मुख्य समाचार
विश्व
। अमेरिकी सेनाले होर्मुजको जलमार्गमा गोप्य रूपमा एउटा जलमार्ग करिडोर स्थापना गरेको छ। यो करिडोरमार्फत दैनिक लाखौँ ब्यारेल कच्चा तेल ओसारपसार भइरहेको छ। व्यापक युद्ध गतिरोधमै रहेका बेला अमेरिकी सेनाले यो महत्त्वपूर्ण सफलता हासिल गरेको हो। अमेरिकी अधिकारीहरूले एक्सियोसलाई यो जानकारी दिएका हुन्। यो अपरेसन विगत केही हप्तादेखि सञ्चालनमा छ। ओमानको तटमा रहेको दक्षिणी च्यानलमार्फत हरेक ...
। रुसको पछिल्लो हमलामा युक्रेनको राजधानी किभमा कम्तीमा १३ जनाको मृत्यु भएको छ। सो हमलामा परी ४० जना घाइते भएका छन्। युक्रेनका प्रधानमन्त्रीले यो जानकारी दिएका हुन् । युक्रेनले लगातार एयर डिफेन्स मिसाइलको अभाव झेलिरहेको छ। युक्रेनको स्टेट इमर्जेन्सी सर्भिसका अनुसार रातभर भएका हमलामा सहरका धेरै अपार्टमेन्ट ब्लक र गोदामहरूलाई निसाना बनाइएको छ। यस हमलाबाट एउटा बालबालिकाको अस्पताल ...
। बंगलादेशको संसद्‍ले मिर्जा फखरुल इस्लाम आलमगीरलाई देशको नयाँ राष्ट्रपति चयन गरेको छ। करिब ३५ वर्षपछि बंगलादेशमा २३औँ राष्ट्रपतिको निर्वाचन प्रत्यक्ष मतदानमार्फत भएको थियो । सत्तारूढ बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी)का तर्फबाट उम्मेदवार बनेका मिर्जा फखरुल इस्लाम आलमगीर २५५ मत प्राप्त गर्दै राष्ट्रपति निर्वाचित भएका छन् । उनका प्रतिद्वन्द्वी उम्मेदवार अवकाशप्राप्त कर्णेल ओली अहमदले ८८ मत पाए । राष्ट्रपति चुनिएका ...
। आतंकवादबाट पीडित तथा प्रभावितको सम्झना, सम्मान र उनीहरूको अधिकारको संरक्षणका लागि आज विश्वका विभिन्न मुलुकमा ‘आतंकवादका पीडितको सम्झना र सम्मानको अन्तरराष्ट्रिय दिवस’ विविध कार्यक्रमका साथ मनाइँदैछ । सन् २०१७ मा संयुक्त राष्ट्रसङ्घको महासभाले आतंकवादका पीडित तथा बाँचेकाहरूलाई सम्मान र सहयोग गर्दै उनीहरूको मानव अधिकार तथा मौलिक स्वतन्त्रताको पूर्ण उपभोग सुनिश्चित गर्ने उद्देश्यले हरेक वर्ष अगष्ट ...
। अमेरिकाले कम्युनिस्ट मुलुक भनेर चिनिने क्युबाविरुद्ध थप आर्थिक प्रतिबन्ध घोषणा गरेको छ । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले क्युबाका सरकारी अधिकारी तथा कम्पनीलाई लक्षित गर्दै प्रतिबन्धको नयाँ चरण घोषणा गरेका हुन् । नयाँ प्रतिबन्धमा क्युबा सरकारको स्वामित्वमा रहेका नौवटा खानी, धातु तथा निर्माणसम्बन्धी कम्पनी, क्युबाको निर्माण मन्त्रालय तथा क्युबास्थित एक अन्तर्राष्ट्रिय संस्थासँग सम्बन्धित अधिकारीहरू परेका छन् ...
। अस्ट्रेलियामा बेरोजगारी दर जुलाईमा बढेर ४.५ प्रतिशत पुगेको छ। बिहीबार सार्वजनिक सरकारी तथ्याङ्कअनुसार अर्थशास्त्रीहरूले दर ४.४ प्रतिशतमा स्थिर रहने अनुमान गरे पनि बेरोजगारी बढेको हो। अस्ट्रेलियन ब्युरो अफ स्ट्याटिस्टिक्स (एबीएस) का अनुसार जुनदेखि जुलाईसम्म रोजगारीमा रहेका व्यक्तिको सङ्ख्या १५ हजार ८०० ले घट्दा बेरोजगारको सङ्ख्या चार हजार २०० ले बढेको छ । जुलाईको बेरोजगारी दर ...
: इरानका विदेशमन्त्री अब्बास अराघचीले अमेरिकाले इरानविरुद्ध घोषणा गरेकाे 'इकोनोमिक डी-डे' (निर्णायक आर्थिक कारबाही) प्रति तीव्र आलोचना गरेका छन्। अमेरिकाले आफ्नो आन्तरिक आर्थिक संकटबाट विश्वको ध्यान मोड्नका लागि यस्तो कदम चालेको अराघचीले दाबी गरेका छन्। सामाजिक सञ्जाल एक्समा टिप्पणी गर्दै विदेशमन्त्री अराघचीले अमेरिकाको यो प्रयास आफ्नै आर्थिक समस्या र संकटलाई ढाकछोप गर्ने रणनीति मात्र भएको उल्लेख ...
: अमेरिकी सरकारको कुल सार्वजनिक ऋण इतिहासमै पहिलोपटक ४०० खर्ब (४० ट्रिलियन) अमेरिकी डलर नाघेको छ। अमेरिकी अर्थ मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार कुल राष्ट्रिय ऋण ४०.०४७ ट्रिलियन डलर पुगेको हो। अमेरिकी ऋण बढ्ने गति पछिल्ला महिनाहरूमा झन् तीव्र बनेको छ। गत वर्षको अक्टोबरमा ३८० खर्ब डलर रहेको ऋण १० महिनाको अवधिमै २० खर्ब डलरले बढेर ...
: मध्य अफ्रिकी गणतन्त्र (सीएआर) को पश्चिमी क्षेत्रस्थित क्यामरुन सीमा नजिकै एउटा सुनखानी भासिँदा कम्तीमा १ सय भन्दा बढी मानिसको मृत्यु भएको छ। स्थानीय सञ्चारमाध्यम तथा क्यामरुनको गारुआ-बुलाई शहरका मेयर अदमो अब्दोनका अनुसार यो दुर्घटना मंगलबार अपरान्ह बाबुआ शहरबाट करिब ५० किलोमिटर टाढा रहेको जाम्बोए गाउँमा भएको हो। उद्धार कार्यमा खटिएका रेडक्रसका स्वयम्सेवक गेर्भिस गानागोरोह, स्थानीय खानी ...
: रूसले रातभर गरेका मिसाइल आक्रमणमा युक्रेनको राजधानी किभ र आसपासका क्षेत्रमा कम्तीमा ५ जनाको मृत्यु भएको छ भने २३ जना घाइते भएका छन्। युक्रेनको स्टेट इमर्जेन्सी सर्भिसका अनुसार बिहीबार भएको आक्रमणमा आवासीय भवन तथा गोदामहरूलाई मुख्य निशाना बनाइएको थियो। आक्रमण लगत्तै खटिएका उद्धार टोलीहरू भग्नावशेषमा रहेका मानिसहरूको खोजीमा छन्। उद्धारकर्ताहरूले अहिलेसम्म एक जनालाई भग्नावशेषबाट जीवितै ...
