मुख्य समाचार
प्रवास
। अमेरिकाबाट डिपोर्ट भएका ८ जना नेपाली नागरिकलाई हत्कडी लगाएर काठमाडौं ल्याएको खुलेको छ । काठमाडौं ओर्लिएपछि नेपाली अधिकारीहरूले गरेको सोधपुछका क्रममा उनीहरूले आफूहरूलाई हत्कडी लगाएर ल्याएको बताएका हुन् । ‘अमेरिकाबाट आउँदा हत्कडीसँगै हामीलाई खुट्टामा समेत चेनले बाँधिएको थियो, ट्रान्जिटपछि भने खुट्टाको चेन खोलिदिएको थियो’, डिपोर्ट भएर फर्किएका एक नेपालीले भनेका छन्, ‘त्यसबेला हामीलाई बसेको ठाउँबाट हल्लिन ...
: अमेरिकाले थप एक नेपालीलाई निष्काशन गरेको छ। मानव तस्करको सहयोगमा उनी अवैध ढंगबाट केसी थरका एक युवक अमेरिका पुगेका थिए। उनी केही समय बसेपश्चात त्यहाँको पीआर लिन अदालती प्रक्रियामा गएका थिए। तर त्यहाँको अध्यागमन मामिला हेर्ने अदालतले कागजपत्रमा कैफियत फेला पारेपछि उनलाई पीआर दिन अस्वीकार गरेको थियो। पीआर दिन अस्वीकार गरेपछि अदालतले तत्काल अमेरिका ...
— अवैध आप्रवासी निष्कासनलाई तीव्रता दिइरहेको अमेरिकाले आधिकारिक कागजात नभएका १० नेपालीलाई बुधबार चार्टर विमानबाट काठमाडौं ल्याउने भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतका अनुसार अमेरिकी वायुसेवा कम्पनी ग्रिफोन एयरको सानो विमान गल्फजेटस्ट्रिममार्फत बुधबार बिहान १० बजे अवतरण गर्ने तालिका छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कार्यभार सम्हालेयता आधिकारिक कागजातविहीनलाई निष्कासन गर्ने घोषणा गरिएको थियो । माघ ...
: बेलायतले एक जना नेपालीलाई निष्कासन गरेको छ। अध्यागमन कानुन उल्लंघन गरेको आरोपमा बेलायतले ती नेपालीलाई निष्कासन गरेको हो। निष्कासनमा पर्नेमा थापा थरीका एक जना रहेका छन्। लुकिछिपी काम गरिरहेका बेला उनी पक्राउ परेका थिए। स्रोतका अनुसार पक्राउ पर्दा थापासँग न पासपोर्ट थियो, न आवश्यक कागजपत्र नै। दुवै चिज नभएपछि त्यहाँको अध्यागमनले केही दिन नियन्त्रणमा राखेर ...
: वैदेशिक रोजगारीका क्रममा साउदी अरेबिया पुगेका नेपालीहरू कार्यरत कम्पनी छोडेर भाग्ने क्रम दैनिक रूपमा बढ्दो छ ।स्रोतका अनुसार हालसम्म कम्पनी छोडेर भाग्नेको संख्या लगभग १३ हजारभन्दा बढी पुगिसकेको छ। नेपाली श्रमिकहरूले कम्पनी छोडेर भाग्नुका प्रमुख कारणमा श्रम शोषण,सम्झौताविपरीतको काम,तलब नपाउने,कफाला प्रणालीको दुरुपयोगलगायत रहेको पाइएको छ। कफाला प्रणालीअन्तर्गत,श्रमिकहरू रोजगारदाताको अनुमतिबिना कम्पनी परिवर्तन गर्न वा स्वदेश ...
: नेपालीमुलका बासिन्दाहरूको बहुसंख्यक रुपमा बसोबास रहेको क्यालिफोर्निया नर्दन क्षेत्र (बेएरिया) मा नेपालीपन झल्किने नेपाली सामुदायिक केन्द्र भवन स्थापना भएको छ । नेपाली एसोसियसन अफ नर्दन क्यालिफोर्निया (न्यान्स) को अगुवाइमा सामुदायिक भवन स्थापना भएको हो । ‘यहाँ बसोबास गर्ने नेपालीहरूले नेपालीले नेपाली सामुदायिक भवन निर्माणका लागि लामो समयदेखि पहल गर्दै आएका थिए,'नेपाली एसोसियसन अफ नर्दन क्यालिफोर्निया ...
— स्पेनका लागि नेपालका राजदूत शनिल नेपालले त्यहाँका नरेश फेलिपे छैटौँसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन् । म्याड्रिडस्थित राजप्रसादमा गत सोमबार आयोजित विशेष समारोहमा उनले आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेका हुन् । ओहोदाको प्रमाणपत्र पेस गरेपछि स्पेनी नरेशसँग भएको शिष्टाचार भेटमा नेपाल तथा स्पेनबीच सम्बन्धका विविध पक्षबारे सङ्क्षिप्त छलफल भएको म्याड्रिडस्थित नेपाली राजदूतावासले ...
— पोर्चुगलको राजधानी लिस्बनमा नेपाली राजदूतावास स्थापना भएको छ । दूतावासले लिस्बनस्थित अल्कान्तारामा अस्थायी कार्यालय सञ्चालन गरेर सेवा प्रवाह गर्न सुरु गरेको जनाएको छ । नेपाली दूतावास लिस्बनले फ्रान्सस्थित नेपाली दूतावाससँगको सहकार्यमा घुम्ती सेवा सञ्चालन गरेर राहदानीसहित आवश्यक कागजात प्रमाणीकरणसम्बन्धी ‘कन्सुलर’ सेवा दिन सुरु गरेको हो । शुक्रबारदेखि सुरु भएको घुम्ती सेवाबाट प्रहरी चारित्रिक प्रमाणपत्र (प्रहरी ...
— कोरियामा कृषि कामदार गर्ने म्याग्दीको मालिका गाउँपालिका–१ का २८ वर्षीय तुल्सी पुन मगरको मृत्यु घटनामा दोषीलाई कारबाही गर्न भन्दै अधिकारकर्मीहरुले सोमबार दबाब दिएका छन् । राजधानी सउलबाट झन्डै ३६० किलोमिटर टाढा रहेको मोक्फो यङसानरोमा करिब ३ घण्टाको यात्रा गरी दूतावासबाट श्रम काउन्सिलर मैँया कडेल, गैरआवासीय नेपाली संघका अध्यक्ष विपिन गुरुङ, प्रवासी ट्रेड युनियनका अध्यक्ष उदय ...
: अमेरिकाले थप दुई जना नेपालीलाई निष्कासन गरेको छ। अवैधरूपमा अमेरिकामा बस्दै आएका उनीहरूलाई नेपाल फर्काइएको स्रोतले जानकारी दिएको छ। नेपाल फर्काइनेमा केसी र बुढाथोकी थरीका दुई व्यक्ति रहेको स्रोतको भनाइ छ। उनीहरूलाई एयर इन्डियाबाट भारत हुँदै काठमाडौं फर्काइएको हो। कानुन विपरीत अमेरिकामा बस्दै आएका उनीहरूलाई यसै साता फर्काइएको हो। यसअघि यसै साता अन्य दुई जनालाई पनि ...
: दक्षिण कोरियामा गैरकानुनी रूपमा बसेका दुई नेपालीलाई निष्कासन (डीपोर्ट) गरिएको छ। कोरियाली अध्यागमन प्रहरीले उनीहरूलाई थाइ एयरलायन्सको विमानबाट नेपाल फर्काएको हो। निष्कासनमा पर्नेमा श्रेष्ठ र थापा मगर थरी रहेको स्रोतले जानकारी दिएको छ। उनीहरू गैरकानुनी तरिकाले दक्षिण कोरियामा बस्दै आएका थिए। उनीहरूलाई यसै साता काठमाडौं फर्काइएको थियो। यसअघि दक्षिण कोरियाले चार जनालाई निष्कासन गरेको थियो। निष्कासनमा ...
