मुख्य समाचार
विश्व
— युद्ध सुरू भएयता इरानले हर्मुजको जलघाँटीमा निरन्तर अवरोध गर्दै आएको छ । तर केही जहाजहरुलाई अनुमति लिएर बाहिर निस्कन दिएको छ । जस्तो, पाकिस्तानका २० वटा जहाजलाई हर्मुजमा आवत–जावत गर्न इरान सरकारले भर्खरै अनुमति लिएको छ । सम्झौताअनुसार दैनिक २ वटा पाकिस्तानी जहाज हर्मुज हुँदै निस्कन पाउनेछन् । इरान सरकारले राजश्व तिरेपछि हर्मुजबाट ‘शत्रु देशबाहेक’ ...
— इरानले पाकिस्तानी झन्डा अंकित २० वटा जहाजहरूलाई हर्मुजको जलघाँटीबाट आवतजावत गर्न अनुमति दिएको छ । पाकिस्तानका विदेशमन्त्री इशाक दारले दुई पक्षबीच भएको सम्झौता अनुसार दैनिक दुईवटा जहाजले आवतजावत गर्न पाउने बताए । हर्मुज बन्द भएयता ठूलो ऊर्जा संकट सामना गरिरहेको पाकिस्तानले यसका लागि इरानलाई धन्यवाद् दिएको छ । इशाकदारले इरानको निर्णय स्वागतयोग्य रहेको ...
— अमेरिकामा इरान युद्ध र मुल्यवृद्धिको विरोधमा आयोजना गरिएको प्रदर्शनमा हजारौं जनता सहभागी भएका छन् । सामाजिक अभियान 'नो किङ्ग्स' ले आयोजना गरेको यस विरोध र्‍यालीलाई साथ दिदैं ३ हजार स्थानमा प्रदर्शन भयो । सहभागीहरूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आप्रवासन विरोधी नीतिको कडा विरोध गरेका थिए । लस एन्जलस, न्युयोर्क, वासिङटन डिसीलगायत ठूला शहरसँगै साना ...
— इरानका राष्ट्रपति मसुद पेजेश्कियानले अमेरिका र इजरायलसँगको युद्ध रोक्नका लागि पाकिस्तानले गरेको मध्यस्थताको शनिबार प्रशंसा गरेका छन्। पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफसँगको कुराकानीमा पेजेश्कियानले इस्लामिक गणतन्त्र विरुद्धको आक्रमण रोक्नका लागि मध्यस्थताको प्रयासका लागि पाकिस्तानलाई धन्यवाद दिएका हुन्। साउदी अरब, इजिप्ट र टर्कीका विदेशमन्त्रीहरू मध्यपूर्वको युद्धबारे वार्ताका लागि इस्लामावादमा भेट्ने तयारी गरिरहेका बेला यो फोनवार्ता भएको र मध्यस्थताका ...
कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा धेरै ड्रोन आक्रमण भएको छ। कुवेतको सरकारी समाचार एजेन्सीले देशको नागरिक उड्डयन प्राधिकरणका प्रवक्तालाई उद्धृत गर्दै कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा धेरै ड्रोन आक्रमणहरू भएको बताएको छ। आक्रमणमा राडार प्रणालीमा ठूलो क्षति पुगेको प्राधिकरणले उल्लेख गरेको छ। बीबीसीका अनुसार आक्रमणपछि कुनै हताहत भएको छैन। गत बुधबार पनि विमानस्थलको इन्धन डिपोलाई इरानी ड्रोनले निशाना बनाएको थियो।
। अमेरिकाका प्रमुख सहरदेखि साना गाउँहरूसम्म राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको प्रशासनका नीतिहरूविरुद्ध विशाल प्रदर्शनहरू भइरहेका छन्। किङ्ग्सनो किङ्ग्सकिङ्ग्स अर्थात् किङ्ग्सकुनै राजाहरू छैनन्किङ्ग्स नाम दिइएको यो राष्ट्रव्यापी विरोध प्रदर्शनको तेस्रो संस्करण हो । यसअघि पनि लाखौं मानिसहरूले सडकमा उत्रिएर असन्तुष्टि जनाएका थिए। शनिबार अमेरिकाभर ३,००० भन्दा बढी स्थानमा साना-ठूला र्‍यालीहरू आयोजना गरिएका छन्। प्रदर्शनकारीहरूको मुख्य निशानामा ...
। इन्टरनेट अनुगमनकारी संस्था नेटब्लकस्का अनुसार इरानमा जारी ‘ब्ल्याकआउट’ आज शनिबार ठ्याक्कै एक महिना पुगेको छ । गत फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमाथि सैन्य आक्रमण सुरु गरेदेखि नै त्यहाँको इन्टरनेट सेवा काटिएको हो । पछिल्लो तथ्याङ्क अनुसार इरानी नागरिक ६७२ घण्टाभन्दा बढी समयदेखि विश्वव्यापी सञ्जालबाट पूर्ण रूपमा विमुख भएका छन् । नेटब्लक्सको ग्राफले इरानको इन्टरनेट कनेक्टिभिटी ...
: इरानले अमेरिका र इजरायलले आफ्ना नागरिक संरचना र केन्द्रहरूमा निरन्तर आक्रमण जारी राखेको आरोप लगाएको छ। इजरायलले इरानका दुई ठुला स्टिल कारखाना, एउटा पावर प्लान्ट र नागरिक आणविक क्षेत्र (सिभिलियन न्युक्लियर साइट्स) लगायतका संरचनाहरूमा हमला गरेको इरानी विदेशमन्त्री अब्बास अरागचीले बताएका छन् । अरागचीले सामाजिक सञ्जाल एक्समार्फत भनेका छन्, 'इजरायलले यो हमला अमेरिकाको सहयोगमा ...
