्षिण कोरियाको राजधानी सोलमा भारी हिमपात भएको छ । द कोरिया हेराल्डका अनुसार सोलमा इतिहासकै तेस्रो बाक्लो हिमपात भएको हो । बुधबार र बिहीबार सोलमा बाक्लो हिमपात भएको हो । बिहीबार बिहान ८ बजे सोलमा २८.६ सेन्टिमिटरसम्म हिउँ जमेको समाचारमा जनाइएको छ । सन् १९०७ देखि कोरियामा हिमपातको रेकर्ड राख्न थालिएको हो । सोलमा ...
— करिब १४ महिना लामो युद्धपछि अन्ततः इजरायल र लेबनानको लडाकु समूह हेजबुल्लाह युद्धविरामका लागि सहमत भएका छन् । दुई पक्षबीच बुधबार बिहान ४ बजेदेखि लागू हुने गरी युद्धविराम भएको अमेरिकी राष्ट्रपति जो बाइडेनले घोषणा गरेका हुन् । युद्धविराम भएसँगै इजरायल–लेबनान सीमा क्षेत्र शान्त बनेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । युद्धविराम सम्झौतामा इजरायली सेना ६० दिनभित्र लेबनानबाट फिर्ता ...
— अमेरिका र फ्रान्सद्वारा मध्यस्थ गरिएको सम्झौतामा दुवै पक्ष सहमत भएको भन्दै अमेरिकी राष्ट्रपति जो बाइडेनले बताएपछि इजरायल र इरान-समर्थित समूह हिजबुल्लाहबीचको युद्धविराम बुधबारदेखि लागू भएको छ । यस सम्झौताले इजरायल-लेबनानी सीमामा भएको द्वन्द्वको अन्त्यको मार्ग खोल्छ, जसले गएको वर्ष गाजाका कारण सुरु भएको युद्धबाट हजारौं मानिसहरूको ज्यान लिएको थियो। बाइडेनले मंगलबार ह्वाइटहाउसबाट सम्बोधन गर्दै इजरायली ...
। जेलमा रहेका पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानको पार्टी ‘पाकिस्तान तहरीक–ए–इन्साफ’ (पीटीआई) का कार्यकर्ता र उनका समर्थकहरूले इस्लामाबादतर्फ मार्च सुरु गरेका छन् । बीबीसीका अनुसार पीटीआईका मानिसहरू खैबर पख्तुनख्वाका विभिन्न क्षेत्रबाट इस्लामावाद तर्फ लागिरहेका छन् । इमरान खानको अपीलमा आइतबार प्रदर्शन सुरु भएको थियो। इमरानले यो विरोधलाई ‘फाइनल कल’ नाम दिएका छन् । प्रदर्शन रोक्न प्रहरीले इमरानका ४ ...
First Prev ... 32 33 34 35 36 37 38 39 40 41 42 ... Next Last