: केन्याको साम्बुरु काउन्टीमा बुधबार भएको एक हेलिकप्टर दुर्घटनामा इक्वेडरका गुप्तचर प्रमुख मिसेल सेन्सी कोन्टोजी र उनकी पत्नी स्टेफनी होलिहानसहित सात जनाको मृत्यु भएको छ। दुर्घटनामा ज्यान गुमाउने अन्य पाँच जना अमेरिकी नागरिक रहेको अमेरिकी विदेश मन्त्रालयले पुष्टि गरेको छ। केन्या नागरिक उड्डयन प्राधिकरणका अनुसार युरोकप्टर ईसी–१३० बी४ मोडलको उक्त हेलिकप्टरमा एक पाइलट र ६ जना ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध अहिलेसम्मकै कडा आर्थिक कारबाहीको घोषणा गरेका छन् । इरानसँगको पाँच महिनाभन्दा लामो द्वन्द्व अन्त्य गर्ने उद्देश्यले आयोजित वार्ताहरू निष्कर्षविहीन बनेपछि ट्रम्पले इरानसँग व्यापार गर्ने देशहरुले यसकाे कडा परिणाम भोग्नुपर्ने चेतावनी दिएका छन् । बुधबार सामाजिक सञ्जाल ट्रुथ सोसलमा एक पोस्ट शेयर गर्दै राष्ट्रपति ट्रम्पले इरानले सम्झौताको अवसर गुमाएको आरोप ...
— संयुक्त अरब इमिरेट्स (यूएई) ले इरानतर्फबाट क्षेप्यास्त्र आक्रमण भएको आरोप लगाउँदै तेहरानसँगको सबै व्यापारिक तथा वित्तीय कारोबार रोक्ने घोषणा गरेको छ । पछिल्ला केही महिनादेखि तुलनात्मक रूपमा शान्त रहेको यूएईमा पुनः सुरक्षा तनाव बढेपछि अबुधाबीले इरानविरुद्ध यस्तो कदम चालेको हो । यूएईको विदेश मन्त्रालयकी सञ्चार निर्देशक अफ्रा अल हमेलीले क्षेत्रीय तनाव बढेको भन्दै इरानसँगको सबै व्यापार, व्यापारिक ...
— रुससँग युद्ध जारी रहेकै बेला युक्रेनका पूर्वरक्षामन्त्री मिखाइलो फेडोरोभले राष्ट्रपति चुनावको माग गरेका छन् । राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीका निकट सहयोगीमध्येका फेडोरोभले नै सार्वजनिक रूपमै चुनावका लागि माग गरेका हुन् । यसलाई रुससँगको युद्ध सुरु भएयता जेलेन्स्कीसामु देखिएको सबैभन्दा ठूलो आन्तरिक चुनौती मानिएको छ । फेडोरोभले जुलाईमा रक्षामन्त्रीको पद गुमाएका थिए । उनले युट्युबमा सार्वजनिक भिडियो सन्देशमार्फत लामो युद्धका ...
— बेलायतका राजकुमार ह्यारी र मेगन मार्कल बेलायत फर्किने तयारी गरेका छन्। ‘डेली टेलिग्राफ’ र ‘द सन’ले पहिलोपटक सार्वजनिक गरेको विवरणअनुसार ह्यारी र मेगन यसै महिनाको अन्त्यमा अमेरिकाबाट लन्डनबाहिरको निजी, गैरराजकीय निवासमा बसाइँ सर्ने तयारीमा छन् । उनीहरूका छोराछोरी ७ वर्षीय राजकुमार आर्ची र ५ वर्षीया राजकुमारी लिलिबेटले सेप्टेम्बरदेखि बेलायती विद्यालयमा अध्ययन सुरु गर्ने भएका छन् । राजा ...
। संयुक्त राष्ट्रसंघको एक टोलीले यसै साता सिरियामा बसर अल असदको समयका अघोषित केही आणविक स्थलको पहिलोपटक निरीक्षण गरेको छ । इन्टरनेसनल एटोमिक इनर्जी एजेन्सी (आईएईए) का महानिर्देशक राफाएल ग्रोसी र उनको टोलीले सिरियामा तत्कालीन समयमा बनेका आणविक केन्द्को निरीक्षण गरेको हो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनको कूटनीतिक प्रयासपछि सिरिया र इजरायलसँग समझदारी बनेको थियो । ...
First Prev ... 7 8 9 10 11 12 13 14 15 16 17 ... Next Last
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम