मुख्य समाचार
विश्व
। युक्रेनले ड्रोनमार्फत रुसको राजधानी मस्कोमा ठूलो हमला गरेको छ । उक्त हमलालाई रुस–युक्रेन युद्ध सुरु भएयता युक्रेनले मस्कोमा गरेको सबैभन्दा ठूलो हमला भनेर अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले लेखेका छन् । करिब २०० ड्रोनले रुसको राजधानी मस्कोका विभिन्न टार्गेटहरूमा विष्फोट गराएको भनिएको छ । विष्फोटबाट कैयौं ठाउँमा आगजनी भएको छ भने ठूलो धुँवा निस्किएको तस्वीरहरू आइरहेका छन् । मस्कोका ...
। अमेरिका र इरानले आफ्नो युद्ध अन्त्य गर्ने सम्झौताको अन्तरिम पाठ बुधबार सार्वजनिक गरेका छन् । अधिकारीहरूका अनुसार राष्ट्रपति डोनाल्ड ट्रम्प र इरानी राष्ट्रपति मसूद पेजेस्कियान दुवैले यस समझदारी पत्र (एमओयू) मा डिजिटल हस्ताक्षर गरिसकेका छन् । इरानको परराष्ट्र मन्त्रालयले यो सम्झौता बुधबारदेखि नै लागू भइसकेको जनाएको छ । अमेरिका र इरानीबीच अन्तरिम शान्ति सम्झौतामा औपचारिक हस्ताक्षर ...
: बेलायत र मस्कोबीच तनाव बढिरहेका बेला मंगलबार बिहान इङलिस च्यानलमा यात्रा गरिरहेको एक बेलायती निजी याट (बिलासी जहाज) नजिक रुसी युद्धपोतले चेतावनीस्वरूप गोली चलाएको छ । यो दुर्लभ घटना बिहान ११ः४० बजे इङलिस च्यानलमा, आइल अफ वाइट (टापु) बाट २० माइलभन्दा बढी दक्षिण र नोर्मान्डीबाट करिब ४० माइल उत्तरतर्फ भएको थियो । ‘ब्राइट फ्युचर’ नामको ...
: मजारको सानो मोटरसाइकल पेट्रोलले भरिएका प्लास्टिकका कन्टेनरहरूले यति धेरै भरिएको छ कि बस्नका लागि मुश्किलले ठाउँ बाँकी छ । उनको पुरानो मोटरसाइकलमा ७० लिटर क्षमताका पाँच वटा कन्टेनर राखिएका छन्, जसको कुल तौल करिब २७२ किलोग्राम छ । तेलका कन्टेनरहरू उनको बाइकको दुवैतिर खतरनाक तरिकाले झुन्डिएका छन् र डोरीले बाँधिएका छन् । उनले यो ...
। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू नभएको भए इजरायल पनि नहुने भन्दै बयान दिएका छन् । उनले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुलाई बढी जिम्मेवार हुन सुझाव दिँदै यस्तो बताएका हुन् । ‘अमेरिकाबिना इजरायल हुँदैनथ्यो । म बिना इजरायल हुँदैनथ्यो,’ फ्रान्समा चलिरहेको जी–७ सम्मेलनमा ट्रम्पले भने, ‘किनकि कोही अरू राष्ट्रपति त्यो गर्न तयार थिएन, जो मैले गरेँ ।’ ...
। अब सिप परीक्षण नगरी वैदेशिक रोजगारीका लागि साउदी अरब जान नपाइने भएको भएको छ । बुधबारदेखि सिप परीक्षण पास नगरेका श्रमिक साउदी अरब जान नपाउने भएका हुन् । साउदीले नेपाली श्रमिकका लागि सिप प्रमाणीकरण (स्किल सर्टिफिकेसन) अनिवार्य बनाएको छ । नयाँ व्यवस्था अनुसार बुधबारदेखि सिप परीक्षण पास नगरेका श्रमिकले साउदी अरबका लागि श्रम स्वीकृति पाउने ...
। इजरायलबाट फेरि लेबनानमा हमला भए अमेरिकासँगको युद्धविराम सम्झौता उल्लंघन भएको मानिने इरानले चेतावनी दिएको छ । इरानका विदेशमनत्री अब्बास अराघचीले मंगलबार यस्तो चेतावनी दिएको बीबीसीले समाचारमा उल्लेख गरेको छ । ‘यो सम्झौतालाई दुई भागमा देख्न सकिन्छ,’ जसमा विदेशमन्त्री अराघचीले भनेका छन्, ‘एक भागमा इरान र हिजबुल्लाह छन् र अर्को तिर अमेरिका र इजरायल । युद्ध ...
। अमेरिका र इरानबीच जारी युद्ध अन्त्यका लागि आगामी शुक्रबार औपचारिक शान्ति सम्झौतामा हस्ताक्षर हुने तयारी भएको छ । यसै पृष्ठभूमिमा इरानमा आर्थिक लगानी प्रवाह गराउने उद्देश्यले ३०० अर्ब अमेरिकी डलरको एउटा ठूलो निजी कोष स्थापना गर्ने प्रस्ताव गरिएको छ, जसलाई दुई देशबीच भएको प्रारम्भिक सम्झौताको ढाँचामा समावेश गरिएको छ । रोयटर्सले स्रोतलाई उद्धृत गर्दै जनाएअनुसार, दुवै ...
