मुख्य समाचार
विश्व
: चीनका राजदूतसँग भेटवार्ता गरे लगत्तै इरानका नयाँ सुरक्षा प्रमुखले अमेरिकासँग करिब ६ महिनादेखि जारी युद्ध नरोकिने बताएका छन् । इरानको सन्देश स्पष्ट रहेको भन्दै मोहसेन रेजाइले मंगलबार राति सामाजिक सञ्जालमा लेखेका छन्, ‘अमेरिकाले युद्ध र नाकाबन्दी अन्त्य नगरेसम्म, इरानका रोक्का गरिएका सम्पत्ति फुकुवा नगरेसम्म र लेबनान तथा गाजासहित क्षेत्रव्यापी युद्धविराममा सहमत नभएसम्म होर्मुज जलडमरू ...
: हुथी विद्रोहीहरूले लाल सागर (रेड सी) मा एक व्यापारिक जहाजमाथि आक्रमण गरेका छन्। उक्त आक्रमणमा परी तीन जना पाकिस्तानी नागरिकको मृत्यु भएको छ। पाकिस्तानका उपप्रधानमन्त्री इसहाक डारले बुधबार सामाजिक सञ्जाल ‘एक्स’ मार्फत एक पोस्ट गर्दै उक्त हमलाको कडा शब्दमा निन्दा गरेका छन्। उनका अनुसार आक्रमणमा तीन जना पाकिस्तानी नागरिकको ज्यान जानुका साथै एक जना ...
: पश्चिमी कोलम्बियामा गएको ७.४ म्याग्निच्युडको भूकम्पपछि ३६ घण्टासम्म भग्नावशेषमा फसेकी ३२ वर्षीया महिलाको जीवितै उद्धार गरिएको छ। पेरेइरा सहरमा भत्किएको भवनको भग्नावशेषमा फसेकी डेनिएला लार्गोलाई करिब १० घण्टासम्म चलेको उद्धार अभियानपछि जीवितै बाहिर निकालिएको हो। उद्धारकर्मीहरूले चारवटा भारी कंक्रिट स्ल्याबमुनि पुरिएकी लार्गोसम्म पुग्न सुरुङ खनेका थिए। त्यसपछि उनलाई सुरक्षित रूपमा बाहिर निकालिएको थियो। आधिकारिक तथ्यांकअनुसार पश्चिमी कोलम्बियामा ...
: मजहर त्यही समुद्रमा काम गर्छन्, जुन लामो समयदेखि यमनको द्वन्द्वको मुख्य थलो बनेको छ । यमनको लाल सागर तटमा रहेको अल–मखा (मोखा) सहरका मछुवा मजहरले सन् २०१५ मा यस क्षेत्रमा युद्ध सुरु भएदेखि जीविकोपार्जन गर्न निकै संघर्ष गर्दै आएका छन् । इन्धन महँगो छ, डुंगा भाडामा लिन पनि उत्तिकै खर्च हुन्छ । तर ४० ...
: विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का महानिर्देशक डा.टेड्रोस एड्हानोम गेब्रेयससले प्रजातान्त्रिक गणतन्त्र कंगो (डीआरसी) मा फैलिएको इबोलाको वर्तमान प्रकोप यही गतिमा अघि बढेमा हालसम्मकै सबैभन्दा घातक बन्न सक्ने चेतावनी दिएका छन्। पत्रकारहरूसँग कुरा गर्दै टेड्रोसले सन् २०२६ को यो प्रकोपले सन् २०१४ देखि २०१६ सम्मको इबोला महामारीलाई पनि पछि पार्न सक्ने बताए। सो अवधिमा कम्तीमा ११ ...
: पश्चिमी कोलम्बियामा ७.४ म्याग्निच्युडको भूकम्प गएपछि उद्धार टोलीहरू भग्नावशेषमा फसेका मानिसको खोजी र शव निकाल्न दिनरात खटिएका छन् । सरकारी तथ्यांकअनुसार शक्तिशाली भूकम्पका कारण देशभर कम्तीमा २५४ जनाको मृत्यु भएको छ । मृतकमध्ये अधिकांश पेरेइरा र काली सहरका छन् । कालीका २२ वर्षीय पत्रकारिता विद्यार्थी लुइस साएन्जले भने, ‘मेरो लागि भूकम्प कहिल्यै अन्त्य नहुने जस्तो ...
। चारित्रिक आचरणसम्बन्धी विवादमा परेका भुटानका गृहमन्त्री ल्योन्पो छिरिङले मंगलबार पदबाट राजीनामा दिएका छन्। उनले विवादका कारण सरकार र देशको छविमा असर पर्न सक्ने भन्दै नैतिक आधारमा पद त्यागेको बताइएको छ। एक महिलाले गृहमन्त्री छिरिङविरुद्ध उजुरी दिँदै वैवाहिक अवस्थाबारे आफूलाई गलत जानकारी दिइएको तथा व्यक्तिगत सम्बन्धका क्रममा व्यावसायिक सुविधा र स्वार्थको द्वन्द्वसम्बन्धी प्रश्न उठाएकी थिइन्। उजुरीसँग निजी म्यासेज ...
। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत महिना टर्कीमा इरानको डरका कारण आफूले विमान बदलेको कुरा स्वीकार गरेका छन्। पत्रकारहरूसँगको कुराकानीमा उनले नाटो शिखर सम्मेलनमा भाग लिन जाँदा प्रयोग गरेको विमानमाथि आक्रमणको सबैभन्दा बढी खतरा रहेको स्वीकारेका हुन् । ट्रम्पले सुरक्षा कारणले गर्दा आफूलाई विमानस्थलको क्याटरिङ ट्रकमा राखेर अर्को विमानसम्म लगिएको पनि बताए। ‘यदि कुनै आक्रमण हुन्थ्यो भने ...
— अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत महिना टर्कीएमा भएको नाटो शिखर सम्मेलनबाट फर्किने क्रममा सम्भावित इरानी क्षेप्यास्त्र आक्रमणको खतराका कारण आफूले गोप्य रूपमा विमान फेरेको पुष्टि गरेका छन्। मंगलबार सञ्चारकर्मीसँग कुरा गर्दै ट्रम्पले आफ्नो सुरक्षा टोली र सेनाको सुझावअनुसार आफू अर्को विमानमा सरेको बताए। ‘उनीहरूले मलाई अर्को उडान, अर्को विमानमा जान भनेका थिए। मैले उनीहरूले भनेअनुसार ...
: इरानका सर्वोच्च नेता मोज्तबा खामेनीको कार्यालयले महत्वपूर्ण पदहरूमा नयाँ नियुक्तिहरूको घोषणा गरेको छ । यसअन्तर्गत लामो समय युद्ध कमान्डरका रूपमा काम गरेका र राजनीतिमा पनि प्रभावशाली व्यक्ति मोहसेन रेजाईलाई देशको सर्वोच्च सुरक्षा निकायको नेतृत्व गर्ने जिम्मेवारी दिइएको छ । इस्लामिक रिभोलुसनरी गार्ड कोप्र्स (आईआरजीसी) का १६ वर्षसम्म कमान्डर–इन–चीफ रहेका रेजाईलाई आइतबार सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद् ...
: अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग क्षतिपूर्ति माग गरेका छन् । तेहरानले अमेरिकाबाट युद्ध क्षतिपूर्ति प्राप्त भएपछि मात्रै होर्मुज जलडमरूमध्य पुनः खोल्ने शर्त राखेपछि ट्रम्पले इरानबाटै क्षतिपूर्ति माग गरेका हुन् । सोमबार ह्वाइट हाउसमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले इरानले विगत ५० वर्षमा पुर्‍याएको क्षतिको क्षतिपूर्ति अमेरिकाले माग्ने बताएका छन् । उनले तेहरानको मागको जवाफस्वरूप आफूहरूले यस्तो ...
: कोलम्बियामा गएको ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी हालसम्म कम्तीमा १६९ जनाको मृत्यु भएको छ भने ठूलो संख्यामा मानिसहरू भग्नावशेषमा पुरिएको आशंका गरिएको छ। गम्भीर परिस्थितिलाई ध्यानमा राख्दै सरकारले देशभर संकटकाल घोषणा गरेको छ। उद्धार टोलीहरू खटिरहेका र अधिकारीहरूले मृतकको संख्या अझै बढ्न सक्ने बताएका छन्। कोलम्बियाको भूवैज्ञानिक सेवाका अनुसार भूकम्पको केन्द्रविन्दु चोको प्रान्तमा जमिनबाट करिब १०३ ...
: अमेरिका र इरानबीचको युद्ध अन्त्य गर्ने कूटनीतिक प्रयासहरू ओझेलमा पर्दै गएका बेला मङ्गलबार अन्तर्राष्ट्रिय समुद्री जलमार्गमा पुनः नयाँ आक्रमणहरू भएका छन्। यमनस्थित इरान-समर्थित हुथी विद्रोही र अमेरिकी सेनाले आ-आफ्नो क्षेत्रमा जहाजहरूमाथि कारबाही गरिएको दाबी गरेका छन्। यसैबीच, वासिङ्टनले आफ्ना सर्तहरू स्वीकार नगरेसम्म रणनीतिक रूपमा महत्त्वपूर्ण हर्मुज जलमार्ग बन्द नै रहने चेतावनी तेहरानले दिएको छ। विश्वव्यापी तेल ...
दक्षिण अफ्रिकाको रुस्टनबर्गनजिकैको प्रयोगविहीन खानीमा चट्टान खस्दा १४ जना अनधिकृत खानी मजदुरको मृत्यु भएको छ भने आठ जना गम्भीर घाइते भएका छन् । प्रहरीले मङ्गलबार दुर्घटनाबारे जानकारी दिँदै उद्धार तथा घटनास्थलको अनुसन्धान अघि बढिरहेको जनाएको छ । जोहानेसबर्गबाट करिब १०० किलोमिटर उत्तरपश्चिममा रहेको रुस्टनबर्ग सहरनजिकै दुर्घटना भएको हो । घटनास्थलमा अधिकारीहरू पुग्ने क्रम जारी रहेकाले मृतक ...
। सिरियाको अदालतले अपदस्थ पूर्वराष्ट्रपति बशर अल असदलाई युद्ध अपराध र मानवताविरुद्धको अपराध गरेको ठहर गर्दै मृत्युदण्डको फैसला सुनाएको छ। डिसेम्बर २०२४ मा आफ्नो शासन ढलेपछि असद परिवारसहित दमास्कसबाट भागेर मस्को पुगेका थिए। यससँगै उनको परिवारको पाँच दशक लामो सत्तामाथिको पकड अन्त्य भएको थियो। यसै मुद्दामा अदालतले असदका नातेदार तथा दक्षिणी सिरियाको दारा प्रान्तमा राजनीतिक सुरक्षाका पूर्व ...
। अमेरिकी विदेश मन्त्रालयले राष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रो कार्यकाल सुरु भएयता विदेशी नागरिकका १ लाख ७५ हजारभन्दा बढी भिसा रद्द गरेको जनाएको छ। मन्त्रालयले सोमबार सार्वजनिक गरेको तथ्यपत्रअनुसार यो संख्या ट्रम्पले जनवरी २०२५ मा दोस्रो कार्यकाल सम्हालेयताको हो। भिसाका सर्त उल्लंघन, आपराधिक गतिविधिसँग जोडिएका घटना, अमेरिकी नागरिकविरुद्ध हिंसाको आह्वान, ठगी, अध्यागमन प्रणालीको दुरुपयोग र राष्ट्रिय सुरक्षामाथिको जोखिमलाई ...
1 2 3 4 5 6 ... Next Last