: मध्यपूर्वमा जारी युद्धमा नयाँ र गम्भिर मोड आएको छ। इरान समर्थित यमनी विद्रोही समूह हुथीले पहिलो पटक इजरायलमाथि ब्यालिस्टिक मिसाइल प्रहार गरेको आधिकारिक घोषणा गरेको छ। यो आक्रमणसँगै हुथी विद्रोहीहरू अब औपचारिक रूपमा इजरायल र इरानबीचको युद्धमा सामेल भएका छन्। शनिबार बिहान हुथी समूहका सैन्य प्रवक्ता याह्या सारीले एक टेलिभिजन सम्बोधनमार्फत इजरायलको दक्षिणी क्षेत्रमा रहेका ...
। इरानले साउदी अरबको प्रिन्स सुल्तान एयरबेसमा गरेको आक्रमणमा परी १२ अमेरिकी सैनिक घाइते भएका छन् । अमेरिकी मिडियाले एयरबेसमा भएको इरानी हमलामा घाइते भएका अमेरिकी सैनिको संख्या १२ पुगेको जनाएका छन् । यसअघि हमलामा १० सैनिक घाइते भएका बताइएको थियो । बीबीसीको अमेरिकी साझेदार ‘सीबीएस न्युज’ ले घाइतेमध्ये दुई सैनिकको अवस्था गम्भीर रहेको बताएको छ । ‘वाल ...
: नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई अमेरिकाले बधाई दिएको छ। काठमाडौंस्थित अमेरिकी दूतावासले सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री शाह र नयाँ सरकारलाई बधाई दिँदै अमेरिका आपसी समृद्धि तथा क्षेत्रीय स्थिरतालाई अघि बढाउन नेपालसँग सहकार्य गर्न उत्सुक रहेको उल्लेख गरेको छ। 'नेपालका प्रधानमन्त्री बालेन्द्र शाह र नयाँ सरकारलाई हार्दिक बधाई। अमेरिका आपसी समृद्धि तथा क्षेत्रीय स्थिरतालाई अघि बढाउन नेपालसँग ...
: चीनले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई पदभार ग्रहण गरेको अवसरमा बधाई दिएको छ। चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिन जियाङले शुक्रबार आयोजित नियमित पत्रकार सम्मेलनमा बोल्दै प्रधानमन्त्री शाहको नियुक्तिप्रति चीनको तर्फबाट शुभकामना व्यक्त गरेका हुन्। प्रवक्ता लिनका अनुसार चीनले नेपाललाई सधैं परम्परागत मित्र र छिमेकी राष्ट्रका रूपमा लिँदै आएको छ। उनले नेपालले आफ्नो स्वतन्त्रता, सार्वभौमिकता ...
: इरानले गरेको ड्रोन तथा क्षेप्यास्त्र आक्रमणमा परी साउदी अरबमा कार्यरत १२ जना अमेरिकी सैनिक घाइते भएका छन्। अमेरिकी सञ्चारमाध्यमहरूले सार्वजनिक गरेका समाचारहरूमा साउदी अरबको प्रिन्स सुल्तान एयरबेसमा इरानले गरेको आक्रमणमा ती सैनिकहरू घाइते भएका हुन्। । यसअघि उक्त घटनामा १० जना घाइते भएको विवरण सार्वजनिक भए पनि पछिल्लो अपडेटमा घाइतेको सङ्ख्या १२ पुगेको उल्लेख ...
। रुसी प्रधानमन्त्री मिखाइल मिसुस्टिन र कजाकिस्तानका राष्ट्रपति कासिम–जोमार्ट तोकायेभबिच बिहीबार अस्तानामा भेटवार्ता भएको छ । भेटवार्तामा दुई देशबीचको व्यापारिक सम्बन्धले नयाँ उचाइ लिएको बताइएको छ । प्रधानमन्त्री मिसुस्टिनले रुस र कजाकिस्तान बीचको व्यापारिक कारोबार झन्डै ३० अर्ब अमेरिकी डलर पुगेको जानकारी दिएका छन् । ‘हामीले ३० अर्ब डलरको लक्ष्य निकै पछि मात्र पूरा हुने अपेक्षा ...
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर एट्लान्टिक सन्धि संगठन (नेटो) को आलोचना गरेका छन् । सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसलमा पोस्ट गर्दै उनले नेटोको आलोचन गरेका हुन् । उनले ट्रुथ सोसियलमा लेखेका छन् , ‘इरान जस्तो ‘पागल देश’ को मामलामा नेटो देशहरूले हामीलाई सहयोग गरेनन्, जुन अहिले सैन्य रूपमा पूर्ण रूपमा ध्वस्त भइसकेको छ । अमेरिकालाई नेटोबाट केही ...
। इरानले खाडी क्षेत्रमा युद्ध अन्त्य गर्न अमेरिकाले पठाएको प्रस्तावको समीक्षा गरिरहेको जनाएको छ । तर जारी क्षेत्रीय द्वन्द्वलाई कम गर्न वार्ता गर्ने कुनै मनसाय नभएको उसले स्पष्ट पारेको छ । यो कुरा इरानका विदेशमन्त्री अब्बास अरघचीले बताएका हुन् । उनको यो भनाइले, आफ्ना मागहरू पूरा भएमा इरान युद्ध अन्त्यका लागि वार्ता गर्न तयार हुन सक्ने ...
First Prev ... 23 24 25 26 27 28 29 30 31 32 33 ... Next Last
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम