मुख्य समाचार
विश्व
: युक्रेनमाथि रुसले रातभरि गरेको भीषण आक्रमणमा कम्तीमा ७ जनाको मृत्यु भएको छ। मध्य युक्रेनको निप्रो सहरमा ५ जनाको ज्यान गएको पुष्टि भएको छ। त्यहाँको एउटा अपार्टमेन्टमा प्रहार भएको अधिकारीहरूले जनाएका छन्। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेनेस्कीले उक्त आक्रमण करिब रातभरि नै जारी रहेको बताएका छन्। शनिबार बिहानसम्म पनि उद्धारकर्मीहरू निप्रोमा भग्नावशेष मुनि जीवित मानिसको खोजीमा खटिरहेका ...
: इजरायल र हिजबुल्लाहले एक अर्कामाथि युद्धविराम उल्लंघन गरेको आरोप लगाएका छन् । यसअघि इजरायल डिफेन्स फोर्स (आईडीएफ) ले लेबनानबाट प्रहार गरिएका धेरै प्रोजेक्टाइलहरू अवरोध गरिएको जनाएको थियो । श्टुला क्षेत्रमा सायरन पनि बजेका थिए । उता हिज्बुल्लाहले टेलिग्राममार्फत् श्टुला क्षेत्रमा लक्षित गर्दै रकेट आक्रमण गरेको दाबी गरेको छ । आईडीएफले एक्स (ट्विटर) मा जारी गरेको ...
: इरानको राजधानी तेहरानस्थित इमाम खुमैनी अन्तर्राष्ट्रिय विमानस्थलबाट शनिबार बिहानबाट अन्तर्राष्ट्रिय उडानहरू फेरि सुरु भएका छन् । यस विमानस्थलबाट मध्यपूर्वका धेरै सहरहरूका लागि उडानहरू सुरु भएको इरानी सञ्चारमाध्यमले जनाएका छन् । जसमा साउदी अरेबियाको मदिना, ओमानको मस्कट र टर्कीको इस्तानबुल पनि समावेश छन् । २८ फेब्रुअरीमा अमेरिका र इजराइलसँग युद्ध सुरु भएपछि इरानको हवाई क्षेत्र धेरै हदसम्म ...
: इरानी संसदका सभामुखका सल्लाहकारले ट्रम्पको युद्धविरामसम्बन्धी नयाँ घोषणाप्रति शंका व्यक्त गरेका छन् । मोहम्मद बाघेर गालिबाफका सल्लाहकार महदी मोहम्मदीले ट्रम्पले युद्धविराम बढाउनुको ‘कुनै अर्थ’ नभएको बताएका हुन् । महदी मोहम्मदीले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा लेखेका छन्, ‘हार्ने पक्षले शर्त तय गर्न सक्दैन । घेराबन्दी जारी राख्नु बमबारीभन्दा फरक होइन र यसको जवाफ सैनिक कारबाहीबाट ...
: इरानमा इजरायलको लागि जासुसी गरेको आरोपमा एक जनालाई फाँसी दिइएको छ। इरानी न्यायपालिकाका अनुसार मेहदी फरीद नामक व्यक्तिले इजरायको गुप्तचर एजेन्सी मोसादलाई देशको संवेदनशील विषयका बारेमा जानकारी दिएका थिए। इरानी अदालतका अनुसार मेहदी फरीद देशको एउटा महत्त्वपूर्ण संस्था प्यासिभ डिफेन्स कमिटीको व्यवस्थापन विभागमा काम गर्थे। उनले इन्टरनेटमार्फत् इजरायललाई सम्पर्क गर्थे । मानव अधिकार संगठन र सामाजिक ...
