मुख्य समाचार
विश्व
— म्यानमारमा गत मार्च २८ मा गएको विनाशकारी भूकम्पमा ३ हजार ३ सय ५४ जना मृत्यु भएको म्यानमारको सैन्य सरकार जुन्टाले जनाएको छ । देशभरका भवन र पूर्वाधारसमेत ध्वस्त पारेको उक्त भूकम्पमा परी ४ हजार ५ सय ८ जना घाइते तथा २ सय २० जना बेपत्ता भएको जनाइएको छ । साथै, संयुक्त राष्ट्रसंघका सहायता प्रमुखले विश्वसामु विपद्ग्रस्त ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको हालसम्मकै व्यापक भन्सार शुल्क शनिबार लागू भएको छ । यसले प्रतिक्रियास्वरूप जवाफी कारबाही र बढ्दो व्यापारिक तनाव निम्त्याउन सक्छ र विश्व अर्थतन्त्रलाई अस्तव्यस्त पार्नसक्छ । मेक्सिको र क्यानाडाका सामानहरूबाहेक अधिकांश अमेरिकी आयातमा असर पार्दै मध्यरातमा १० प्रतिशत ‘आधारभूत’ भन्सार शुल्क लागू भयो । यसमा ट्रम्पले देशको व्यापार घाटासँग सम्बन्धित समस्याहरू समाधान ...
। अमेरिकामा अध्ययन गरिरहेका सयौं विदेशी विद्यार्थीहरूले अचानक आफ्नो एफ-१ (विद्यार्थी) भिसा रद्द भएको इमेल प्राप्त गरेका छन् । अमेरिकी विदेश मन्त्रालयले यो इमेल मार्चको अन्तिम सातातिर पठाएको हो । रिपोर्टहरूका अनुसार क्याम्पस आन्दोलनमा संलग्न विद्यार्थीहरूलाई यो इमेल पठाइएको छ । साथै, आन्दोलनमा प्रत्यक्ष भाग नलिए पनि सामाजिक सञ्जालमा ‘इजरायल विरोधी’ पोस्ट लाइक, सेयर वा कमेन्ट ...
। चिनियाँ सरकारले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनमाथि लगाएको ३४ प्रतिशत भन्सार करको जवाफमा समान ३४ प्रतिशत नै भन्सार कर लगाउने घोषणा गरेको छ । न्युयोर्क टाइम्सका अनुसार चीनको अर्थ मन्त्रालयले शुक्रबार यो निर्णय सार्वजनिक गरेको हो। योसँगै, चीनले ११ अमेरिकी कम्पनीहरूलाई ‘अविश्वसनीय संस्था’ को सूचीमा राखेको छ। यो निर्णयले ती कम्पनीहरूलाई चीनभित्र व्यापार गर्न र चिनियाँ ...
। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जापानी सामानमा लगाएको करले ‘राष्ट्रिय सङ्कट’ निम्त्याएको जापानका प्रधानमन्त्री शिगेरु इशिबाले शुक्रबार बताएका छन् । संयुक्त राज्य अमेरिकामा जापानी कम्पनीहरू सबैभन्दा ठूलो लगानीकर्ता हुन् तर राष्ट्रपति ट्रम्पले आयातमा २४ प्रतिशतको भारी कर लगाउने घोषणा गरेका छन् । बिहीबार विश्वव्यापीरूपमा लागु गरिएको करको एक भागको रूपमा जापानको निकट सहयोगी अमेरिकाले जापानमाथि पनि भारी ...
। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नयाँ भन्सार कर घोषणा गरेसँगै विश्वभरका सेयर बजारमा ठूलो गिरावट देखिएको छ। यो सन् २०२० पछि देखिएको सबैभन्दा ठूलो गिरावट हो। बीबीसीका अनुसार ट्रम्पको नयाँ भन्सार करका कारण वस्तुहरूको मूल्य वृद्धि हुने संकेत देखिएको छ र यसको प्रभाव अमेरिका तथा अन्य देशहरूको आर्थिक वृद्धिमा पर्ने अनुमान गरिएको छ । विशेषगरी, एशिया-प्रशान्त ...
— अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका आयात हुने वस्तुमा अतिरिक्त भन्सार महसुल (ट्यारिफ) को घोषणा गरेपछि अमेरिकी सेयर बजारले सन् २०२० यताकै सबैभन्दा ठूलो क्षति व्यहोरेको खबर सार्वजनिक भएका छन् । अमेरिकाको डो र एस एन्ड पी ५०० भनिने शेयर बजार सूचकांक क्रमश: ४ र ४.८ प्रतिशतले घटेको सीएनबीसीले जनाएको छ । प्रविधि कम्पनीहरूको बाहुल्य ...
: संवैधानिक अदालतले राष्ट्रपति युन सुक योलको महाभियोगलाई सदर गर्दै उनलाई तत्काल पदमुक्त गर्ने निर्णय गरेको छ। संवैधानि अदालतका आठैजना सदस्य योलमाथिको अभियोग सदर गरी उनलाई पदमुक्त गर्ने फैसलामा एकमत भएका थिए। राष्ट्रपति युनलाई पदच्युत गर्ने निर्णय राष्ट्रिय सभाले महाभियोग प्रस्ताव पारित गरेको १११ दिनपछि आएको हो। उनलाई गत डिसेम्बर ३ मा सैन्य शासन घोषणा गरेको ...
— चुनावी अभियानदेखि नै ‘अमेरिका फर्स्ट’ नीतिलाई जोडतोडका साथ उठाएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका भित्रिने सबै विदेशी वस्तुमा उच्च भन्सार शुल्क घोषणा गरेका छन् । ट्रम्पको नयाँ घोषणामा नेपालसहित १ सय ८५ मुलुकको व्यापार प्रभावित हुने भएको छ । ट्रम्पले नेपाललाई १० प्रतिशत भन्सार शुल्क लाग्ने देशको सूचीमा समावेश गरेका छन् । हाल नेपालले सयभन्दा बढी वस्तु ...
— दक्षिण कोरियाको संवैधानिक अदालतले राष्ट्रपति युन सुक यओललाई पदमुक्त गरेको छ । गत डिसेम्बरमा सैनिक शासन घोषणापछि संसद्ले युन विरुद्ध महाभियोग प्रस्ताव पारित गरेको थियो । त्योसँगै उनी निलम्बित भएका थिए । अदालतका कार्यवाहक प्रमुख न्यायाधीश मुन ह्युङ-बाईले शुक्रबारको सुनुवाइको क्रममा राष्ट्रपति युनमाथिको महाभियोग पारित गर्नका लागि पर्याप्त कारण रहेको बताए । 'युनले संवैधानिक संस्थाहरूलाई ...
— गत महिना फेब्रुअरी २५ मा राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी अर्थतन्त्रमा दीर्घकालीन प्रभाव पार्ने दाबीसहित ल्याएको ५० लाख डलरको गोल्ड कार्ड बिक्री हुन थालेको छ । राष्ट्रपति ट्रम्पले विश्वका धनाढ्यहरुलाई लक्षित गर्दै अमेरिकामा कानुनीरुपमा स्थायी बसोबास र व्यवसाय गर्न सकिने प्रावधानसहित ५० लाख डलर (६८ करोड ५० लाख नेपाली रुपैंया)मा गोल्ड कार्ड खरिद गरेर अमेरिका आउन ...
— प्यालेस्टिनी समूह हमासले मध्यस्थकर्ता इजिप्ट र कतारले अघि सारेको गाजा युद्धविराम प्रस्ताव स्वीकार गरेको छ । प्रस्तावमा ५० दिनको युद्धविरामको बदलामा इजरायललाई थप पाँच बन्धक रिहा गर्ने उल्लेख छ । हमास नेता खलील अल-हय्याहले इजिप्ट र कतारका मध्यस्थकर्ताले पठाएको मस्यौदा सम्झौतालाई अनुमोदन गरेको जनाएका हुन् । इजरायलले गाजा क्षेत्रमा पुनः लडाइँ सुरू गरेपछि इजिप्टले ...
— बेलायतले म्यान्मारका लागि शनिबार एक करोड पाउन्ड (एक करोड २९ लाख अमेरिकी डलर) मानवीय सहायता उपलब्ध गराउने घोषणा गरेको छ । म्यान्मारमा शुक्रबार गएको भूकम्पका कारण ठूलो धनजनको क्षति भएको र राहत तथा उद्धार कार्यमा सघाउनका लागि बेलायत सरकारले सहायताको घोषणा गरेको हो । भूकम्पका कारण म्यान्मारमा एक हजार ६०० भन्दा बढीको मृत्यु हुनुका साथै व्यापक ...
। अमेरिकाको मिनेसोटा राज्यको एक आवासीय क्षेत्रमा शनिबार एउटा सानो विमान दुर्घटना हुँदा एक घरमा आगलागी भएको अमेरिकी सङ्घीय उड्डयन प्रशासनले जनाएको छ। सोकाटा टीबीएम ७ विमान स्थानीय समयअनुसार शनिबार राति १२:२० बजे उक्त घरमा दुर्घटनाग्रस्त भएको थियो । दुर्घटनामा विमान चालकको मृत्यु भएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । ब्रुकलिन पार्क अग्नि विभागलाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमले ...
। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आप्रवासीहरूलाई कुनै कानुनी सुनुवाइबिना नै डिर्पोट गर्न पाउनुपर्ने माग राख्दै सर्वोच्च अदालत पुगेका छन् । ट्रम्पले यसअघि संघीय अदालतले जारी गरेको अस्थायी न्यायिक आदेश उल्ट्याउन र आप्रवासी निष्कासन प्रक्रिया सहज बनाउन अनुमति दिन माग गर्दै अदालतमा निवदेन दिएका हुन् । ट्रम्प भेनेजुएलाका झन्डै ३०० आप्रवासीलाई एल साल्भाडोरस्थित एक ठूलो जेलमा पठाएपछि थप ...
— म्यानमारमा शुक्रबार आएको भूकम्पमा परी अहिलेसम्म १४४ जनाको मृत्यु हुनुका साथै ७३२ भन्दा बढी घाइते भएका छन् । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार म्यानमारको सैन्य शासन प्रमुख मिन अङ्ग हल्येङ्गले उक्त जानकारी दिएका हुन् । उनले मृतक र घाइतेहरुको संख्या अझै बढ्न सक्ने बताएका छन् । यता थाइल्यान्डमा सोही भूकम्पमा परी एक घर ढलेको छ । जसमा ...