मुख्य समाचार
विश्व
। टेस्लाका मालिक एलन मस्कको कूल सम्पत्ति ५ खर्ब डलर नाघेको छ। फोर्ब्स इन्डेक्सका अनुसार, बुधबार उनको कूल सम्पत्ति केही समयका लागि ५००.१ अर्ब डलर रहेको थियो, त्यसपछि घटेर ४९९ अर्ब डलरभन्दा माथि कायम रह्यो। बीबीसीका अनुसार, टेस्ला, एक्सएआई र स्पेसएक्सका शेयरहरूको बढ्दो मूल्यले उनलाई यो सफलता दिलाएको हो। ओरेकलका ल्यारी एलिसन ३५०.७ अर्ब डलरसहित दोस्रो नम्बरमा रहेका ...
। तालिबान सरकारको आदेशमा दुई दिनपछि अफगानिस्तानमा इन्टरनेट र फोन सेवाहरू पुनः सुरु गरिएको छ। बीबीसीका अनुसार, सेवाहरू पुनः सञ्चालनमा आएसँगै धेरै स्थानमा मानिसहरू सडकमा निस्किएर खुशी मनाएका छन् । स्थानीय पत्रकारहरूका अनुसार इन्टरनेट सेवा प्रदायकहरूले बिस्तारै इन्टरनेट सेवा सुचारू गरिरहेका छन् । इन्टरनेट निगरानी समूह नेटब्लक्सले अहिले मात्र ‘आंशिक पुनःस्थापना’ भएको जनाएको छ । तालिबान सरकारको एक ...
। भारतको केन्द्रीय बैंक (आरबीआई) ले अब भारतीय बैंक र तिनका विदेशस्थित शाखाले नेपाल, भूटान र श्रीलङ्का लगायत छिमेकी देशका नागरिकलाई रुपैयाँमै ऋण दिन सक्ने व्यवस्था गरेको छ । यसअघि भारतीय बैंकमार्फत यस्तो सुविधा उपलब्ध थिएन । यस निर्णयसँगै नेपाली नागरिक वा व्यवसायिक संस्थाले भारतीय बैंकहरूबाट प्रत्यक्ष रुपैयाँमा कर्जा लिन सक्नेछन् । आरबीआईले बुधबार मौद्रिक नीति घोषणा ...
। जर्मनीको म्युनिख विमानस्थलमा बिहीबार राति अनेकौँ ड्रोन देखिएपछि उडानहरू तत्कालीन रूपमा रोकिएका छन् । एकजना प्रहरी प्रवक्ताले शुक्रबार बिहान यो घटना हालै युरोपका विभिन्न मुलुकहरूमा दोहोरिँदै आएका उड्डयन अवरोधहरूको शृङ्खलामध्ये पछिल्लो भएको बताए । विमानस्थल प्रशासनले जारी गरेको विज्ञप्तिअनुसार म्युनिखबाट प्रस्थान गर्न तय गरिएका १७ उडानहरू बिहीबार राति स्थगित गरिएका थिए । यस कारण करिब तीन ...
। पाकिस्तान प्रशासित कश्मीर (पीएके) मा बुधबार भएको विरोध प्रदर्शन हिंसात्मक बनेको छ । चम्याती क्षेत्रमा भएको झडपमा तीन जना प्रहरीको ज्यान गएको छ भने करिब १५० जना प्रहरी घाइते भएका छन् । घाइतेमध्ये आठ जनाको अवस्था गम्भीर छ । पीएकेका प्रधानमन्त्री चौधरी अनवारुल हक र संघीय मन्त्री तारिक फजल चौधरीले संयुक्त पत्रकार सम्मेलन गर्दै घटनाको ...
। पछिल्ला केही दिनयता मोरक्कोका विभिन्न सहरहरूमा युवाहरूको नेतृत्वमा भइरहेको सरकारविरोधी आन्दोलन लगातार बढ्दै गएको छ । अघिल्लो रात सुरक्षाकर्मीहरूले गोली चलाउँदा तीन जनाको मृत्यु भएपछि थप हिंसाको डर भए पनि बिहीबार साँझ देशका कम्तीमा एक दर्जन सहरमा विरोध प्रदर्शन निरन्तर जारी रह्यो । प्रदर्शनकारीहरूले विशेषगरी उच्चस्तरीय विद्यालय र गुणस्तरीय अस्पतालहरूको माग अघि सारेका छन् । धेरैले ...
। चीनले विज्ञान, प्रविधि, इञ्जिनियरिङ र गणित (एसटीईएम) क्षेत्रमा विदेशी विशेषज्ञलाई आकर्षित गर्ने उद्देश्यले नयाँ ‘के भिसा’ लागू गरेको छ । सन् २०२५ को अगस्टमै घोषणा गरिएको भए पनि हालैदेखि नियम कार्यान्वयन भएपछि यसबारे बहस सुरु भएको हो । भारतीय सञ्चारमाध्यमहरूले यसलाई अमेरिकाको ‘एच-१बी भिसा’ जस्तै भन्दै समाचार प्रकाशित गरेपछि चीनभित्र यसको आलोचना भइरहेको छ । अमेरिकाले हालै ...
। रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको रूसलाई कागजी बाघ भन्ने अभिव्यक्तिप्रति प्रश्न उठाएका छन् । सुरक्षा र भू-राजनीतिक मामिलामा विज्ञहरूसँगको छलफलका क्रममा पुटिनले भने, ‘के हामी कागजी बाघ हौं? यदि हामी कागजी बाघ हौं भने, नेटो के हो त?’ पुटिनले थपे, ‘हाम्रा लागि सबैभन्दा जरुरी कुरा आत्मविश्वास कायम गर्नु हो र हामी आत्मविश्वासी छौं।’ केही ...
। पेरिसका सबैले चिनेका अली अकबर अब ७३ वर्ष पुगेका छन् । उनी फ्रान्सेली राजधानीका अन्तिम समाचारपत्र हकर हुन् । उनी सेन्ट–जर्मन–डेस–प्रेसका क्याफेदेखि ल्याटिन क्वार्टरका गल्लीसम्म हरेक दिन समाचारपत्र बेच्दै हँसिला हेडलाइनहरू चिच्याउँदै हिंड्छन् । ‘फ्रान्स राम्रो हुँदै गइरहेको छ !’ वा ‘(एरिक) जेम्मुरले इस्लाम धर्म परिवर्तन गरे !’ जस्ता रमाइला हेडलाइनसहित उनी भीड आकर्षित गर्छन् ...
। भारत र चीनबीच पाँच वर्षपछि पुन: हवाई सेवा सुरु हुँदैछ । सिधा हवाई सेवा यही अक्टुबर महिनाको अन्त्यसम्म सुरु गर्ने सहमति दुई देशबीच भएको छ । दुबै देशका नागरिक उड्डयन प्राधिकरणबीच लामो समयदेखि भएको छलफलपछि एकअर्का देशमा सीधा हवाई उडान सञ्चालन गर्ने सहमति भएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । सीधा हवाई सेवा पुन: सञ्चालनले दुवै ...
। उत्तरी इङ्ल्यान्डको म्यानचेस्टर सिटीमा मानिसहरुको भिडमा कारले ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । अन्य तीन जना गम्भीर घाइते छन् । यहुदीहरूको प्रार्थनास्थलबाहिर मानिसहरूको भिडमा कार ठोक्काइएको थियो । त्यसपछि एक जनामाथि छुरा पनि प्रहार भएको म्यानचेस्टर प्रहरीले जनाएको छ । प्रहरीले यो घटनामा संलग्न एक संदिग्ध व्यक्तिलाई गोली हानेर मारेको छ भने दुई ...
। बेलायती प्रधानमन्त्री कियर स्टार्मरले म्यानचेस्टरमा भएको घटनालाई आतंकवादी आक्रमणको संज्ञा दिएका छन् । बेलायतको म्यानचेस्टरमा एक यहूदी प्रार्थनास्थल नजिक कारले ठक्कर दिई चक्कु प्रहार भएको घटनामा दुई जनाको मृत्यु भएको घटनालाई उनले घृणित काम पनि भनेका हुन् । उक्त घटना हुँदा डेनमार्कको राजधानी कोपेनहेगनमा आयोजित एक शिखर सम्मेलनमा सहभागी भइरहेका उनी सम्मेलन बीचमै छाडेर बेलायत ...
— अमेरिकी सदनका दुवै दलबीच अन्तिम समयसम्म पनि बजेटसम्बन्धी विभिन्न विषयमा सहमति जुट्न नसकेपछि सेप्टेम्बर ३० भित्र पारित भइसक्नुपर्ने बजेट पारित नभएपछि ‘सटडाउन’ को अवस्था आएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । रिपब्लिकन र डेमोक्रयाटहरूले एकअर्कालाई आरोप लगाउने र पन्छिने प्रयास गरिरहँदा यो सटडाउनले झन्डै ८ लाख संघीय कर्मचारीहरूलाई बेतलबी बिदामा घर पठाउनेछ । यस्तै, झन्डै २० ...
— गाजा पट्टीमा बुधबार भएको इजरायली आक्रमणमा १२ जना प्यालेस्टिनीको मृत्यु हुनुका साथै अन्य घाइते भएको जनाइएको छ । प्यालेस्टिनी समाचार एजेन्सी (डब्लुएएफए) ले चिकित्सा स्रोतलाई उद्धृत गर्दै गाजा सहरको दक्षिणपूर्वमा अल–जेइतुनमा विस्थापित व्यक्तिहरूको आश्रयस्थल बनेको अल–फलाह स्कूलमा गरेको हवाई आक्रमणमा छ जनाको मृत्यु भएको तथा अन्य घाइते भएको रिपोर्ट गरेको छ । गाजाको उत्तरपूर्वी क्षेत्रमा भएको ...
: इन्डोनेसियामा विद्यालय भवन भत्किँदा ५ जनाको मृत्यु भएको छ। करिब १०० जना विद्यार्थी घाइते भएका छन्। यस दुर्घटनामा ५९ जना अझै बेपत्ता छन्। सोमबार सिदोआर्जो शहरमा रहेको दुई तले इस्लामिक बोर्डिङ स्कुलको भवन भत्किएको हो। इन्डोनेशियामा उद्धारकर्मीहरूका अनुसार स्कुलको भग्नावशेषमा अहिले “कसैको जीवित भएको कुनै संकेत” देखिएको छैन। भग्नावशेषबाट १३ जनालाई जीवित निकालिएको थियो। ...
— फिलिपिन्समा मंगलबार राति गएको भूकम्पमा कम्तीमा ६९ जनाको मृत्यु भएको छ । भवन भत्किएर पुरिँदा धेरै जनाको ज्यान गएको त्यहाँका सञ्चारमाध्यमहरूले जनाएका छन् । मनिला टाइम्सका अनुसार फिलिपिन्सको सेबू प्रान्तमा ६.९ म्याग्निच्युडको भूकम्प गएको हो । त्यस्तै भूकम्पमा परी सयौँ घाइते भएको स्थानीय अधिकारीहरूले जनाएका छन् । फिलिपिन्स इन्स्टिच्युट अफ भोल्कानोलोजी एन्ड सिस्मोलोजीका अनुसार भूकम्पछि ६ ...
First Prev ... 16 17 18 19 20 21 22 23 24 25 26 ... Next Last