गत २८ फेब्रुअरीदेखि सुरु भएको युद्धका कारण इरानले होर्मुज स्ट्रेट बन्द गरेपछि अमेरिकाले इरानी बन्दरगाहहरूमा कडा नौसैनिक नाकाबन्दी लगाएको छ । राष्ट्रपति डोनल्ड ट्रम्पले ‘ट्रुथ सोसल’ मार्फत इरानले बिना सर्त होर्मुज स्ट्रेट नखोलेसम्म नाकाबन्दी नहट्ने स्पष्ट पारेका छन् । ट्रम्पका अनुसार यो नाकाबन्दीका कारण इरानले दैनिक ५० करोड डलर नोक्सानी बेहोरिरहेको छ, जुन उसको अर्थतन्त्रका लागि ...
। प्रविधि क्षेत्रको एक अग्रणी कम्पनी एप्पलका सीईओ टिम कुकले पद त्याग्ने निर्णय गरेका छन् । ६५ वर्षीय कुकले सेप्टेम्बर १ मा सीईओको जिम्मेवारी जोन टर्नसलाई हस्तान्तरण गर्ने छन् । त्यसपछि उनी एप्पलमा एक्जीक्युटिभ चेयरम्यान (कार्यकारी अध्यक्ष) का रूपमा रहने बताइएको छ । औपचारिक रूपमा उनले पद छोडेपछि जोन टर्नसले एप्पलको नयाँ सीईओको रूपमा जिम्मेवारी सम्हाल्नेछन् ...
: युद्धविरामको समय सीमा सकिँदै गर्दा इरान–अमेरिकाबीचको सम्भावित दोस्रो चरणको वार्ताका विषयमा विश्वले चासो देखाइरहेको छ । अमेरिका र इरानबीचको सम्भावित दोस्रो चरणको वार्तालाई लिएर चीनले समेत चासो व्यक्त गरेको छ । अमेरिका–इरान शान्ति वार्ताको नयाँ चरणबारे उठेका सम्भावना र प्रश्नबीच पाकिस्तानका उपप्रधानमन्त्री इशाक डारले चीनका राजदूत जियाङ जायदोंगसँग भेट गरेका छन् । चीनले अमेरिका र ...
: संयुक्त राज्य अमेरिकाको लुइसियानाका एक व्यक्तिले आफ्नै सात सन्तानसहित आठ जनाको हत्या गरेका छन् । ३१ वर्षीय शमार एल्किन्सले आफ्नै सात सन्तानसहित आठ जनाको गोली हानी हत्या गरेका हुन् । फ्रेडी मोंटगोमेरीले छिमेकीकहाँबाट घर फर्किदा सडकपारी शमार एल्किन्सलाई देखेका थिए । एल्किन्स शनिबार दिउँसो आफ्नै घरको अगाडिको बरन्डामा बसेका थिए । दुवै जनाले एकअर्कालाई ...
: राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग सम्झौता नभएसम्म अमेरिकाले इरानी बन्दरगाहमाथिको नाकाबन्दी नहटाउने बताएका छन्। युद्ध अन्त्य गर्न दोस्रो चरणको वार्ता हुने वा नहुने भन्ने स्पष्ट नभएको बेला ट्रम्पले यस्तो बताएका हुन्। डोनाल्ड ट्रम्पले ट्रुथ सोसियलमा लेखेका छन्,'नाकाबन्दीले इरानलाई पूर्णरूपमा ध्वस्त पारिरहेको छ। उनीहरूले हरेक दिन ५०० मिलियन डलर गुमाइरहेका छन्। यो लामो समयसम्म जारी राख्न असम्भव ...
: पाकिस्तानको इस्लामाबादमा वार्ताको तयारी भइरहेका बेला इरानी झण्डावाहक मालबहाक जहाजलाई अमेरिकाले नियन्त्रणमा लिएपछि इरानले ओमानको खाडीमा रहेका अमेरिकी सैन्य जहाजहरूमाथि ड्रोन आक्रमण गरेको छ। इरानको अर्ध- सरकारी समाचार एजेन्सी तसनीमका अनुसार यी आक्रमणहरू गरिएका हुन्। यद्यपि, यी ड्रोन आक्रमणहरूबाट हालसम्म कुनै मानवीय वा भौतिक क्षतिको विवरण प्राप्त भएको छैन। इरानको सबैभन्दा ठूलो सैन्य कमाण्ड एकाइ 'खातम ...
— अमेरिकाको लुइजियाना राज्यको श्रेवेपोर्ट सहरमा भएको गोलाबारीमा ८ बालबालिकाको मृत्यु भएको छ। उनीहरू सबै १ देखि १४ वर्ष उमेर समूहका थिए। प्रहरीले यसलाई घरेलु विवादका कारण भएको बताएको छ। प्रहरीका अनुसार आइतबार एक आक्रमणकारीले १० जनामाथि गोली चलाएर फरार भएका थिए। पछि प्रहरी कारबाहीमा उनको मृत्यु भएको हो। प्रहरीले मृतकहरूको विस्तृत विवरण सार्वजनिक गरिसकेको छैन, ...
— अमेरिकाले खाडी क्षेत्रमा इरानी झन्डासहितको एक कार्गो जहाजलाई रोकेको राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन्। राष्ट्रपतिले आफ्नो ट्रुथ सोसल प्लेटफर्ममा लेखेका छन्, ‘आज इरानी झन्डावाला एक जहाजले नाकाबन्दी तोड्ने कोसिस गर्‍यो, तर त्यो असफल भयो। यो जहाज ९०० फिट लामो छ र लगभग एक एयरक्राफ्ट क्यारियरजत्तिकै भारी छ।’ अमेरिकी मध्य कमान्डले पनि एक भिडियो सार्वजनिक गरेको छ, ...
— चीनको राजधानी बेइजिङमा आइतबार आयोजना भएको हाफ म्याराथनमा मानव आकारको (ह्युमनोइड) रोबटले प्रोफेसनल धावकलाई उछिन्दै दौड पूरा गरेको छ । करिब २१ किलोमिटर दूरीको उक्त दौड रोबटले करिब ५० मिनेट २६ सेकेन्डमा पूरा गरेको रोयटर्स, बीबीसीलगायत अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । यो समय युगान्डाका धावक जेकब किप्लिमोले हाफ म्याराथनमा कायम गरेको ५७ मिनेट २० ...
: विश्वको सबैभन्दा महत्त्वपूर्ण तेल आपूर्ति मार्ग 'स्ट्रेट अफ होर्मुज' माथि इरानले आफ्नो पूर्ण नियन्त्रण रहने दाबी गरेको छ। इरानी संसदका वरिष्ठ सदस्य तथा इस्लामिक रिभोलुसनरी गार्ड कप्र्स का पूर्व कमाण्डर इब्राहिम अजीजीले यो जलक्षेत्रमा इरानको सार्वभौम अधिकार रहेको बताए । अजीजीले बीबीसीसँग भने, 'कुन जहाजलाई होर्मुज स्ट्रेट भएर जान दिने वा नदिने भन्ने ...
: भारतको तमिलनाडुको कट्टनारपट्टी क्षेत्रमा रहेको एक पटाका कारखानामा विस्फोटमा कम्तीमा २३ जनाको मृत्यु भएको छ। घटनामा ६ जना घाइते भएका छन्। घाइतेहरूको नजिकैको अस्पतालमा उपचार भइरहेको छ। यो कारखाना विरुधुनगर जिल्लाको वाचक्करपट्टी प्रहरी चौकीअन्तर्गत पर्ने कट्टनारपट्टी क्षेत्रमा अवस्थित छ। उक्त कारखानामा ५० भन्दा बढी कोठा रहेको र १०० भन्दा बढी कर्मचारी कार्यरत रहेको बताइएको ...
First Prev ... 17 18 19 20 21 22 23 24 25 26 27 ... Next Last
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम