मुख्य समाचार
विश्व
— अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको ‘रवैया’ ले आफू उनीप्रति निराश भएको टिप्पणी गरेका छन् । बीबीसीसँगको विशेष टेलिफोन अन्तर्वार्तामा ट्रम्पले भनेका छन्, ‘तर उनीसँगको सम्बन्ध टुटेको भने होइन ।’ त्यसो त उनले आफूले कसैमाथि पूर्ण भरोसा नगर्ने पनि थपे । ‘हामी निकै दुःखी छौं, म रुससँग दुःखी छु । यदि ५० दिनमा शान्ति सम्झौता भएन ...
— रक्षा अधिकारीहरुका प्रमुख मुरहाफ अबु कास्राकाअनुसार स्थानीय ड्रुज सशस्त्र गुटहरू, बेदुइन जनजातिहरू र अन्तरिम सरकारका सेनाहरू बीचको घातक आक्रमणपछि सिरियाली रक्षा अधिकारीहरूले मंगलबार दक्षिणी प्रान्त स्वेइडामा पूर्ण युद्धविरामको घोषणा गरेका छन् । अबु कास्राले स्थानीय र प्रतिष्ठित व्यक्तिहरूसँग सम्झौता गरेपछि स्वेइडा शहरभित्र कार्यरत सबै ईकाइहरूको लागि पूर्ण युद्धविरामको आदेश दिएको बताए । अबु कास्राका अनुसार सिरियाली ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र पाकिस्तानबीच आणविक युद्ध रोकेको दावी गरेका छन्। नेटो महासचिव मार्क रटसँगको भेटमा ट्रम्पले आफूले युद्ध नरोकेको भए भारत-पाकिस्तानबिच आणविक युद्ध हुनसक्ने खतरा रहेको बताएका छन्। उनले भनेका छन्,' मैले भारत र पाकिस्तानलाई भनेको थिएँ कि जबसम्म तपाईंहरू यो मुद्दा समाधान गर्नुहुन्न । तबसम्म हामी तपाईंहरूसँग व्यापारको बारेमा कुरा ...
। उत्तर एटलान्टिक सन्धि संगठन (नाटो)का साझेदार देश र युक्रेनबीच अमेरिकाबाट हतियार आपूर्तिका लागि नयाँ सम्झौता भएको छ । मिडिया रिपोर्टअनुसार, यस सम्झौता अनुसार अमेरिकाले युक्रेनलाई अत्याधुनिक हतियारसहित ३० करोड डलर बराबरको सहायता प्याकेज पठाउने छ । यो सहायता प्याकेजमा प्याट्रियट मिसाइल प्रणाली र मध्यम दूरीका रकेटहरू समावेश हुनेछन् । यद्यपि यी हतियारबारे अन्तिम निर्णय भने ...
: राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले युक्रेनलाई थप आधुनिक सैन्य उपकरण दिने बताएका छन्। डोनाल्ड ट्रम्पले युक्रेनमा पठाइने हतियारको संख्या खुलाएका छैनन्। उनले भने,‘हामी युक्रेनलाई आवश्यक पर्ने हतियार पठाउनेछौं।’ डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको हालैको छलफलप्रति निराशा व्यक्त गरेका छन्। त्यसपछि ट्रम्पले युक्रेनलाई थप हतियार दिने घोषणा गरेका हुन्। ट्रम्पले भने,‘पुटिनले धेरै मानिसलाई साँच्चै चकित पारेका छन्। ...
। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेन-रूस युद्धबारे ‘कडा वक्तव्य’ दिएपछि सोमबार वासिङ्टनमा नेटो प्रमुखलाई स्वागत गर्दै छन् । तीन वर्षदेखि जारी युद्ध अन्त्यका लागि रूससँग वार्ता गर्न खोजेका ट्रम्पले रूसी नेता पुटिनसँग अधीरता व्यक्त गर्दै सप्ताहन्तमा युक्रेनका लागि नयाँ हतियार भण्डारको घोषणा गरेका छन् । ‘हामी उनीहरूलाई प्याट्रियट्स पठाउनेछौं, यो उनीहरूका लागि अति आवश्यक छ,’ ट्रम्पले आइतबार ...
। बेलायतको लन्डनस्थित साउथएन्ड विमानस्थलमा एउटा सानो विमान दुर्घटना भएको छ । विमान उडेलगत्तै खसेर आगो लागेको थियो । विमान दुर्घटनामा भएको मानवीय क्षतिको विवरण भने आइसकेको छैन । यो दुर्घष्टना पछि अनिश्चितकालका लागि विमानस्थल बन्द गरिएको छ । यात्राका लागि टिकट काटेका यात्रुहरूलाई सम्बन्धित विमान कम्पनीहरुलाई सम्पर्क गर्न भनिएको छ । श्रीमती र छोराछोरीसँग विमानको गतिविधि ...
: युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले अमेरिकाले सैन्य आपूर्ति पुनः सुरु गरेको बताएका छन्। अमेरिकाले गत हप्ता केही महत्त्वपूर्ण हतियारको आपूर्ति रोकेको समयमा यो कदम उठाएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूले नेटोसँग सम्झौता गरेको एनबीसी न्यूजलाई बताए। यसमा युक्रेनले गठबन्धनमार्फत अमेरिकी प्याट्रियट वायु रक्षा प्रणाली प्राप्त गर्नेछ। रुसको बढ्दो हवाई आक्रमणपछि यो निर्णय ...
: दक्षिणी गाजामा रहेको नासेर अस्पतालले राहत केन्द्र नजिकै २४ जनाको मृत्यु भएको जनाएका छ। घटनास्थलमा उपस्थित प्यालेस्टिनीले शनिबार राहत केन्द्रमा खाना लिन पुगेको र इजरायली सेनाले गोली चलाएको बताएका छन्। इजरायल रक्षा बल (आईडीएफ)ले आफ्नो तर्फबाट भएको गोलीबारीमा कोही पनि घाइते नभएको बताएको छ। एक इजरायली सेना अधिकारीले भने,‘मानिसलाई तितरबितर पार्न चेतावनीपूर्ण गोली चलाइएको थियो। आईडीएफ ...
: पाकिस्तानको बलुचिस्तानको झोब जिल्लामा अज्ञात बन्दुकधारीहरूले पञ्चाबका ९ जना यात्रुहरूलाई बसबाट तानेर हत्या गरेका छन्। अज्ञात बन्दुकधारी समूहले बलुचिस्तानको राजधानी क्वेटाबाट पञ्जाब जाँदै गरेको बसका यात्रुलाई ओरालेर गोलि हानेको थियो। बीबीसी उर्दूका अनुसार झोबका सहायक आयुक्त नवीद आलमले ९ यात्रुको मृत्यु भएको पुष्टि गरेका छन्। उनले मृतकको शव पञ्जाब पठाउने व्यवस्था भइरहेको बताएका छन्। यात्रुहरूलाई बसबाट ...
: दक्षिण कोरियामा सन् २०२६ का लागि तलब निर्धारण गरिएको छ। न्युनतम तलब निर्धारण समितिको १२ औं बैठकले २.९ प्रतिशत अर्थात २९० वन बढाउने निर्णय गरेको हो। निर्णय अनुसार दक्षिण कोरियामा काम गर्ने कामदारले प्रतिघण्टा न्यूनतम तलब १० हजार ३२० वन पाउने छन्। सन् २०२६ मा श्रमिकको प्रतिमहिना न्यूनतम तलब २१ लाख ५६ हजार ८८० ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडाबाट अमेरिका आउने सामानमा ३५ प्रतिशत कर लगाउने घोषणा गरेका छन्। ट्रम्पले अगस्ट १, २०२५ देखि अमेरिका प्रवेश गर्ने क्यानेडियाली सामानमा कर लागू हुने बताएका हुन्। ट्रम्पले सामाजिक सञ्जालमा पोस्ट गर्दै क्यानडाबाट आउने सामानमा कर लगाउने घोषणा गरेका छन्। अमेरिकाले पहिले नै केही क्यानेडियाली सामानमा २५ प्रतिशत कर लगाइसकेको छ।
: गाजाको एक मेडिकल पोइन्ट नजिकै इजरायली आक्रमणमा कम्तीमा १५ प्यालेस्टिनीको मृत्यु भएको छ। यसमा आठ बालबालिका र दुई महिला रहेका छन्। अल–अक्सा शहीद अस्पतालले दीर अल–बलाह शहरमा औषधि लिन लाइनमा बसेका मानिसलाई लक्षित गरी आक्रमण गरिएको जनाएको छ। अस्पतालले जारी गरेको भिडियोमा केही बालबालिका र अन्य व्यक्तिको उपचार भइरहेको देखाइएको छ। आक्रमणबारे इजरायली सेनाले अनुसन्धान भइरहेको बताएको ...
बंगलादेशमा प्रदर्शनकारीविरुद्ध घातक कारबाहीको लागि शेख हसिनाले स्वीकृति दिएको अडियो सार्वजनिक
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अगस्ट १ देखि थप सात देशमा कर लगाउने घोषणा गरेका छन्। नयाँ सूचीमा श्रीलंका, अल्जेरिया, इराक, लिबिया, फिलिपिन्स, मोल्डोभा र ब्रुनाई छन्। ती सबैमा अगस्ट १ देखि शुल्क लागू हुनेछ। ट्रम्पले यी देशका नेतालाई पठाएका पत्र पनि सार्वजनिक गरेका छन्। पत्रमा अमेरिकामा सामान पठाउँदा लगाइने शुल्क उल्लेख गरिएको छ। अब अमेरिकाले श्रीलंका, इराक, ...
: टिकटक खाता नहटाएको भन्दै एक बुबाले आफ्नी १६ वर्षीया छोरीलाई गोली हानेर हत्या गरेका छन्। पाकिस्तानको रावलपिन्डी सहरमा उक्त घटना भएको प्रहरीले जानकारी दिएको छ। पक्राउ परेका बुबाले छोरीलाई सामाजिक सञ्जाल प्रयोग नगर्न आग्रह गरेका थिए। प्रहरीले दिएको जानकारी अनुसार छोरीले टिकटक खाता बन्द गर्न अस्वीकार गरेपछि उनले अत्यन्तै क्रूर निर्णय लिएका थिए। ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम