मुख्य समाचार
विश्व
। अमेरिकी जलसेनाका एक सदस्यलाई चीनलाई गोप्य सूचना बेचेको अभियोगमा दोषी ठहर गरिएको छ। बीबीसीका अनुसार, क्यालिफोर्नियामा खटिएका २५ वर्षका जलसेना सदस्य जिनचाओ वेई छवटा आरोपमा दोषी पाइएका हुन्। यी आरोपहरूमा जासुसी, जासुसीको षड्यन्त्र तथा अमेरिकी जलसेनाका जहाजहरू सम्बन्धी गोप्य तथ्याङ्क गैरकानुनी रूपमा साझेदारी गर्ने कार्य लगायत छन् । जिनचाओ वेईलाई एक चिनियाँ एजेन्टले सामाजिक सञ्जालमार्फत आफ्नो जालमा ...
: अमेरिकी उपराष्ट्रपति जेडी भान्सले युक्रेनको सुरक्षा ग्यारेन्टी गर्ने लागतका ठुलो हिस्सा युरोपेली देशहरूले बेहोर्नुपर्ने बताएका छन्। भान्सले राष्ट्रपति डोनाल्ड ट्रम्पले यसका लागि युरोपेली देशहरू अगाडि आउनुपर्ने भनेर पहिले नै स्पष्ट गरिसकेको सम्झाए। बुधबार नेटो सैन्य कमाण्डरले वाशिंगटनमा बैठक गरे। यसमा रुससँग शान्ति सम्झौता भएमा युक्रेनलाई सुरक्षा ग्यारेन्टी प्रदान गर्नेबारे छलफल भएको थियो। वरिष्ठ ...
: इजरायलले गाजा सहरमा कब्जा सुरु गरेको छ। इजरायली सेनाको यो कदमले सहरका प्यालेस्टिनीहरू भागिरहेका छन्। पलायनलाई देखेर संयुक्त राष्ट्र संघले यो अभियानले मृत्यु र विनाश निम्त्याउने निश्चित भएकाले यसलाई रोक्न अत्यन्त महत्त्वपूर्ण रहेको बताएको छ। गाजाका अधिकारीका अनुसार दश लाखभन्दा बढी मानिस बसोबास गर्ने यो क्षेत्रले केही दिनदेखि भारी बमबारी सामना गरिरहेको छ। इजरायली सेनाका अनुसार ...
। संयुक्त राष्ट्रसंघका लागि अमेरिकाकी पूर्वराजदूत निक्की हेलीले भारत–अमेरिका सम्बन्ध एक नाजुक मोडमा पुगेको बताएकी छन् । यदि चीनको ‘वैश्विक महत्वाकांक्षा’लाई नियन्त्रण गर्न चाहने हो भने अमेरिकाले भारतसँगको सम्बन्ध सकेसम्म चाँडो सुधार गर्नुपर्ने उनको धारणा छ । बुधबार न्यूजवीकमा प्रकाशित एउटा लेखमा हेलीले डोनाल्ड ट्रम्प प्रशासनलाई रूसी तेल र ट्यारिफ विवादका कारण अमेरिका– भारतबीच दरार बढ्न ...
: भारत र चीनबीच १२ बुँदे सहमति भएको छ। चिनियाँ विदेशमन्त्री वाङ यीको भारत भ्रमणका क्रममा दुई देशबीच उक्त सहमति भएको हो। विवादित सीमा क्षेत्रमा पनि शान्ति र स्थिरता कायम राख्न दुई देशबीच सहमत भएका छन्। त्यसअघि दुई देशका प्रतिनिधिहरूबीच सीमा विवादका विषयमा २४औं चरणको संवाद भएको थियो। उक्त संवादलाई निरन्तरता दिने सहमति पनि भएको भारतको ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस–युक्रेन युद्ध अन्त्य गर्न मध्यस्थता गर्ने प्रयास गरिरहेका छन्। ट्रम्पले आफ्नो दोस्रो कार्यकालको सुरुवातदेखि नै शान्ति वार्तामा रुचि देखाउँदै आएका छन्। सोमबार ट्रम्पले ह्वाइट हाउसमा दाबी गरे,ʻमैले ६ वटा युद्ध समाप्त गरेको छु। मैले युद्धविराम शब्द उल्लेख नगरी यी सबै सम्झौताहरू गरेको छु।ʼ भोलिपल्ट उनले दिएको संख्या बढेर ʻसात युद्धʼ पुग्यो। ट्रम्प प्रशासनले उनलाई ...
: भारतीय विदेशमन्त्री डा. एस जयशंकर र चिनियाँ विदेशमन्त्री वाङ यीबीच सोमबार भएको वार्ताले भारत-चीन सम्बन्धलाई सकारात्मक गतितर्फ अघि बढाउने संकेत देखाएको छ। यस वर्ष भारत-चीन कूटनीतिक सम्बन्ध स्थापनाको ७५औं वार्षिकोत्सव मनाइँदै गर्दा दुवै देशले द्विपक्षीय सम्बन्धको गति कायम राख्ने सहमति जनाएका छन्। सिन्ह्वाका अनुसार वाङ यी र जयशंकरबीचको वार्तामा परिवर्तनशील विश्व परिस्थिति, स्वतन्त्र व्यापारका चुनौती, ...
: बेलायतका सेना प्रमुख अमेरिका भ्रमणमा जाँदैछन्। युक्रेनका लागि 'सुरक्षा ग्यारेन्टी'हरूबारे विस्तृत वार्तामा सहभागी हुन् उनी अमेरिका जान लागेका हुन्। प्रधानमन्त्री किअर स्टार्मरले रक्षा प्रमुख सर टोनी राडाकिनलाई शान्ति सम्झौता भएमा युक्रेनको सुरक्षाका लागि आवश्यक उपायहरू विस्तृत रूपमा तयार गर्न निर्देशन दिएका छन्। यसैबीच प्रधानमन्त्री स्टार्मरले 'गठबन्धन राष्ट्रहरू'को भर्चुअल बैठकको अध्यक्षता गर्ने भएका छन्। अमेरिकामा हुने ...
: भारतले बुधबार ओडिशाको तटमा रहेको चण्डीपुरस्थित लक्षित परीक्षण क्षेत्रबाट आफ्नो अग्नि–५ मध्यम दूरीको ब्यालिस्टिक क्षेप्यास्त्रको सफलतापूर्वक परीक्षण गरेको छ। यो क्षेप्यास्त्र परीक्षणले देशको रणनीतिक रक्षा क्षमतालाई बढाएको छ। अधिकारीहरूले रणनीतिक बल कमाण्डको तत्वावधानमा गरिएको यस प्रक्षेपणमा क्षेप्यास्त्रको सबै सञ्चालन र प्राविधिक प्यारामिटर पुष्टि गरिएको बताए। अग्नि–५ भारतको रक्षा अनुसन्धान तथा विकास संगठनद्वारा विकसित गरिएको ...
। चिनियाँ विदेशमन्त्री वाङ यीको भारत भ्रमणका क्रममा दुई देशबीच लिपुलेक पास हुँदै सीमा व्यापार सुरु गर्ने सहमति भएको छ । नयाँ दिल्लीमा चिनियाँ विदेशमन्त्री यी र भारतीय विदेशमन्त्री एस जयशंकरबीच मंगलबार यो सहमति भएको हो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लगाएको उच्च ट्यारिफपछि उत्पन्न परिस्थितिका बीच उच्चस्तरीय भेटमा यो सहमति भएको हो । गलवान उपत्यकामा भएको ...
। अफगानिस्तानमा बसमा दुर्घटना हुँदा ७३ जनाको मृत्यु भएको छ । मृतकमध्ये १७ जना बालबालिका रहेका अधिकारीहरूलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । दुर्घटनाग्रस्तमा बसमा धेरैजसो इरानबाट फर्काइँदै गरिएका अफगानी प्रवासीहरू थिए । तालिबानको सूचना तथा संस्कृति निर्देशक अहमदुल्ला मुक्तकीले काबुल जाँदै गरेको बसमा ट्रक र मोटरसाइकलसँग ठोक्किएर आगलागी भएको बताएका छन् । बसमा सवारमा सबैको ...
। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारत–चीनबीचको सम्बन्ध बलियो भए विश्वशान्ति र विकासले बढावा पाउने बताएका छन् । भारतको दुईदिने भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यी सँगको भेटपछि मोदीले सामाजिक सञ्जाल एक्समा आफूले चीन भ्रमणको निमन्त्रणा स्वीकारेको समेत उल्लेख गरेका छन् । रुसी तेल खरिद गरेर युद्ध अपराधलाई सघाएको आरोप लगाउँदै अमेरिकाले भारतमाथि भन्सार शुल्क बढाएर दबाव दिइरहेका ...
। भारत र चीनले सीमा विवाद समाधानका लागि विशेषज्ञ समिति बनाउने निर्णय गरेका छन् । यो समितिले तत्काल सीमा विवाद समाधानका उपाय खोज्नेछ । चिनियाँ परराष्ट्र मन्त्री वाङ यीले मंगलबार दिल्लीमा प्रधानमन्त्री नरेन्द्र मोदी र राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालसँग गरेको भेटवार्तामा विशेषज्ञ समिति बनाउने निर्णय भएको हो । चिनियाँ परराष्ट्र मन्त्री वाङ यी अगस्ट १८ मा ...
। फिनल्याण्डको संसदमा ३० वर्षीय सांसद इमेली पेल्टोननले आफ्नो ज्यान लिएका छन् । उनी सोसल डेमोक्रेटिक पार्टी (एसडीपी) का सांसद थिए । पेल्टोननले आफ्नो अन्तिम इन्स्टाग्राम पोस्टमा आफू मिर्गौला रोगसँग संघर्ष गरिरहेको उल्लेख गरेका थिए । त्यसपछि अर्को रोगसमेत देखिएपछि उनलाई संसदीय कामबाट बिदा लिनु परेको थियो । सन् २०२३ को निर्वाचनमा पेल्टोननले ५ हजार ७४७ मत ...
अझै जीवित छ १००० वर्ष पुरानो ‘गाउँ पूजा’
। हमासले गाजा युद्धविराम सम्बन्धी नयाँ प्रस्ताव स्वीकार गरेको छ । अल जजिराका अनुसार, गाजामा इजरायलको युद्ध अन्त्य गर्ने विषयमा छलफल गर्न वार्ता फेरि सुरु गर्न तयार भएको हमासले जनाएको हो । गाजा युद्धमा हालसम्म ६२ हजार भन्दा बढी प्यालेस्टिनीको ज्यान गइसकेको छ । पछिल्लो समय इजरायलले गरेको नाकाबन्दीले बढेको भोकमरी बीच थप ठूलो विस्थापनको खतरा ...
First Prev ... 23 24 25 26 27 28 29 30 31 32 33 ... Next Last