। अमेरिकाका उपराष्ट्रपति जेडी भान्सले आफ्ना सबै दायित्वहरू इमान्दारीपूर्वक पूरा गरे अमेरिका इरानलाई पुनः विश्व अर्थतन्त्रमा फर्काउने बाटो खोल्न तयार रहेको बताएका छन् । प्रारम्भिक समझदारीका प्रावधानबारे बोल्दै उनले इरानलाई पुनः विश्व अर्थतन्त्रमा फर्काउने बाटो खोल्न तयार रहेको बताएका हुन् । ‘फक्स न्युज’ को एक कार्यक्रममा उपराष्ट्रपति भान्सले इरानका साथ ट्रम्प प्रशासनको सम्झौताको तुलना पूर्वराष्ट्रपति बराक ओबामाको ...
। फ्रान्सको एभियान शहरमा बुधबार आयोजना हुन गइरहेको ‘ग्रुप अफ सेभेन’ (जी–७) शिखर सम्मेलनको विरोधमा जेनेभामा विशाल प्रदर्शन भएको छ । ‘फासीवाद र साम्राज्यवाद’को प्रतिरोध गर्ने उद्देश्यका साथ विभिन्न समूह र संगठनहरूको आवद्धता रहेको ‘नो जी–७ गठबन्धन’ले नेतृत्वमा आइतबार दिउँसो प्रदर्शन भएको हो । प्रदर्शनकारीहरू जेनेभा ताल किनारको एउटा पार्कमा भेला भई शहरको तोकिएको मार्ग हुँदै ...
। अमेरिकाको दक्षिणी क्यालिफोर्नियामा वायु सेनाको विमान दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ । एडवर्ड्स एयर फोर्स बेसबाट सोमबार बिहान उडान भरेलगत्तै विमान दुर्घटनामा परेको हो । ‘रूटिन टेस्ट मिशन’ रहेको बेला विमान दुर्घटनामा परेको बीबीसीले जनाएको छ । वायु सेनाका कर्णेल जेम्स हेजले विमान दुर्घटनामा सैनिक, सरकारी कर्मचारी र सरकारी ठेकेदार गरी आठ जनाको मृत्यु ...
। चिनियाँ राष्ट्रपति सी चिनपिङ र उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनबिच ‘महत्त्वपूर्ण सहमति’ भएको छ। दुवै देश क्षेत्रीय एवं विश्वव्यापी शान्ति रक्षाका लागि मिलेर अघि बढ्न सहमत भएका छन्। चिनियाँ राष्ट्रपति सी उत्तर कोरियाको दुई दिने राजकीय भ्रमण सम्पन्न गरेर फर्केका छन्। त्यसपछि उनले एक धन्यवाद सन्देश पठाएका थिए। उत्तर कोरियाली सरकारी सञ्चारमाध्यम केसीएनएले ...
। इरानले स्ट्रेट अफ होर्मुज नजिक अमेरिकाको अपाचे हेलिकोप्टर खसालेको छ । त्यसको बदलामा अमेरिकाले इरानको केशम टापुमा आक्रमण गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हेलिकोप्टर खसालिएको घटनाका लागि इरानलाई जिम्मेवार ठहर गर्दै प्रतिकार गर्ने चेतावनी दिएका थिए । अमेरिकी आक्रमणपछि इरानले पनि कडा जवाफ दिने चेतावनी दिएको छ । यससँगै क्षेत्रमा फेरि युद्ध भड्किने ...
। इरानले अमेरिकी ‘एमक्यू-९ रिपर’ ड्रोन खसालेको दाबी गरेको छ। इरानको तस्निम समाचार एजेन्सीका अनुसार यो हमला दक्षिणी इरानको जाम क्षेत्रमा गरिएको हो। सामाजिक सञ्जालमा ड्रोन खसालिएको भनिएको एउटा भिडियो पनि बाहिर आएको छ। यद्यपि, अमेरिकी सेनाको तर्फबाट एमक्यू-९ ड्रोन खसालिएको विषयमा हालसम्म कुनै आधिकारिक पुष्टि भएको छैन। अमेरिकाले इरानविरुद्धको आफ्नो सैन्य कारबाही पूरा भएको बताएसँगै यो ...
। ‘स्टोनहेन्ज’ बेलायतको एक प्रख्यात प्रागैतिहासिक स्मारक हो। यस स्मारकको केन्द्रमा ६ टन तौलको विशाल ढुङ्गा छ। यसलाई ‘अल्टर स्टोन’ भनिन्छ। पुरातन मानवहरूले यस ढुङ्गालाई सयौँ किलोमिटर टाढा स्कटल्यान्डबाट ओसारपसार गरेका थिए। एउटा नयाँ वैज्ञानिक अनुसन्धानले यो कुरा पुष्टि गरेको छ। यो अध्ययन अस्ट्रेलियाको कर्टिन युनिभर्सिटीका अनुसन्धानकर्ताहरूको नेतृत्वमा भएको हो। यस अध्ययनले हजारौँ वर्ष अघिको मानव ...
। क्यानडाको एयरलाइन एयर क्यानडाका पूर्व पाइलट जियोफ्री वालमाथि नक्कली लाइसेन्सको भरमा १७ वर्षसम्म व्यावसायिक उडान भरेको आरोप लागेको छ। डेपुटी चिफ निक मिलिनोविचका अनुसार, आरोपीले हजारौँ यात्रुहरूको सुरक्षालाई खतरामा पारेका छन्। प्रहरीका अनुसार वालमाथि ५ हजार डलरभन्दा बढीको ठगी, सार्वजनिक उपद्रव, नक्कली कागजात प्रयोग गरेको र नक्कली प्रमाण चिह्न राखेको लगायत थुप्रै आरोपहरू लगाइएको छ। ५९ ...
First Prev ... 12 13 14 15 16 17 18 19 20 21 22 ... Next Last