मुख्य समाचार
विश्व
: बेलायतमा गत साता सुरु भएको हिंसात्मक प्रदर्शनमा हालसम्म लगभग ४०० जना पक्राउ परेका छन् । राष्ट्रिय प्रहरी प्रमुख काउन्सिलले प्रदर्शन चलिरहे गिरफ्तारी दिनानुदिन बढ्ने जनाएको छ। यसअघि प्रधानमन्त्री केयर स्टारमरले स्थिति नियन्त्रणमा लिन विशेषज्ञ प्रहरी अधिकारीहरूको टोली तैनाथ गरिएको उल्लेख गरेका थिए। प्लाइमाउथमा हिंसात्मक प्रदर्शनका क्रममा धेरै प्रहरी अधिकारी घाइते भएका बीबीसी समाचारमा उल्लेख छ। बेलायतको ...
: बंगलादेशका प्रधानमन्त्री शेख हसिनाले पदबाट राजीनामा दिएकी छन्। आरक्षणविरुद्धको आन्दोलनले उग्र रूप लिएपछि प्रधानमन्त्री हसिनाले सोमबार राजीनामा दिएको बीबीसीले जनाएको छ। राजीनामा दिएपछि प्रधानमन्त्री हसिनाले देश पनि छोडेको बीबीसी समाचारमा उल्लेख छ। प्रधानमन्त्री हसिना बहिनीसँगै देश छाडेकी हुन्। प्रधानमन्त्री हसिना चढेको हेलिकोप्टर भारतर्फ प्रस्थान गरेको बताइएको छ। बीबीसीका अनुसार प्रधानमन्त्री हसिना भारतको अगरतालातर्फ गएकी ...
। बेलायतमा अति दक्षिणपन्थी आप्रवासी आन्दोलनले हिंसात्मक रूप लिएको छ । बीबीसीका अनुसार आन्दोलनले हिंसात्मक रूप लिएपछि शनिबार त्यहाँ ९० भन्दा बढी प्रदर्शनकारी पक्राउ परेका छन् । हल, लिभरपुल, ब्रिस्टल, म्यानचेस्टर, ब्ल्याकपूल र बेलफास्टमा केही पसलहरूमा लुटपाट भएको छ । कतिपय स्थानमा प्रदर्शनकारीले प्रहरी अधिकारीहरूमाथि आक्रमण गरेका छन् । सबै प्रदर्शन हिंसात्मक नरहे पनि केही स्थानमा ...
। अमेरिकाले आफ्ना नागरिकलाई तत्काल लेबनान छाड्न भनेको छ । मध्यपूर्वमा बढ्दो तनावलाई ध्यानमा राख्दै लेबनानको राजधानी बेरुतस्थित अमेरिकी दूतावासले आफ्ना नागरिकहरूलाई जतिसक्दो चाँडो लेबनान छोड्न आग्रह गरेको हो। बीबीसीका अनुसार यसअघि बेलायतका विदेशमन्त्री डेभिड ल्यामीले पनि आफ्ना नागरिकलाई लेबनान छान्न भनेका थिए । उनले यस क्षेत्रको अवस्था तीव्र गतिमा बिग्रन सक्ने बताएका चेतावनी दिएका थिए ...
खुसी कारखाना (ह्याप्पीनेस फ्याक्ट्री) का हरेक साना कोठाहरूलाई बाहिरी दुनियासँग जोड्ने एउटा मात्र चिज भनेको ढोकामा भएका खाना खाने प्वालहरू हुन् । ती कोठाहरूभित्र फोन तथा ल्यापटप लैजान पाइँदैन । कोठाको आकार भण्डारकोठाको दराजभन्दा ठुलो छैन र त्यहाँ साथी भनेकै नांगा भित्ताहरू हुन् । त्यहाँका बासिन्दाहरूले कैदीले लगाउने जस्तै निलो रंगका पोशाक लगाउँछन्, तर उनीहरू कैद होइनन् ...
। बंगलादेशमा आरक्षण विरुद्ध जारी प्रदर्शनका क्रममा आइतबार भएको हिंसामा कम्तीमा ९० जनाको मृत्यु भएको छ । विद्यार्थीहरूले आह्वान गरेको ‘पूर्ण असहयोग आन्दोलन’का क्रममा ढाकासहित देशका धेरै ठाउँमा हिंसा फैलियो । सिराजगञ्जमा अत्यधिक मानवीय क्षति भएको छ जहाँ १३ जना प्रहरीसहित कम्तीमा १८ जनाको मृत्यु भएको सरकारी अधिकारीहरूले पुष्टि गरेका छन् । आरक्षण विरोधी आन्दोलनको रूपमा सुरु भएका ...
लोग्नेस्वास्नीको झगडा, परालोको आगो भन्ने उखान हामीकहाँ चर्चित छ । यसको अर्थ हो कि पतिपत्नीको झगडा भनेको मिलिहाल्छ अर्थात् फासफुस भैहाल्छ, त्यसैले अरुले टाउको दुखाउनु पर्दैन। तर, लोग्ने र स्वास्नीबीचका सबै झगडाको आगो कहाँ निभिहाल्दो रहेछ र ? कतिपय झगडालु दम्पतिहरु त यतिसम्म जब्बर हुुँदा रहेछन् कि उनीहरुको मारमुंग्रीले गर्दा आकाशमा उडिरहेको हवाइजहाज समेत आपतकालीन रुपमा ...
: भारतको मध्य प्रदेशको सागरको साहपुरस्थित एक घरको पर्खाल भत्किदा ९ जना बालबालिकाको मृत्यु भएको छ। लगातारको भारी वर्षाका कारण आइतबार बिहान ८:३० बजेतिर जीर्ण घरको पर्खाल भत्किदा ९ जना बालबालिकाको मृत्यु भएको जनाइएको छ। प्रहरीका अनुसार दुईजना बालकको घटनास्थलमै मृत्यु भएको हो। बाँकी सातजनालाई अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ। ...
: दुई साताअघिको भीषण वर्षापछि उत्तरी चीनको राजमार्गमा पुल भत्किँदा मृत्यु हुनेको सङ्ख्या ३८ पुगेको छ भने २४ जना अझै बेपत्ता छन् । उक्त पुल जुलाई १९ मा उत्तरी प्रान्त शान्क्सीको शाङ्लुओमा जुलाई १९ मा ‘अचानक आएको मुसलधारे पानी र बाढीका कारण’ आंशिक रूपमा भत्किएको राज्यको समाचार एजेन्सी सिन्ह्वाले त्यसबेला जनाएको थियो । यो पुलको तीन लेनको ...
First Prev ... 108 109 110 111 112 113