थाइल्याण्डमा एउटा स्कूल बसमा आगलागी हुँदा २५ विद्यार्थीको मृत्यु भएको छ । बसमा ४४ जना सवार थिए, जसमध्ये १६ जनालाई अस्पतालमा भर्ना गरिएको सञ्चारमाध्यममा उल्लेख छ। अहिले उद्धारकर्मीहरूले बाँकी बालबालिकाको उद्धार गर्ने प्रयास गरिरहेका छन् । आगलागीको कारण भने अहिलेसम्म खुल्न सकेको छैन ।
बसको टायर फुटेका कारण आगलागी भएको घटनास्थलमा रहेका प्रत्यक्षदर्शीले बताएका छन् । ...