: कानुन उल्लंघन गरेको आरोपमा स्पेनले चार जना नेपालीलाई निष्कासन गरेको छ। गैरकानुनी तरिकाले स्पेनमा बस्दै आएका उनीहरूलाई यसै साता निष्कासन गरी नेपाल पठाइएको हो। स्रोतका अनुसार एक जनालाई टर्कीस एयरलायन्सको विमानबाट र बाँची तीन जनालाई कतार एयरलायन्सको विमानबाट काठमाडौं पठाइएको हो। निष्कासनमा पर्नेमा राना, खनाल, भण्डारी र केसी थरी रहेका छन्। राना 'ओभरस्टे' गरेको आरोपमा ...
: नेपालीहरूको वैदेशिक रोजगारको प्रमुख गन्तव्य हो, मलेसिया। मलेसियामा लाखौं नेपालीहरू विभिन्न कम्पनीहरूमा कार्यरत छन्। कतिपय प्रक्रिया पुर्‍याएर त्यहाँ पुगेका छन् भने कतिपय गैरकानुनी तरिकाबाट पनि मलेसियामा काम गरिरहेका छन्। कानुन विपरीत काम गर्ने नेपालीहरूलाई त्यहाँको अध्यागमनले बेला-बेला पक्राउ गरी अनुसन्धान पनि गर्ने गरेको छ। यसैबीच मलेसियाको अध्यागमनले ठूलो संख्यामा नेपालीहरूलाई निष्कासन (डीपोर्ट) गरेको छ। स्रोतका अनुसार ...
: साउदी अरबमा सडक दुर्घटनामा मृत्यु भएका ३ नेपालीको शव नेपाल पठाइने भएको छ । नेपाली वाणिज्य दूत सिर्जना अधिकारीका अनुसार सडक दुर्घटनामा परि मृत्यु भएका पाल्पाका कृष्ण खत्री, उदयपुरका रूपक कार्की र कपिलवस्तुका मानबहादुर रानाको शव २० र २१ फब्रुअरीका दिन स्वदेश पठाउन लागेको हो । क्षतिपूर्ति साथ मृतक नेपालीहरूको ...
: भारतको ओडिसा राज्यस्थित कालिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी(केआईआईटी)बाट फिर्ता आएका विद्यार्थीहरू सुरक्षाको सुनिश्चिता नगरेसम्म जान नसक्ने बताउँछन्। विश्वविद्यालय प्रशासनले फिर्ता आउनका लागि विद्यार्थी, अभिभावकलाई फोन गरेर र चिठी लेखेर बोलाए पनि उनीहरू घटना सम्झिएर तत्काल जान नसक्ने बताउँछन्। हरेक नेपाली विद्यार्थी अहिले मानसिक त्रासमा रहेको उनीहरू बताउँछन्। उनीहरू फेब्रुअरी २८ ...
: भारतको केआईआईटीमा ‘शंकास्पद मृत्यु’ भएकी नेपाली विद्यार्थी प्रकृति लम्सालको अन्तिम संस्कार मध्यराति नै गरिएको छ । आइतबार विश्वविद्यालयको छात्रावासमा मृत अवस्थामा फेला परेकी उनको मंगलबार पोष्टमार्टमपछि उनको शव परिवारको जिम्मा लगाइएको थियो। बुधबार विमानमार्फत ओडिसाको भुवनेश्वरबाट दिल्ली हुँदै गोरखपुरसम्म उनको शव ल्याइएको हो। प्रहरीका अनुसार त्यसपछि सडक मार्गबाट एम्बुलेन्समा बेलहिया नाका हुँदै उनको ...
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 ... Next Last