पाकिस्तानले अफगानिस्तानमा हवाई हमला गरेको छ । पाकिस्तानले गरेको यस हमलामा १५ जनाभन्दा बढीको ज्यान गएको तालिवानले दाबी गरेको छ । तालिवानको रक्षा मन्त्रालयले पाकिस्तानद्वारा पाक्टिकाको बर्मलमा राति भएको हवाई हमलाप्रति कडा प्रतिक्रिया जनाएको छ ।
अफगानिस्तानको मन्त्रालयले पाकिस्तानलाई यस आक्रमणको उचित जवाफ दिइने बताएको छ। मन्त्रालयले भन्यो, 'पाकिस्तानको हवाई हमलामा वजिरिस्तानका शरणार्थीहरूलाई निशाना बनाइएको छ। ...