मुख्य समाचार
विश्व
: इरान र इजरायलबीच बढ्दो सैन्य तनावका बीच इरानले कतारको प्रमुख ऊर्जा केन्द्र रास लाफानमा पुनः मिसाइल आक्रमण गरेको दाबी गरेको छ। बुधबार राति इजरायलले इरानको 'साउथ पार्स' ग्यास क्षेत्रमा गरेको हमलाको बदलामा इरानले कतारको 'रास लाफान' औद्योगिक क्षेत्रलाई निशाना बनाएको हो । इरानी सरकारी टेलिभिजनका अनुसार यो आक्रमण अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चेतावनी ...
— अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले इरानसँगको युद्धका लागि ठूलो रकम माग गरेको छ। अंग्रेजी अखबार वासिङ्टन पोस्ट को रिपोर्टअनुसार पेन्टागनले राष्ट्रपति कार्यालयसँग इरानसँगको युद्धका लागि २०० अर्ब डलर रकम माग गरेको हो। एक वरिष्ठ प्रशासनिक अधिकारीलाई उद्धृत गर्दै २०० अर्ब डलरभन्दा बढी रकमका लागि मञ्जुरी दिन आग्रह गरिएको रिपोर्टमा उल्लेख छ। यो रकम इरानमा अहिलेसम्म खर्च गरिएको भन्दा ...
: इरानको प्रमुख प्राकृतिक ग्यासमा भएको आक्रमणपछि इराकमा हुने ग्यास आयात पूर्ण रूपमा बन्द भएको छ। इराकी सञ्चारमाध्यमहरूले त्यहाँको विद्युत मन्त्रालयलाई उद्धृत गर्दै यो जानकारी दिएका हुन्। इराकी विद्युत मन्त्रालयका प्रवक्ता अहमद मूसाका अनुसार क्षेत्रीय तनाव र ग्यास क्षेत्रमा भएको क्षतिका कारण इरानबाट आउने ग्यास आपूर्ति पूर्ण रूपमा ठप्प भएको छ। रोयटर्सका अनुसार इराकले आफ्नो कुल ग्यास ...
: विश्वकै सबैभन्दा ठूलो प्राकृतिक ग्यास क्षेत्र साउथ पार्समा हवाई आक्रमण भएको खबर सार्वजनिक भएपछि अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढेको छ। इरानी सञ्चारमाध्यमहरूले गरेको उक्त दाबीपछि तेलको मूल्य प्रति ब्यारेल १०८ डलरभन्दा माथि पुगेको छ। ब्रेन्ट क्रुड आयलको मूल्य १०८.६० डलर प्रति ब्यारेल सम्म पुगेको छ, जुन मंगलबारको मूल्यको तुलनामा ५ प्रतिशतले बढी हो। त्यस्तै ...
: पाकिस्तानले अफगान तालिबानविरुद्ध जारी 'अपरेसन गजब-लिल-हक 'लाई केही समयका लागि रोक्ने निर्णय गरेको छ। पाकिस्तानका सूचना मन्त्री अताउल्लाह तारडले बुधबार जानकारी दिए अनुसार, 'इद-उल-फित्र' र 'भ्रातृ ईस्लामी राष्ट्रहरू' को अनुरोधमा अफगान तालिबानविरुद्धको कारबाहीलाई केही समयका लागि स्थगित गरिएको हो। अताउल्लाह तारडले एक्समा लेखेका छन् 'इद-उल-फित्रलाई ध्यानमा राख्दै, आफ्नो इच्छाले र भ्रातृ ईस्लामी देशहरू साउदी अरब, कतार ...
: रमजान पर्व सुरु भएको समयमा इजरायलको जेरुसेलमका पवित्र धार्मिक स्थलहरू नजिक मिसाइल आक्रमण भएको घटनाप्रति काठमाडौंस्थित इजरजायली दूतावासले गहिरो चिन्ता व्यक्त गर्दै कडा निन्दा गरेको छ। दूतावासले प्रेस विज्ञप्ति जारी गरेर इरानी शासनले १६ मार्चको रात जेरुसेलम र पुरानो सहर क्षेत्रका तीनै धर्मसँग सम्बन्धित पवित्र स्थलहरूलाई लक्षित गर्दै मिसाइल प्रहार गरेको आरोप लगाएको छ। उक्त ...
— कतारको रास लाफानमा इरानले आक्रमण गरेपछि उर्जा संकट थप बढ्नसक्ने जोखिम देखिएको छ । यहाँ बुधबार इरानले प्रहार गरेका ५ मध्ये एउटा मिसाइलले ठूलो क्षति गराएको छ । बाँकी चार मिसाइल भने कतारले प्रतिरोध गरेको थियो । इरान युद्ध सुरु भएदेखि नै यस क्षेत्रमा अस्थायी रुपमा उत्पादन बन्द थियो । तर, अहिलेको क्षतिले उत्पादनमा ठूलो ...
— इरानका विदेशमन्त्री अब्बास अराघचीले इरानको सुप्रिम नेसनल सेक्युरिटी काउन्सिलका सचिव अली लारिजानीको हत्याले त्यहाँको राजनीतिक प्रणालीलाई अस्थिर बनाउन नसक्ने बताएका छन्। लारिजानीको हत्या पुष्टि भएपछि अल जजिरासँगको अन्तर्वार्तामा उनले इरानको सरकार कुनै एक व्यक्तिमा निर्भर नरहेको कुरा अमेरिका र इजरायलले अझै पनि नबुझेको बताए। ‘मुस्लिम गणतन्त्र इरानसँग स्थापित राजनीतिक, आर्थिक र सामाजिक संस्थासहितको बलियो राजनीतिक संरचना ...
— ट्रम्प प्रशासनको आतंकवादविरोधी केन्द्रका निर्देशक जो केन्टले इरान युद्धको विषय र प्रक्रियाप्रति विमति राख्दै आफ्नो पदबाट राजीनामा दिएका छन्। उनले सामाजिक सञ्जालमार्फत् जारी गरेको विज्ञप्तिमा राष्ट्रपति ट्रम्पलाई आफ्नो अडान परिवर्तन गर्न पनि आग्रह गरेका छन्। केन्द्रका निर्देशक केन्टले आफ्नो एक्स अकाउन्टमा पोस्ट गरेको पत्रमा इरान अमेरिकाका लागि तत्काल खतरा नभएको बताएका छन्। उनले ट्रम्प प्रशासनले इजरायल र ...
। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको नियन्त्रणमा रहेको समुन्द्री नाका ‘स्ट्रेट अफ होर्मुज’ अमेरिकाले प्रयोग नगर्ने बताएका छन् । बुधबार सामाजिक सञ्जाल ट्रूथमा अभिव्यक्ति दिँदै ट्रम्पले होर्मुज नाका अमेरिकाले प्रयोग गर्ने नभई जसले प्रयोग गर्छन् उसै देशको जिम्मा दिने बताएका हुन् । ‘यदि हामी आतंकी राज्य इरानको बाँकी संरचना समाप्त गरिदियौँ र उक्त ‘स्ट्रेट’(होर्मुज) को जिम्मेवारी ...
: ​​​​​​ इरानले आफ्ना शीर्ष राष्ट्रिय सुरक्षा सल्लाहकार अली लारीजानीको हत्याको बदला लिने घोषणा गर्दै इजरायलमाथि 'तीव्र' सैन्य कारबाही सुरु गरेको छ। इरानी राज्य नियन्त्रित सञ्चारमाध्यमहरूका अनुसार इस्लामिक रिभोलुसनरी गार्ड कप्र्सका उच्च अधिकारीहरूले यो आक्रमण लारीजानीको हत्याको प्रत्यक्ष प्रतिउत्तर भएको पुष्टि गरेका छन्। इस्लामिक रिभोलुसनरी गार्ड कप्र्सको एयरोस्पेस फोर्सका कमाण्डर सरदार मौसावीले एक 'द्रुत आक्रमण'को उद्घोष ...
: आफ्नो श्रीमानको मृत्युपछि शोकसम्बन्धी बालबालिकाका लागि पुस्तक प्रकाशित गरेकी एक आमालाई अन्ततः आफ्नै श्रीमानको हत्या गरेको आरोपमा दोषी ठहर गरिएको छ । अमेरिकाको युटा राज्यको एक जूरीले २०२२ मा मृत्यु भएका एरिक रिचिन्सको हत्याको मामिलामा कोउरी रिचिन्सलाई हत्यासहित सबै आरोपमा दोषी ठहर गरेको छ । एरिकको मृत्यु घातक मात्रामा फेन्टानिल लागेर भएको थियो । सोमबार अन्तिम ...
भारतको राजधानी दिल्लीस्थित पालम इलाकामा बुधबार बिहान भएको एक भीषण आगलागीमा परी एकै परिवारका सात जनाको मृत्यु
: इराकको राजधानी बग्दादधेरै विष्फोट भएका छन् । जसमा कम्तीमा चार जनाको मृत्यु भएको छ । एक इरान समर्थित समूहले प्रयोग गर्ने भवनमा गरिएको हवाई आक्रमणमा यी मानिसहरूको ज्यान गएको हो । साथै, साक्षी र सुरक्षा स्रोतहरूका अनुसार अमेरिकी राजदूतावासलाई लक्षित गर्दै ड्रोन आक्रमण पनि गरिएको छ । मंगलबार बिहानै ग्रिनजोनमा रहेको अमेरिकी दूतावास नजिक ...
: बेलायती प्रधानमन्त्री केइर स्टार्मर सामान्यतया शान्त, कानुनी पृष्ठभूमिका र संयमित व्यक्तित्वका रूपमा चिनिन्छन् । तर जब उनी गत फेब्रुअरीमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग ओभल अफिसमा बसेका थिए, उनले आफ्नो शैलीभन्दा फरक ढंगले कुरा गरेका थिए । ‘यो साँच्चै विशेष हो’, स्टर्मरले भने, जब उनले राजा चार्ल्स तृतीयबाट ट्रम्पलाई दोस्रो पटक राजकीय भ्रमणका लागि पठाइएको पत्र ...
: इजरायल रक्षा बल (IDF) ले जहरानी नदीको दक्षिणमा बस्ने दक्षिणी लेबनानका बासिन्दाहरूका लागि नयाँ निकासी आदेश जारी गरेको छ। यो क्षेत्र इजरायली सीमाबाट लगभग ४० किलोमिटर टाढा छ। इजरायली सेनाले गत हप्ता दक्षिणी लेबनानमा आफ्नो आदेश विस्तार गरेको थियो । नागरिकहरूलाई तुरुन्तै नदीको उत्तरतिर जान भनिएको थियो। सामाजिक सञ्जाल एक्समा जारी गरिएको एक विज्ञप्तिमा IDF का ...
First Prev ... 10 11 12 13 14 15 16 17 18 19 20 ... Next Last