मुख्य समाचार
विश्व
। बंगलादेशका राष्ट्रपति मोहम्मद शाहावुद्दिनले गम्भीर स्वास्थ्य समस्यालाई कारण देखाउँदै शुक्रबार आफ्नो पदबाट राजीनामा दिएका छन्। यो जानकारी राष्ट्रपतिको कार्यालयले सार्वजनिक गरेको हो। ७६ वर्षीय शाहाबुद्दिनले अप्रिल २०२३ देखि सेरेमोनियल राष्ट्रपतिको पद सम्हाल्दै आएका थिए। उनको कार्यकालमा सन् २०२४ मा विद्यार्थी नेतृत्वको आन्दोलनपछि तत्कालीन प्रधानमन्त्री शेख हसिना देश छाडेर भारत गएपछि उत्पन्न राजनीतिक अस्थिरता पनि परेको ...
। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार चीन वा रुस इरान युद्धमा जोडिएको आफूलाई नलागेको बताएका छन्। यद्यपि, उनले चेतावनी दिँदै यदि यी दुवै देशले यस युद्धमा हस्तक्षेप गरे भने यसको गम्भीर परिणाम हुने र त्यो उनीहरूका लागि राम्रो नहुने स्पष्ट पारेका छन्। ट्रम्पले सामाजिक सञ्जालमा लेख्दै हालै बेइजिङमा भएको आफ्नो भेटमा चिनियाँ राष्ट्रपति सी जिनपिङले जुनसुकै ...
। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र साउदी अरबबीचको असैनिक (सिभिल) आणविक ऊर्जा सम्झौता साउदी अरबले इजरायललाई सार्वभौम राष्ट्रका रूपमा मान्यता दिएपछि मात्रै लागू हुने बताएका छन् । आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसलमा बुधबार प्रकाशित सन्देशमार्फत ट्रम्पले साउदी अरबले ऐतिहासिक अब्राहम सम्झौतामा सामेल हुनुपर्ने सर्त अघि सारेका हुन् । ट्रम्पले लेखेका छन्, ‘अमेरिकाको ऊर्जा मन्त्रालय र ...
। भारतका सामाजिक अभियन्ता सोनम वाङचुकले २६ दिनपछि अनशन अन्त्य गरेका छन् । उनले केन्द्रीय मन्त्री जे.पी. नड्डा र डा. जितेन्द्र सिंहका साथै लेह–लद्दाख एपेक्स बडीका वरिष्ठ नेताहरूको उपस्थितिमा आफूले अनशन तोडेका हुन् । उनले यो जानकारी सामाजिक सञ्जाल एक्समार्फत दिएका छन् । उनका अनुसार लामो छलफल, केही शर्तमा भएको सहमति तथा देशमा सम्भावित हिंसाको जोखिमलाई ध्यानमा ...
। अमेरिकाले जबर्जस्ती श्रमबाट उत्पादित वस्तुको आयात रोक्न पर्याप्त कदम नचालेको आरोप लगाउँदै ६० वटा प्रमुख व्यापारिक साझेदार देशमाथि नयाँ भन्सार शुल्क (ट्यारिफ) लगाउने घोषणा गरेको छ । १० प्रतिशतदेखि १२.५ प्रतिशतसम्मका यी शुल्क बेलायत, चीन, भारत, पाकिस्तान, क्यानडा, जापान, युरोपेली संघ लगायत अमेरिकाका प्रमुख व्यापारिक साझेदारहरूमा लागू हुनेछन् । यस वर्षको सुरुमा अस्थायी रूपमा लागू गरिएको ...
। युरोपियन युनियन (इयु) ले आफ्नो २१ औं प्रतिबन्ध प्याकेज स्वीकृत गरेको छ । यो जानकारी इयु काउन्सिलले ‘अफिसियल जर्नल अफ द युरोपियन युनियन’ मा प्रकाशित सन्देशमार्फत दिएको हो । नयाँ प्याकेजअनुसार ४८ जना व्यक्ति र १६८ वटा संस्थाहरूलाई ब्ल्याकलिस्टमा थपिएको छ । यससँगै ब्ल्याकलिस्टमा पर्ने व्यक्ति तथा संस्थाहरूको कुल संख्या ३ हजार १०० पुगेको छ ...
। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि अझै ठूलो सैन्य कारबाही गर्नेबारे विचार गरिरहेको बताएका छन्। तेहरानले अझैसम्म पर्याप्त पीडा नभोगेको दाबी गर्दै ट्रम्पले पुन: ठूलो सैन्य अभियान सुरु गर्ने निर्णयको नजिक पुगेको जनाएका छन्। अमेरिकी केन्द्रीय कमाण्डले जुलाई २३ को राति इरानमाथि लगातार १३ औं रात हवाई हमला सम्पन्न गरेको जनाएको छ। सेन्टकमका अनुसार इरानका सैन्य ...
: अमेरिका र साउदी अरेबियाबीच साउदीलाई नागरिक (सिभिल) आणविक कार्यक्रम विकास गर्न अनुमति दिने गरी एक ऐतिहासिक सम्झौतामा हस्ताक्षर भएको छ। अमेरिकी ऊर्जा मन्त्रालयका अनुसार यस सम्झौतालाई 'शान्तिपूर्ण आणविक सहकार्य सम्झौता'का रूपमा व्याख्या गरिएको छ, जसले साउदीको आणविक ऊर्जा कार्यक्रममा अमेरिकी कम्पनीहरूका लागि ठूलो व्यापारिक अवसर सिर्जना गर्नेछ। सम्झौताको पूर्ण विवरण औपचारिक रूपमा सार्वजनिक नगरिए तापनि, भविष्यमा ...
: हुथी विद्रोहीहरूले साउदी अरबका बन्दरगाह प्रयोग गर्ने तेल ट्यांकरहरू आक्रमणलाई चेतावनी दिएका छन् । अघिल्लो दिन घोषणा गरिएको नाकाबन्दी कार्यान्वयन गर्न हुथीहरूले तीव्र कदम चालेका छन् । लाल सागरमा आएको यो हुथी चेतावनी र अरब प्रायद्वीपको अर्को छेउमा रहेको खाडी क्षेत्रमा इरानले दिएको समुद्री यातायात अवरोध गर्ने धम्कीले लामो समयदेखि जारी द्वन्द्वलाई अझ गम्भीर बनाउने ...
: खाडी क्षेत्रमा रहेका अमेरिकी गुप्तचर संस्था (सीआईए) का गुप्त ठेगानाहरूमा इरानले गरेको ड्रोन आक्रमणमा रुसी संलग्नता हुन सक्ने आशंका गर्दै अमेरिकी गुप्तचर निकायहरूले अनुसन्धान सुरु गरेका छन्। अमेरिकी गुप्तचर निकायबारे जानकार अधिकारीहरूका अनुसार, रुसले इरानलाई निशाना सम्बन्धी गोप्य जानकारी वा उन्नत ड्रोन प्रविधि उपलब्ध गराएर सहयोग गरेको हो वा होइन भन्नेबारे अनुसन्धान भइरहेको छ। राष्ट्रिय सुरक्षाका ...
: अफगानिस्तानमा आएको विनाशकारी बाढीपछि उद्धारकर्मीहरूले जीवितहरूको खोजी जारी राखेका छन् । यसैबीच, फेरि आकस्मिक बाढी आउन सक्ने चेतावनी दिइएको छ । सोमबार पहाडबाट एक्कासी आएको बाढीले पूर्वी नुरिस्तान प्रान्तमा कम्तीमा २३ जनाको ज्यान लिएको थियो । मंगलबार उद्धार टोलीहरूले घरहरूको भग्नावशेषमा फसेकाहरूको खोजी जारी राखे । यस वर्षको मनसुनले दक्षिण एसियाभर व्यापक क्षति पुर्‍याइरहेको छ, ...
: अमेरिकाले इरानका सैन्य अड्डालाई लक्षित गर्दै लगातार ११ औँ रात पनि भीषण आक्रमण गरेको छ। अमेरिकी सेन्ट्रल कमाण्ड (सेन्टकम)का अनुसार सामरिक दृष्टिले महत्वपूर्ण हर्मुजमा व्यावसायिक जहाजहरूको आवागमन सुरक्षित बनाउन र इरानको सैन्य क्षमता कमजोर पार्ने उद्देश्यले यो कारबाही गरिएको हो। अमेरिकाले इरानी सैन्य अपरेशन सेन्टर, ड्रोन भण्डारण केन्द्र, विमान ह्याङ्गर र सैन्य आपूर्ति प्रणालीहरूमा क्षति ...
: 'अल पाकिस्तान पेट्रोल पम्प ओनर्स एसोसिएसन'ले सरकारसँग भएको वार्ता निष्कर्षविहीन बनेपछि देशभरका पेट्रोल पम्प अनिश्चितकालका लागि बन्द गर्ने घोषणा गरेको छ। सार्वजनिक विवरणअनुसार एसोसिएसनले जुलाई २२ र २३ को मध्यराति १२ बजेदेखि अर्को आदेश जारी नभएसम्मका लागि पाकिस्तानका सम्पूर्ण पेट्रोल पम्पहरू बन्द रहने जनाएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । पेट्रोल पम्प सञ्चालकहरूको नाफा वृद्धि ...
। भारतीय कांग्रेसका नेता राहुल गान्धीले प्रहरीले प्रदर्शनकारी विद्यार्थीमाथि गरेको लाठीचार्जका लागि प्रधानमन्त्री नरेन्द्र मोदीले माफी गर्नुपर्ने माग गरेका छन् । मंगलबार लोकसभा संसद् परिसरमा पत्रकारसँग कुराकानी गर्दै प्रमुख प्रतिपक्षका नेता गान्धीले प्रधानमन्त्री मोदीले विद्यार्थीसँग माफी माग्नुपर्ने बताएका हुन् । सोमबार नयाँ दिल्लीमा कक्रोच जनता पार्टी(सीजेपी)ले आयोजना गरेको प्रदर्शनमा सहभागीमाथि प्रहरीले ठूलो दमन गरेको थियो । प्रहरीले ...
। मस्कोले युक्रेनी सेनालाई सहयोग पुर्‍याइरहेका बन्दरगाहहरूमा प्रहार जारी राखेको छ। रूसी रक्षा मन्त्रालयले युक्रेनी सशस्त्र बलका लागि राखिएका इन्धन र लुब्रिकेन्ट भण्डारण ट्याङ्कहरूमा क्षति पुर्‍याएको बताएको छ। ओडेसा बन्दरगाहमा रहेका ती ट्याङ्कहरूमा हतियार र लोइटरिङ मुनिसन प्रयोग गरी आक्रमण गरिएको हो। रूसी रक्षा मन्त्रालयका अनुसार जुलाई २० को राति रूसी सेनाले युक्रेनी सेनालाई सहयोग गर्ने बन्दरगाहहरूमा ...
। क्रिमलिनका प्रवक्ता दिमित्री पेस्कोभले रूस युरोपेली देशहरूसँग संवादका लागि अझै खुल्ला रहेको बताएका छन्। रूसले सम्बन्ध तोड्ने प्रयास कहिल्यै नगरेको जानकारी उनले दिएका छन्। पेस्कोभले पत्रकारहरूसँग कुरा गर्दै भने, ‘रूस संवादका लागि खुल्ला छ, हामीले सम्बन्ध विच्छेदको सुरुवात कहिल्यै गरेनौं।’
First Prev ... 15 16 17 18 19 20 21 22 23 24 25 ... Next Last
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम